• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Monday, May 25, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    वरिष्ठ सरोदवादक सुदर्शन राजोपाध्याय भारतको पुणेमा ‘कलाक्षेत्रम’बाट सम्मानित

    वरिष्ठ सरोदवादक सुदर्शन राजोपाध्याय भारतको पुणेमा ‘कलाक्षेत्रम’बाट सम्मानित

    पोखरा महानगरको योजनाः फिर्केको दायाँबायाँ ‘फुटट्रेल’, ‘एलइडी’ले सजाइने

    पोखरा महानगरको योजनाः फिर्केको दायाँबायाँ ‘फुटट्रेल’, ‘एलइडी’ले सजाइने

    विद्यार्थीलाई चोयाको सामग्री बनाउने सीप प्रदान

    विद्यार्थीलाई चोयाको सामग्री बनाउने सीप प्रदान

    डेढ महिनादेखि बस्न सकेन गण्डकी प्रदेशसभा बैठक

    गण्डकी प्रदेशसभाको बजेट अधिवेशन आजदेखि

    क्यामेरा जडान गरेर मान्छे मार्ने बाघको खोजी

    रौतहटमा बाघ गणना जारी

    हावाहुरीले बिजुली आपूर्तिमा अवरोध

    हावाहुरीले बिजुली आपूर्तिमा अवरोध

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
  • गृह
  • समाचार
    वरिष्ठ सरोदवादक सुदर्शन राजोपाध्याय भारतको पुणेमा ‘कलाक्षेत्रम’बाट सम्मानित

    वरिष्ठ सरोदवादक सुदर्शन राजोपाध्याय भारतको पुणेमा ‘कलाक्षेत्रम’बाट सम्मानित

    पोखरा महानगरको योजनाः फिर्केको दायाँबायाँ ‘फुटट्रेल’, ‘एलइडी’ले सजाइने

    पोखरा महानगरको योजनाः फिर्केको दायाँबायाँ ‘फुटट्रेल’, ‘एलइडी’ले सजाइने

    विद्यार्थीलाई चोयाको सामग्री बनाउने सीप प्रदान

    विद्यार्थीलाई चोयाको सामग्री बनाउने सीप प्रदान

    डेढ महिनादेखि बस्न सकेन गण्डकी प्रदेशसभा बैठक

    गण्डकी प्रदेशसभाको बजेट अधिवेशन आजदेखि

    क्यामेरा जडान गरेर मान्छे मार्ने बाघको खोजी

    रौतहटमा बाघ गणना जारी

    हावाहुरीले बिजुली आपूर्तिमा अवरोध

    हावाहुरीले बिजुली आपूर्तिमा अवरोध

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
Metakhabar
No Result
View All Result

विश्वका कुन देशमा कसरी मनाइन्छ नयाँ बर्ष ?

by
२ बैशाख २०८१,
0
विश्वभर कसरी मनाईयो नयाँ वर्ष २०२३ ?
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ । विश्वका विभिन्न देशमा नयाँबर्ष मनाउने आ–आफ्नै चलन छ । बर्षभरीका बार, दिन र समय उस्तै भएपनि नयाँबर्षको पहिलो दिनलाई विशेष मान्ने चलन सर्वत्र छ । पहिलो दिनलाई उत्सवमा रुपमा मनाउने चलन नेपालमा मात्र होइन विश्वभर कायम छ ।

नेपालमा अंग्रेजी, नेपाल संवत र बैशाख १ गतेलाई विक्रम संवतका रुपमा नयाँ बर्ष मानेर मनाइँदै आएको छ । त्यसबाहेक विभिन्न जातजातीहरुले आफ्नो पर्वलाई नयाँ बर्षका रुपमा मानेर उत्सव गर्ने प्रचलन छ । आफ्नो भाषा, संस्कृती, धर्मका आधारमा नयाँ बर्ष मनाउने चलन रहँदै आएको छ ।

प्राचिनकालमा नेपालमा नयाँ बर्षमा मठमन्दिरमा गएर पूजाआजा गरेर मनाउने चलन थियो । अहिले शुभकामना आदनप्रदान र रमाइला कार्यक्रम गर्ने, रमणीय ठाउँहरु घुम्न जाने र मिठोमसिनो खाएर नयाँबर्षलाई उत्सवका रुपमा मनाइँदै आएको छ ।

नयाँबर्ष मनाउने चलनको सुरुवात पात्रोको उत्पत्तिसँग जोडिएकोछ तर ठ्याक्कै कहिलेबाट मनाउन थालियो भन्ने प्रष्ट छैन । तर ईसापूर्व सातसयमा रोमका पहिलो राजा रोमुलसले १० महिनाको एक वर्ष मानेर पात्रो ल्याएको पाइन्छ । चन्द्रमाको मासिक चक्रका आधारमा तयार हुने पात्रोमा ३ सय ४ दिनलाई एकबर्ष मानिथ्यो । उक्त पात्रोमा वर्ष मार्चमा सुरु भएर डिसेम्बरमा सकिन्थ्यो ।

पछि रोमन राजा नुमा पोम्पिलियसले पात्रोमा जनवरी र फेबु्रअरी थपेर तीन सय ६५ दिनको बनाएको इतिहास पढ्न पाइन्छ । तर ईसापूर्व ४५ मा रोमन राजा जुलियस सिजरले पनि पात्रो ल्याएको पाइन्छ । सोही पात्रोमा जनवरी १ लाई नयाँबर्ष मानिएको थियो । तर त्यसबेला अप्रिल १ लाई पनि नयाँ बर्ष मानिएको भनिएपनि सन् १५८२ मा भेनिसका पोप ग्रेगोरी १३ औं ले नयाँ पात्रो ल्याएर जनवरी १ लाई नयाँबर्ष मानेको इतिहास पनि भेटाइन्छ ।

नेपालमा विक्रम संवत अनुसार नयाँ बर्ष मनाइन्छ तर म्ह पूजाको दिन नेपाल संवतका रुपमा पनि नयाँ बर्ष मनाउने चलन छ । नेपालमा नयाँ बर्ष मनाउने आ–आफ्नै विशेषता भएपनि विश्वमा भने विविधता पाइन्छ । देश अनुसार फरक र रोचक तवरले नयाँ बर्ष मनाएको पाउन सकिन्छ ।

भारत – भारतमा नयाँ बर्ष मनाउने अनेक तरिका छन् । राज्य र भुगोल अनुसार फरक फरक शैलीले नयाँ बर्ष मनाइँदै आएको पाउन सकिन्छ । नयाँबर्षमा भारतभर शुभ चलन हेर्ने चलन छ । कतिपय स्थानमा ब्रिटिसको प्रभावले नयाँ बर्ष मनाउने चलनमा धेरै फरक आएको पाइँदैन । आसाममा पशुको पुजा गर्ने चलन छ भने पश्चिम बंगालमा देवीदेवताको पूजा गर्ने र नाचगान गर्ने चलन छ । पंजावमा झाँगड नृत्य, भगवानको पूजा र नाचगान गरिन्छ भने राजस्थानमा मिठामिठा परिकार खाने साथै मन नपरेको जीवनसाथीसँग डिभोर्स गर्ने र नयाँ जीवनसाथी रोज्ने चलन पनि छ ।

चीन– चीनमा नयाँबर्ष मनाउँदा आतेजबाजी गर्ने साथै भूइँचम्पा उडाएर मनाउने चलन छ । नयाँ बर्षका अवसरमा चीनमा भान्साको देवतालाई स्वागत समेत गरिन्छ । स्वादिष्ट परिकार खाने, बाबुआमा तथा मान्यजनबाट आर्शिवाद लिने चलन पनि छ । बर्मामा पनि नयाँबर्ष मनाउने चलन चीनसँग मिल्दोजुल्दो छ ।

थाइल्याण्ड– यहाँ चीनसँग कतिपय सन्दर्भहरु मिल्ने गर्छ । किनकी प्रत्येक घरमा दियो बालेर दिपावली गर्ने रंगीचगी बनाएर घर सजाउने चलन चीनसँग मेल खान्छ । यहाँ नयाँ बर्षको आगमनलाई ‘नौरोज’ भन्ने गरिन्छ । विशेषतः गुम्बामा गएर प्राथन गर्ने र शान्तिको कामना गर्ने चलन छ ।

कोरिया– कोरियामा नयाँ वर्ष मनाउने नौलो तरिका छ । यहाँ तीन दिनसम्म सरकारी विदा दिने गरिन्छ । कार्यालय, पसल तथा डिपार्टमेन्टल स्टोरहरु बन्द गरिन्छ । चामलको रोटी, रक्सी खाएर नयाँबर्ष मनाउने चलन छ । यस दिन उमेर पुगेका युवायुवतीहरु विहे पनि गर्ने गर्छन ।

बेलायत– नयाँबर्षको रौनक बेलायतमा अझ बढी देख्न पाईन्छ । डिसेम्बरको मसान्तदेखि नै यहाँका घरहरु रंगीचंगी पार्ने, सजिसजाउ गर्ने र बत्ती बालेर झिलिमिली पार्ने गरिन्छ । युवायुवतीहरु नयाँ नयाँ लुगा लगाएर नाचगान गर्ने र इभका दिन हर्षबढाई गर्ने गर्छन ।

जापान – जापानमा नयाँबर्ष ‘यावुरी’ मनाउने भिन्न शैली छ । यहाँ नवजात जलका रुपमा शुद्ध पानी पिउने, घरलाई हरिया विरुवाहरुले सजाउने चलन छ । नवजात जल पिउँदा आयु वृद्धि हुने र मृत्युपश्चात पुन्य प्राप्त गरिने विश्वास लिइन्छ । यसदिन चंगा उडाउने र साना बालबालिकालाई अक्षारम्भ गराउने गरिन्छ । त्यसबाहेक मान्यजनहरुबाट आर्शिवाद लिने र पुरानो सबै ऋण तिर्ने चलन छ ।

पोर्चुगल – यहाँ नयाँ वर्षको दिन पटाका पड्काउने, नाचगान गर्ने र शहरभरी धुनी जगाएर जाग्राम बस्ने चलन छ । यसका अलावा पोर्चुगलमा साँढे जुधाएर गरिने रमाइलो गर्ने चलन बेग्लै छ । साँढे जुधाउने खेल हेर्न टाढा टाढाबाट मानिसहरु आउने गर्छन साथै खेल हेर्न पर्यटकहरु खुबै झुम्मिने गर्छन ।

मेक्सिको – नयाँबर्षको दिन मेक्सिकोमा नाचगान, घुमघाम गर्ने चलन छ । त्यसबाहेक यहाँका चर्चमा गएर सामूहिक विवाह गरी नयाँबर्षलाई भब्य बनाउने गरिन्छ । सामूहिक विवाह गर्ने प्रचलन अफ्रिकामा पनि पाइन्छ ।

जर्मनी र भ्याटिकन सिटी – जर्मनीमा नयाँबर्ष मनाउने अनौठो शैली छ । यस दिन भविष्यबाणी गर्ने, नाचगान गर्ने चलन छ । जर्मनीमा पानीले भरिएको धातुको भाँडामा सिक्का खसाएर त्यसको आकृतिलाई नियालेर भविष्यवाणी गर्ने चलन छ । त्यस्तै भ्याटिकन सिटीमा नयाँ वर्षको पहिलो दिन विहानै सेता परेवाहरु उढाउने चलन छ । सोही दिन भ्याटिकन सिटीमा रहेको चर्चमा ठूलो केक काटेर बाँड्ने गरिन्छ ।

Previous Post

राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

Next Post

पाथीभरामा ७५ लाखभन्दा बढी भेटी संकलन

सम्बन्धित खबर

वरिष्ठ सरोदवादक सुदर्शन राजोपाध्याय भारतको पुणेमा ‘कलाक्षेत्रम’बाट सम्मानित
आवाज

वरिष्ठ सरोदवादक सुदर्शन राजोपाध्याय भारतको पुणेमा ‘कलाक्षेत्रम’बाट सम्मानित

११ जेष्ठ २०८३,
पोखरा महानगरको योजनाः फिर्केको दायाँबायाँ ‘फुटट्रेल’, ‘एलइडी’ले सजाइने
आवाज

पोखरा महानगरको योजनाः फिर्केको दायाँबायाँ ‘फुटट्रेल’, ‘एलइडी’ले सजाइने

११ जेष्ठ २०८३,
विद्यार्थीलाई चोयाको सामग्री बनाउने सीप प्रदान
आर्थिक

विद्यार्थीलाई चोयाको सामग्री बनाउने सीप प्रदान

११ जेष्ठ २०८३,
डेढ महिनादेखि बस्न सकेन गण्डकी प्रदेशसभा बैठक
आर्थिक

गण्डकी प्रदेशसभाको बजेट अधिवेशन आजदेखि

११ जेष्ठ २०८३,
क्यामेरा जडान गरेर मान्छे मार्ने बाघको खोजी
आवाज

रौतहटमा बाघ गणना जारी

११ जेष्ठ २०८३,
हावाहुरीले बिजुली आपूर्तिमा अवरोध
फिचर-ब्यानर

हावाहुरीले बिजुली आपूर्तिमा अवरोध

११ जेष्ठ २०८३,
Load More
Next Post
पाथीभरा मन्दिरको रकम गोलमोल सम्बन्धमा छानबिन समिति गठन

पाथीभरामा ७५ लाखभन्दा बढी भेटी संकलन

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In