• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Monday, October 5, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    बाढी पहिरोले म्याग्दीका साढे पाँच सय घरपरिवार प्रभावित

    बाढी पहिरोले म्याग्दीका साढे पाँच सय घरपरिवार प्रभावित

    मुस्ताङ उडानमा नेपालीलाई प्राथमिकता दिन प्रशासनको निर्देशन

    मुस्ताङ उडानमा नेपालीलाई प्राथमिकता दिन प्रशासनको निर्देशन

    सभापति गगनकुमार थापाको निष्कर्ष : उद्देश्यभन्दा पद र सत्ता रोज्दा कांग्रेस जनताबाट टाढियो

    सभापति गगनकुमार थापाको निष्कर्ष : उद्देश्यभन्दा पद र सत्ता रोज्दा कांग्रेस जनताबाट टाढियो

    हिउँ छिचोल्दै एक हजार भेडाच्याङ्ग्रा मुस्ताङ आइपुगे

    हिउँ छिचोल्दै एक हजार भेडाच्याङ्ग्रा मुस्ताङ आइपुगे

    यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर

    नेपाल राष्ट्र बैंकद्वारा विदेशी मुद्राको विनिमय दर सार्वजनिक

    राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

    राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

पितापुर्खाको सीप पछ्याउँदै मह सिकार

by
२७ बैशाख २०८१,
0
पितापुर्खाको सीप पछ्याउँदै मह सिकार
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

गण्डकी । पराङ, सुथरी, दाबिलो, साज, जाबो, डालीलगायत सामग्री जोरजाम पारेपछि मह सिकारी अक्करे भिरतिर उकालो लाग्छन् । भिरको टुप्पोमा पुगेपछि सुरु हुन्छ भिरमौरीको मह सिकार ।

सिकारीहरु पहिले पितृ र प्रकृतिलाई पुकार्छन् । सिकारका बेला कुनै अप्रिय घटना नहोस् भनेर कामना गर्छन् । सिकारमा १५ देखि २० जनासम्मको सूमह हुन्छ । टोली नेताले सिकारको नेतृत्व सम्हाल्छन् । मुख्य सिकारीलाई ‘भिरौटे’ भनिन्छ । जो पराङमा झुण्डिएर मह काढ्न भिर छिचोल्छन् । ज्यानकै बाजी उठाएर मह काढ्छन् ।

पहाडी भेगका भिमकाय भिर र पहरामा बर्सेनि गाउँलेहरु यसरी मह सिकारमा रमाउँछन् । पितापूर्खाको छाडेको सीपलाई पछ्याउँदै उनीहरुले मह सिकारको चलन धानिरहेका छन् ।

मङ्गलबारदेखि मह सिकारमा व्यस्त बागलुङको ताराखोला गाउँपालिका-५ का रतनबहादुर घर्तीले आफूले ३० वर्षदेखि भिरमौरीको मह काढ्दै आएको बताए । ‘हाम्रा बाउबाजेले सिकाएको मह सिकारको ज्ञान र सीपलाई हामीले अँगालेका छौँ’, उनले भने, ‘ हरेक वर्ष ताराखोलामा मह सिकार हुँदै आएको छ ।’

घर्तीका अनुसार ताराखोला-५ को ठूलो भिर र माडो भिरमा धेरै मात्रामा भिरमौरी पाइन्छ । यस वर्ष ठूलो भिर सामुदायिक वन क्षेत्रमा आठ घार भिरमौरीबाट दुई सय ६० लिटर मह काढिएको उनले बताए ।

‘मङ्गलबारदेखि जुल्फे सामुदायिक वनमा पर्ने माडो भिरमा मह काढ्न सुरु गरिएको छ’, ५१ वर्षीय घर्तीले भने, ‘१४ घारको मह काढ्न अझ एक/दुई दिन लाग्न सक्छ ।’

ताराखोलाका अन्य भिरमा पनि एक÷दुई घार मौरी रहेको उनले बताए । कुनै वर्षमा दुई याममा मह पाइने भए पनि प्रायः वर्षको एकपटक मात्र मह काढ्न मिल्ने घर्तीको भनाइ छ ।

मह सिकार जोखिमपूर्ण हुने हुँदा जो कसैले सजिलै महको सिकार गर्न नसक्ने जुल्फे सामुदायिक वन उपभोक्ता समूहका सचिव नारायण घर्तीले बताए । ‘मह सिकार साहसिक र उत्तिकै जोखिमपूर्ण पनि हुन्छ, आँट र कौशल भएकालाई मात्र सिकारमा पठाउने गरिन्छ’, उनले भने, ‘ पराङमा झुण्डिएर मह काढ्नुपर्छ, मौरीले आक्रमण गर्ने उस्तै डर हुन्छ ।’

मह सिकारका लागि चाहिने अधिकांश सामग्री लेकाली चोयाँबाट बनाउने गरिन्छ । चोयाँ र काठबाट बनेको पराङ (भर्‍याङ) मह सिकारका लागि चाहिने मुख्य सामग्री हो । त्यसकै सहायतामा सिकारीहरु भिरमा पुग्छन् । सुथरी (डोरी), चाका झिक्ने साज, मह राख्ने डाली पनि निगालोको चोयाँबाट बनाउने गरिएको सचिव घर्तीले बताए ।

‘पराङलाई रुख र रुख नभएको ठाउँमा ठूलो ढुङ्गामा बाँधेर भिरमा खसालिन्छ, त्यसबाटै सिकारी मौरीको घारनजिक पुग्छन्’, उनले भने, ‘निगालोको टुप्पोमा हँसिया बाँधेर साज बनाइन्छ, त्यसैले काटेर महको चाका घारबाट छुट्टाइन्छ र तलपट्टि डालीमा थापिन्छ ।’ मौरीको टोकाइबाट बच्न जाबोले मुहार छोप्ने गरिएको उनको भनाइ छ ।

मह निकालेपछि सिकारमा संलग्न र अरु सहभागीलाई बाँड्ने प्रचलन छ । धेरै मात्रामा मह निस्केमा बाहिर बिक्रीसमेत गर्ने गरिएको सचिव घर्तीले बताए । एक लिटर महलाई रु १५ सयसम्ममा बिक्री गर्ने गरिएको छ ।

‘संस्कृति र परम्पराका रुपमा घरगाउँमा भिरमहको सिकार हुँदै आए पनि अब यसलाई व्यावसायिक बनाउन जरुरी छ’, सचिव घर्तीले भने । ताराखोलाकै मपेसमा रहेको तीन घार भिरमौरीको मह पनि काढ्ने तयारी भइरहेको जनाइएको छ । ग्रामीण पर्यटन प्रवद्र्धनमा भिरमहलाई जोड्दै आएको गलकोट नगरपालिका-१० रमुवाको सरस्वती युवा क्लबले अहिले ‘मह सिकार महोत्सव’ कै आयोजना गरेको छ ।

वडा कार्यालयसँग मिलेर क्लबले बर्सेनि मह सिकारको कार्यक्रम आयोजना गर्दै आएको क्लबका अध्यक्ष उदिम घर्तीले बताए । पछिल्लो समय साहसिक मह सिकार पर्यटकीय आकर्षणसमेत बन्न थालेको उनको भनाइ छ । औषधिजन्य गुण र स्वास्थ्यवद्र्धक मानिने हुँदा उपभोक्ताले पनि खोजीखोजी भिर मह प्रयोग गर्छन् ।

मह सिकार हेर्न र महको स्वाद लिन पनि रमुवामा आगन्तुकको सङ्ख्या बढ्दै गएको अध्यक्ष घर्तीले बताउनुभयो । रमुवाका भिरमा प्रशस्त भिरमौरी पाइने गलकोट-१० का अध्यक्ष भक्तबहादर काउचाले बताए ।

गाउँलेले पुस्तौँदेखि मह सिकार गर्दै आएको उहाँको भनाइ छ । ‘अनुभवी सिकारीले रैथाने सीप र प्रविधिमार्फत मह सिकार गर्दै आएका छन् ‘ वडाध्यक्ष काउचाले भने, ‘पछिल्लो समय यसलाई उत्सवकै रुपमा लिन थालिएको छ ।’ महसिकारलाई साहसिक पर्यटनसँग जोड्नुपर्ने उनले बताए ।

ताराखोला, बडिगाड, गलकोटको रमुवालगायत बागलुङका अन्य ठाउँमा पनि मह सिकार हुँदै आएको छ । गलकोट नगरपालिका-४ निलुवामा पनि केही वर्षअघि ‘मह सिकार महोत्सव’ आयोजना गरिएको थियो ।

निलुवाको पाँच सय मिटर अग्लो भिरमा पनि रमुवाकै अनुभवी सिकारीले मह काढेका थिए। कास्कीको अन्नपूर्ण गाउँपालिका-७ लान्द्रुकस्थित कोटेसाङमा आउँदो जेठ ८ गतेदेखि १० गतेसम्म ‘मह सिकार महोत्सव’ आयोजना गरिएको छ ।

पर्यटन प्रवर्द्धनसँगै स्थानीय कला तथा संस्कृतिको संरक्षण हेतु उक्त महोत्सव गर्न लागिएको वडाध्यक्ष भरतमान गुरुङले बताए ।

Previous Post

राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

Next Post

एस्ट्राजेनेकाले कोरोना भाइरसको खोप फिर्ता लिँदै

सम्बन्धित खबर

बाढी पहिरोले म्याग्दीका साढे पाँच सय घरपरिवार प्रभावित
समाचार

बाढी पहिरोले म्याग्दीका साढे पाँच सय घरपरिवार प्रभावित

१९ अशोज २०८३,
मुस्ताङ उडानमा नेपालीलाई प्राथमिकता दिन प्रशासनको निर्देशन
समाचार

मुस्ताङ उडानमा नेपालीलाई प्राथमिकता दिन प्रशासनको निर्देशन

१९ अशोज २०८३,
सभापति गगनकुमार थापाको निष्कर्ष : उद्देश्यभन्दा पद र सत्ता रोज्दा कांग्रेस जनताबाट टाढियो
फिचर-ब्यानर

सभापति गगनकुमार थापाको निष्कर्ष : उद्देश्यभन्दा पद र सत्ता रोज्दा कांग्रेस जनताबाट टाढियो

१९ अशोज २०८३,
हिउँ छिचोल्दै एक हजार भेडाच्याङ्ग्रा मुस्ताङ आइपुगे
फिचर-ब्यानर

हिउँ छिचोल्दै एक हजार भेडाच्याङ्ग्रा मुस्ताङ आइपुगे

१९ अशोज २०८३,
यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर
आर्थिक

नेपाल राष्ट्र बैंकद्वारा विदेशी मुद्राको विनिमय दर सार्वजनिक

१९ अशोज २०८३,
राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?
समाचार

राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

१९ अशोज २०८३,
Load More
Next Post
एस्ट्राजेनेकाले कोरोना भाइरसको खोप फिर्ता लिँदै

एस्ट्राजेनेकाले कोरोना भाइरसको खोप फिर्ता लिँदै

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In