• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Wednesday, May 27, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    तनहुँमा धानबालीमा मरुवा रोगको समस्या

    तनहुँमा धानबालीमा मरुवा रोगको समस्या

    रुसले बनायो नयाँ इबोला खोप

    रुसले बनायो नयाँ इबोला खोप

    इजरायलमा अमेरिकी सैन्य विमान तैनाथ, इरानसँग तनाव कायम

    इजरायलमा अमेरिकी सैन्य विमान तैनाथ, इरानसँग तनाव कायम

    धवलागिरिमा भेटियो थप रेडपाण्डा

    ‘रेडपाण्डा’ को स्वास्थ्य अवस्था अध्ययन गर्न दिसा परीक्षण

    दुर्लभ प्याराकिटका ‘सुपर अभिभावक’

    दुर्लभ प्याराकिटका ‘सुपर अभिभावक’

    मुस्ताङका किसानलाई अनुदानमा हाते ट्याक्टर

    मुस्ताङका किसानलाई अनुदानमा हाते ट्याक्टर

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
  • गृह
  • समाचार
    तनहुँमा धानबालीमा मरुवा रोगको समस्या

    तनहुँमा धानबालीमा मरुवा रोगको समस्या

    रुसले बनायो नयाँ इबोला खोप

    रुसले बनायो नयाँ इबोला खोप

    इजरायलमा अमेरिकी सैन्य विमान तैनाथ, इरानसँग तनाव कायम

    इजरायलमा अमेरिकी सैन्य विमान तैनाथ, इरानसँग तनाव कायम

    धवलागिरिमा भेटियो थप रेडपाण्डा

    ‘रेडपाण्डा’ को स्वास्थ्य अवस्था अध्ययन गर्न दिसा परीक्षण

    दुर्लभ प्याराकिटका ‘सुपर अभिभावक’

    दुर्लभ प्याराकिटका ‘सुपर अभिभावक’

    मुस्ताङका किसानलाई अनुदानमा हाते ट्याक्टर

    मुस्ताङका किसानलाई अनुदानमा हाते ट्याक्टर

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
Metakhabar
No Result
View All Result

दुना टपरी उद्योगबाट आत्मनिर्भर हुने प्रयास

by
१८ बैशाख २०८१,
0
दुना टपरी उद्योगबाट आत्मनिर्भर हुने प्रयास
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

ढोरपाटन (बागलुङ) । बागलुङ नगरपालिका–३ की ७७ वर्षीया भद्रकली पुनलाई दुई महिना अगाडिसम्म दिन बिताउन निकै गाह्रो थियो । बुढेसकालमा भारी काम गर्न नसक्ने, घरमा यतिकै बस्दा समय बिताउन गाह्रो हुँदा मोबाइलमा भिडियो हेरेर बस्थेँ । हिजोआज उनको दैनिकी फेरिएको छ । दिन कसरी बिताउने भन्ने चिन्ता पनि हरायो । उनी अहिले हरेक दिन उद्यमशील महिला मगर संघले सञ्चालन गरेको दुना टपरी उद्योगमा बिताउछँन् ।

अचेल उनलाई उद्योगमा महिलाहरुसँग गफिँदै टपरी बन्दाबुन्दै समय बितेको पत्तै हुँदैन । दुई महिना अगाडि उद्यमशील महिला मगर संघले सञ्चालन गरेको टुना टपरी उद्योगमा अधबैसे र वृद्ध महिलाहरु भेटिन्छन् । उद्योगमा कोही टपरी बनाइरहेका भेटिन्छन् त कोही सिन्का चिरीरहेका हुन्छन् । उद्योगले महिलालाई स्वरोगार त बनाएको छ नै आत्मनिर्भरसमेत बनाइ रहेको छ ।

उद्योग सञ्चालनमा आएको छोटो समयमै दुनाटपरीको माग बढ्न थालेपछि महिलाहरुलाई भ्याइनभ्याइ छ । गत फागुनदेखि सञ्चालनमा आएको उद्योग महिलाहरुको गतिलो आयस्रोतको माध्यम बन्न थालेको छ । उद्योग सञ्चालनमा आएपछि वनमा खेर गएका सालका पातले पनि बजार पाउन थालेको छ । उद्योगमा २८ महिला आबद्ध छन् । विसं २०७६ देखि महिलाहरुले सङ्गठित भएर बङ्गुर पालन थालेका थिए ।

महिलाहरुले अघिल्लो वर्ष अफ्रिकन स्वाइन फिवर महामारीका कारण छ सय बङ्गुर मरेपछि दुनाटपरी उद्योग सञ्चालन गरेका हुन् । बङ्गुर मर्दा १५ लाख बढी नोक्सानी भएको थियो । उनीहरु बिहान बेलुका घरको काम गर्ने र फुर्सदको समय टपरी बुन्ने गर्छन् । महिलाहरुले सुरुवाती चरणमै दुई महिनाको अवधिमा करिब रु दुई लाख आम्दानीसमेत गरेका छन् ।

भद्रकलीले छोरी, बुहारी र नातीहरुसँगै दिनभर उद्योगमै बसेर टपरी बुन्छन् । सुख, दुःखका मन्थन गर्दागर्दै दिन बितेको थाहै नहुने उनले बताए । दुना टपरी बुन्दा समस्या नहुने हुँदा उद्योग र यहाँ काम गर्ने महिलाहरु आफ्नो सारथी बनेको भद्रकलीले सुनाए ।

उनले भने, “दिन दिनै मोबाइल चलाउँदा आँखा दुख्ने, टाउको दुख्ने हुन्थ्यो, दिनभर घरमा बस्दा बस्दा दिक्क लाग्ने गथ्र्यो, अहिले यहाँ (उद्योगमा) धेरै नानीहरु आउँछन्, उनीहरुसँग कुराकानी गरेर टपरी बुन्छु, दिन बितेको थाहै हुँदैन, नानीहरुले धेरै राम्रो काम गरेका छन्, म बुढी मान्छे पनि आबद्ध भएको छु, काम गर्न त सक्दैन, त्यही पनि दुई÷चार वटा टपरी बुन्छु, मेरो लागि त दिन बिताउने आधार बनेको छ, आम्दानी पनि हुन्छ ।”

सालको पातलाई बाँसको सिन्काले उनेर परम्परागत तरिकाबाट बनाउने दुना तथा टपरीलाई आधुनिक ढङ्गले उत्पादन गर्न थालिएको छ । वनमा खेर गइरहेको सालको पातको सदुपयोग गर्दै दुनाटपरी उद्योग सञ्चालनमा ल्याइएको हो ।

धार्मिक कार्यका लागि महत्वपूर्ण मानिँदै आएको दुनाटपरी पछिल्लो समय अन्य प्रयोजनमा समेत प्रयोगमा आउन थालेको छ । उद्योगमा आबद्ध सदस्य दिलमाया काउचाले नयाँ कामको सुरुवात भएको हुँदा सिक्दै स्वरोजगार बन्दै गरेको बताए । उद्योग सञ्चालनमा नआउँदा यतिकै घरमा बस्ने गरेको भन्दै अहिले दैनिक उद्योगमा आएर काम गर्ने गरेको उनको भनाइ छ ।

“सुरुवाती चरणमा छौँ, अहिलेसम्म त धेरैले राम्रो भन्नुभएको छ, वन जंगलमा पुगेर पातहरु ल्याउँछौँ, बर्खाका लागि पनि अहिले नै पात ल्याएर गोदाममा राखेका छौँ, पानी प¥यो भने पात पाइँदैन पाइए पनि कुहिन्छ”, काउचाले भने, “उद्योगमा लागेपछि आयस्रोत पनि हुने भयो, पहिले टपरी बुन्नका लागि सिकेका थियौँ, अहिले आफै गर्न सक्ने भयौँ, महिला दिदीबहिनीहरु एक जुट भएपछि यो काम गर्न सहज भएको छ, विस्तारै फस्टाउँदै जाने विश्वास दिएका छौँ ।”

महिलाहरुले करिब रु तीन लाखको लागतमा दुना टपरी बनाउने मेसिनसमेत ल्याएका छन् । बागलुङ बजार आसपासमा खेर गएका सालका पातलाई दुनाटपरी बनाएर बजारमा पठाउन थालिएको छ । पछिल्लो समय सालका पातका दुना तथा टपरीमा रेष्टुराँका परिकार बिक्री गर्न थालिएपछि यसको माग निकै बढेको उद्यमशील महिला मगर संघकी अध्यक्ष बलकुमारी पुनले बताए ।

दुना टपरीलाई तीनदेखि आठसम्ममा बिक्री गर्दै आएको उनको भनाइ छ । विसं २०७५ मै महिलाहरु एकताबद्ध भएर सिर्जनात्मक काम गर्दै आएकामा फागुनदेखि व्यावसायिक रुपमा दुना टपरी उत्पादनमा लागेको अध्यक्ष पुन बताउँछन् ।

खासगरी धार्मिक स्थल, पूजाआज गर्ने ठाउँ र सार्वजनिक कार्यक्रम हुने ठाउँबाट दुना टपरीको माग आउने गरेको उनको भनाइ छ । उद्योग सञ्चालनमा आएको दुई महिनामै धेरै ठाउँबाट मागसँगै हौसल थपिँदै गएपछि काम गर्न उर्जा थपिएको अध्यक्ष पुनले बताए ।

उद्योगमा काम गर्ने महिलाहरुले मासिक २५ देखि ३० हजारसम्म आम्दानी गर्नसक्ने उनी बताउँछन् । हाल बजारीकरणमा कुनै समस्या नभएको भन्दै आयातित प्लास्टिकका सामग्रीलाई प्रतिबन्ध लगाउन सके स्थानीय उत्पादनले बजार पाउनसक्ने पुनको भनाइ छ ।

अध्यक्ष पुनले भने, “उद्यमशील महिला मगर संघले पाँच वर्ष अगाडि बङ्गुरपालन गरेका थियौँ, तर रोगले गर्दा सबै मरे, त्यस बेला हामीहरुले १६ लाखभन्दा बढी क्षति व्यहोर्नु प¥यो, त्यसपछि अहिले दुना टपरी उद्योग सञ्चालन गरेका छौँ, राम्रो हुँदै गएको छ, बेरोजगार दिदीबहिनीहरुले रोजगार पाएका छौँ, अहिले जसरी माग आइरहेको छ, त्यो मागलाई पूर्ति गर्नका लागि अझै धेरै कामदार चाहिन्छ, यद्यपी हामीहरुले अल्ली बढी समय दिएका छौँ, घरको काम धन्दा सकाएपछि बल्ल यहाँ आउँछौँ, धेरै तिरबाट माग आउँदा निकै उत्साहित भएर काम गरि रहेका छौँ ।”

Previous Post

इजरायली सेनाको पाँच युनिटमाथि मानवअधिकार उल्लङ्घनको आरोप

Next Post

सगरमाथासहितका हिमालबाट दुई टनभन्दा बढी फोहोर सङ्कलन

सम्बन्धित खबर

तनहुँमा धानबालीमा मरुवा रोगको समस्या
आर्थिक

तनहुँमा धानबालीमा मरुवा रोगको समस्या

१३ जेष्ठ २०८३,
रुसले बनायो नयाँ इबोला खोप
फिचर-ब्यानर

रुसले बनायो नयाँ इबोला खोप

१३ जेष्ठ २०८३,
इजरायलमा अमेरिकी सैन्य विमान तैनाथ, इरानसँग तनाव कायम
फिचर-ब्यानर

इजरायलमा अमेरिकी सैन्य विमान तैनाथ, इरानसँग तनाव कायम

१३ जेष्ठ २०८३,
धवलागिरिमा भेटियो थप रेडपाण्डा
आर्थिक

‘रेडपाण्डा’ को स्वास्थ्य अवस्था अध्ययन गर्न दिसा परीक्षण

१३ जेष्ठ २०८३,
दुर्लभ प्याराकिटका ‘सुपर अभिभावक’
फिचर-ब्यानर

दुर्लभ प्याराकिटका ‘सुपर अभिभावक’

१३ जेष्ठ २०८३,
मुस्ताङका किसानलाई अनुदानमा हाते ट्याक्टर
आवाज

मुस्ताङका किसानलाई अनुदानमा हाते ट्याक्टर

१३ जेष्ठ २०८३,
Load More
Next Post
सगरमाथासहितका हिमालबाट दुई टनभन्दा बढी फोहोर सङ्कलन

सगरमाथासहितका हिमालबाट दुई टनभन्दा बढी फोहोर सङ्कलन

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In