• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Saturday, April 25, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    होरमुज जलडमरूमध्यमा राखिएका बारुदी सुरुङ हटाउन छ महिना लाग्न सक्ने, विश्व ऊर्जा बजारमा चिन्ता

    डढेलोले देश जलाउँदै, काठमाडौं विषाक्त हावाको चपेटामा—स्वास फेर्नै कठिन

    निजामतीमा ‘नो पोलिटिक्स’: युनियन खारेज, राजनीति गरे सिधै आउट

    विनाशकारी भूकम्प गएको आज ११ वर्ष पूरा, स्मृति दिवस मनाइँदै

    थापाथलीमा बाक्लो संख्यामा प्रहरी परिचालन, पोका पन्तुरा बोकेर निस्कदै सुकुम्बासीहरु (फोटोफिचर)

    प्रधानाध्यापकमाथि कड्किने रास्वपा सांसदलाई रास्वपा सांसदकै जवाफ: ‘हजारौँ नमस्ते गरेको दुई महिनामै नबिर्सौँ, भुईँ नछोडौँ’

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

बजेट अभावले सुदूरपश्चिमका ठूला योजना प्रभावित

by
३० बैशाख २०८१,
0
बजेट अभावले सुदूरपश्चिमका ठूला योजना प्रभावित
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

महेन्द्रनगर। कञ्चनपुरको महाकाली नदीमा निर्माणाधीन पक्की पुल र पहुँचमार्गको काम ९५ प्रतिशत सकिएको छ ।

पुलसँगै पोखरी निर्माणअन्तर्गत तटबन्ध बनाउन महाकाली पुल योजना कार्यालयले ‘भेरिएसन अर्डर’ फाइल सडक विभागमा पेस गरेको छ । ‘साइट’मा निर्माण व्यवसायीले काम गरिरहे पनि काम गरेबापत योजना कार्यालयले भुक्तानी दिन सकेको छैन ।

तीन अर्ब ६६ करोडभन्दा बढी लगानीमा निर्माणको अन्तिम चरणमा पुगेको महाकाली पक्की पुल सुदूरपश्चिम प्रदेशको ठूलो योजना हो । तर पछिल्लो समय ‘भेरिएसन अर्डर’ मन्त्री परिषद्को निर्णयले टुङ्गो नलगाउँदा योजना निर्माण अवधि धकेलिँदै गएको छ ।

महाकाली पुल योजना कार्यालयका सूचना अधिकारी कपिलप्रसाद पन्तले चालु आर्थिक वर्षमा पुल निर्माणका लागि ३५ करोड रकम प्राप्त भइ खर्च समेत भइसकेको जानकारी दिए।

उता पुल निर्माण कम्पनी कुमार श्रेष्ठ सिएफइसी जेभीका इन्जिनियर किशोरराज पाण्डेले पुल निर्माणको काम भिओलगायतका अल्झनले ढिलाइ भएको बताए। ‘यसअघि काम गरेको रकम पाइए पनि अहिलेको कामको रकम पाउन गाह्रो छ’, उनले भने, ‘पुल निर्माणको समयावधि लम्बिँदै जानुमा हाम्रो दोष छैन ।’

त्यसैगरी महाकाली पुलसितै जोडेर कञ्चनपुरलाई नेपाल- भारत र चीनको त्रिदेशीय नाका बनाउने भनिएको महाकाली करिडोर योजनामा पनि रकम अभावमा प्रभावित भएको छ । कञ्चनपुरदेखि दार्चुलाको उत्तरी नाका तिंकरसम्म जोड्ने योजनाअनुरुप काम सुरु भएको महाकाली करिडोर योजनामा गत फागुनदेखि बजेट अभाव छ ।

‘चैतको अन्तिमतिर रु पाँच करोड आएको थियो’, महाकाली करिडोर दार्चुला तिंकर सडक योजना कार्यालयका प्रमुख लक्ष्मणदत्त जोशीले भने, ‘ १५-१६ करोड काम गरेकै भुक्तानी दिन बाँकी छ ।’ उनले चालु आर्थिक वर्षको अन्तिमसम्म काम गर्न आयोजनालाई २० देखि २५ करोड रकम आवश्यक पर्ने बताए । रकमका लागि माथिल्लो निकायमा माग गरिए पनि प्राप्त नभएको जोशीको भनाइ छ । कञ्चनपुरदेखि दार्चुलाको तिङ्करसम्म जोड्ने करिडोरअन्तर्गत हाल साना ठूला गरी २० वटा ठेक्कामार्फत कामको बाँडफाँड गरिएको छ ।

चालु आर्थिक वर्षमा ती योजनाका लागि विनियोजित २९ करोड ६५ लाख बजेट गत माघमै सकिएको थियो ।

‘गत वर्ष ४० करोड बजेट सकिने बित्तिकै माथिबाट बजेट थप भएको थियो’, उनले भने, ‘चालु आवमा बजेट कम थियो हामीले थप माग गर्दासमेत आएन ।’ तीन सय १३ किलोमिटर लम्बाइ रहेको महाकाली करिडोरअन्तर्गत दार्चुलाको तुसारपानीदेखि तिंकरसम्मको ७९ किलोमिटर खण्ड नेपाली सेनाले निर्माण गरिरहेको छ ।

त्यस्तै कञ्चनपुर र कैलालीमा निर्माणाधीन हुलाकी सडकमा गत फागुनयता बजेट अभाव हुँदा निर्माण ढिलाइ भएको छ । कैलालीमा छ र कञ्चनपुरमा दुई प्याकेज गरी आठ वटा प्याकेजमा हुलाकी सडक निर्माण भइरहेको छ ।

कैलालीमा लम्की-टीकापुरदेखि खक्रौला नाकासम्मको २९ किलोमिटर हुलाकी सडकमध्ये लम्कीदेखिको पहिलो आठ किलोमिटर सडकको काम गत वर्ष सकिएको थियो । बाँकी दुई वटा प्याकेजमा काम भइरहेको भएपनि बजेट अभावले गति सुस्त भएको हुलाकी राजमार्ग योजना कार्यालय धनगढीका सूचना अधिकारी इन्जिनियर बर्ख कडायतले जानकारी दिएका छन् ।

त्यसैगरी धनगढीको क्याम्पस रोडदेखि सत्तीसम्मको ६९ किलोमिटर खण्ड चार प्याकेजमा निर्माण भइरहेको छ । उक्त खण्डमा पर्ने कटनी खोलादेखि भजनीको कान्द्रा नदीसम्म १८ किलोमिटर डेढ वर्षअघि निर्माण भइसकेको छ ।

इन्जिनियर कडायतका अनुसार बजेट अभावमा पनि निर्माण कम्पनीले काम गरेको रु २० करोडभन्दा बढी रकम तिर्न बाँकी छ ।

Previous Post

जङ्गलमा लागेको डढेलोले पश्चिमी क्यानाडाका दुई समुदायलाई आपत्कालीन चेतावनी

Next Post

डलर साट्दै हुनुहुन्छ ? यस्ताे छ आजको विदेशी मुद्राको विनिमय दर

सम्बन्धित खबर

होरमुज जलडमरूमध्यमा राखिएका बारुदी सुरुङ हटाउन छ महिना लाग्न सक्ने, विश्व ऊर्जा बजारमा चिन्ता
अन्तर्राष्ट्रिय

होरमुज जलडमरूमध्यमा राखिएका बारुदी सुरुङ हटाउन छ महिना लाग्न सक्ने, विश्व ऊर्जा बजारमा चिन्ता

१२ बैशाख २०८३,
डढेलोले देश जलाउँदै, काठमाडौं विषाक्त हावाको चपेटामा—स्वास फेर्नै कठिन
फिचर-ब्यानर

डढेलोले देश जलाउँदै, काठमाडौं विषाक्त हावाको चपेटामा—स्वास फेर्नै कठिन

१२ बैशाख २०८३,
निजामतीमा ‘नो पोलिटिक्स’: युनियन खारेज, राजनीति गरे सिधै आउट
फिचर-ब्यानर

निजामतीमा ‘नो पोलिटिक्स’: युनियन खारेज, राजनीति गरे सिधै आउट

१२ बैशाख २०८३,
विनाशकारी भूकम्प गएको आज ११ वर्ष पूरा, स्मृति दिवस मनाइँदै
फिचर-ब्यानर

विनाशकारी भूकम्प गएको आज ११ वर्ष पूरा, स्मृति दिवस मनाइँदै

१२ बैशाख २०८३,
थापाथलीमा बाक्लो संख्यामा प्रहरी परिचालन, पोका पन्तुरा बोकेर निस्कदै सुकुम्बासीहरु (फोटोफिचर)
फिचर-ब्यानर

थापाथलीमा बाक्लो संख्यामा प्रहरी परिचालन, पोका पन्तुरा बोकेर निस्कदै सुकुम्बासीहरु (फोटोफिचर)

१२ बैशाख २०८३,
प्रधानाध्यापकमाथि कड्किने रास्वपा सांसदलाई रास्वपा सांसदकै जवाफ: ‘हजारौँ नमस्ते गरेको दुई महिनामै नबिर्सौँ, भुईँ नछोडौँ’
समाचार

Load More
Next Post
१७ खर्ब ६७ अर्ब पुग्यो विदेशी मुद्रा सञ्चिति

डलर साट्दै हुनुहुन्छ ? यस्ताे छ आजको विदेशी मुद्राको विनिमय दर

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In