• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Friday, August 28, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    हर्मुजबारे अमेरिका–इरान सम्झौता अझै अनिश्चित

    इरान र कतारबीच हर्मुजबारे वार्ता

    अप्पर त्रिशूली हाइड्रोपावरको सुरुङमा फसेका ३५० सहित ८८३ जनाको सेनाद्वारा उद्धार

    अप्पर त्रिशूली हाइड्रोपावरको सुरुङमा फसेका ३५० सहित ८८३ जनाको सेनाद्वारा उद्धार

    अमेरिका–चीनलाई अवरोध हटाउन वाङको आग्रह

    अमेरिका–चीनलाई अवरोध हटाउन वाङको आग्रह

    बालेनको व्यंग्य- बत्ती काटेर सरकारले पावर महसुस गरायो !

    उद्धार र राहत कार्य पूरा नभएसम्म राज्यका सबै संयन्त्र निरन्तर मैदानमा रहनेछन्ः प्रधानमन्त्री

    भोटेकोशी बाढीः ३५९ को शव फेला, हेलिकप्टरमार्फत ७९६ जनाको उद्धार

    भोटेकोशी बाढीः ३५९ को शव फेला, हेलिकप्टरमार्फत ७९६ जनाको उद्धार

    आणविक सम्झौता नभए इरानविरूद्ध आक्रमणको नेतृत्व गर्ने ट्रम्पको चेतावनी

    इरान वार्तामा हतार छैन : ट्रम्प

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

सडक र पदमार्गले छोटियो पर्यटकीयस्थल मालिकाधुरीको यात्रा

by
२३ चैत्र २०८०,
0
सडक र पदमार्गले छोटियो पर्यटकीयस्थल मालिकाधुरीको यात्रा
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

म्याग्दी । सडक र पदमार्ग निर्माण भएपछि म्याग्दीको मालिका र रघुगङ्गा गाउँपालिकाको सिमानामा पर्ने धार्मिक पर्यटकीयस्थल मालिकाधुरीको यात्राअवधि छोटिएको छ ।

मालिका गाउँपालिका–७ बिमदेखि बिमवाङ– धौलागङ्गा हँुदै मालिकाधुरी नजिकैको नागीथलासम्म सडक पुगेको छ । मालिका गाउँपालिकाका अध्यक्ष बेगप्रसाद गर्बुजाले सडक निर्माण भएपछि मालिकाधुरी पुग्न पर्यटक र भक्तजनलाई सहजका साथै यात्रा अवधि छोटिएको बताए ।

‘मालिकामा पूजाआजा, दर्शन र दृष्यावलोकन गर्नका लागि अब अघिल्लै दिन गएर टहरा, ओडारमा बास बस्नुपर्दैन’, उनले भने ‘बिमदेखि नागीथलासम्म गाडीमा एक घण्टा र नागीथलादेखि मालिकाधुरीसम्म करिब ४५ मिनेट पैदलयात्रा गरेपछि पुगिन्छ ।’
मालिका गाउँपालिकाले खारा–बिम सडक स्तरोन्नति र मालिकाधुरी नजिकैको नागीथलामा सडक पु¥याउन विसं २०७८ माघमा दिव्यज्योति–नाना जेभीसँग रु एक करोड ५९ लाख ५४ हजारमा ठेक्का सम्झौता गरेको थियो ।

गाउँपालिकाका पूर्वाधार शाखाका प्रमुख दीपक सापकोटाले सो योजनामार्फत नागीथलासम्म दुई किलोमिटर नयाँ मार्ग खनिएको र खारा क्षेत्रमा सडक स्तरोन्नतिको काम सकिएको जानकारी दिए । विसं २०७९ असारमा सम्पन्न हुनुपर्ने सडक निर्माण कम्पनीका प्रतिनिधिको ढिलासुस्ती र लापर्वाहीका कारण ढिलाइ भएको हो । पछिल्लो पटक काम गर्नुभएका निर्माण कम्पनीका प्रतिनिधि नारायण जिसीले अघिल्ला प्रतिनिधिले दुई वर्षसम्म नगरेको काम आफूले दुई महिनामै सकेको बताए ।

मालिका गाउँपालिकाको वडा नं ७ र ६ तथा रघुगङ्गा गाउँपालिकाको वडा नं ६ को सिमानामा अवस्थित मालिका धुरी समुद्री सतहदेखि तीन हजार ४०० मिटरको उचाइमा अवस्थित छ । बीसभन्दा बढी हिमशृङ्खला, सूर्योदय, म्याग्दीका ३५ भन्दा बढी गाउँ, लालीगुराँस, वन्यजन्तु, पन्छीको अवलोकन गर्न सकिने मालिकाको धार्मिक महत्व छ ।

दर्शन र पूजाआजा गरेमा मनोकाङ्क्षा पूरा हुने जनविश्वास रहेको मालिका क्षेत्र विकास समितिका अध्यक्ष छकप्रसाद पाइजाले बताए । ‘सन्तान, रोजगारी, शिक्षा, व्यापार, व्यवसायदेखि राजनीतिमा सफलताको कामना पूरा भएकाको जेष्ठी, चण्डी पूर्णिमा र भाइतिहारका दिन पूजाअर्चनाका निम्ति आउनेको भीड लाग्छ’, उनले भने, ‘म्याग्दी र छिमेकी जिल्लाका साथै काठमाडौँ, पोखरालगायत ठाउँबाट पनि भक्तजन आउँछन् ।’

मालिका, कालिका र जाल्पादेवीको मूर्ति रहेको मालिका थानमा भाकल पूरा भएमा बोका र परेवा चढाउने चलन छ । लालीगुराँसको जङ्गलको बीचमा रहेको मालिकादेखि सिस्ने, गुर्जा, मानापाथी, धौलागिरि, नीलगिरि, अन्नपूर्ण, माछापुच्छ्र«े, मनास्लुलगायत २० भन्दा बढी हिमशृङ्खलाका साथै म्याग्दीका अधिकांश बस्तीको अवलोकन गर्न सकिन्छ ।

सडक पुगेको नागीथलादेखि मालिकाधुरीसम्म तीन वर्षअघि गण्डकी प्रदेश सरकारअन्तर्गतको भू तथा जलाधार संरक्षण कार्यालयले रु ३९ लाख २० हजार लगानीमा एक दशमलव पाँच मिटर चौडाइ फराकिलो एक हजार २७२ मिटर ढुङ्गाको सिँढीसहितको पदमार्ग निर्माण गरेको थियो ।

सडक र पदमार्ग बनेपछि मालिकाको यात्रा अवधि छोटिएको बिमका टीकाबहादुर जुग्जालीले बताए । मालिका गाउँपालिकाले यसअघि रु ८३ लाखको लागतमा बिम हुँदै मालिकाधुरी जाने ११ किलोमिटर सडक निर्माण गरेको थियो ।

रघुगङ्गा गाउँपालिकालले ठाडाखानीदेखि पहिरेनीसम्म करिब पाँच किलोमिटर सडक र बथानडाँडादेखि सरघारीसम्मको उकालो बाटोमा तीन किलोमिटर पैदलमार्ग निर्माण गरेको छ । सदरमुकाम बेनीबाट सवारी साधनम लिएर एकै दिन र पैदलयात्रा गर्दा दुई दिनमा पुगिने मालिका क्षेत्रको जङ्गलमा पाइने वन्यजन्तु, पन्छी, विभिन्न प्रजातिका फूल, जडीबुटी र वन पैदावार पनि उत्तिकै चित्ताकर्षक छन् ।

Previous Post

न्यूरो साइन्समा नेपाल मेडिसिटीको उपलब्धी

Next Post

बक्यौता नतिर्ने स्थानीय तहका सडकको बत्ति जुनसुकै बेला काट्ने चेतावनी

सम्बन्धित खबर

हर्मुजबारे अमेरिका–इरान सम्झौता अझै अनिश्चित
अन्तर्राष्ट्रिय

इरान र कतारबीच हर्मुजबारे वार्ता

१२ भदौ २०८३,
अप्पर त्रिशूली हाइड्रोपावरको सुरुङमा फसेका ३५० सहित ८८३ जनाको सेनाद्वारा उद्धार
आर्थिक

अप्पर त्रिशूली हाइड्रोपावरको सुरुङमा फसेका ३५० सहित ८८३ जनाको सेनाद्वारा उद्धार

१२ भदौ २०८३,
अमेरिका–चीनलाई अवरोध हटाउन वाङको आग्रह
आर्थिक

अमेरिका–चीनलाई अवरोध हटाउन वाङको आग्रह

१२ भदौ २०८३,
बालेनको व्यंग्य- बत्ती काटेर सरकारले पावर महसुस गरायो !
आवाज

उद्धार र राहत कार्य पूरा नभएसम्म राज्यका सबै संयन्त्र निरन्तर मैदानमा रहनेछन्ः प्रधानमन्त्री

१२ भदौ २०८३,
भोटेकोशी बाढीः ३५९ को शव फेला, हेलिकप्टरमार्फत ७९६ जनाको उद्धार
आर्थिक

भोटेकोशी बाढीः ३५९ को शव फेला, हेलिकप्टरमार्फत ७९६ जनाको उद्धार

१२ भदौ २०८३,
आणविक सम्झौता नभए इरानविरूद्ध आक्रमणको नेतृत्व गर्ने ट्रम्पको चेतावनी
अन्तर्राष्ट्रिय

इरान वार्तामा हतार छैन : ट्रम्प

१२ भदौ २०८३,
Load More
Next Post
बिजुलीको पन्ध्र अर्ब अझै उठेन

बक्यौता नतिर्ने स्थानीय तहका सडकको बत्ति जुनसुकै बेला काट्ने चेतावनी

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In