• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Wednesday, May 27, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    अभिनेत्रीहरुले बोक्न थाले चलचित्रको कथा

    अभिनेत्रीहरुले बोक्न थाले चलचित्रको कथा

    तनहुँमा धानबालीमा मरुवा रोगको समस्या

    तनहुँमा धानबालीमा मरुवा रोगको समस्या

    रुसले बनायो नयाँ इबोला खोप

    रुसले बनायो नयाँ इबोला खोप

    इजरायलमा अमेरिकी सैन्य विमान तैनाथ, इरानसँग तनाव कायम

    इजरायलमा अमेरिकी सैन्य विमान तैनाथ, इरानसँग तनाव कायम

    धवलागिरिमा भेटियो थप रेडपाण्डा

    ‘रेडपाण्डा’ को स्वास्थ्य अवस्था अध्ययन गर्न दिसा परीक्षण

    दुर्लभ प्याराकिटका ‘सुपर अभिभावक’

    दुर्लभ प्याराकिटका ‘सुपर अभिभावक’

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
  • गृह
  • समाचार
    अभिनेत्रीहरुले बोक्न थाले चलचित्रको कथा

    अभिनेत्रीहरुले बोक्न थाले चलचित्रको कथा

    तनहुँमा धानबालीमा मरुवा रोगको समस्या

    तनहुँमा धानबालीमा मरुवा रोगको समस्या

    रुसले बनायो नयाँ इबोला खोप

    रुसले बनायो नयाँ इबोला खोप

    इजरायलमा अमेरिकी सैन्य विमान तैनाथ, इरानसँग तनाव कायम

    इजरायलमा अमेरिकी सैन्य विमान तैनाथ, इरानसँग तनाव कायम

    धवलागिरिमा भेटियो थप रेडपाण्डा

    ‘रेडपाण्डा’ को स्वास्थ्य अवस्था अध्ययन गर्न दिसा परीक्षण

    दुर्लभ प्याराकिटका ‘सुपर अभिभावक’

    दुर्लभ प्याराकिटका ‘सुपर अभिभावक’

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
Metakhabar
No Result
View All Result

हुम्लामा बृहत स्वास्थ्य शिविर, एक हजार आठ सय बढीले लिए सेवा

by
१९ बैशाख २०८१,
0
हुम्लामा बृहत स्वास्थ्य शिविर, एक हजार आठ सय बढीले लिए सेवा
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

हुम्ला । हुम्लाको मध्यभागमा रहेको सर्केगाड गाउँपालिकाको सर्केगाडमा बृहत् निःशुल्क स्वास्थ्य शिविर आयोजना गरिएको छ । सो शिविरबाट एक हजार आठ सय २५ जना स्थानीय नागरिक लाभान्वित भएका छन् ।

सोमबार र मङ्गलबार आयोजित सो शिविरमा ठूलो संख्यामा स्थानीय सहभागी रहेका थिए । नेपाली कांग्रेसका नेता एवं सांसद डा. सुनिल शर्मा नेतृत्वको काठमाडौँ मेडिकल कलेजका विशेषज्ञ चिकित्सकहरूको टोलीले जिल्लाको सर्केगाड गाउँपालिकामा पुगेर यहाँका स्थानीयलाई निःशुल्क स्वास्थ्य सेवा प्रदान गरेको हो ।

पालिका केन्द्र सर्केगाडमा सञ्चालन भएको सो स्वास्थ्य शिविरमा मुटुरोग, न्यूरो, सर्जरी, पाठेघर, क्यान्सर, दम, हाडजोर्नी, निमोनियालगात सबै प्रकारका रोगको उपचार गरी निःशुल्क औषधि पनि वितरण गरिएको सांसद डा शर्माल बताए ।
उनका अनुसार जाँच गरिएका बिरामीमध्ये एक सय ४७ जनामा गम्भीर प्रकृतिको रोग देखिएकाले उनीहरूलाई काठमाडौँ मेडिकल कलेज सिनामङ्गल रेफर गरिएको र ती सबै बिरामीलाई काठमाडौँमा पनि निःशुल्क उपचार गरिने छ ।

सो निःशुल्क स्वास्थ्य शिविरमा सर्केगाड गाउँपालिकाका सायाँ, गोठी, दुल्ली, रिप, उनापानी, राहादेउ, भुवा, कल्लासलगायत गाउँका नागरिकले सेवा पाएका हुन् । स्वास्थ्य पहुँचमा नपुगेका र दुर्गम क्षेत्रका नागरिकले गाउँघरमै विशेषज्ञसहितको सेवा पाउँदा खुसी व्यक्त गरेका छन् । हुम्लाका स्थानीयले डा. शर्मा नेतृत्वमा रहेका विशेषज्ञ चिकित्सकहरूको टोलीले आफ्ना गाउँघरमै आएर उपचार सेवा प्रदान गरेकामा धन्यवाद दिँदै आगामी दिनमा पनि यस्तै सहयोगको अपेक्षा गरिएको बताएका थिए ।

शिविरमा विशेषज्ञ चिकित्सक र स्वास्थ्यकर्मीसहित २५ जनाको टोली रहेको छ । डा. शर्माले हुम्लालगायत कर्णाली र सुदूरपश्चिमका सुलभ रूपमा स्वास्थ्य सेवा नपाएका स्थानमा पुगेर निःशुल्क सेवा दिइरहेको जानकारी दिँदै हुम्लामा देखिएको नागरिकको स्वास्थ्य अवस्था निकै नाजुक रहेको बताए । उनले सम्भव भएका नागरिकलाई सोही शिविरमै उपचार दिने र गम्भीर रोगको आशङ्का लागेकालाई बाटो खर्च समेत दिई काठमाडौँ बोलाइएको र सिनामङ्गलस्थित काठमाडौँ मेडिकल कलेजमा पनि निःशुल्क उपचार गरिने बताए ।

दुर्गमका नागरिकहरू पैसा अभावमा उपचारको पहुँचबाट बञ्चित हुन नपरोस् भनेर आफ्नो नेतृत्वमा देशका दुर्गम क्षेत्रमा समय–समयमा स्वास्थ्य शिविर सञ्चालन गर्ने गरेको डा. शर्माले बताए । उनले आज मुगु जिल्लामा यस्तै निःशुल्क स्वास्थ्य शिविर सेवा दिने कार्यक्रम रहेको जानकारी दिए । सो चिकित्सक टोलीले यसअघि यही वैशाख १३ गते डोटीको दिपायल र १५ गते बाजुराको तिलिचौरमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको थियो । आज मुगुको गमगढीमा र २१ गते जुम्ला र कालिकोटको सीमानामा पर्ने नाम्मामा स्वास्थ्य शिविर सञ्चालन गर्ने कार्यक्रम रहेको पनि उनले जानकारी दिए ।

Previous Post

भाजपाकाे चुनावी अभियान अवलाेकनका लागि पुगे नेपालका यी दलका नेता

Next Post

अदालतको अवहेलना मुद्धामा ट्रम्प दोषी ठहर

सम्बन्धित खबर

अभिनेत्रीहरुले बोक्न थाले चलचित्रको कथा
मनोरञ्जन

अभिनेत्रीहरुले बोक्न थाले चलचित्रको कथा

१३ जेष्ठ २०८३,
तनहुँमा धानबालीमा मरुवा रोगको समस्या
आर्थिक

तनहुँमा धानबालीमा मरुवा रोगको समस्या

१३ जेष्ठ २०८३,
रुसले बनायो नयाँ इबोला खोप
फिचर-ब्यानर

रुसले बनायो नयाँ इबोला खोप

१३ जेष्ठ २०८३,
इजरायलमा अमेरिकी सैन्य विमान तैनाथ, इरानसँग तनाव कायम
फिचर-ब्यानर

इजरायलमा अमेरिकी सैन्य विमान तैनाथ, इरानसँग तनाव कायम

१३ जेष्ठ २०८३,
धवलागिरिमा भेटियो थप रेडपाण्डा
आर्थिक

‘रेडपाण्डा’ को स्वास्थ्य अवस्था अध्ययन गर्न दिसा परीक्षण

१३ जेष्ठ २०८३,
दुर्लभ प्याराकिटका ‘सुपर अभिभावक’
फिचर-ब्यानर

दुर्लभ प्याराकिटका ‘सुपर अभिभावक’

१३ जेष्ठ २०८३,
Load More
Next Post
अदालतको अवहेलना मुद्धामा ट्रम्प दोषी ठहर

अदालतको अवहेलना मुद्धामा ट्रम्प दोषी ठहर

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In