• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Friday, July 10, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    गण्डकी प्रदेशसभा बैठक : प्रदेश लोकसेवा आयोग र प्रदेशसभाको सार्वजनिक लेखा समितिको प्रतिवेदन पेश

    गण्डकी प्रदेशसभाः गाँजाखेतीसम्बन्धी विधेयक पारित

    राष्ट्रिय चिकित्सा शिक्षा आयोगको बैठक सम्पन्न

    राष्ट्रिय चिकित्सा शिक्षा आयोगको बैठक सम्पन्न

    राष्ट्रिय वाणिज्य बैंकको सवल वित्तीय सूचक

    राष्ट्रिय वाणिज्य बैंकको सवल वित्तीय सूचक

    उपराष्ट्रपति यादवसँग फ्रान्सेली राजदूतको शिष्टाचार भेट

    उपराष्ट्रपति यादवसँग फ्रान्सेली राजदूतको शिष्टाचार भेट

    सभामुख अर्यालसँग भारतीय राजदूत श्रीवास्तवको शिष्टाचार भेट

    सभामुख अर्यालसँग भारतीय राजदूत श्रीवास्तवको शिष्टाचार भेट

    नेपालको स्वास्थ्य क्षेत्रलाई नर्वेको सहयोग निरन्तर रहने प्रतिबद्धता

    नेपालको स्वास्थ्य क्षेत्रलाई नर्वेको सहयोग निरन्तर रहने प्रतिबद्धता

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

सत्ता उथलपुथलको संकेत, काँग्रेस–एमाले मिलेर नयाँ सरकार !

by
३० चैत्र २०८०,
0
सत्ता उथलपुथलको संकेत, काँग्रेस–एमाले मिलेर नयाँ सरकार !
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

एउटै दलको वहुमत पुग्नेगरि संघीय संसदमा दलहरुको उपस्थिति नरहदा छोटो छोटो समयमै सत्ता समीकरण फेरवदल हुने गरेको छ । त्यसो त नेपाली राजनीतिमा एउटा समीकरण बन्नु, त्यो टुट्नु अनि फेरि अर्को बन्नु सामान्य जस्तै बनिसकेको छ । कतिपय राजनीतिका जानकारहरु त निर्वाचन प्रणालीका कारण एउटै दलको वहुमत पुग्ने अवस्था नहुँदा मन्त्री बन्न दौरा सुरुवाल लगाएर सिंहदरवार पुग्दा अर्कै समीकरण बनिसक्छ भनेर नेपाली राजनीतिमा कटाक्ष समेत गर्ने गरेका छन ।

त्यसो त नेपाली राजनीतिमा सात साल पछिको अवस्थामा एउटै दलको वहुमत रहेका सरकार समेत पूर्ण अवधि चलेको इतिहास छैन । न लोकतान्त्रिक दल भनेको नेपाली कांग्रेसले बहुमत पाएको सरकार पूर्ण अवधि चलाउन सक्यो, न त कम्युनिष्टको वहुमतको सरकारनै पूर्ण अवधि चल्यो । त्यसैले वहुमत हुँदैमा सरकार पूर्ण अवधि चल्ने र राजनीतिक स्थायित्व भैहाल्छ भन्ने होइन । मूल रुपमा राजनीतिक दल र नेताहरुको सत्ता र शक्ति मोह भंग भएर देश र जनताका लागि राजनीति भन्ने नलागेसम्म अवस्थामा सुधार आउन मुस्किल हुने राजनीतिका जानकारहरुको तर्क छ ।

पटक पटक फेरवदल भैरहने सत्ता राजनीतिमा अहिले एमाले माओवादी केन्द्र लगाएतका दलहरु सम्मिलित सत्ता समीकरण रहेको छ । यसअघि गत पुसमा एमाले माओवादी केन्द्र लगाएतको सत्ता समीकरण बनेको भएपनि त्यसको दुई महिनामै प्रधानमन्त्री पुष्पकमल दाहालले एमालेको साथ छोडेर नेपाली कांग्रेसको साथ रोजेका थिए । तर उनै दाहाललाई कांग्रेसको काधको भर समेत नलागेपछि अहिले पुनः एमाले अध्यक्ष ओलीको साथ प्यारो भएको छ । नेपाली राजनीतिमा कसैको वहुमत नपुग्ने भएपछि पालैपालो काध फेरेर माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रधानमन्त्री मात्र भएका छैनन, संसदको पहिलो र दोस्रो ठूलो दललाई उनले पालैपालो उपयोग र प्रयोग गरेका छन । तेस्रो दलका उनै दाहालले नेपाली राजनीतिको लगाम समेत आफ्नो हातबाट पर पुग्न दिएका छैनन ।

नेपाली राजनीतिमा अस्थिर चरित्रका राजनीतिज्ञ भनेर आलोचना गर्ने भएपनि सत्ता र शक्ति प्रिय भैदिदा अन्य दलहरुले उनैलाई अघि सारेर सत्ता राजनीतिमा आफ्नो भाग खोज्ने गरेका छन । अन्य साना दलहरु त सत्ता राजनीतिमा जता लामो लाइन उतै लाग्ने गरेको १५ महिनामा तिन पटक परिवर्तन भएको सत्ता राजनीतिमा सत्तासंगसंगै देखिदा पुष्टि भैसकेको छ । संसदमा एउटै दलको स्पष्ट वहुमत नहुँदा ३२ सिटमात्रको पार्टी भएपनि पुष्पकमल दाहालले अन्य राजनीतिक दलहरुलाई राम्रैसंग उपयोग गर्न सकेका छन । नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा एकीकृत समाजवादी लगाएतका दलका नेताहरु दाहालको अस्थिर चरित्रसंग अपरिचित छैनन । तर सत्तामा पुग्ने लालसाले कसै न कसैले साथ दिने गर्दा उनि सत्ता राजनीतिमा निर्णायक शक्तिका रुपमा माओवादी केन्द्र र त्यसका अध्यक्ष पुष्पकमल दाहाल देखिएका छन ।

समय समयमा भैसहने सत्ता परिवर्तनले सरकारले आम मानिसलाई डेलिभरी दिने कुरामा प्रभाव पार्ने भएकोले आम मानिसहरु मात्र होइन राजनीतिक दलहरु समेत राजनीतिक स्थायित्व होस भन्ने चाहन्छन । त्यसका लागि एउटै दलको वहुमत नपुग्ने अवस्थामा थोरै भन्दा थोरै दलको समीकरण बन्न सके त्यो स्थायित्व हुने तर्क गर्छन । अहिलेको संसदमा नेपाली कांग्रेस र नेकपा एमाले आपसमा मिलेर सरकार गठन गर्ने हो भने त्यो अन्य दलको समीकरणको तुलनामा स्थायी प्रकृतिको हुनसक्छ । धेरै दलहरुको समीकरण बन्दा साना दलहरुले समेत अनावश्यक वखेडा झिक्ने र उनिहरुलाई चित्त वुझाउनु पर्दा समस्या आउने राजनीतिका जानकाहरुको तर्क छ ।

त्यसो त नेपाली कांग्रेस र एमालेका केहि दोस्रो र तेस्रो तहका नेता कार्यकर्ताहरु समेत एमाले कांग्रेस मिलेर राजनीतिक स्थायित्व दिनुपर्ने तर्क गर्छन । अहिले माओवादी केन्द्रसंग मिलेर सरकार संचालन गरिरहेको भएपनि एमालेका अधिंकास नेता कार्यकर्ता माओवादीसंगको सहकार्यसंग खुसी देखिदैनन । यद्यपी कतिपयले खुलेरै कांग्रेससंगको सहकार्यको वकालत गरिरहेका छन भने कतिपयलाई खुलेर वोल्न अप्ठेरो परेको सहजै वुझ्न सकिन्छ । नेपाली कांग्रेसका कतिपय नेताहरुले गत आम निर्वाचन ताका नै माओवादी केन्द्रसंग गठबन्धन गर्न नहुने तर्क अघि सार्दै आएका थिए । खासगरि कांग्रेसको इतर समूहका नेताहरु माओवादीसंगको चुनावी गठबन्धन र सत्ता सहकार्य दुवैसंग खुसी थिएनन ।

तर कांग्रेसमा सभापति देउवाको अगाडी जोड नचलेपछि उनैहरु माओवादी केन्द्रसंग साथ लागेर जान बाध्य भएका थिए । अहिले समय फेरिएको छ । माओवादीले कांग्रेसको साथ छोडेर एमालेको साथ रोजेको समयमा एमाले फकाउन कांग्रेसका केहि नेता लागेको देखिन्छ । खासगरि इतर पक्षका नेता शेखर कोइराला लगाएतका नेताहरुले राजनैतिक स्थायित्वका लागि एमाले कांग्रेस मिल्नुपर्ने तर्क गरिरहेका छन । त्यसो त इतर पक्षले माओवादीसंग सहकार्य जारी रहेको समयमै पनि कोशी प्रदेशमा एमालेसंग सहकार्यको प्रयास थालेका थिए । तर त्यो सफल हुन सकेन । अहिले माओवादी केन्द्रले कांग्रेसलाई धोखा दिएको समयमा माओवादी प्रति नरम देखिएका कांग्रेस सभापति देउवा समेत एमालेसंग सहकार्यका लागि तयार देखिन्छ । दुई दलको सहकार्यका विषमा शिर्ष तहमै समेत गोप्य छलफलहरु भएका छन ।

प्रतिपक्षी दल सत्ता उन्मुख हुने मान्यता, कांग्रेस सभापति देउवाको समेत जोडवल तथा एमालेमै पनि कांग्रेस एमालेको सहकार्य हुनुपर्छ भन्ने मान्यताका नेताहरु रहेका कारण नेपाली राजनीतिको सत्ता समीकरणमा यो समीकरण नबन्ला भन्न सकिन्न । यता कतिपय राजनीतिका जानकारहरु ओली चतुर राजनीतिज्ञ रहेको तथा उनले सधै माओवादी केन्द्रलाई काध नहाल्ने धेरैको विश्लेषण छ । त्यसो त सत्ता समीकरणमा सवैखालको प्रयोग भैसकेकोले एमाले कांग्रेस सहकार्यको समेत प्रयोग हुने धेरैजसो नेपाली राजनीतिका जानकारहरुको तर्क छ । तर नेपाली राजनीतिमा प्रतिस्पर्धात्मक अवस्थामा उभिएका दुई ठूला दल मिल्न सहज नभएको तर्क गर्नेहरु समेत छन । दुई ठूला दल मिले राजनीतिक स्थायित्व हुने भएपनि कमजोर प्रतिपक्ष हुने तथा त्यसले समेत राजनीतिमा सकारात्मक प्रभाव नपार्ने अर्कोथरिको वुझाइ छ ।

Previous Post

बैंगलुरुमाथि मुम्बईको सहज जित

Next Post

अमेरिकी डलर ठगी मुद्दामा अर्बपति ट्रुओङलाई भियतनाममा मृत्युदण्ड

सम्बन्धित खबर

गण्डकी प्रदेशसभा बैठक : प्रदेश लोकसेवा आयोग र प्रदेशसभाको सार्वजनिक लेखा समितिको प्रतिवेदन पेश
कृषि

गण्डकी प्रदेशसभाः गाँजाखेतीसम्बन्धी विधेयक पारित

२५ असार २०८३,
राष्ट्रिय चिकित्सा शिक्षा आयोगको बैठक सम्पन्न
आवाज

राष्ट्रिय चिकित्सा शिक्षा आयोगको बैठक सम्पन्न

२५ असार २०८३,
राष्ट्रिय वाणिज्य बैंकको सवल वित्तीय सूचक
आर्थिक

राष्ट्रिय वाणिज्य बैंकको सवल वित्तीय सूचक

२५ असार २०८३,
उपराष्ट्रपति यादवसँग फ्रान्सेली राजदूतको शिष्टाचार भेट
आवाज

उपराष्ट्रपति यादवसँग फ्रान्सेली राजदूतको शिष्टाचार भेट

२५ असार २०८३,
सभामुख अर्यालसँग भारतीय राजदूत श्रीवास्तवको शिष्टाचार भेट
आर्थिक

सभामुख अर्यालसँग भारतीय राजदूत श्रीवास्तवको शिष्टाचार भेट

२५ असार २०८३,
नेपालको स्वास्थ्य क्षेत्रलाई नर्वेको सहयोग निरन्तर रहने प्रतिबद्धता
अन्तर्राष्ट्रिय

नेपालको स्वास्थ्य क्षेत्रलाई नर्वेको सहयोग निरन्तर रहने प्रतिबद्धता

२५ असार २०८३,
Load More
Next Post
अमेरिकी डलर ठगी मुद्दामा अर्बपति ट्रुओङलाई भियतनाममा मृत्युदण्ड

अमेरिकी डलर ठगी मुद्दामा अर्बपति ट्रुओङलाई भियतनाममा मृत्युदण्ड

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In