• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Thursday, August 6, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    हिरोसिमाबाट आणविक हतियारविरुद्ध चेतावनी

    हिरोसिमाबाट आणविक हतियारविरुद्ध चेतावनी

    जेटस्टारले ओभरहेड लकरमा झोला राखेबापत शुल्क लिने

    जेटस्टारले ओभरहेड लकरमा झोला राखेबापत शुल्क लिने

    विदेशी उपाधिको समकक्षता सेवा युसिजीसीमार्फत सञ्चालनमा

    विदेशी उपाधिको समकक्षता सेवा युसिजीसीमार्फत सञ्चालनमा

    देशमा शान्ति सुरक्षा कायम गर्न सरकार क्रियाशील छः गृहमन्त्री

    देशमा शान्ति सुरक्षा कायम गर्न सरकार क्रियाशील छः गृहमन्त्री

    भारतीय प्रधानसेनापति धिरज सेठ अगस्ट १६ मा नेपाल आउने

    भारतीय प्रधानसेनापति धिरज सेठ अगस्ट १६ मा नेपाल आउने

    बाढीको जोखिम बढ्दै जाँदा सिमामा नेपाल-भारत संयुक्त टोली सक्रिय

    बाढीको जोखिम बढ्दै जाँदा सिमामा नेपाल-भारत संयुक्त टोली सक्रिय

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला

by
१३ बैशाख २०८१,
0
डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

हिमाली जिल्ला डोल्पामा आगामी जेठ १० गतेदेखि औपचारिकरुपमा यार्सागुम्बा सङ्कलन  गर्न खुला गरिने भएको छ । प्रमुख जिल्ला अधिकारी तुलसीप्रसाद दाहालको अध्यक्षतामा जिल्ला सदरमुकाम दुनैमा बसेको सरोकारवालाको बैठकले यस्तो निर्णय गरेको हो । जिल्लामा रहेको शे-फोक्सुण्डो राष्ट्रिय निकुञ्ज र डिभिजन वनको क्षेत्रमा यार्सागुम्बा सङ्कलन गर्न खुला गरिने प्रजिअ दाहालले जानकारी दिए ।

बैठकले यार्सा सङ्कलन गरिने क्षेत्रमा सुरक्षाकर्मी परिचालन एवं स्वास्थ्य शिविर आयोजना गरिने निर्णयसमेत गरेको छ ।  प्रत्येक वर्ष डोल्पाका उच्च हिमाली क्षेत्रमा रहेका यार्सा सङ्कलन गर्न बिसौँ हजार सर्वसाधारण पुग्ने गर्दछन् । डोल्पाका यार्सा पाटन वन क्षेत्रमा भन्दा निकुञ्ज क्षेत्रमा धेरै पर्ने गर्दछन् ।

यार्सागुम्बा सङ्कलन गर्न पाटन प्रवेशका लागि तीन प्रकारका प्रवेश अनुमतिपत्रको व्यवस्था निकुञ्जले गरेको छ । मध्यवर्ती क्षेत्रभित्रका बासिन्दालाई एक हजार, डोल्पा जिल्लाभित्रका बासिन्दालाई दुई हजार र जिल्ला बाहिरकालाई तीन हजार तोकिएको छ ।

निकुञ्ज र वन क्षेत्रका यार्सा सङ्कलन गर्न लुकीछिपी अवैधरुपमा मानिसहरू जाने गरेका छन् । डोल्पामा वैशाखमै यार्सा उम्रिसक्ने भएकाले जुम्ला र डोल्पाका सर्वसाधारण सङ्कलन गर्न जाने बताइएको छ ।

निकुञ्जले अवैधानिकरुपमा छिरेका ७५ जनालाई पक्राउ गरेर छोडिसकेको छ । शे-फोक्सुण्डो राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत विश्वबाबु श्रेष्ठले निकुञ्ज क्षेत्रमा सेनाले नियमित गस्ती गरिरहेको बताए । तोकिएको मितिभन्दा अगाडि पाटन प्रवेश गर्न खोज्ने जो कोहीलाई समातेर कानुनी कारबाही गरिने उनको भनाइ छ । डोल्पाली जनताको मुख्य आम्दानीको स्रोतको रूपमा रहेको यार्सागुम्बा सङ्कलन गर्नका लागि छिमेकी जिल्ला रुकुम, जाजरकोट, सल्यान, जुम्लालगायतका जिल्लाबाट हजारौँको सङ्ख्यामा सर्वसाधारण पुग्ने गर्दछन् ।

समुद्री सतहबाट तीन हजारदेखि पैँतीस सय मिटर उचाइसम्ममा यार्सा पाइने भएकाले ज्यानको बाजी लगाएर यार्सा टिप्न जानुपर्ने बाध्यता रहेको त्रिपुरासुन्दरी नगरपालिका-१ का ज्ञानबहादुर बुढाले बताए । डोल्पामा यार्साको व्यावसायिक रूपमा सङ्कलन सुरु २०४० सालदेखि भएको हो । विसं २०७५ देखियता १२ जना यार्सा सङ्कलकले ज्यान गुमाएको जिल्ला प्रहरी कार्यालय डोल्पाले जनाएको छ ।

शे-फोक्सुण्डो राष्ट्रिय निकुञ्जले यार्सा सङ्कलन इजाजत र छोड पुर्जी वितरणबाट प्रत्येक वर्ष न्यूनतम पचास लाखभन्दा धेरै राजस्व सङ्कलन गर्ने गरेको छ । अघिल्लो वर्षमात्रै छोडपुर्जी र सङ्कलन इजाजत वितरणबाट वितरणबाट निकुञ्जले रु. दुई करोड तीन लाख राजस्व सङ्कलन गरेको थियो । सङ्कलकबाट बर्सेनि लाखौँ राजस्व उठाए पनि स्वास्थ्य बिमा भने गरिँदैन ।

निकुञ्जले यार्सा टिप्नेबाट राजस्व मात्र लिने र जोखिमको प्रत्याभूति नगर्ने नगर्नु गलत भएको त्रिपुरासुन्दरी मध्यवर्ती क्षेत्र व्यवस्थापन समितिका अध्यक्ष चन्द्रमान सार्कीले बताए ।  ‘जिल्लाका प्रत्येक गाउँमा यार्सा टिप्न पाटन जाँदा बर्सेनि धेरैले घर परिवार र अभिभावक गुमाएको अवस्था छ । उनीहरूको जीवनस्तर समेत दयनीय छ, मृतकका छोराछोरी पढ्न पाएका छैनन् । अभिभावक गुमाएकै कारण कलिलै उमेर बाल विवाह गर्न बाध्य छन्, राम्रोसँग खान पाएका छैन, धेरै पीडामा बाँचेका छन्”, उनले भने । स्वास्थ्य बिमा भएको भए यार्सा सङ्कलन गर्न जाँदा ज्यान गुमाउनेलाई केहीन केही राहत हुने उनको भनाइ छ । डोल्पामा नेपालमै सबैभन्दा धेरै परिमाणमा र गुणस्तरको हिसाबमा राम्रो यार्सागुम्बा पाइने गर्दछ ।

Previous Post

लिभरपुललाई उपाधि होडमा धक्का

Next Post

बसको ठक्करबाट एक तीर्थयात्रीको मृत्यु

सम्बन्धित खबर

हिरोसिमाबाट आणविक हतियारविरुद्ध चेतावनी
अन्तर्राष्ट्रिय

हिरोसिमाबाट आणविक हतियारविरुद्ध चेतावनी

२१ साउन २०८३,
जेटस्टारले ओभरहेड लकरमा झोला राखेबापत शुल्क लिने
अन्तर्राष्ट्रिय

जेटस्टारले ओभरहेड लकरमा झोला राखेबापत शुल्क लिने

२१ साउन २०८३,
विदेशी उपाधिको समकक्षता सेवा युसिजीसीमार्फत सञ्चालनमा
समाचार

विदेशी उपाधिको समकक्षता सेवा युसिजीसीमार्फत सञ्चालनमा

२१ साउन २०८३,
देशमा शान्ति सुरक्षा कायम गर्न सरकार क्रियाशील छः गृहमन्त्री
फिचर-ब्यानर

देशमा शान्ति सुरक्षा कायम गर्न सरकार क्रियाशील छः गृहमन्त्री

२१ साउन २०८३,
भारतीय प्रधानसेनापति धिरज सेठ अगस्ट १६ मा नेपाल आउने
समाचार

भारतीय प्रधानसेनापति धिरज सेठ अगस्ट १६ मा नेपाल आउने

२१ साउन २०८३,
बाढीको जोखिम बढ्दै जाँदा सिमामा नेपाल-भारत संयुक्त टोली सक्रिय
फिचर-ब्यानर

बाढीको जोखिम बढ्दै जाँदा सिमामा नेपाल-भारत संयुक्त टोली सक्रिय

२१ साउन २०८३,
Load More
Next Post
ट्र्याक्टरको ठक्करबाट एकजनाको मृत्यु

बसको ठक्करबाट एक तीर्थयात्रीको मृत्यु

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In