• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Saturday, March 14, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    उम्मेदवारको खर्चमा पारदर्शीता देखिएनः संयुक्त पर्यवेक्षण प्रतिवेदन

    उम्मेदवारको खर्चमा पारदर्शीता देखिएनः संयुक्त पर्यवेक्षण प्रतिवेदन

    अष्ट्रेलियाद्वारा पेट्रोल र डिजेल आपूर्ति सुदृढ बनाउने तयारी

    अष्ट्रेलियाद्वारा पेट्रोल र डिजेल आपूर्ति सुदृढ बनाउने तयारी

    लोमान्थाङको आधारभूत अस्पताल भवन प्रयोगविहीन

    लोमान्थाङको आधारभूत अस्पताल भवन प्रयोगविहीन

    उद्यमीलाई बिनाधितो ऋण

    उद्यमीलाई बिनाधितो ऋण

    छ महिनासम्म युद्ध लड्न सक्ने इरानको दाबी

    छ महिनासम्म युद्ध लड्न सक्ने इरानको दाबी

    मध्यपूर्वी तनावबीच नेपाल कडा निर्णयमा, इरानी नागरिकलाई ‘अन–अराइभल’ भिसा सेवा स्थगित

    मध्यपूर्वी तनावबीच नेपाल कडा निर्णयमा, इरानी नागरिकलाई ‘अन–अराइभल’ भिसा सेवा स्थगित

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

शुक्लाफाँटामा बाह्रसिङ्गाको गणना हुँदै

by
१७ चैत्र २०८०,
0
शुक्लाफाँटामा बाह्रसिङ्गाको गणना हुँदै
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

कञ्चनपुर। शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा विश्वमै दुर्लभ मानिएको वन्यजन्तु बाह्रसिङ्गाको गणना तथा अनुगमन सुरु गरिएको छ ।

निकुञ्जले कर्मचारी परिचालन गरेर बाह्रसिङ्गाको अनुगमन तथा गणना कार्य अगाडि बढाएको हो ।

‘हेड काउन्ट’ र ‘ट्रान्जिट लाइन’ गरी दुई विधिबाट अनुगमन तथा गणना भइरहेको निकुञ्जका सूचना अधिकारी मनोज ऐरले राससलाई जानकारी दिए ।

उनका अनुसार निकुञ्जमा एक दशक अघिदेखि वन्यजन्तु सप्ताहको अवसर पारेर बाह्रसिङ्गाको गणना हुँदै आएको छ ।

“पैदल हिँडेर र गाडी चढेर अनुगमनको कार्य हुन्छ”, ऐरले भने, “पहिलोपटक ड्रोन उडाएर बाह्रसिङ्गा अनुगमन गरिरहेका छौँ ।” हेडकाउन्टका लागि प्रत्यक्ष रुपमा अवलोकन तथा वाइनाकुलर र टेलिस्कोपको प्रयोग गरी अनुगमन भइरहेको उनको भनाइ छ ।

“एक÷दुई दिनको फरकमा पाँचदेखि सातपटक अनुगमन गर्छौं”, उनले भने, “हेड काउन्टको काम पनि त्यति नै पटक हुन्छ ।”

बाह्रसिङ्गाको अनुगमनका लागि शुक्लाफाँट, करैया, लालपानी, भतपुरी फाँटा छनौट गरिएको छ । योसँगै घाँसेमैदान रहेको फायरलाइनहरुमा पनि अनुगमन हुने निकुञ्जका सूचना अधिकारी ऐरले बताए ।

बाह्रसिङ्गाको सबैभन्दा ठूलो झुण्डको बासस्थान निकुञ्जको शुक्लाफाँट घाँसेमैदानमा रहेको भन्दै उक्त मैदान ५४ वर्गकिलोमिटर क्षेत्रफलमा फैलिएको उनले जानकारी दिए ।

सो मैदानमा एक हजार पाँच सय बढी बाह्रसिङ्गाको झुण्ड एकै ठाउँमा रहेको ऐरले बताए ।

उनका अनुसार ट्रान्जिट लाइन विधिबाट अनुगमनका लागि जेडएसएल नामक संस्थाले सहयोग गरिरहेको छ ।

“ड्रोन उडाएर अनुगमन गर्दा सबैभन्दा पहिला बाह्रसिङगाको तस्बिर लिने काम हुन्छ । कम्प्युटरको माध्यमबाट तस्बिरमा भएको सङ्ख्या यकिन गरिन्छ”, सूचना अधिकारी ऐरले भने, “त्यसपछि पोथी, भाले, वयस्क, बच्चा कति छन् भनेर विवरण तयार गर्छौं ।” बासस्थान सुधारका लागि प्रत्येक वर्ष घाँसेमैदान व्यवस्थापनको कार्य हुँदै आएकाले बाह्रसिङ्गाको अवस्था सन्तोषजक रहेको उनको भनाइ छ ।

ऐरका अनुसार सन् २०२२ मा गरिएको अनुगमनमा निकुञ्जमा दुई हजार तीन सय १३ बाह्रसिङ्गा थिए । “भालेको तुलनामा पोथिको सङ्ख्या बढी, बुढोभन्दा वयस्क र बच्चाको सङ्ख्या अधिक भए राम्रो मानिन्छ”, उनले भने, “यस वर्षको अनुगमनमा त्यसबारे पनि अध्ययन र अनुसन्धानमा जोड दिएका छौँ ।”

घाँसेमैदानमा झुण्डमा रहने बाह्रसिङ्गा पर्यटकको मुख्य रोजाइमा पर्ने गरेका छन् । मौसमअनुसार बाह्रसिङ्गाले रङ्ग र सिङ फेर्ने गर्दछ । निकुञ्जको तीन सय पाँच वर्ग किलोमिटर क्षेत्रभित्रका घाँसेमैदान बाह्रसिङ्गाको बासस्थानका रुपमा रहेको निकुञ्ज कार्यालयले जनाएको छ ।

Previous Post

श्रमिकलाई लक्षित गरी अस्पतालहरुमा निश्चित बेड तोक्ने तयारी

Next Post

मिनभवनको ४ रोपनी बढी जग्गा कब्जा प्रकरणमा रियल स्टेट सञ्चालक कालु गुरुङको कनेक्सन

सम्बन्धित खबर

उम्मेदवारको खर्चमा पारदर्शीता देखिएनः संयुक्त पर्यवेक्षण प्रतिवेदन
फिचर-ब्यानर

उम्मेदवारको खर्चमा पारदर्शीता देखिएनः संयुक्त पर्यवेक्षण प्रतिवेदन

३० फाल्गुन २०८२,
अष्ट्रेलियाद्वारा पेट्रोल र डिजेल आपूर्ति सुदृढ बनाउने तयारी
अन्तर्राष्ट्रिय

अष्ट्रेलियाद्वारा पेट्रोल र डिजेल आपूर्ति सुदृढ बनाउने तयारी

३० फाल्गुन २०८२,
लोमान्थाङको आधारभूत अस्पताल भवन प्रयोगविहीन
आर्थिक

लोमान्थाङको आधारभूत अस्पताल भवन प्रयोगविहीन

३० फाल्गुन २०८२,
उद्यमीलाई बिनाधितो ऋण
आर्थिक

उद्यमीलाई बिनाधितो ऋण

३० फाल्गुन २०८२,
छ महिनासम्म युद्ध लड्न सक्ने इरानको दाबी
फिचर-ब्यानर

छ महिनासम्म युद्ध लड्न सक्ने इरानको दाबी

३० फाल्गुन २०८२,
मध्यपूर्वी तनावबीच नेपाल कडा निर्णयमा, इरानी नागरिकलाई ‘अन–अराइभल’ भिसा सेवा स्थगित
समाचार

मध्यपूर्वी तनावबीच नेपाल कडा निर्णयमा, इरानी नागरिकलाई ‘अन–अराइभल’ भिसा सेवा स्थगित

३० फाल्गुन २०८२,
Load More
Next Post
मिनभवनको ४ रोपनी बढी जग्गा कब्जा प्रकरणमा रियल स्टेट सञ्चालक कालु गुरुङको कनेक्सन

मिनभवनको ४ रोपनी बढी जग्गा कब्जा प्रकरणमा रियल स्टेट सञ्चालक कालु गुरुङको कनेक्सन

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In