• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Sunday, May 24, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    चिया बगानभित्रै ‘सुपारी’को व्यावसायिक खेती

    चिया बगानभित्रै ‘सुपारी’को व्यावसायिक खेती

    केपिलासगढीमा ‘मह सिकार महोत्सव’

    केपिलासगढीमा ‘मह सिकार महोत्सव’

    सोलेडाँडामा ‘जडीबुटी पार्क’

    सोलेडाँडामा ‘जडीबुटी पार्क’

    आगामी जुन देखि अन्तर्राष्ट्रिय उडानहरू पुनः सुरु गर्दैै कुवेत

    आगामी जुन देखि अन्तर्राष्ट्रिय उडानहरू पुनः सुरु गर्दैै कुवेत

    दुई सातामा ‘लालीबजार’ले कमायो पाँच करोड २५ लाख

    दुई सातामा ‘लालीबजार’ले कमायो पाँच करोड २५ लाख

    अमेरिकी विदेशमन्त्री मार्को रुबियो भारतमा

    अमेरिकी विदेशमन्त्री मार्को रुबियो भारतमा

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

कालीगण्डकी कोरिडोरः बेनी–मालढुङ्गा खण्ड निर्माणमा प्रगति

by
१३ चैत्र २०८०,
0
कालीगण्डकी कोरिडोरः बेनी–मालढुङ्गा खण्ड निर्माणमा प्रगति

default

0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

म्याग्दी।म्याग्दी र मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी–मालढुङ्गा सडक कालोपत्रका लागि सञ्चालित योजनाको कामले १५ महिनापछि गति लिएको छ ।

गण्डकी प्रदेशको भाग्यरेखा मानिएको राष्ट्रिय गौरवको, कालीगण्डकी कोरिडोर सडक आयोजनाअन्तर्गत पर्वतको कुश्मा नगरपालिका–१ मालढुङ्गाबाट जलजला गाउँपालिका–८, ७, ४ र ३ नं वडा हुँदै म्याग्दीको सदरमुकाम बेनी जोड्ने सडक कालोपत्र गर्न सञ्चालित आयोजनाले गति लिएको हो ।

बेनी–जोमसोम–कोरला सडक आयोजनाको बेनी–मालढुङ्गा खण्डका इन्जिनियर अच्युतविलास पन्तले चालु आर्थिक वर्षभित्र नै पाँच किलोमिटरमा अक्सफाल्ट प्रविधिको कालोपत्र र थप पाँच किलोमिटरमा ग्राभेल गरी आगामी २०८१ असोजसम्म पूरै १३ किलोमिटर कालोपत्र गरिसक्ने समय तालिका बनाएर निर्माणलाई तीव्रता दिएको जानकारी दिए ।

‘नदीजन्य निर्माण सामग्रीको अभावले २०७९ कात्तिकदेखि करिब १५ महिना निर्माण सुस्ताएको थियो’, उनले भने, ‘निर्माण व्यवसायीलाई ताकेता र वैकल्पिक स्रोतबाट नदीजन्य सामग्रीको व्यवस्थापन गर्न सहजीकरण भएपछि निर्माणले तीव्रता पाएको छ ।’

सडक फराकिलो, पानीको निकासका लागि नाली र पर्खाल निर्माण धमाधम भइरहेको तथा मालढुङ्गाबाट फर्सेसम्मको पाँच किलोमिटर दूरीमा कालोपत्र गर्न सबबेस बिछ्याउन थालिएको इन्जिनियर पन्तले बताए ।

यो खण्डमा चालु आर्थिक वर्षभित्र नै कालोपत्र गरिसक्ने लक्ष्य छ । विभिन्न ठाउँमा करिब एक किलोमिटर ढलान र खोल्सामा कल्भर्ट निर्माण गरिएको छ ।

सडक फराकिलो बनाउने, नाली र पर्खाल निर्माण भइरहेको फर्सेबाट लामाखेत खण्डमा पनि यस वर्ष ग्राभेल गर्ने तयारी भएको निर्माण कम्पनीका प्रतिनिधिले बताएका छन् । सडकको छेउछाउमा रहेका घरटहरा भत्काउनका लागि केही दिनमा सूचना निकालेर क्षतिपूर्ति वितरण गरिने आयोजनाका प्रमुख ध्रुव झाले बताए ।

१३ किलोमिटर लामो मालढुङ्गा–बेनी सडक स्तरोन्नतिका लागि २०७७ चैतमा एपेक्स–खड्का–कृष्ण जेभीले ५२ करोड ८६ लाखमा ठेक्का सम्झौता गरेको थियो ।

एपेक्स–खड्का–कृष्णको सहायक ठेकेदार ओमकारेश्वर कन्स्ट्रक्सनले ढुङ्गा, गिट्टी, बालुवा र रोडा अभाव भएको जनाउँदै २०७९ कात्तिकदेखि सुस्त गतिमा काम गरेको थियो । कालीगण्डकीबाट नदीजन्य पदार्थ उत्खनन गर्न २०७८ असारमा सर्वोच्च अदालतले रोक लगाएको थियो ।

विसं २०८० असोजमा म्याद सकिएको यस सडक योजनाको हालसम्मको भौतिक प्रगति २५ प्रतिशत रहेको बेनी–जोमसोम–कोरला सडक आयोजनाले जनाएको छ । आगामी २०८१ असोजसम्मका लागि ठेक्काको म्याद थपिएको छ ।

सडक निर्माणमा ढिलाइ हुँदा यातायातका साधन सञ्चालन र यात्रुलाई आवतजावतमा समस्या भएको छ । खाल्डाखुल्डी, धुलो, हिलोका कारण यात्रा गर्न सास्ती भएको म्याग्दी उद्योग वाणिज्य सङ्घका अध्यक्ष सुविन श्रेष्ठले बताए ।

बेनी–मालढुङ्गा, बेनी–जोमसोमलगायत म्याग्दीका दूरगामी महत्वका सडक र विकास आयोजना निर्माणमा देखिएको समस्याका विषयमा सङ्घीय, प्रदेश र स्थानीय तहका जनप्रतिनिधि, निजी क्षेत्र, नागरिक समाजले सहजीकरण र माथिल्लो निकायमा समन्वय गरेका छन् ।

‘कामका लागि खाद्यान्न’ कार्यक्रमअन्तर्गत २०५२ सालमा खुलेको मालढुङ्गा–बेनी सडक २०६८ सालमा कालोपत्र गरिएको थियो । मुस्ताङको कोरला नाकाबाट दक्षिणको सुनौलीसम्म जोड्ने कालीगण्डकी करिडोरअन्तर्गत यो सडकलाई ११ मिटर फराकिलो पारेर कालोपत्र गर्न लागिएको हो ।

Previous Post

राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

Next Post

फेवा नव वर्ष महोत्सवः पर्यटकीय राजधानीको महिमा र गरिमा बढ्नुपर्नेमा जोड

सम्बन्धित खबर

चिया बगानभित्रै ‘सुपारी’को व्यावसायिक खेती
आवाज

चिया बगानभित्रै ‘सुपारी’को व्यावसायिक खेती

९ जेष्ठ २०८३,
केपिलासगढीमा ‘मह सिकार महोत्सव’
आवाज

केपिलासगढीमा ‘मह सिकार महोत्सव’

९ जेष्ठ २०८३,
सोलेडाँडामा ‘जडीबुटी पार्क’
आर्थिक

सोलेडाँडामा ‘जडीबुटी पार्क’

९ जेष्ठ २०८३,
आगामी जुन देखि अन्तर्राष्ट्रिय उडानहरू पुनः सुरु गर्दैै कुवेत
फिचर-ब्यानर

आगामी जुन देखि अन्तर्राष्ट्रिय उडानहरू पुनः सुरु गर्दैै कुवेत

९ जेष्ठ २०८३,
दुई सातामा ‘लालीबजार’ले कमायो पाँच करोड २५ लाख
आर्थिक

दुई सातामा ‘लालीबजार’ले कमायो पाँच करोड २५ लाख

९ जेष्ठ २०८३,
अमेरिकी विदेशमन्त्री मार्को रुबियो भारतमा
अन्तर्राष्ट्रिय

अमेरिकी विदेशमन्त्री मार्को रुबियो भारतमा

९ जेष्ठ २०८३,
Load More
Next Post
फेवा नव वर्ष महोत्सवः पर्यटकीय राजधानीको महिमा र गरिमा बढ्नुपर्नेमा जोड

फेवा नव वर्ष महोत्सवः पर्यटकीय राजधानीको महिमा र गरिमा बढ्नुपर्नेमा जोड

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In