• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Sunday, October 4, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    अनमोल र प्रिन्सी अभिनित ‘बाटुलो जून’ को टिजर आउट, चौतर्फी प्रशंसा

    अनमोल र प्रिन्सी अभिनित ‘बाटुलो जून’ को टिजर आउट, चौतर्फी प्रशंसा

    एलिना चौहानको आग्रह : ‘मलाई बाँच्न दिनुस्, मेरो विगतलाई वर्तमानको परिचय नबनाइदिनुस्’

    एलिना चौहानको आग्रह : ‘मलाई बाँच्न दिनुस्, मेरो विगतलाई वर्तमानको परिचय नबनाइदिनुस्’

    जापानको बेरोजगारी दर बढेर २.५ प्रतिशत

    जापानको बेरोजगारी दर बढेर २.५ प्रतिशत

    ‘राडार उपग्रह’तर्फ नेपालको बाटो

    ‘राडार उपग्रह’तर्फ नेपालको बाटो

    अन्तर्राष्ट्रिय सडक सञ्जालमा जोडिँदै काँकरभिट्टा-लौकही

    अन्तर्राष्ट्रिय सडक सञ्जालमा जोडिँदै काँकरभिट्टा-लौकही

    नयाँ भवन ऐन दर्ता, हरेक नागरिकलाई आवास सुनिश्चित गर्ने सरकारको प्रस्ताव

    नयाँ भवन ऐन दर्ता, हरेक नागरिकलाई आवास सुनिश्चित गर्ने सरकारको प्रस्ताव

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

६१५ नेपाली साउदी कारागारमा, रिहाइ गर्न साउदी सरकारलाई नेपालको आग्रह

by
२७ चैत्र २०८०,
0
६१५ नेपाली साउदी कारागारमा, रिहाइ गर्न साउदी सरकारलाई नेपालको आग्रह
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

रोजगारीको सिलसिलामा साउदी अरब पुगेका ६ सय १५ नेपाली कारागारमा छन् । विभिन्न मितिमा पक्राउ परेका नेपालीको यो तथ्यांक साउदी प्रशासनले नेपाली राजदूतावासलाई उपलब्ध गराएको हो ।

कारागारमा रहेकामध्ये धेरै मदिरासँग सम्बन्धित आरोपमा पक्राउ परेका छन् । अवैध रूपमा घरेलु मदिरा उत्पादन, बिक्री–वितरण र ओसारपासार गरेको आरोपमा तीन सय ७८ नेपाली पक्राउ परेका छन् । त्यस्तै, एक सय ३३ नेपाली लागुऔषध कारोबारमा संलग्न रहेको आरोपमा पक्राउ परेको तथ्यांक दूतावासले पाएको छ ।

पाँच नेपालीमाथि हत्याको आरोपमा अदालतमा मुद्दा चलिरहेको छ । फैसला हुन नसक्दा उनीहरू पुर्पक्षका लागि कारागारमा छन् । त्यसबाहेक ११ नेपालीमाथि घुस लिएको, सातजनामाथि कुटपिटमा संलग्न भएको, चारजना अनैतिक क्रियाकलापमा संलग्न रहेको, ६ जना राहदानीसम्बन्धी समस्यामा, २० जना बेइमानी गरेको, १८ जना चोरी र तीनजना लुटपाटमा संलग्न रहेको आरोपमा पक्राउ परेका हुन् ।

साउदी अरबमा खुला रूपमा मदिरा उत्पादन, बिक्री–वितरणमा रोक छ । दुई महिनाअघि साउदीले राजधानी रियादमा कूटनीतिक क्षेत्रका अधिकारीलाई लक्षित गरी मदिराको पसल सञ्चालनमा ल्याए पनि खुला बिक्री गर्न पाइँदैन ।

रियादस्थित नेपाली दूतावासका सूचना अधिकारी टोपनारायण गिरीले मदिरा बनाउने, बेच्ने, सेवन गर्ने गरेको सूचना दूतावासमा पनि प्राप्त भएको बताए । ‘हामीले सचेतना अभियान थालेका छौँ,’ उनले भने, ‘त्यसका बाबजुद कतिपय गैरकानुनी काममा लागेपछि पक्राउ पर्ने गर्छन् ।’ कारागारमा रहेकामध्ये रमजानको अवसरमा रिहाइ गर्न मिल्नेलाई रिहाइ गरिदिन साउदी सरकारलाई अनुरोध गरिएको गिरीले बताए ।

साउदीका लागि नेपाली राजदूत नवराज सुवेदीले कतिपय नेपालीले तोकिएको सजाय भुक्तान गरे पनि रिहाइ हुन नसकेको र कतिपयको मुद्दा अदालतसम्म नपुगेको बताए । ‘साउदीका जेलमा ६ सयभन्दा बढी नेपाली छन्,’ सुवेदीले भने, ‘हामीले साउदी मानव अधिकार आयोगका सभापति र साउदी महान्यायाधिवक्तालाई भेटेर स्वच्छ सुनुवाइका लागि अनुरोध गरिसकेका छौँ ।’

अदालतले तोकेभन्दा बढी समय जेल बसेर रिहाइ हुन नसकेका र हराइरहेकाको सूची साउदीको परराष्ट्र मन्त्रालयमार्फत रियादका गभर्नर, साउदी महान्यायाधिवक्ता र मानव अधिकार आयोगका सभापतिलाई भेटेर बुझाइएको उनले बताए । ‘उहाँहरूले छिट्टै यस विषयलाई समाधान गर्ने आश्वासन दिनुभएको छ,’ उनले भने ।

राजदूत सुवेदीका अनुसार वैदेशिक रोजगारीमा आउनेका लागि साउदीमा भाषागत समस्या हुने भएकाले आधारभूत अरेबिक भाषाको ज्ञान र प्रशिक्षणको व्यवस्थाका लागि श्रम मन्त्रालयमा अनुरोध गरिएको छ । यो समाचार आजको नयाँपत्रिका दैनिकमा छ ।

Previous Post

प्रवर्द्धनात्मक प्रदर्शनीमा नेपाल सहभागी

Next Post

रुसमा खतरनाक बाढीको चेतावनी, सरकारविरुद्ध नागरिकको प्रदर्शन

सम्बन्धित खबर

अनमोल र प्रिन्सी अभिनित ‘बाटुलो जून’ को टिजर आउट, चौतर्फी प्रशंसा
मनोरञ्जन

अनमोल र प्रिन्सी अभिनित ‘बाटुलो जून’ को टिजर आउट, चौतर्फी प्रशंसा

१७ अशोज २०८३,
एलिना चौहानको आग्रह : ‘मलाई बाँच्न दिनुस्, मेरो विगतलाई वर्तमानको परिचय नबनाइदिनुस्’
मनोरञ्जन

एलिना चौहानको आग्रह : ‘मलाई बाँच्न दिनुस्, मेरो विगतलाई वर्तमानको परिचय नबनाइदिनुस्’

१७ अशोज २०८३,
जापानको बेरोजगारी दर बढेर २.५ प्रतिशत
फिचर-ब्यानर

जापानको बेरोजगारी दर बढेर २.५ प्रतिशत

१७ अशोज २०८३,
‘राडार उपग्रह’तर्फ नेपालको बाटो
फिचर-ब्यानर

‘राडार उपग्रह’तर्फ नेपालको बाटो

१७ अशोज २०८३,
अन्तर्राष्ट्रिय सडक सञ्जालमा जोडिँदै काँकरभिट्टा-लौकही
फिचर-ब्यानर

अन्तर्राष्ट्रिय सडक सञ्जालमा जोडिँदै काँकरभिट्टा-लौकही

१७ अशोज २०८३,
नयाँ भवन ऐन दर्ता, हरेक नागरिकलाई आवास सुनिश्चित गर्ने सरकारको प्रस्ताव
फिचर-ब्यानर

नयाँ भवन ऐन दर्ता, हरेक नागरिकलाई आवास सुनिश्चित गर्ने सरकारको प्रस्ताव

१७ अशोज २०८३,
Load More
Next Post
रुसमा खतरनाक बाढीको चेतावनी, सरकारविरुद्ध नागरिकको प्रदर्शन

रुसमा खतरनाक बाढीको चेतावनी, सरकारविरुद्ध नागरिकको प्रदर्शन

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In