• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Wednesday, May 27, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    तनहुँमा धानबालीमा मरुवा रोगको समस्या

    तनहुँमा धानबालीमा मरुवा रोगको समस्या

    रुसले बनायो नयाँ इबोला खोप

    रुसले बनायो नयाँ इबोला खोप

    इजरायलमा अमेरिकी सैन्य विमान तैनाथ, इरानसँग तनाव कायम

    इजरायलमा अमेरिकी सैन्य विमान तैनाथ, इरानसँग तनाव कायम

    धवलागिरिमा भेटियो थप रेडपाण्डा

    ‘रेडपाण्डा’ को स्वास्थ्य अवस्था अध्ययन गर्न दिसा परीक्षण

    दुर्लभ प्याराकिटका ‘सुपर अभिभावक’

    दुर्लभ प्याराकिटका ‘सुपर अभिभावक’

    मुस्ताङका किसानलाई अनुदानमा हाते ट्याक्टर

    मुस्ताङका किसानलाई अनुदानमा हाते ट्याक्टर

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
  • गृह
  • समाचार
    तनहुँमा धानबालीमा मरुवा रोगको समस्या

    तनहुँमा धानबालीमा मरुवा रोगको समस्या

    रुसले बनायो नयाँ इबोला खोप

    रुसले बनायो नयाँ इबोला खोप

    इजरायलमा अमेरिकी सैन्य विमान तैनाथ, इरानसँग तनाव कायम

    इजरायलमा अमेरिकी सैन्य विमान तैनाथ, इरानसँग तनाव कायम

    धवलागिरिमा भेटियो थप रेडपाण्डा

    ‘रेडपाण्डा’ को स्वास्थ्य अवस्था अध्ययन गर्न दिसा परीक्षण

    दुर्लभ प्याराकिटका ‘सुपर अभिभावक’

    दुर्लभ प्याराकिटका ‘सुपर अभिभावक’

    मुस्ताङका किसानलाई अनुदानमा हाते ट्याक्टर

    मुस्ताङका किसानलाई अनुदानमा हाते ट्याक्टर

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
Metakhabar
No Result
View All Result

म्याग्दी र मुस्ताङका पर्यटकीय स्थानमा भीड

by
१७ बैशाख २०८१,
0
म्याग्दी र मुस्ताङका पर्यटकीय स्थानमा भीड
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

गलेश्वर । म्याग्दी र मुस्ताङका पर्यटकीय तथा धार्मिक स्थलमा आन्तरिक तथा बाह्य पर्यटकको भीड लागेको छ । देशका विभिन्न ठाउँबाट आन्तरिक पर्यटक म्याग्दीका घोडेपानी र पुनहिल, तातोपानी तथा मुस्ताङको मुक्तिनाथ, जोमसोम, कागवेनीलगायतका क्षेत्रमा आएका छन् ।

पाहुनाका कारण पर्यटकीय क्षेत्रका होटल खचाखच भरिएका छन् भने सडकमा सार्वजनिक र निजी यातायातका साधन बाक्लै गुडेका बेनीको प्रवेश नाका कालीपुलस्थित ट्राफिक प्रहरीले जनाएको छ । म्याग्दीको पर्यटकीयस्थल पुनहिलबाट सूर्योदयको अवलोकन गर्न दैनिक तीन सयदेखि चार सयसम्म पर्यटक जाने गरेका घोडेपानीका होटल व्यवसायी मिना पुनले बताए ।

स्थलमार्गबाट मुस्ताङ जाने पर्यटकका लागि बेनी प्रवेशद्वारसमेत भएको हुनाले मुस्ताङ जाने पर्यटकको भीड बेनीमा देख्न सकिन्छ । घोडेपानी टोल सुधार समितिका संयोजक विरेन गर्बुजाका अनुसार नयाँ वर्ष २०८१ को सुरुआतसँगै आन्तरिक तथा बाह्य पर्यटकको घोडेपानी र पुनहिलमा भीड लागेको छ ।

मुस्ताङमा पनि आन्तरिक तथा बाह्य पर्यटक बढेका पर्यटन तथा होटल व्यवसायीले बताएका छन् । मुस्ताङको मुक्तिनाथ, जोमसोम, लेते र उपल्लो मुस्ताङको लोमान्थाङमा पर्यटकको लर्को लागेको जोमसोमका व्यवसायी नवीन शेरचनले बताए ।

चितवनको क्षेत्रपुरबाट म्याग्दीको घोडेपानी, पुनहिल, तातोपानी र मुस्ताङको भ्रमणमा आउनुभएका सागर श्रेष्ठ, मनिका श्रेष्ठ, सलिन काफ्लेलगायत उहाँको समूहका १५ युवा युवतीले पाँच दिनसम्म म्याग्दी र मुस्ताङका पर्यटकीय तथा धार्मिक क्षेत्रको भ्रमण गरेर शनिबार बेनी फर्किएको र यहाँ एक रात बसेर बागलुङ तथा कुश्माका पर्यटकीय क्षेत्रको घुमफिर गरेर मात्रै चितवन जाने जानकारी दिए ।

केही दिनयता बेनीमा आन्तरिक पर्यटकको आगमन साविककोभन्दा उल्लेख्यरुपमा बढेको बेनीका होटल व्यवसायीले बताएका छन् । वैशाख पहिलो सातादेखि नै म्याग्दीमा साविककोभन्दा पर्यटक बढी आएका र अधिकांश ठूला होटल भरिभराउ भएको होटल व्यवसायी बाबुराम आचार्यले जानकारी दिए ।

पहिला नेपाली र भारतीय पर्यटकको रोजाइ बनेको मुक्तिनाथ मन्दिर सोझै गएर फर्कने चलन थियो । पछिल्ला वर्षमा मुक्तिनाथ पुगेका पर्यटक बेनी, बागलुङ कालिका र पञ्चकोटमासमेत पुग्ने गरेकाले यस क्षेत्रको पर्यटकीय विकासमा थप सहयोग पुगेको उनको भनाइ थियो ।

Previous Post

बजेट अभावले एकीकृत मिलन बस्ती निर्माणमा ढिलाइ

Next Post

हाकिमसावको जिद्धिले ६ जनाको ज्यान जोखिममा,सवारी साधन पुर्णरूपमा क्षतिग्रस्त

सम्बन्धित खबर

तनहुँमा धानबालीमा मरुवा रोगको समस्या
आर्थिक

तनहुँमा धानबालीमा मरुवा रोगको समस्या

१३ जेष्ठ २०८३,
रुसले बनायो नयाँ इबोला खोप
फिचर-ब्यानर

रुसले बनायो नयाँ इबोला खोप

१३ जेष्ठ २०८३,
इजरायलमा अमेरिकी सैन्य विमान तैनाथ, इरानसँग तनाव कायम
फिचर-ब्यानर

इजरायलमा अमेरिकी सैन्य विमान तैनाथ, इरानसँग तनाव कायम

१३ जेष्ठ २०८३,
धवलागिरिमा भेटियो थप रेडपाण्डा
आर्थिक

‘रेडपाण्डा’ को स्वास्थ्य अवस्था अध्ययन गर्न दिसा परीक्षण

१३ जेष्ठ २०८३,
दुर्लभ प्याराकिटका ‘सुपर अभिभावक’
फिचर-ब्यानर

दुर्लभ प्याराकिटका ‘सुपर अभिभावक’

१३ जेष्ठ २०८३,
मुस्ताङका किसानलाई अनुदानमा हाते ट्याक्टर
आवाज

मुस्ताङका किसानलाई अनुदानमा हाते ट्याक्टर

१३ जेष्ठ २०८३,
Load More
Next Post
हाकिमसावको जिद्धिले ६ जनाको ज्यान जोखिममा,सवारी साधन पुर्णरूपमा क्षतिग्रस्त

हाकिमसावको जिद्धिले ६ जनाको ज्यान जोखिममा,सवारी साधन पुर्णरूपमा क्षतिग्रस्त

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In