• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Friday, July 10, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    गण्डकी प्रदेशसभा बैठक : प्रदेश लोकसेवा आयोग र प्रदेशसभाको सार्वजनिक लेखा समितिको प्रतिवेदन पेश

    गण्डकी प्रदेशसभाः गाँजाखेतीसम्बन्धी विधेयक पारित

    राष्ट्रिय चिकित्सा शिक्षा आयोगको बैठक सम्पन्न

    राष्ट्रिय चिकित्सा शिक्षा आयोगको बैठक सम्पन्न

    राष्ट्रिय वाणिज्य बैंकको सवल वित्तीय सूचक

    राष्ट्रिय वाणिज्य बैंकको सवल वित्तीय सूचक

    उपराष्ट्रपति यादवसँग फ्रान्सेली राजदूतको शिष्टाचार भेट

    उपराष्ट्रपति यादवसँग फ्रान्सेली राजदूतको शिष्टाचार भेट

    सभामुख अर्यालसँग भारतीय राजदूत श्रीवास्तवको शिष्टाचार भेट

    सभामुख अर्यालसँग भारतीय राजदूत श्रीवास्तवको शिष्टाचार भेट

    नेपालको स्वास्थ्य क्षेत्रलाई नर्वेको सहयोग निरन्तर रहने प्रतिबद्धता

    नेपालको स्वास्थ्य क्षेत्रलाई नर्वेको सहयोग निरन्तर रहने प्रतिबद्धता

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

४८ वर्षदेखि ठेकी बनाउँदै आएका टीकाबहादुर भन्छन् ‘मौलिकता हराउँदै गयो’

by
२३ बैशाख २०८१,
0
४८ वर्षदेखि ठेकी बनाउँदै आएका टीकाबहादुर भन्छन् ‘मौलिकता हराउँदै गयो’
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

ढोरपाटन (बागलुङ) । शिरमा ढाका टोपी, शरीरमा पसिनाले लुथ्रुकमा भिजेका कपडा । हातमा काठ र फलामका दुई थान औचार । काठेखोलाको तङ्ग्राम गाउँमा काठका ठेकी बनाउँदै गर्दा भेटिए बागलुङ नगरपालिका–१२ अमलाचौरका ६० वर्षीय टीकाबहादुर चुनारा । हुर्कदो उमेरमा पनि काम गर्ने जोस जाँगर युवाको जत्तिकै छ उनीमा ।

छ दशक हुँदा पनि चुनारा दैनिकजसो ठेकी बनाउने काममा व्यस्त छन् । बागलुङमा मात्र होइन अन्य जिल्लाका दूरदराजसम्म पुगेर ठेकी बनाउने उनको मुख्य पेसा हो । कामलाई कामलाई पूजा मान्ने टीकाबहादुरले ठेकी बनाउन सुरु गरेको ४८ वर्ष भयो । उनले बाउ, बाजे र काकाहरूबाट १२ वर्षकै उमेरदेखि सीप सिकेर ठेकी बनाउने पेसा अङ्गालेका थिए ।

चुनाराका अनुसार हिजोआज काठका ठेकीको प्रयोग निकै कम हुँदै गएका छन् । ठेकी बनाउनुका साथै यसको प्रयोगका बारेमा नागरिकलाई सचेत बनाउने काम पनि गर्दै आएको उनको भनाइ छ । दशक अगाडि काठका सामग्रीको बढी प्रयोग हुने गरे पनि पछिल्लो समय प्रयोगविहीन हुन थालेका उनले बताए ।

आधुनिक प्रविधिको विकासले मौलिकता हराउँदै गएको चुनाराको भनाइ छ । पहिलाको तुलनामा ठेकीको प्रयोगमा कमी आउन थालेपछि परम्परागत पेसा पनि सङ्कटमा पर्न थालेको उनले बताए ।

बिहान उठेदेखि रातिसम्मै काठ काट्ने, मुडा तास्ने र ठेकीका विभिन्न आकार दिने टीकाबहादुर नयाँ पुस्ताले आयातित भाँडाकुँडालाई प्राथमिकता दिँदा पेसा सङ्कटमा पर्न थालेको भन्दै चिन्तित थिए । आयातित धातुका सामग्री अति आवश्यक पर्दा मात्रै प्रयोग गर्नुपर्ने उनले सुझाव दिए । आयातित सामग्रीको प्रयोग गर्न सहज हुने भएकाले आफ्नो सुझाव कसैले नसुन्ने उनको गुनासो छ ।

तीन दशक अगाडिसम्म ग्रामीण क्षेत्रमा फलाम, सिल्टी, तामालगायत धातुका भाँडाकुँडा निकै कम पाइने हुँदा स्थानीयले माटा र काठकै सामग्री बढी प्रयोग गर्ने गरेको चुनाराले स्मरण गरे । पछिल्लो समय घरै पिच्छे धातुका सामग्री आउन थालेपछि काठका सामग्री बिक्री कम हुँदै गएको उनले बताए ।

गाउँका बारीमा रहेका काठबाट बनाइने काठका ठेकी आयातित भाँडाकुँडा भन्दा स्वास्थ्यका लागि फाइदा हुने भन्दै यसतर्फ कसैको ध्यान नगएको चुनाराको भनाइ छ । समयसँगै परम्परा पनि परिवर्तन हुँदै जाँदा अचेल मानिसहरू गाउँमा नबस्ने तथा गाईभैँसी नपाल्दा ठेकीको पनि प्रयोग निकै कम भएको उनले बताए ।

‘हाम्रो पालामा एउटै परिवारले १५/२० वटा भैँसी पाल्ने, दूध, दही र मही ठेकीमा राख्ने चलन थियो । अहिले गाउँमा मानिस बस्न छोडे, गाईभैँसी पनि पाल्दैनन् । उहिलेका बुढापाकाले सिल्टी प्रयोग गर्ने होइन भन्थे, अहिले त्यही बढी प्रयोग गर्छन्’, चुनाराले भने, ‘सिल्टीमा एकै छिन हात गोट्यो भने कति कालो लाग्छ, त्यस्तो भाँडामा खाँदा बुढापुरानाले धेरै थरीको रोग लाग्छ भन्थे । काठको भाँडाको दूध दही, तामाको भाँडाको पानी, फलामको कुँडेमा तताएको दूध खानु पर्छ भन्थे, अहिले त्यो सबै हरायो ।’

पहिले आफ्नो गाउँमा ३०/४० जनाले ठेकी बनाउने गरे पनि अहिले नयाँ पुस्ताले काम नसिक्दा चार जना मात्रै रहेको चुनाराले जानकारी दिए । यो पेसा संरक्षणमा राज्यले पनि चासो नदिएको उनले गुनासो पोखे ।

गाउँपालिका/नगरपालिकाले आरन गर्ने, बाख्रा पाल्नेलाई अनुदान दिएर ती पेसामा लागनेलाई प्रोत्साहन गरे पनि ठेकी बनाउने सीप भएका र वर्षौँदेखि यहीँ पेसा गर्दै आएकालाई अहिलेसम्म कुनै पनि सम्बोधन नगरेको उनको भनाइ छ । ठेकी बनाउने पेसाबाटै परिवार चलाउँदै आएको भन्दै पछिल्लो समय बिक्री कम हुन थालेपछि जीविकोपार्जनमा समस्या हुन थालेको उनले बताए ।

चुनारा अहिले पनि अँधियामा ठेकी बनाउन गाउँगाउँ पुग्छन् । अँधिया प्रथा अहिले पनि कायम रहँदै आएकाले यसलाई निरन्तरता दिएको चुनारले बताए । ४८ वर्षसम्म एउटै पेसा अङ्गालेर छोराहरूको लालनपालन र पढाइलेखाइसम्म गरेको सुनाउँदै अहिले आफ्ना सन्तानले सरकारी क्षेत्रमा काम गरिरहेका उनले बताए । ‘मैले कुनै सरकारी कार्यालयमा काम गरेको भए पेन्सन पाउने उमेर भइसकेको छ’, उनले भने ।

‘मैले १२ वर्षदेखि ठेकी बनाउने पेसा अङ्गालेको हुँ, उतिबेला बा, दाईहरुसँग हिँडियो, उनीहरूबाटै सिकियो, १७ वर्षदेखि आफैँ कमाउन थाले, अहिलेसम्म गर्दै आएको छु, केही वर्ष भयो व्यापार निकै कम हुँदै गएको छ । ठेकी किन्नेहरूले अहिले प्लास्टिक, सिल्टीका भाँडा ल्याउन थाले’, चुनाराले भने, ‘हातपाखुरा चल्दासम्म यो पेसा धान्ने छु । युवा पुस्ताले सीप नसिक्दा पेसा सङ्कटमा पर्ने चिन्ता छ ।’ राज्यले पनि ठेकी बनाउने पेसाको संरक्षण गर्न केही आर्थिक तथा प्राविधिक सहयोग गर्नुपर्ने उनको भनाइ छ ।

सबैभन्दा पहिले काठ र माटोकै भाँडाको आविष्कार भएको भन्दै प्रविधिको विकासले अन्य धातुका भाँडा बन्न थालेको चुनाराले बताए । ठेकीलाई एक मानाको एक हजार दुई सय पर्ने उनले जानकारी दिए । एउटा ठेकीलाई आठ सयदेखि १० हजारसम्म पर्ने उनको भनाइ छ ।

ठेकीको व्यापार बढे युवाले विदेशी भूमिमा दुःख गर्न नपर्ने चुनाराले बताए । स्थानीयस्तरमा युवालाई स्वरोजगार बनाउन तीनै तहका सरकारले विशेष योजना बनाएर रैथाने सीप तथा पेसा संरक्षण र प्रवर्द्धनका लागि कदम चाल्नुपर्ने उनको भनाइ छ ।

Previous Post

बजेट अभावमा धनगढी–खुटिया–दिपायल द्रुतमार्गमा पुल निर्माण प्रभावित

Next Post

जयशंकरको टिप्पणी- नेपालले सयको नोटमा चुच्चे नक्सा राखेर अवस्था परिवर्तन हुदैन

सम्बन्धित खबर

गण्डकी प्रदेशसभा बैठक : प्रदेश लोकसेवा आयोग र प्रदेशसभाको सार्वजनिक लेखा समितिको प्रतिवेदन पेश
कृषि

गण्डकी प्रदेशसभाः गाँजाखेतीसम्बन्धी विधेयक पारित

२५ असार २०८३,
राष्ट्रिय चिकित्सा शिक्षा आयोगको बैठक सम्पन्न
आवाज

राष्ट्रिय चिकित्सा शिक्षा आयोगको बैठक सम्पन्न

२५ असार २०८३,
राष्ट्रिय वाणिज्य बैंकको सवल वित्तीय सूचक
आर्थिक

राष्ट्रिय वाणिज्य बैंकको सवल वित्तीय सूचक

२५ असार २०८३,
उपराष्ट्रपति यादवसँग फ्रान्सेली राजदूतको शिष्टाचार भेट
आवाज

उपराष्ट्रपति यादवसँग फ्रान्सेली राजदूतको शिष्टाचार भेट

२५ असार २०८३,
सभामुख अर्यालसँग भारतीय राजदूत श्रीवास्तवको शिष्टाचार भेट
आर्थिक

सभामुख अर्यालसँग भारतीय राजदूत श्रीवास्तवको शिष्टाचार भेट

२५ असार २०८३,
नेपालको स्वास्थ्य क्षेत्रलाई नर्वेको सहयोग निरन्तर रहने प्रतिबद्धता
अन्तर्राष्ट्रिय

नेपालको स्वास्थ्य क्षेत्रलाई नर्वेको सहयोग निरन्तर रहने प्रतिबद्धता

२५ असार २०८३,
Load More
Next Post
जयशंकरको टिप्पणी- नेपालले सयको नोटमा चुच्चे नक्सा राखेर अवस्था परिवर्तन हुदैन

जयशंकरको टिप्पणी- नेपालले सयको नोटमा चुच्चे नक्सा राखेर अवस्था परिवर्तन हुदैन

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In