• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Sunday, July 12, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    विद्यार्थीलाई ज्ञानसँगै मौलिक संस्कृतिसँग जोड्दै समता विद्यालय

    विद्यार्थीलाई ज्ञानसँगै मौलिक संस्कृतिसँग जोड्दै समता विद्यालय

    रामधुनीमा वार्षिक ३५ हजार बिरुवा उत्पादन

    रामधुनीमा वार्षिक ३५ हजार बिरुवा उत्पादन

    उद्यमीदेखि प्रशिक्षकसम्मको यात्रा

    उद्यमीदेखि प्रशिक्षकसम्मको यात्रा

    वनफूलले सिँगारिएको ढोरपाटन

    वनफूलले सिँगारिएको ढोरपाटन

    नबिल बैंकको ४२औँ वार्षिकोत्सव: 'बैंकिङ एण्ड बियोन्ड' र एआई प्रविधिको  नेतृत्व गर्दै भविष्यको यात्रा तय गर्ने प्रतिबद्धता

    नबिल बैंकको ४२औँ वार्षिकोत्सव: 'बैंकिङ एण्ड बियोन्ड' र एआई प्रविधिको नेतृत्व गर्दै भविष्यको यात्रा तय गर्ने प्रतिबद्धता

    नेपालको पहिलो न्युज च्यानल सगरमाथा टेलिभिजन २०औँ वर्षमा प्रवेश

    नेपालको पहिलो न्युज च्यानल सगरमाथा टेलिभिजन २०औँ वर्षमा प्रवेश

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

छिल्लीकोटबासीको आम्दानीको स्रोत मालागेडी

by
१६ चैत्र २०८०,
0
छिल्लीकोटबासीको आम्दानीको स्रोत मालागेडी
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

देउखुरी (दाङ) । दाङको तुलसीपुर उपमहानगरपालिका–१९ छिल्लीकोटबासी मालागेडी अर्थात् सुगन्धकोकिला बिक्री गरेर यस वर्ष करिब रु दुई करोड आम्दानी गर्न सफल भएका छन् ।

माडागेडीबाट निस्कने सुगन्धले छिल्लीकोट बाह्रै महिना बासनादार बन्ने गरेको छ । चैत लागेसँगै फूल फुल्न थालेपछि अचेल सो ठाउँको वातावरण मगमग बासनादार बनेको छ ।

यस वर्ष मौसमले निकै साथ दिएपछि मालागेडी अर्थात् सुगन्धकोकिला बिक्रीबाट राम्रो आम्दानी भएको छिल्लीकोटबासी बताउँछन् ।

यस रु ५७ हजार प्रतिक्विन्टलमा मालागेडी बिक्री भएको स्थानीय तिलबहादुर वलीले बताए । उनले यस पटक १० क्विन्टल मालागेडी बिक्री गरे ।

बाउबाजेको पालामा रोपेको मालागेडीका रुख अहिले ठूलाठूला भएर फल दिने भएका छन् । पछिल्लो समय व्यावसायिक रुपमा यसको खेती गर्न थालेपछि रोपिएका रुपले पनि प्रशस्त मात्रामा फल दिन थालेको छ । त्यसले गर्दा मालागेडी बिक्री गरेर उनले मनग्य आम्दानी गरे ।

स्थानीय ६७ वर्षीयी नत्रबहादुर खत्रीको १२ जनाको परिवार छ । यस वर्ष उहाँले १२ क्विन्टल मालागेडी बिक्री गरेर रु छ लाख ८४ हजार आम्दानी गर्नुभयो । रोपेको छ वर्षपछि नै बिरुवाले फल दिन थालेको उनले बताए ।

उनको घरमा ५० बोट जति पुराना रुख छन् । अरु नयाँ बोट पनि हुर्किरहेका छन् । हुर्केका बिरुवाले वर्षौंसम्म फल दिन्छन् ।

एक पटकको लगानीले वर्षांैसम्म आम्दानी दिने भएपछि यहाँका अधिकांशको घरमा मालागेडीका बिरुवा भएको खत्रीले बताए ।

पाकेपछि रुखबाट खस्ने फललाई सङ्कलन गरेर बिक्री गर्ने गरेको सोही वडाको खानी गाउँका खुमा थापाले बताइन् ।

उनि पेसाले शिक्षक छिन् ।

उनि जनता मावि बिजौरीमा शिक्षण गर्छिन् । गाउँका हरेक घरमा मालागेडीका रुख छन् । बिदाको समयमा मालागेडी सङ्कलन गर्ने गरेको उनले बताइन् ।

विश्वमै लोपोन्मुख प्रजाति मालागेडी अर्थात् सुगन्ध कोकिला छिल्लीकोट क्षेत्रमा प्रशस्त मात्रामा पाइने गरेको उनले बताइन् ।

अन्यत्र फलेको मालागेडीभन्दा छिल्लीकोटमा फलेको मालागेडीले मूल्य राम्रो पाउने गरेको थापा बताउछिन् । फूल फुल्ने समयमा असिना पानी परेन भने राम्रो फल दिने उनले बताइन् ।

यस वर्ष हावापानीले राम्रै साथ दिएपछि गाउँभरबाट करिब एक सय ५० क्विन्टल मालागेडी निकासी भएको उनि बताउछिन् ।

एक घरबाट दुई क्विन्टलदेखि १२ क्विन्टलसम्म मालागेडी बिक्री भएको बताइएको छ । मालागेडी किन्न व्यापारी घरमै आउने हुँदा बजारको समस्या नरहेको उनको भनाइ छ ।

तुलसीपुर–१८ को दूधरासबाट उत्तर पहाडमा करिब १२ किलोमिटरको दूरीमा रहेको छिल्लीकोटमा मालागेडीलगायत थुप्रै आयुर्वेदिक वनस्पति पाइन्छन् । “यो हाम्रा लागि आम्दानीको गतिलो स्रोत हो”, स्थानीय तिलबहादुर वलीले भने, “मालागेडी नै हाम्रो मुख्य आम्दानीको स्रोत हो, छिल्लीकोटका सबै घरपरिवारले व्यावसायिक रुपमा मालागेडीको खेती गर्दै आएका छन्, स्थानीयको आम्दानीको मुख्य स्रोत यही मालागेडी हो ।”

असोज लागेपछि कालो भएर आफैँ खस्ने मालागेडी सङ्कलन गर्न सजिलो होस् भन्दै रुखको वरपरका सबै झाडी सफा गरेर मैदान बनाउने गरिन्छ ।

यसरी सङ्कलन गर्दा चाँडो हुने गरेको उनि बताउछन् । मालागेडी बेच्न बजार खोज्नु पर्दैन मानिस घरमै आउँछन् । बर्सेनि यसको माग र मूल्य दुवै बढ्दै गएको छ ।

नुहाउने साबुन, स्याम्पु, अत्तर, अगरबत्तीलगायत कच्चापदार्थका रुपमा लिइने सुगन्धकोकिला नै छिल्लीकोटको पहिचान बनेको छ ।

छिल्लीकोट क्षेत्रमा पर्ने खानी गाउँ, चुचुर्के, तिनुखोला, डोटेल डाँडा, पीपलडाँडा, पैयाँ टाकुरालगायत आसपासमा मालागेडीका रुखैरुख छन् ।

हाल यो वनस्पतिको खेती अन्य पालिकामा पनि विस्तार हुने क्रममा रहेको स्थानीय किसान परवीर पुनले बताए। हालसम्म २६ जिल्लामा छिल्लीकोटबाट मालागेडीका बिरुवा पठाइएको उनले बताए ।

डिभिजन वन कार्यालयले हरेक वर्ष आफ्ना नर्सरीमा उन्नत जातका मालागेडीका बिरुवा उत्पादन गरेर किसानलाई निःशुल्क वितरण गर्दै आइरहेको कार्यालय दाङका प्रमुख मोहन श्रेष्ठले बताए ।

Previous Post

क्रिप्टो संस्थापक ब्याङ्म्यान–फ्राइडलाई २५ वर्ष जेल सजाय

Next Post

‘महाजात्रा’ले पहिलो सातामा कमायो ६ करोड २४ लाख

सम्बन्धित खबर

विद्यार्थीलाई ज्ञानसँगै मौलिक संस्कृतिसँग जोड्दै समता विद्यालय
आवाज

विद्यार्थीलाई ज्ञानसँगै मौलिक संस्कृतिसँग जोड्दै समता विद्यालय

२८ असार २०८३,
रामधुनीमा वार्षिक ३५ हजार बिरुवा उत्पादन
आर्थिक

रामधुनीमा वार्षिक ३५ हजार बिरुवा उत्पादन

२८ असार २०८३,
उद्यमीदेखि प्रशिक्षकसम्मको यात्रा
आर्थिक

उद्यमीदेखि प्रशिक्षकसम्मको यात्रा

२८ असार २०८३,
वनफूलले सिँगारिएको ढोरपाटन
आर्थिक

वनफूलले सिँगारिएको ढोरपाटन

२८ असार २०८३,
नबिल बैंकको ४२औँ वार्षिकोत्सव: 'बैंकिङ एण्ड बियोन्ड' र एआई प्रविधिको  नेतृत्व गर्दै भविष्यको यात्रा तय गर्ने प्रतिबद्धता
आवाज

नबिल बैंकको ४२औँ वार्षिकोत्सव: 'बैंकिङ एण्ड बियोन्ड' र एआई प्रविधिको नेतृत्व गर्दै भविष्यको यात्रा तय गर्ने प्रतिबद्धता

२८ असार २०८३,
नेपालको पहिलो न्युज च्यानल सगरमाथा टेलिभिजन २०औँ वर्षमा प्रवेश
समाचार

नेपालको पहिलो न्युज च्यानल सगरमाथा टेलिभिजन २०औँ वर्षमा प्रवेश

२८ असार २०८३,
Load More
Next Post
‘महाजात्रा’ले पहिलो सातामा कमायो ६ करोड २४ लाख

‘महाजात्रा’ले पहिलो सातामा कमायो ६ करोड २४ लाख

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In