• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Friday, July 10, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    जलविद्युत् आयोजनाको ‘मकिङ’ले पहिरो र कटानको समस्या

    जलविद्युत् आयोजनाको ‘मकिङ’ले पहिरो र कटानको समस्या

    आदिवासी जनजाति आयोगको २५ बुँदे संविधान संशोधन प्रस्ताव

    आदिवासी जनजाति आयोगको २५ बुँदे संविधान संशोधन प्रस्ताव

    शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा पर्यटकको आकर्षण बढ्दो

    शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा पर्यटकको आकर्षण बढ्दो

    राहदानी विभाग अगाडिको घटनामा घाइते गणेश नेपालीको उपचार खर्च सरकारले व्यहोर्ने

    राहदानी विभाग अगाडिको घटनामा घाइते गणेश नेपालीको उपचार खर्च सरकारले व्यहोर्ने

    पाँच प्रदेशमा पानी पर्ने क्रम जारी, काठमाडौँमा भारी वर्षाको सम्भावना

    राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

    आज २०८३ साल असार २६ गते शुक्रबारको राशिफल

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

बेलायती प्रधानमन्त्री सुनकले आफ्नै सिटमा हार्ने सर्वेक्षण

by
२२ चैत्र २०८०,
0
बेलायती प्रधानमन्त्री सुनकले आफ्नै सिटमा हार्ने सर्वेक्षण
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ । बेलायतमा यस वर्ष आम निर्वाचन हुँदैछ । प्रधानमन्त्री ऋषि सुनक आफैले यस्तो संकेत गरेका छन् । हालैका महिनाहरूमा, बेलायती प्रधानमन्त्री ऋषि सुनकले मेमा चुनाव अस्वीकार गरेका थिए र यस वर्षको अन्त्यमा चुनाव हुन सक्ने संकेत दिएका थिए । यसैबीच अर्को सर्वेक्षणले एउटा चकित पार्ने दाबी गरेको छ ।

आगामी आम निर्वाचनमा बेलायती प्रधानमन्त्री ऋषि सुनकको सिट पनि खतरामा रहेको बताइएको छ । यूगभले १८ हजार मानिसमा गरेको नयाँ सर्वेक्षणले बेलायती प्रधानमन्त्री ऋषि सुनकको नेतृत्वमा रहेको सत्तारुढ कन्जरभेटिभ पार्टीले आगामी आम चुनावमा लज्जास्पद हार बेहोर्ने देखाएको छ । योसँगै विपक्षी लेबर पार्टीले ४०३ सिट जित्न सक्ने बताइएको छ ।

यो नयाँ सर्वेक्षणले यसपटकको पराजय सन् १९९७ मा पूर्व टोरी प्रधानमन्त्री जोन मेजरको शासनकालभन्दा पनि खराब हुने देखाएको छ । जब टोनी ब्लेयरको नेतृत्वमा लेबर पार्टीले उनलाई पराजित गरेको थियो । त्यसपछि टोरी पार्टीले १६५ सिट जितेको थियो । योसँगै ब्लेयरले हाउस अफ कमन्सका ६५९ सिटमध्ये ४१८ सिट जितेका थिए । यसअघिको बेस्ट फर बेलायतको सर्वेक्षणमा पनि प्रधानमन्त्री सुनकले आफ्नो सिट बचाउन नसक्ने बताएका थिए । यस वर्षको अन्त्यमा हुन लागेको आम निर्वाचनमा देशको सत्तारुढ कन्जरभेटिभ पार्टीले ठूलो पराजय भोग्न सक्ने देखिएको उक्त सर्वेक्षणमा उल्लेख छ ।

यति मात्रै होइन बेलायती प्रधानमन्त्री ऋषि सुनकले आफ्नो नर्थ योर्कशायरको सिट जोगाउन मुस्किल पर्ने बताइएको छ । बेस्ट फर बेलायतले यो सर्वेक्षण अघि १५ हजार २९ जनाको राय लिएको थियो । जसका आधारमा तयार पारिएको प्रतिवेदनमा कन्जरभेटिभको तुलनामा १९ अंकको अग्रता लिएर विपक्षी लेबर पार्टी ४५ प्रतिशत मतका साथ शीर्ष स्थानमा रहेको छ । यसले आगामी चुनावमा कन्जरभेटिभ पार्टीको सम्भावना न्यून तहमा पुगेको पनि बताएको छ । यसपटक सयभन्दा कम सिट जित्ने भनिएको छ भने विपक्षी लेबर पार्टीले धेरै फाइदा पाउनेछन् ।

सर्वेक्षणअनुसार यसपटक २८ जना वर्तमान मन्त्रिपरिषद् सदस्यले चुनाव लड्न सक्नेछन्, जसमध्ये १३ जना मात्रै पुनः निर्वाचित हुनेछन् । यसैबीच चुनावअघि गरिएका अधिकांश सर्वेक्षणले कन्जरभेटिभभन्दा लेबर पार्टीले सहज अग्रता पाएको देखाएको छ । हाल, पार्टी राजनीतिक उथलपुथल, दैनिक उपभोग्य वस्तुको बढ्दो मूल्य र बढ्दो अध्यागमनका चुनौतीविरुद्ध सुनक नेतृत्वको सरकार लडिरहेको छ ।

Previous Post

खुर्सानीखेतीमा सङ्क्रमणको समस्या

Next Post

काभ्रेभिरको सडकमा ‘रक एङ्करिङ’

सम्बन्धित खबर

जलविद्युत् आयोजनाको ‘मकिङ’ले पहिरो र कटानको समस्या
कृषि

जलविद्युत् आयोजनाको ‘मकिङ’ले पहिरो र कटानको समस्या

२६ असार २०८३,
आदिवासी जनजाति आयोगको २५ बुँदे संविधान संशोधन प्रस्ताव
आवाज

आदिवासी जनजाति आयोगको २५ बुँदे संविधान संशोधन प्रस्ताव

२६ असार २०८३,
शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा पर्यटकको आकर्षण बढ्दो
आवाज

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा पर्यटकको आकर्षण बढ्दो

२६ असार २०८३,
राहदानी विभाग अगाडिको घटनामा घाइते गणेश नेपालीको उपचार खर्च सरकारले व्यहोर्ने
फिचर-ब्यानर

राहदानी विभाग अगाडिको घटनामा घाइते गणेश नेपालीको उपचार खर्च सरकारले व्यहोर्ने

२६ असार २०८३,
फिचर-ब्यानर

पाँच प्रदेशमा पानी पर्ने क्रम जारी, काठमाडौँमा भारी वर्षाको सम्भावना

२६ असार २०८३,
राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?
समाचार

आज २०८३ साल असार २६ गते शुक्रबारको राशिफल

२६ असार २०८३,
Load More
Next Post
काभ्रेभिरको सडकमा ‘रक एङ्करिङ’

काभ्रेभिरको सडकमा ‘रक एङ्करिङ’

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In