• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Saturday, April 25, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    प्रधानाध्यापकमाथि कड्किने रास्वपा सांसदलाई रास्वपा सांसदकै जवाफ: ‘हजारौँ नमस्ते गरेको दुई महिनामै नबिर्सौँ, भुईँ नछोडौँ’

    प्रधानाध्यापकमाथि कड्किने रास्वपा सांसदलाई रास्वपा सांसदकै जवाफ: ‘हजारौँ नमस्ते गरेको दुई महिनामै नबिर्सौँ, भुईँ नछोडौँ’

    सशस्त्र प्रहरीका ७ जना एसपी एसएसपीमा बढुवा सिफारिस

    सशस्त्र प्रहरीका ६ एसएसपी डीआईजीमा बढुवा सिफारिस

    स्वतन्त्र प्रेसबिना लोकतन्त्रको कल्पना गर्न सकिँदैनः राष्ट्रपति पौडेल

    भूकम्पीय जोखिम न्यूनीकरणका प्रभावकारी उपाय अपनाउन जरुरी छः राष्ट्रपति

    सशस्त्र प्रहरीका ७ जना एसपी एसएसपीमा बढुवा सिफारिस

    सशस्त्र प्रहरीका ७ जना एसपी एसएसपीमा बढुवा सिफारिस

    तिलागुफालाई धुँवामुक्त बनाउन ‘एक घर, एक सुधारिएको चुलो’ वितरण अभियान

    तिलागुफालाई धुँवामुक्त बनाउन ‘एक घर, एक सुधारिएको चुलो’ वितरण अभियान

    यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर

    यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

सहकारीमा बेथिति : पति अध्यक्ष, जग्गा र कम्पनीमा पत्नीको हालीमुहाली

by
३० बैशाख २०८१,
0
सहकारीमा बेथिति : पति अध्यक्ष, जग्गा र कम्पनीमा पत्नीको हालीमुहाली
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

भक्तपुरको शिवशिखर बहुद्देश्यीय सहकारी संस्था लिमिटेडका निवर्तमान अध्यक्ष र मोरङको तुलसी बहुमुखी सहकारी संस्था लिमिटेडका अध्यक्ष केदारनाथ शर्माले पत्नीका नाममा जग्गा कारोबारको साम्राज्य खडा गरेका छन् ।

सहकारीमा बचतकर्ताले राखेको बचत रकम अध्यक्ष शर्माले पत्नी गीता शर्माका नाम खडा गरिएका कम्पनी र जग्गामा लगानी गरेका हुन् । शिवशिखरका वर्तमान अध्यक्ष सुशीलचन्द्र बानियाँ हुन् ।

सहकारीको बचतलाई अध्यक्ष शर्माले पूर्वमा मोरङदेखि पश्चिममा दाङसम्म गरी शिवशिखर सहकारीका ४३ वटा शाखा कार्यालयमार्फत करोडौँ रकम अपचलन गरेका हुन् । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय अन्तर्गत समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयका अनुसार अध्यक्ष शर्मा र पत्नी गीताका नाममा रहेको सबै सम्पत्ति रोक्का गरी अनुसन्धान अघि बढाइएको छ । समितिका सदस्य सचिव केशवप्रसाद पौडेलका अनुसार तुलसी सहकारीको एक अर्ब ४४ करोड ६९ लाख तीन हजार ८४५ रुपियाँ बचतकर्ताको रकम हिनामिना भएको मागदाबी गरे पनि शिव शिखरको सम्पूर्ण विवरण आइसकेको छैन । उनले भने, ‘सहकारीको बचत रकम दुरुपयोगमा पतिपत्नी नै संलग्न रहेको देखिएको छ । सबै शाखाका कागजात ल्याएर अनुसन्धान प्रक्रिया अघि बढाइएको छ ।’

सहकारीको रकम कम्पनीमा

सर्वसाधारणले बिहानबेलुका छाक काटेर बचत गरेको रकम सहकारीका सञ्चालकले कम्पनी खोलेर लगानी गरेका छन् । अध्यक्ष शर्मा, पत्नी गीतासँगै शिव शिखर अर्गनाइजेसन लिमिटेड, शिव शिखर एग्रो प्रालि, शिव शिखर उद्योग प्रालि, नटराज एग्रो प्रालि, तुलसी मोरटपम्प इन्डस्ट्री प्रालिमा लगानी गरेको खुलेको छ ।

त्यसै गरी शिखर स्पाइस एन्ड फ्रुट इन्डट्रिज प्रालि, गार्डेन मार्ट प्रालि, तुलसी कृषि अनुसन्धान केन्द्र प्रालि, त्रिदेवी फ्लोर एन्ड ओयल इन्डस्ट्री प्रालिमा पनि सहकारीकै लगानी छ । सदस्य सचिव पौडेलका अनुसार सहकारीको लगानी भएका कम्पनीसहित १३७ वटा कित्ता नम्बरको जग्गा समितिले रोक्का गरेको छ । उनले भने, ‘तीमध्ये आधा जति समितिले पहिलो पटक रोक्का गरेको छ । अरू जग्गा बैङ्कसहित अरू निकायले पनि रोक्का गरेका छन् ।’

अध्यक्ष शर्माकी पत्नी गीताका नाममा काठमाडौँको दहचोकमा कित्ता नम्बर ४६२ को नौ आना तीन पैसा तीन दाम, कित्ता नम्बर ४६५ को तीन आना तीन पैसा एक दाम र कित्ता नम्बर २०७ को छ आना दुई पैसा जग्गा प्रभु बैङ्क, नेपाल प्रहरी केन्द्रीय अनुसन्धान ब्युरो, जिल्ला प्रहरी कार्यालय बागलुङ र समितिले रोक्का गरेको छ ।

त्यसै गरी अध्यक्ष शर्माकी पत्नी गीता र शिव शिखर एग्रो प्रालिको नाम बाँकेको शमशेरगन्ज, वनकटवा र रझेनामा १२ वटा कित्ता नम्बरको जग्गा पनि रोक्का भएको छ । बाँकेमा १२ वटा कित्ता नम्बरमा गीता र एग्रो प्रालिका नाममा १० हजार ३९७ वर्गमिटर जग्गा रहेको समितिले जनाएको छ । समितिका निवर्तमान अध्यक्ष काशीराज दाहालले भने, ‘हामीले अनुसन्धान प्रक्रिया अघि बढाएका छौँ । मेरो पदावधि सकियो । अब नयाँ अध्यक्ष आएपछि थप प्रगति हुन्छ ।’

बचत रकम हाउजिङ र व्यवसायमा

सरकारले २०७५ असार १८ गते समस्याग्रस्त घोषणा गरेको स्ट्यान्डर्ड सेभिङ एन्ड क्रेडिट कोअपरेटिभ लिमिटेडबाट ओरेन्टल कोअपरेटिभ लिमिटेडका अध्यक्ष एवं उक्त सहकारीका सञ्चालक सुधीर बस्नेतसहित २० जनाले गलत ढङ्गले बचत रकम लिएको खुलेको छ ।

तर अध्यक्ष बस्नेतले बचतकर्ताको रकम फिर्ता गर्ने प्रतिबद्धता अनुसार काम गरिरहेको बताए । उनले भने, ‘एक लाखभन्दा कमको बचत फिर्ता भयो । अरू पनि क्रमशः गर्छौं ।’ अध्यक्ष बस्नेतले ४१ लाख आठ हजार ६१३ रुपियाँ हाउजिङमा लगानी गर्न भनी ऋण लिएको खुलेको छ । त्यसै गरी विनितमणि उपाध्यायको नाममा दुई करोड ३९ लाख ९७ हजार ७६२ हाउजिङका लागि ऋण दिइएको छ । स्वरूप मरासिनीलाई एक किस्ता दुई करोड ७० लाख ७१ हजार ६४८ अन्य कर्जा र अर्को किस्ता दुई करोड ९२ लाख ३४ हजार ३४२ रुपियाँ ऋण दिइएको छ । राजेश श्रेष्ठले पुमोरी एअरका नाममा एक करोड छ लाख ८० हजार ‘अन्य कर्जा’ शीर्षकमा ऋण लिएका छन् ।

त्यसै गरी ऋषिराम बुढाथोकीले ११ लाख ८२ हजार ५९५ रुपियाँ, युगदीप शर्माले चार करोड २९ लाख ४० हजार ६०३ रुपियाँ, विनिता भण्डारीले २८ लाख आठ हजार ५१ रुपियाँ, गोविन्दलाल श्रेष्ठले २९ लाख ४९ हजार ६७७ रुपियाँ, नरेशकुमार श्रेष्ठले २० लाख ६९ हजार १३१ रुपियाँ, मञ्जु जैनले ४६ लाख ५२ हजार ५५३ रुपियाँ, अग्नि एयर प्रालिले एक करोड ९४ लाख ७५ हजार ५०८ रुपियाँ ऋण लिएका छन् ।

उक्त सहकारीले दीपकराज घिमिरेलाई ११ लाख ६३ हजार ३८६ रुपियाँ, राजन श्रेष्ठलाई १३ लाख ४६ हजार ७१६ रुपियाँ, विमला राजभण्डारीलाई १० लाख ५९ हजार ३७९ रुपियाँ, अशोक पौडेललाई १४ लाख ४० हजार ८८१ रुपियाँ, सगुन पाण्डेलाई ११ लाख रुपियाँ, किच चित्रकारलाई दुई करोड एक लाख ४९ हजार ७२२, शिल्पा श्रेष्ठ पाँच करोड ४५ लाख ९२ हजार २२ रुपियाँ, विष्णुप्रसाद भट्टराईलाई एक करोड ४४ लाख ९० हजार ५९८ र बाबुलाल श्रेष्ठलाई दुई करोड १९ लाख ३२ हजार ७८० गरी २८ करोड ८४ लाख ४५ हजार ९७८ रुपियाँ ऋण गलत ढङ्गले प्रदान गरेको छ । त्यसै गरी प्रभु बचत तथा ऋण सहकारी संस्थाले पनि भजनकुमार चौधरी, विनोद साह सोनार, विष्णुप्रसाद भट्टराई, शिव कार्की, राजेश श्रेष्ठ, सुमित कोइराला, करिश्मा श्रेष्ठ र शारदा रिजालका नाममा ऋण प्रवाह गरेको छ । यो समाचार आजको गोरखापत्र दैनिकमा छ ।

Previous Post

विदेशबाट फर्किएलगत्तै रविले गरे प्रहरीमा आत्मसमर्पण

Next Post

शीर्ष स्थानको कोलकातासँग मुम्बई १८ रनले पराजित

सम्बन्धित खबर

प्रधानाध्यापकमाथि कड्किने रास्वपा सांसदलाई रास्वपा सांसदकै जवाफ: ‘हजारौँ नमस्ते गरेको दुई महिनामै नबिर्सौँ, भुईँ नछोडौँ’
समाचार

प्रधानाध्यापकमाथि कड्किने रास्वपा सांसदलाई रास्वपा सांसदकै जवाफ: ‘हजारौँ नमस्ते गरेको दुई महिनामै नबिर्सौँ, भुईँ नछोडौँ’

१२ बैशाख २०८३,
सशस्त्र प्रहरीका ७ जना एसपी एसएसपीमा बढुवा सिफारिस
समाचार

सशस्त्र प्रहरीका ६ एसएसपी डीआईजीमा बढुवा सिफारिस

१२ बैशाख २०८३,
स्वतन्त्र प्रेसबिना लोकतन्त्रको कल्पना गर्न सकिँदैनः राष्ट्रपति पौडेल
समाचार

भूकम्पीय जोखिम न्यूनीकरणका प्रभावकारी उपाय अपनाउन जरुरी छः राष्ट्रपति

१२ बैशाख २०८३,
सशस्त्र प्रहरीका ७ जना एसपी एसएसपीमा बढुवा सिफारिस
समाचार

सशस्त्र प्रहरीका ७ जना एसपी एसएसपीमा बढुवा सिफारिस

१२ बैशाख २०८३,
तिलागुफालाई धुँवामुक्त बनाउन ‘एक घर, एक सुधारिएको चुलो’ वितरण अभियान
समाचार

तिलागुफालाई धुँवामुक्त बनाउन ‘एक घर, एक सुधारिएको चुलो’ वितरण अभियान

१२ बैशाख २०८३,
यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर
आर्थिक

यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर

१२ बैशाख २०८३,
Load More
Next Post
शीर्ष स्थानको कोलकातासँग मुम्बई १८ रनले पराजित

शीर्ष स्थानको कोलकातासँग मुम्बई १८ रनले पराजित

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In