• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Friday, March 13, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    बेनी–ढोरपाटन–तकसेरा जोड्ने सडकमा गाडी चल्न थाले

    बेनी–ढोरपाटन–तकसेरा जोड्ने सडकमा गाडी चल्न थाले

    जलयात्राले हतुवागढीसँग तराई क्षेत्रको दूरी छोटियो

    जलयात्राले हतुवागढीसँग तराई क्षेत्रको दूरी छोटियो

    कोरलानाका जोड्ने (कोवाङ–जोमसोम) सडक फेरि अलपत्र

    कोरलानाका जोड्ने (कोवाङ–जोमसोम) सडक फेरि अलपत्र

    ढोरपाटनमा पहिलोपटक पुग्यो केन्द्रीय लाइन

    ढोरपाटनमा पहिलोपटक पुग्यो केन्द्रीय लाइन

    एमाले अध्यक्ष ओलीलाई पितृशोक

    एमाले अध्यक्ष ओलीलाई पितृशोक

    पश्चिम एसियाबाट नेपाली ल्याउन निगमको उद्धार उडान जारी

    पश्चिम एसियाबाट नेपाली ल्याउन निगमको उद्धार उडान जारी

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
  • गृह
  • समाचार
    बेनी–ढोरपाटन–तकसेरा जोड्ने सडकमा गाडी चल्न थाले

    बेनी–ढोरपाटन–तकसेरा जोड्ने सडकमा गाडी चल्न थाले

    जलयात्राले हतुवागढीसँग तराई क्षेत्रको दूरी छोटियो

    जलयात्राले हतुवागढीसँग तराई क्षेत्रको दूरी छोटियो

    कोरलानाका जोड्ने (कोवाङ–जोमसोम) सडक फेरि अलपत्र

    कोरलानाका जोड्ने (कोवाङ–जोमसोम) सडक फेरि अलपत्र

    ढोरपाटनमा पहिलोपटक पुग्यो केन्द्रीय लाइन

    ढोरपाटनमा पहिलोपटक पुग्यो केन्द्रीय लाइन

    एमाले अध्यक्ष ओलीलाई पितृशोक

    एमाले अध्यक्ष ओलीलाई पितृशोक

    पश्चिम एसियाबाट नेपाली ल्याउन निगमको उद्धार उडान जारी

    पश्चिम एसियाबाट नेपाली ल्याउन निगमको उद्धार उडान जारी

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
Metakhabar
No Result
View All Result

रोकिएन सिर्सिया नदीमा प्रदूषण, स्थानीय जोखिममा

by
१८ चैत्र २०८०,
0
रोकिएन सिर्सिया नदीमा प्रदूषण, स्थानीय जोखिममा
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

पर्सा।कुनैबेला वीरगञ्ज महानगरवासीका लागि वरदान मानिएको सिर्सिया नदी यतिबेला अभिशाप बनेको छ।

बस्ती नजिक भएर बग्ने सिर्सिया नदी केही वर्षअघि सम्म स्थानीयको पानीको प्रमुख स्रोत थियो तर पर्सा/बारा औद्योगिक करिडोरमा सञ्चालित उद्योगहरुले नदीमा प्रदूषित पानी र फोहोर सिर्सिया मिसाएपछि नदी दुर्गन्धित भइ बस्तीमा बस्नै नसकिने अवस्था सिर्जना भएको स्थानीयको भनाइ छ।

नदीमा हिजोआज पानीभन्दा बढी फोहोर बग्ने गर्छ। ‘केही वर्षअघि सम्म हामी सिर्सिया नदीमा नुहाउँथ्यौँ, भाँडाकुँडा धुन्थ्यौँ’, वीरगञ्जस्थित छपकैयाका स्थानीय कृष्णकुमार कानुले भने, ‘अहिले त्यही सिर्सिया नदी दुर्गन्धित भएकोले वरिपरि बस्न र हिँड्डुल गर्न गाह्रो छ।’ नदी वरिपरि हिँड्दा नाक थुनेर हिँड्नुपर्ने अवस्था रहेको उनको गुनासो छ।

प्रदूषणका कारण सिर्सिया नदी लेदो भएर बग्ने गरेको छ तर सिर्सिया नदीमा फोहोर मिसाउने उद्योगलाई हालसम्म सामान्य जरिवानाबाहेकको कानूनी कारबाही गरिएको छैन। नदी प्रदूषणले वीरगञ्जसहित दुई दर्जन गाउँका सर्वसाधारण विस्थापित हुने अवस्थामा पुगेका छन्। ‘सिर्सिया नदीको पानी दुर्गन्धित भएर बस्तीमा बस्नै नसक्ने अवस्था भइसकेको छ’, वीरगञ्ज महानगरपालिका-९ का सुभाष महतो भन्छन्, ‘हामी सानो छँदा यही नदीमा नुहाउने र पौडी खेल्ने गर्थ्यौँ तर अहिले हेर्दाहेर्दै नदीको पानी दुर्गन्धित भएर कामै नलाग्ने अवस्थामा पुगेको छ।’

सिर्सिया नदीको धार्मिक र सांस्कृतिक महत्व समेत छ। ‘कुनै बेला छठ पर्व मनाउन सिर्सिया नदी प्रसिद्ध मानिन्थ्यो। नदी प्रदूषित भएपछि स्थानीयले नदीमा छठ पर्व मनाउनै छोडिसकेका छन्’, महतोले भने, ‘सिर्सिया नदीको प्रदूषण रोक्न स्थानीय तहका जनप्रतिनिधिलाई पटकपटक आग्रह गरे पनि खासै चासो देखाएनन्।’ फोहोर पानीकै कारण स्थानीयले तरकारी खेती गर्न छाडे भने नदीमा जलचर र वनस्पति मासिएको उनको भनाइ छ।

बाराको सिमरा पश्चिममा पर्ने रामवनस्थित वन मुहान भएको सिर्सिया नदी पर्साको वीरगञ्ज हुँदै भारतको रक्सौलसम्म पुगेको छ। औद्योगिक कोरिडोरमा रहेका छाला, डिस्टिलरी, टेक्सटायल, घ्यू, साबुनलगायत उद्योगबाट निस्कने रसायनयुक्त पानीसँगै जीवजन्तुका सडेगलेका छाला, रौँ, खरानी, लेदोजस्ता विकार नदीमा मिसाइँदा दुर्गन्धित बनेको हो।

नदीको प्रदूषणले बाराको सिमरा, बकुलिया, लोहसन्डा, रमौली, सगरदीना, रामपुर टोकनी, छातापिपरा, नितनपुर, गम्हरगाँवा, बेहरा, बलुवा, पर्साको सिर्सिया, ताजपुर, भलुही, रामगढवा, परवानीपुर र वीरगञ्ज महानगरपालिकाको रामवन, रामगढवा, विन्दवासिनी, रानीघाट, अशोकवाटीका, छपकैयासहित करिब एक दर्जन बढी गाउँ र टोलका बासिन्दा प्रभावित भएका छन्।

सिर्सिया नदी आसपासका स्थानीयले प्रदूषण रोक्न माग गर्दै घेराउ गरेपछि २०६७ सालमा जिल्ला प्रशासन कार्यालयले सिर्सिया नदी अनुगमन समिति गठन गरेको थियो। उक्त समितिले नदीको स्थलगत अनुगमन गरी तयार पारेको प्रतिवेदनमा प्रदूषणको कारक उद्योगहरु रहेको उल्लेख छ। प्रतिवेदनमा नदी प्रदूषण गर्नेलाई अविलम्ब कारबाही गर्नुपर्ने भनी उद्योगहरुको नाम किटान गरिएको थियो।

नदीमा फोहोर मिसाउने उद्योगलाई कारबाही गर्न १२ वर्षसम्म सिफारिस भए पनि कुनै कारबाही हुन सकेन। ती उद्योगहरुले निरन्तर नदी प्रदूषण गराइरहेका छन्। नदी प्रदूषण गर्ने उद्योग सञ्चालकलाई जिल्ला प्रशासन कार्यालयले छलफलका लागि बोलाउने र प्रदूषण नगर्न निर्देशन दिने गरेको सहायक प्रमुख जिल्ला अधिकारी शिवप्रसाद लम्सालले बताए।

प्रदूषणमुक्त बनाउन काठमाडौं पैदलयात्रा

उद्योगले प्रदूषित बनाएको सिर्सिया नदीलाई प्रदूषणमुक्त बनाउन दबाबस्वरुप ‘चुरे तथा वनजंगल संरक्षण अभियान’ले वीरगञ्जदेखि काठमाडौंसम्मको पदयात्रा गरेको छ। सिर्सिया नदीलाई प्रदूषणमुक्त बनाउन सरकारलाई दबाब दिने उद्देश्यले केही महिनाअघि अभियानका संयोजक सुनिल यादवको नेतृत्वमा पैदलयात्रा गरेका हुन्।

प्रदूषित सिर्सिया नदीको पानी बोकेर पैदलयात्रामा निस्केको टोलीले वीरगञ्जबाट पैदलयात्रा गरी ११औँ दिनमा राजधानी काठमाडौं पुगी सिंहदरबार अगाडि पानी पोखेर विरोध जनाएका थिए। सरकारले सिर्सिया नदीलाई प्रदूषणमुक्त बनाउन ध्यान नदिएको भनी उनीहरु माइतीघरमा धर्नामा समेत बसेका थिए। सिर्सिया नदी आसपासका स्थानीयले प्रदूषण रोक्न माग गर्दै पटक पटक वीरगञ्जमा आन्दोलन गर्दै आएका छन्।

महानगरद्वारा उद्योगलाई जरिवाना

सिर्सिया नदी प्रदूषण नियन्त्रणका लागि वीरगञ्ज महानगरपालिकाले अभियान चलाउँदै आएको छ। नदी प्रदूषण गर्ने जो कसैलाई कारबाही गर्ने रणनीतिअनुसार नदीमा फोहोर गर्नेलाई महानगरपालिकाले जरिवाना गर्दै आएको छ।

गत एक वर्षअघि महानगरपालिकाले सिर्सिया नदीलाई प्रदूषण गर्ने पर्सा/बारा औद्योगिक कोरिडोरमा सञ्चालित पाँचवटा उद्योगलाई जनही तीनरतीन लाख रूपैयाँका दरले १५ लाख रूपैयाँ जरिवाना गरेको थियो।

महानगरले वीरगञ्ज महानगरपालिका(२१ स्थित ग्लोबल लेदर उद्योग प्रालि, अर्निका प्रोसेसिङ उद्योग प्रालि, श्रीसिधी टेक्सटायल्स प्रालि, मोरियम लेदर उद्योग प्रालि र वडा नं ३२ स्थित दुर्गा पुल्प एन्ड पेपर प्रालिलाई तीनरतीन लाख रूपैयाँका दरले जरिवाना गरेको थियो।

वीरगञ्ज महानगरपालिकाको वातावरण तथा प्राकृतिक स्रोत संरक्षण ऐन २०७७ को दफा ३७ अनुसार नदी प्रदुषित गर्ने पाँचवटा उद्योगहरुलाई कारबाहीस्वरुप जरिवाना गरिएको वीरगञ्ज महानगरपालिकाले जनाएको छ।

महानगगरले गत फागुनमा उद्योगहरुबाट निस्केको फोहोर सिर्सिया नदीमा फाल्ने तीनवटा ट्र्याक्टरलाई समेत नियन्त्रणमा लिइ एकरएक हजार रूपैयाँ जरिवाना गराएको थियो। उक्त अभियानअन्तर्गत महानगरले उपप्रमुखको संयोजकत्वमा गठन गरेको सिर्सिया नदी प्रदूषण नियन्त्रण समितिले उद्योगहरुको अनुगमन गर्दै आएको छ।

अनुगमनका क्रममा नदी तटमा रहेका उद्योगहरुले त्यहाँबाट निस्कने फोहोर (रसायनयुक्त फोहोर पानी, छालाको लेदो, कोइलाको छाईलगायत वस्तु) सिधै नदीमा फाल्दै आएको भेटिएको छ। फागुन ३ मा बसेको समितिको बैठकले नदी प्रदूषण गर्ने उद्योगलाई कारबाही गर्ने निर्णय गरेको थियो।

महानगरले लिखित रुपमै चेतावनी दिँदा समेत अटेर गरि उद्योगका फोहोर र रसायनयुक्त पानी सिधै नदिमा फाल्ने क्रम नरोकिएपछि पाँच उद्योगलाई जरिवाना गरिएको महानगर प्रमुख राजेशमान सिंहले बताए।

‘सिर्सिया नदी वीरगञ्ज सहरकै लाइफलाइन हो’, महानगर प्रमुख सिंहले भने, ‘त्यसकारण यो नदीलाई प्रदूषित बनाउने जोसुकै विरुद्ध महानगरले कारबाही गर्छ। नदीलाई प्रदूषणमुक्त बनाउने अभियान अब रोकिँदैन।’ तर महानगरले गर्ने सामान्य जरिवाना सिर्सिया नदी सफाइ बनाउने अभियानका लागि भने पर्याप्न नहुने स्थानीयको भनाइ छ।

Previous Post

राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

Next Post

ठमेललाई चौबिसै घण्टा खुला गर्नेबारे स्थानीयवासीको विरोध

सम्बन्धित खबर

बेनी–ढोरपाटन–तकसेरा जोड्ने सडकमा गाडी चल्न थाले
आर्थिक

बेनी–ढोरपाटन–तकसेरा जोड्ने सडकमा गाडी चल्न थाले

२९ फाल्गुन २०८२,
जलयात्राले हतुवागढीसँग तराई क्षेत्रको दूरी छोटियो
आर्थिक

जलयात्राले हतुवागढीसँग तराई क्षेत्रको दूरी छोटियो

२९ फाल्गुन २०८२,
कोरलानाका जोड्ने (कोवाङ–जोमसोम) सडक फेरि अलपत्र
आर्थिक

कोरलानाका जोड्ने (कोवाङ–जोमसोम) सडक फेरि अलपत्र

२९ फाल्गुन २०८२,
ढोरपाटनमा पहिलोपटक पुग्यो केन्द्रीय लाइन
आवाज

ढोरपाटनमा पहिलोपटक पुग्यो केन्द्रीय लाइन

२९ फाल्गुन २०८२,
एमाले अध्यक्ष ओलीलाई पितृशोक
समाचार

एमाले अध्यक्ष ओलीलाई पितृशोक

२९ फाल्गुन २०८२,
पश्चिम एसियाबाट नेपाली ल्याउन निगमको उद्धार उडान जारी
फिचर-ब्यानर

पश्चिम एसियाबाट नेपाली ल्याउन निगमको उद्धार उडान जारी

२९ फाल्गुन २०८२,
Load More
Next Post
ठमेललाई चौबिसै घण्टा खुला गर्नेबारे स्थानीयवासीको विरोध

ठमेललाई चौबिसै घण्टा खुला गर्नेबारे स्थानीयवासीको विरोध

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In