• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Sunday, May 24, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    सङ्घीयताको विकल्प अन्य हुन सक्दैन : मुख्यमन्त्री शाह

    सङ्घीयताको विकल्प अन्य हुन सक्दैन : मुख्यमन्त्री शाह

    निर्वाचन सम्पन्न भएकामा चीनको बधाई

    नेपाल–चीन सीमा बैठकः सीमा अपराध नियन्त्रण तथा नागरिक सुरक्षा प्राथमिकतामा

    व्यवसायी राणाले दिए गाउँपालिकालाई एक बिघा १०कट्ठा जमिन

    व्यवसायी राणाले दिए गाउँपालिकालाई एक बिघा १०कट्ठा जमिन

    ‘मगर सङग्रालय’ नारच्याङ लेकगाउँ

    ‘मगर सङग्रालय’ नारच्याङ लेकगाउँ

    नक्कली रसिद काण्डमा लेखापढी व्यवसायी पक्राउ

    नक्कली रसिद काण्डमा लेखापढी व्यवसायी पक्राउ

    बाढीपहिरोले चार परिवार विस्थापित, जलविद्युत् आयोजनामा क्षति

    बाढीपहिरोले चार परिवार विस्थापित, जलविद्युत् आयोजनामा क्षति

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

पर्यटकीय क्षेत्र अर्नाकोट पुग्ने सडक १६ वर्षपछि स्तरोन्नति हुँदै

by
१९ चैत्र २०८०,
0
पर्यटकीय क्षेत्र अर्नाकोट पुग्ने सडक १६ वर्षपछि स्तरोन्नति हुँदै
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

ढोरपाटन (बागलुङ)। पर्यटकीय क्षेत्र अर्नाकोटमा मोटरबाटो पुगेको १६ वर्ष पूरा भयो । विसं २०६४ मा बुर्तिबाङ बजारदेखि मस्ती हुँदै अर्नाकोट जोडिएको सडक अहिलेसम्म स्तरोन्नति हुन सकेको छैन । चालु आर्थिक वर्षमा गण्डकी प्रदेश सरकारले सो सडक स्तरोन्नति गर्न थालेको छ ।

निसीखोला गाउँपालिका–२ र ढोरपाटन नगरपालिका–५ मा पर्ने अर्नाकोट उच्च पहाडी क्षेत्रमा पर्छ । ढोरपाटनको केन्द्र बुर्तिबाङ बजारदेखि करिब सात किलोमिटर दक्षिण पश्चिममा पर्ने अर्नाकोटसम्म पुग्ने सडकलाई स्तरोन्नति गर्नका लागि ठेक्का प्रक्रिया अगाडि बढाइएको छ ।

पूर्वाधार विकास कार्यालय बागलुङमार्फत सडक स्तरोन्नतिको काम हुन थालेको हो । उक्त सडक निर्माणका लागि भगवती मालिका कन्स्ट्रक्सन म्याग्दीले जिम्मा पाएको पूर्वाधार विकास कार्यालयका इञ्जिनियर मनिष भण्डारीले जानकारी दिए ।

यस वर्ष करिब पाँच किमी सडक स्तरोन्नति हुने उनको भनाइ छ । सडकको सलामकोट–मस्ती–अर्नाकोट क्षेत्रमा ग्राभेलिङ, सडक चौडा गर्ने र नाली निर्माण गरिने भण्डारीले बताए । ८६ लाख बजेट लागत अनुमान गरे पनि निर्माण कम्पनीले रु ६३ लाख २८ हजार नौ सय २० मा सम्झौता गरेको मनिष भण्डारी बताउँछन् ।

इञ्जिनियर भण्डारीले भने, “कार्यालयले ठेक्का प्रक्रिया अगाडि बढाएर सम्झौता पनि गरेको छ, अब केही दिनमा निर्माण कम्पनी ‘फिल्ड’मा पुगेर काम गर्ने छ, यस वर्ष बजेट निकै कम छ, त्यसले गर्दा धेरै काम गर्न सकिने स्थिति छैन, निर्माण कम्पनीले आगामी असार मसान्तसम्म काम सक्नुपर्नेछ, सडकको एक ठाउँमा ह्युमपाइप राख्नुपर्नेछ, केही ठाउँमा ग्याविनसहितको पर्खाल, नाली निर्माण र केही भागमा ग्राभेलिङ गरिनेछ ।”

ढोरपाटन–५ का स्थानीय मीनबहादुर विकले वर्षौं बित्दा पनि सडक स्तरोन्नति नहुँदा यहाँका हजारौँ नागरिकले सास्ती खेप्नुपरेको बताए । सडक अप्ठ्यारो हुँदा गाउँमा उत्पादन भएका तरकारी बुर्तिबाङ बजार पु¥याउन निकै कठिन हुने गरेको उनको भनाइ छ । सडक खुलाएको २० वर्ष हुन लाग्दा पनि स्तरोन्नति नहुनु दुःखद् भएको विक बताउँछन् । यस वर्ष स्तरोन्नति गर्ने भनिए पनि पूरै सडकको स्तरोन्नति नहुने उनको भनाइ छ ।

बागलुङ क्षेत्र नं २ ९ख० का प्रदेशसभा सयस्य दोर्णकुमार कुँवरले विसं २०६४ मा निकै दुःखका साथ सडक खुलाएको जनाउँदै यस वर्ष बल्ल स्तरोन्नतिका लागि थोरै भए पनि बजेट व्यवस्थापन भएको बताए । खासगरी टाढा गाउँका नागरिकलाई बजारसँग जोड्न र पर्यटकीय क्षेत्र अर्नाकोटमा पर्यटक आगमनलाई बढाउनका लागि सो सडक खुलाइएको उनको भनाइ छ ।

सो सडकले यस क्षेत्रका हजारौँ नागरिकको जीवनस्तर परिर्वतनमा ठूलो भूमिका खेलेको सुनाउँदै अब केही वर्षमै बुर्तिबाङदेखि अर्नाकोटसम्म स्तरोन्नति गर्ने कुँवरले बताए । “सडकले अर्नाकोट नजोडिँदा दैनिक उपभोग्य सामान ल्याउन बुर्तिबाङ बजार झनुपर्ने स्थिति थियो, स्थानीयले बोकेरै सामान ओसारपसार गर्थे, बजारमा पुग्नै तीन/चार घण्टा लाग्थ्यो, अहिले कच्ची भए पनि सडक गाउँसम्म पुगेको छ”, कुँवरले भने, “सडकले सहजता प्रदान त गर्ने नै भयो, कहिलेकाहीँ अप्ठ्यारो सडकका कारण दुर्घटनासमेत हुने गरेको छ, अब यस वर्ष थोरै बजेट विनियोजन भयो, यसले स्तरोन्नतिको थालनी हुनेछ, आगामी वर्षदेखि बढी बजेट व्यवस्थापन गरेर काम सक्नुपर्नेछ ।”

Previous Post

रुसी सेनामा कार्यरत नेपालीको जीवन रक्षाको माग गर्दै काठमाडौँमा प्रदर्शन

Next Post

भेरी करिडोरको सतह चाँडै छिचोलिने

सम्बन्धित खबर

सङ्घीयताको विकल्प अन्य हुन सक्दैन : मुख्यमन्त्री शाह
आर्थिक

सङ्घीयताको विकल्प अन्य हुन सक्दैन : मुख्यमन्त्री शाह

१० जेष्ठ २०८३,
निर्वाचन सम्पन्न भएकामा चीनको बधाई
अन्तर्राष्ट्रिय

नेपाल–चीन सीमा बैठकः सीमा अपराध नियन्त्रण तथा नागरिक सुरक्षा प्राथमिकतामा

१० जेष्ठ २०८३,
व्यवसायी राणाले दिए गाउँपालिकालाई एक बिघा १०कट्ठा जमिन
आर्थिक

व्यवसायी राणाले दिए गाउँपालिकालाई एक बिघा १०कट्ठा जमिन

१० जेष्ठ २०८३,
‘मगर सङग्रालय’ नारच्याङ लेकगाउँ
आवाज

‘मगर सङग्रालय’ नारच्याङ लेकगाउँ

१० जेष्ठ २०८३,
नक्कली रसिद काण्डमा लेखापढी व्यवसायी पक्राउ
समाचार

नक्कली रसिद काण्डमा लेखापढी व्यवसायी पक्राउ

१० जेष्ठ २०८३,
बाढीपहिरोले चार परिवार विस्थापित, जलविद्युत् आयोजनामा क्षति
आर्थिक

बाढीपहिरोले चार परिवार विस्थापित, जलविद्युत् आयोजनामा क्षति

१० जेष्ठ २०८३,
Load More
Next Post
भेरी करिडोरको सतह चाँडै छिचोलिने

भेरी करिडोरको सतह चाँडै छिचोलिने

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In