• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Sunday, May 3, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    स्याफ्रुबेँसी-रसुवागढी सडक तीव्रगतिमा स्तरोन्नति गरिँदै

    स्याफ्रुबेँसी-रसुवागढी सडक तीव्रगतिमा स्तरोन्नति गरिँदै

    राष्ट्रपति पौडेलबाट राष्ट्रिय सभाको चालु अधिवेशन अन्त्य

    राष्ट्रपतिद्वारा अध्यादेश जारी

    सरकारले व्यवसायीलाई दुःख दिँदैनः सभापति लामिछाने

    सरकारले व्यवसायीलाई दुःख दिँदैनः सभापति लामिछाने

    प्राकृतिक बिपदबाट कर्णालीमा तीन बर्षमा २७७ को मृत्यु, ८३३ घाइते र अर्बौको क्षती

    प्राकृतिक बिपदबाट कर्णालीमा तीन बर्षमा २७७ को मृत्यु, ८३३ घाइते र अर्बौको क्षती

    पहिरोले कान्ति, मध्य पहाडी र अरनिको राजमार्ग अवरुद्ध

    पहिरोले कान्ति, मध्य पहाडी र अरनिको राजमार्ग अवरुद्ध

    वर्षौँ पुरानो सुकुम्बासी समस्याको स्थायी समाधान गर्छौं, ढुक्क हुनुहोस्- प्रधानमन्त्री बालेन

    राजनीतिक नियुक्ति पाएका १४ सय सरकारी अधिकारी पदमुक्त (संख्यात्मक विवरणसहित)

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
  • गृह
  • समाचार
    स्याफ्रुबेँसी-रसुवागढी सडक तीव्रगतिमा स्तरोन्नति गरिँदै

    स्याफ्रुबेँसी-रसुवागढी सडक तीव्रगतिमा स्तरोन्नति गरिँदै

    राष्ट्रपति पौडेलबाट राष्ट्रिय सभाको चालु अधिवेशन अन्त्य

    राष्ट्रपतिद्वारा अध्यादेश जारी

    सरकारले व्यवसायीलाई दुःख दिँदैनः सभापति लामिछाने

    सरकारले व्यवसायीलाई दुःख दिँदैनः सभापति लामिछाने

    प्राकृतिक बिपदबाट कर्णालीमा तीन बर्षमा २७७ को मृत्यु, ८३३ घाइते र अर्बौको क्षती

    प्राकृतिक बिपदबाट कर्णालीमा तीन बर्षमा २७७ को मृत्यु, ८३३ घाइते र अर्बौको क्षती

    पहिरोले कान्ति, मध्य पहाडी र अरनिको राजमार्ग अवरुद्ध

    पहिरोले कान्ति, मध्य पहाडी र अरनिको राजमार्ग अवरुद्ध

    वर्षौँ पुरानो सुकुम्बासी समस्याको स्थायी समाधान गर्छौं, ढुक्क हुनुहोस्- प्रधानमन्त्री बालेन

    राजनीतिक नियुक्ति पाएका १४ सय सरकारी अधिकारी पदमुक्त (संख्यात्मक विवरणसहित)

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
Metakhabar
No Result
View All Result

दयाहाङ राई : शिक्षक हुँदै डिग्री माइला र अङ्ग्रेजी किस्सा !

by
२६ चैत्र २०८०,
0
दयाहाङ राई : शिक्षक हुँदै डिग्री माइला र अङ्ग्रेजी किस्सा !
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । अभिनेता दयाहाङ राईले संगीत सिके, पत्रकारिता पढे र राजनीति गरे । तर, करियर अभिनयलाई नै बनाए । उनले न त सिकाई, पढाई र राजनीतिमा डिग्री लिए, न त अभिनयमा नै । कुनै समय स्कुल पढाए । अहिले यिनै दयाहाङ ‘रियल’को नभई ‘रिल’को ‘डिग्री’ लिएर फिल्म ‘डिग्री माइलाः एमए थर्ड क्लास’मार्फत यही शुक्रबार अर्थात् चैत ३० देखि दर्शकमाझ आउँदैछन् ।

दयाहाङकै भनाईमा कलेज र डिग्रीको महत्व पनि थाहा नभएर उनले डिग्री पुरा गरेनन् । ‘सुरुमा संगीत र पत्रकारिता पढियो । तर कलेज के हो अथवा डिग्री के हो भन्ने तिर ध्यान गएन । सायद मलाई त्यसको महत्व थाहा नभएर पनि होला । मलाई साहित्य, कलाले नै बढी आकर्षण गर्यो । अनि त्यतैतिर मोडिएँ’, दयाहाङ भन्छन् ।

दयाहाङ २०५८ सालसम्म राजनीतिमा नै सक्रिय थिए । तर त्यो सक्रियता धेरै समय टिकेन । कारण थियो, साहित्य र कलाप्रतिको झुकाव । ‘खासमा साहित्य र कलाप्रतिको आकर्षणलाई सहयोग पु¥याउनकै लागि मैले पत्रकारिता पढे जस्तो मात्र गरेको हुँ’, दयाहाङ हाँस्दै भन्छन् ।

स्वयंसेवी शिक्षक दयाहाङ

दयाहाङले अभिनयमा आउनु अघि जन्मथलो भोजपुरकै गाउँमा एक वर्षसम्म शिक्षण गरेका रहेछन् । उनले कक्षा ५ भन्दा तलका कक्षाका भाइबहिनीहरुलाई स्वयंसेवी शिक्षकका रुपमा पढाएका थिए ।

‘पढाउनका लागि आफ्नो क्षमता हुनु पर्दोरहेछ । मैले एक वर्ष विद्यालयमा पढाए पनि मेरो अनुभवमा पढाउनु साहै्र गाह्रो विषय हो । पहिला त आफूले पढाउने विषयबारे जानकार हुनुपर्दो रहेछ । अनि जानेको कुरालाई सहज रुपले विद्यार्थीलाई बुझाउनु पर्दोरहेछ । त्यो भन्दाअघि विद्यार्थीको मनोविज्ञान बुझ्नु आवश्यक रहेछ’, दयाहाङ सम्झन्छन् ।

डिग्री माइलाको जन्म

२०६९ र २०७१ सालमा मण्डला थिएटरमा दुईपटक नाटक ‘डिग्री माइला’को मञ्चन भएको थियो । यो नाटक त्यो समयको ‘हिट’ नाटकका रुपमा चिनिन्छ । यो नाटकको जन्म आफैंमा रोचक छ ।

‘यो फिल्म नाटकमा बनेको होइन । फिल्म ‘अनागरिक’ बनिसकेपछि राजन मुकारुङ, उपेन्द्र सुब्बा, रामबाबु गुरुङ र म बीच हाम्रो समय, हामीले भोगेको कुरा, व्यक्तिगत कुरा र चरित्रको कुराका विषयमा बहस र विश्लेषण गर्दै जाँदा ‘डिग्री माइला’ पात्र जन्मिएको हो । त्यही बेला फिल्मको आइडिया पनि बनायौं’, दयाहाङ सम्झन्छन्, ‘त्यसबेला मैले यो पात्रलाई छुट्टै टिपेर नाटक बनाउँछु भन्ने सोचेर नाटक बनाएको थिएँ । ‘डिग्री माइला’ जस्तो पात्र सायद गाउँमा पनि देख्यौं, संगत पनि गर्यौ होला । तर नाटक र फिल्मको पात्रको मनोविज्ञान भने केही फरक छ ।’

डिग्री माइला नामाकरण

फिल्मका लेखक तथा निर्देशक रामबाबु गुरुङ ओखलढुंगाका हुन् । उनका अनुसार गाउँमा चन्द्रप्रकाश गुरुङ नामका एक व्यक्ति थिए, जो दिवंगत भइसकेका छन् । उनी असाध्यै मदिरा प्रेमी थिए ।

‘उहाँको अङ्ग्रेजी साह्रै राम्रो थियो । उहाँकै क्यारेक्टरबाट म प्रभावित भएँ । उहाँ फिल्म, कला, साहित्य र राजनीतिका विषयमा प्रखर वक्ता हुनुहुन्थ्यो । तर आफू चाहिँ सधैं बाटोमा जाँड खाएर सुत्नेसम्म गर्नुहुन्थ्यो’, रामबाबु भन्छन्, ‘मैले यो कुरा दयाहाङलाई सुुनाइरहँदा उसको गाउँमा पनि यस्तै पात्र रहेछन् । अन्य साथीहरुसँग कुरा गर्दा उनीहरुले पनि गाउँको यस्तै अन्य पात्रको कुरा गर्थे ।’

दयाहाङ पनि रामबाबुको कुरामा सहमत छन् । दयाहाङले आफ्नो गाउँमा देखेका दाईहरु, जो विद्यालय पढाउँथे, उनीहरु पनि मदिराप्रेमी थिए । ‘मदिराप्रेमी भए पनि दाईहरुमा समयसमयिक राजनीति, संगीत, साहित्य, फिल्मको विषयमा अथाह ज्ञान थियो । उनीहरुले हामीलाई यी कुरा सुनाउँदै त्यो हाम्रो लागि ज्ञान नभई केवल मनोरञ्जन मात्र हुन्थ्यो । त्यही चिजलाई हामीले पात्रका रुपमा निर्माण गरेको हौं । हामीले भागिरहेको समयसँग त्यो पात्र गाँसिएर आओस् भन्ने हो,’ दयाहाङ भन्छन् ।

दयाहाङको बुझाईमा ‘माइला’ मेटाफोर मात्र हो । ‘माइला भनेपछि जेठा कान्छा अथवा अन्य दाजुभाई खोई भन्ने प्रश्न पनि आउला । तर मण्डलामा सोमनाथ खनालले ‘माइला डटकम’ नामक नाटक निर्देशन गरे । त्यसपछि मेरै निर्देशन ‘डिग्री माइला’ मञ्चन भयो । यहीकारण माइला जोडिएको हो’, उनी भन्छन् ।

पुस्तान्तर डिग्री माइला

दयाहाङ नाटक ‘डिग्री माइला’लाई पुस्तान्तरको संज्ञा दिन्छन् । अहिलेको समय अक्सर भाइपुस्तासँग ‘इञ्जोय’ गर्छन् भन्ने बुझाई दयाहाङको छ । किनकी वास्तविकता त्यही छ ।
‘अग्रजहरुसँग चाहिँ हामी अलिक भाग्ने कोशिस नै गर्छौ । हामीमा एक किसिमको अहमता हो कि अथवा के हो, त्यो चिजको रियलाइजेसन थियो, मलाई डिग्री माइला गर्नुको पछाडिको कारण यही हो’, दयाहाङ खुल्छन् ।

नाटकमा पनि डिग्री माइला आएर भाइपुस्तासँगै गफ गर्छ । ‘जुन समयमा डिग्री माइला नाटक तयार भयो त्यो समय र त्योभन्दा अघिल्लो समय हामी अग्रजहरुसँग एकदमै नजिक भएर काम गथ्र्यौ । अग्रजसँग काम गर्दे जाँदा उहाँहरुसँग अन्तरक्रिया गर्नै डर लाग्थ्यो । हाम्रो बानी ज्ञान र क्षमताको हिसाबले अग्रजसँग ‘स्किप’ गर्ने र भाइपुस्तासँग रमाइलो गर्ने नै थियो’, दयाहाङ थप्छन्, ‘त्यो चिजलाई हामीले नाटकमा भनेका थियौं ।

त्यही कारण पनि नाटक हेर्न युवा दर्शक बढी आउनुभयो । यो नाटक न त कुनै विद्यालय, कलेज अथवा विश्वविद्यालयको पाठ्यक्रममा नै थियो । त्यहीकारण दर्शक पो नआउने हुन् कि भन्ने थियो । तर परिणाम ठीक उल्टो भइदियो ।’

फिल्ममा घमण्डी दयाहाङ

फिल्ममा दयाहाङ अङ्ग्रेजीमा डिग्री हाँसिल गरेको पात्रका रुपमा देखिएका छन् । फिल्मको ट्रेलरमा उनी कतिसम्म घमण्डी छन् भन्ने उनका संवाद र दृश्यबाट थाहा हुन्छ । ‘पढेलेखेका मान्छे के कारणले घमण्डी हुन्छन्, उसको असन्तुष्टि के हो र उसले आफूलाई त्यो ठाउँसम्म किन पु¥यायो भन्ने कुरा फिल्म हेरेपछि दर्शकले महशुस गर्न सक्छन्’, उनी भन्छन् ।

अङ्ग्रेजी किस्सा

दयाहाङले अङ्ग्रेजी कलेजको कोर्स बुकमै पढे । उनी कलेजको अगाडिको सिटमा बस्ने भएकाले पनि उनका आँखा प्राध्यापकको अनुहारमा परिरहन्थ्यो । ‘सर हाँस्दा पनि अङ्ग्रेजीमै हाँसे जस्तो लाग्थ्यो । किनभने उहाँले कहिल्यै पनि मलाई प्रश्न सोध्नुभएन । उहाँलाई जहाँ–जहाँबाट हुन्छ, जता–जताबाट हुन्छ आँखामा हेरिरहन्थे । खासमा त्यो मेरो कलाकार बन्ने लक्षण रहेछ । उहाँलाई हेरेरै हैरान बनाउँथे’, दयाहाङ हाँस्छन्, ‘त्यसरी मैले कक्षा टारेर आएको हो । खासमा डिग्री हासिल नगर्नुको पछाडि पनि त्यही कारण होला । मलाई अङ्ग्रेजी अहिले पनि निकै गाह्रो लाग्छ ।’

कठिन अङ्ग्रेजी

दयाहाङले फिल्म ‘डिग्री माइला’मा बोल्ने केही अङ्ग्रेजी संवाद उनकै भाषामा पढेर र रटेरै सम्झेका रहेका छन् । विनोद पौडेल निर्देशित अमेरिकामा छायाङ्कन भएको फिल्म ‘भूठान’ र अङग्रेजीमा ‘द वल्र्डस् ह्याप्पिएस्ट म्यान’मा दयाहाङको पनि अभिनय छ ।

‘विनोदले भूठानमा अभिनयका लागि बोलाउँदा मैले अङ्ग्रेजी छ भने आउँदिनँ भनेको थिएँ । उसले छैन भनेर बोलाएरै छोड्यो । मलाई अङ्ग्रेजी निकै कठिन लाग्छ । किनकी मेरो अङग्रेजी राम्रो छैन’, दयाहाङ अङ्ग्रेजी पीडा खुलाउँछन् ।

विनोद चौधरीको चासो

फिल्मको ट्रेलर रिलिज भएपछि ट्रेलरमा रहेको एक क्लिपलाई उद्योगपति विनोद चौधरीले शेयर गरेका थिए । त्यो क्लिपको संवाद विनोद चौधरीको समूह अर्थात चौधरी समूहसँग सम्बन्धित थियो । क्लिपमा दयाहाङ र अभिनेता माओत्से गुरुङको संवाद छ ।

संवादमा दयाहाङले माओत्सेलाई ‘सीजी ग्रुप सुन्या छौ ? चाउचाउ बनाउँछ नि ! यसले मलाई मासिक चार लाखको अफर ग¥या थियो’ भन्छन् । त्यसपछि माओत्सेले ‘तैंले किन खाइनस् त ?’ भनी सोध्छन् । प्रतिउत्तरमा दयाहाङ ‘चौधरी आफैं धनी छ, धनीमाथि धनी के बनौं ? भनी जवाफ फर्काउँछन् ।

यो क्लिपलाई शेयर गर्दै ठट्टाभावमा चौधरीले ‘मैले एक वर्षमा कमाउने त तपाईंले यही एउटै फिल्मबाट कमाउनुहुन्छ होलाजस्तै छ त दयाहाङजी, हैट !’ भनी लेखेका थिए ।
दयाहाङ त्यो संवादलाई शेयर गर्दै रमाइलो कुरा लेख्नु आफ्ना लागि अचम्मको कुरा मान्छन् ।

‘नेपालका एक व्यावसायिक सफल व्यक्तिले त्यसरी क्लिप शेयर गर्नु अचम्मको कुरा हो । उहाँले चासो राख्नुभएपछि त्यो हाम्रा लागि खुशीको कुरा पनि हो’, दयाहाङ भन्छन्, ‘हामी फिल्म बजार अलिकति सानो छ भनेर भनिरहेका छौं । तर यसो हेर्दा ती व्यक्तिहरुलाई पनि फिल्मबारे चासो हुँदो रहेछ ।’

फिल्म ‘डिग्री माइलाः एम ए थर्ड क्लास’मा दयाहाङसँगै आँचल शर्मा, बुद्धि तामाङ, कमलमणि नेपाल, विजय बराल, माओत्से गुरुङ, प्रकाश घिमिरेलगायतको अभिनय छ ।

Previous Post

विश्वको सबैभन्दा बृद्ध जोनले खोले १११ बर्षसम्म बाँच्नुको रहस्य !

Next Post

हातको रेखाः एक प्रेरक प्रसङ्ग

सम्बन्धित खबर

स्याफ्रुबेँसी-रसुवागढी सडक तीव्रगतिमा स्तरोन्नति गरिँदै
आर्थिक

स्याफ्रुबेँसी-रसुवागढी सडक तीव्रगतिमा स्तरोन्नति गरिँदै

२० बैशाख २०८३,
राष्ट्रपति पौडेलबाट राष्ट्रिय सभाको चालु अधिवेशन अन्त्य
फिचर-ब्यानर

राष्ट्रपतिद्वारा अध्यादेश जारी

२० बैशाख २०८३,
सरकारले व्यवसायीलाई दुःख दिँदैनः सभापति लामिछाने
आवाज

सरकारले व्यवसायीलाई दुःख दिँदैनः सभापति लामिछाने

२० बैशाख २०८३,
प्राकृतिक बिपदबाट कर्णालीमा तीन बर्षमा २७७ को मृत्यु, ८३३ घाइते र अर्बौको क्षती
फिचर-ब्यानर

प्राकृतिक बिपदबाट कर्णालीमा तीन बर्षमा २७७ को मृत्यु, ८३३ घाइते र अर्बौको क्षती

२० बैशाख २०८३,
पहिरोले कान्ति, मध्य पहाडी र अरनिको राजमार्ग अवरुद्ध
समाचार

पहिरोले कान्ति, मध्य पहाडी र अरनिको राजमार्ग अवरुद्ध

२० बैशाख २०८३,
वर्षौँ पुरानो सुकुम्बासी समस्याको स्थायी समाधान गर्छौं, ढुक्क हुनुहोस्- प्रधानमन्त्री बालेन
फिचर-ब्यानर

राजनीतिक नियुक्ति पाएका १४ सय सरकारी अधिकारी पदमुक्त (संख्यात्मक विवरणसहित)

२० बैशाख २०८३,
Load More
Next Post
प्रेरक प्रसङ्गः वृद्धाको पाठ

हातको रेखाः एक प्रेरक प्रसङ्ग

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In