• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Monday, May 25, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    जलजलाको सम्भावना उल्झ्याउने र समस्या सुल्झाउने धवलागिरिको प्रयास

    जलजलाको सम्भावना उल्झ्याउने र समस्या सुल्झाउने धवलागिरिको प्रयास

    अतिक्रमण हटाएर बन्ला त पोखरा बसपार्क ?

    अतिक्रमण हटाएर बन्ला त पोखरा बसपार्क ?

    पश्चिम जाजरकोटका केही पक्की पुल निर्माणले गति लिँदै, केही अलपत्र

    पश्चिम जाजरकोटका केही पक्की पुल निर्माणले गति लिँदै, केही अलपत्र

    अतिक्रमित फिर्के खोलालाई प्राकृतिक बहावमा ल्याइँदै

    अतिक्रमित फिर्के खोलालाई प्राकृतिक बहावमा ल्याइँदै

    सङ्घीयताको विकल्प अन्य हुन सक्दैन : मुख्यमन्त्री शाह

    सङ्घीयताको विकल्प अन्य हुन सक्दैन : मुख्यमन्त्री शाह

    निर्वाचन सम्पन्न भएकामा चीनको बधाई

    नेपाल–चीन सीमा बैठकः सीमा अपराध नियन्त्रण तथा नागरिक सुरक्षा प्राथमिकतामा

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

बन्चरेडाँडामा भोलिदेखि फोहोर फाल्न नदिने, भन्छन्– राज्यले बाँच्न पाउने अधिकार खोस्यो

by
२३ चैत्र २०८०,
0
बन्चरेडाँडामा भोलिदेखि फोहोर फाल्न नदिने, भन्छन्– राज्यले बाँच्न पाउने अधिकार खोस्यो
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं : बन्चरेडाँडा ल्याण्डफिल क्षेत्रका बासिन्दाले शनिबारदेखि फोहोर व्यवस्थापनमा फेरि अवरोध गर्ने भएका छन्।

सरकारसँग भएको सहमति कार्यान्वयन नभएको भन्दै उनीहरुले आन्दोलनका कार्यक्रम समेत घोषणा गरेका छन्। काठमाडौं उपत्यकाका १८ स्थानीय तहको फोहोर व्यवस्थापन हुँदै आएको बन्चरेडाँडा, सिसडोल लगायत क्षेत्रमा थुप्रिएको फोहोरले मानवीय स्वास्थ्यमा प्रतिकूल असर परेको तथा राज्यशक्तिको दुरुपयोग गरी स्वच्छ वातावरण बाँच्न पाउने नागरिकको मौलिक हक सरकारले नै हनन गरेको स्थानीयको आरोप छ।

बन्चरेडाँडा ल्याण्डफिलसाइट प्रभावित क्षेत्र सरोकार समितिले प्रधानमन्त्रीलाई बुझाइएको ध्यानाकर्षण पत्रमा नागरिकको जिउधनको रक्षाका लागि फोहोर फल्न अवरोध गरिने उल्लेख गरिएको छ।

शनिबारदेखि फोहोर बोकेका गाडी तारकेश्वर नगरपालिका र नुवाकोटको ककनी गाउँपालिकाको सीमामै रोकिने समितिका संयोजक श्रीराम ढुंगानाले जानकारी दिए।

उनले भने, ‘नेपाल सरकार र काठमाडौं महानगरपालिकासमेतका फोहोरमैला ढुवानी गर्ने सवारीसाधनको असावधानीका कारण दर्जनौँ स्थानीयवासीको मृत्यु भएको, सयौँको संख्यामा क्यान्सरजस्ता प्राणघातक रोग फैलिएको र यही कारण दर्जनौँको मृत्यु भएकोलगायत मानवताविरोधि अपराध गरेकाले अब उप्रान्त सधैँका लागि फोहोरमैला निषेध गर्नुबाहेक अर्को विकल्प छैन।’

यसपटक पूर्व सहमति कार्यान्वयनको चरणमा नपुगुञ्जेलस निर्णायक र चरणवद्ध आन्दोलन गर्ने स्थानीयहरुले बताएका छन्।

संघ र स्थानीय सरकारसँग के-के छन् माग ?

केन्द्र सरकारसँगका मागः 

१. मानव बस्तीरहित ल्यान्डफिल साइट विकास क्षेत्र
२. फोहोरमैला प्रदूषणरहित बस्ती विकास क्षेत्र
३. फोहोरमैला प्रभावित क्षेत्रलाई विशेष संवेदनशील क्षेत्र निर्णय गरी कार्यान्वयन
३. फोहोरमैला विकास प्राधिकरण गठन र फोहोरमैलासम्बन्धी उद्योग स्थापना
४. बन्चरेडाँडा दीर्घकालीन ल्याण्डफिल साइटलाई राष्ट्रिय गौरवको आयोजना बनाउनु पर्ने
५. ल्यान्डफिल साइट क्षेत्रमा त्रासदी बढाउन खडा गरेको सशस्त्र प्रहरी पोस्ट तत्काल खारेज गर्नुपर्ने
६. प्रभावित क्षेत्रका दुई सयजनालाई सरकारी सेवा अवसर दिनुपर्ने
७. नेपवेस्ट प्रालिसँग सरकारले गरेको सम्झौता खारेज गर्नुपर्ने
८. फोहोरमैला व्यवस्थापन ऐन, ०६८ र फोहोरमैला व्यवस्थापन राष्ट्रिय नीति, ०७९ खारेज गर्नुपर्ने
९. ल्याण्डफिल साइट सम्बन्धी प्रस्ताव गरिएका कामहरु द्रुत कार्यान्वयन गर्न मन्त्रीपरिषद्ले निर्णय गर्नुपर्ने

काठमाडौं महानगरपालिकासहित स्थानीय सरकारसँगका मागः

​१. ल्यान्डफिल साइटमा मानव वस्ती नजिक खडा गरेका सशस्त्र प्रहरी पोस्ट खारेज गर्नुपर्ने
२. कोल्पुखोलामा लिचेड मिसाउन बन्द गरी त्यहाँको पानीलाई पूर्ववत् अवस्थामा स्वच्छ कायम गर्नुपर्ने
३. फोहोरमैला व्यवस्थापनमा भएको अदृश्य भ्रष्टाचारको छानविन गर्नुपर्ने
४. फोहोरमैला ढुवानी गर्ने सवारीसाधन महासंघ र नगरपालिकाले प्रमाणीकरण गरी अप्रिय परिस्थितिको जवाफदेही बन्नुपर्ने
५. सिसडोल बन्चरेडाँडा साइटमा २०६२ सालदेखि हालसम्म काम गर्न राखेका स्थानीय सबै कामदारलाई स्थायी नियुक्ति दिई १० लाखसम्मको जीवन बिमा गर्नुपर्ने
६. प्रभावित क्षेत्रका दुई सयजना महिला तथा पुरुषलाई सरकारी सेवामा समावेश गर्नुपर्ने
७. तीनपिप्लेदेखि बन्चरेडाँडासम्मको सडकमा पर्ने जग्गाको मुआब्जा भुक्तानी गरी चार लेन सडक निर्माण गर्नुपर्ने
८. फोहोरमैला ढुवानीका लागि आठ माइल देवकोटा टोल–ढाँडे–बन्चरेडाँडा सडक द्रूत प्रक्रियाद्वारा निर्माण गर्नुपर्ने
९. फोहोरमैला ढुवानीका साधन दुर्घटनाबाट मृत्यु भएका, बस्तीमा भएको वातावरण विनाशको १८ वर्षसम्मको अनुमानित क्षति ४५ अर्बभन्दा धेरै भएकाले उच्चस्तरीय संसदीय संयुक्त छानबिन समितिको प्रतिवेदनबमोजिन भुक्तानी दिनुपर्ने
१०. ल्यान्डफिल साइटमा फोहोरमैलासम्बन्धी उद्योग द्रूत ​प्रक्रियाद्वारा स्थापना गर्नुपर्ने लगायत ।

Previous Post

देशलाई सही बाटोमा लैजान अझै २० वर्ष सक्रिय राजनीति गर्छुः ओली

Next Post

दक्षिण अफ्रिकाका पूर्वसभामुखमाथि भ्रष्टाचारको आरोप

सम्बन्धित खबर

जलजलाको सम्भावना उल्झ्याउने र समस्या सुल्झाउने धवलागिरिको प्रयास
आर्थिक

जलजलाको सम्भावना उल्झ्याउने र समस्या सुल्झाउने धवलागिरिको प्रयास

१० जेष्ठ २०८३,
अतिक्रमण हटाएर बन्ला त पोखरा बसपार्क ?
आर्थिक

अतिक्रमण हटाएर बन्ला त पोखरा बसपार्क ?

१० जेष्ठ २०८३,
पश्चिम जाजरकोटका केही पक्की पुल निर्माणले गति लिँदै, केही अलपत्र
आवाज

पश्चिम जाजरकोटका केही पक्की पुल निर्माणले गति लिँदै, केही अलपत्र

१० जेष्ठ २०८३,
अतिक्रमित फिर्के खोलालाई प्राकृतिक बहावमा ल्याइँदै
आवाज

अतिक्रमित फिर्के खोलालाई प्राकृतिक बहावमा ल्याइँदै

१० जेष्ठ २०८३,
सङ्घीयताको विकल्प अन्य हुन सक्दैन : मुख्यमन्त्री शाह
आर्थिक

सङ्घीयताको विकल्प अन्य हुन सक्दैन : मुख्यमन्त्री शाह

१० जेष्ठ २०८३,
निर्वाचन सम्पन्न भएकामा चीनको बधाई
अन्तर्राष्ट्रिय

नेपाल–चीन सीमा बैठकः सीमा अपराध नियन्त्रण तथा नागरिक सुरक्षा प्राथमिकतामा

१० जेष्ठ २०८३,
Load More
Next Post
दक्षिण अफ्रिकाका पूर्वसभामुखमाथि भ्रष्टाचारको आरोप

दक्षिण अफ्रिकाका पूर्वसभामुखमाथि भ्रष्टाचारको आरोप

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In