• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Sunday, July 12, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    विश्वकप जित्ने स्पेनको लक्ष्यमा व्यक्तिगत गोल गौण बिषय : यामाल

    विश्वकप जित्ने स्पेनको लक्ष्यमा व्यक्तिगत गोल गौण बिषय : यामाल

    न्युजिल्यान्ड र भारतबीच ‘रणनीतिक साझेदारी’ घोषणा

    न्युजिल्यान्ड र भारतबीच ‘रणनीतिक साझेदारी’ घोषणा

    यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर

    राष्ट्र बैंकद्वारा निष्क्रिय खाता कार्ययोजना बनाई न्यूनीकरण गर्न निर्देशन

    ठमेलले नेपाललाई अन्तरराष्ट्रियस्तरमा चिनाएको छः मन्त्री श्रेष्ठ

    ठमेलले नेपाललाई अन्तरराष्ट्रियस्तरमा चिनाएको छः मन्त्री श्रेष्ठ

    शीतलचिनीको व्यावसायिक उत्पादनमा जोडिएका भट्ट

    शीतलचिनीको व्यावसायिक उत्पादनमा जोडिएका भट्ट

    स्याङ्जाको चराङमा फल्यो स्याउ

    स्याउ निर्यात गर्दा स्थानीय तहको सिफारिस अनिवार्य

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

सुरक्षाकर्मीले गरे आगो निभाउने अभ्यास

by
४ चैत्र २०८०,
0
सुरक्षाकर्मीले गरे आगो निभाउने अभ्यास
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

खोटाङ । जिल्लास्थित तीनवटै सुरक्षा निकायका सुरक्षाकर्मीले शनिबार आगलागी नियन्त्रणसम्बन्धी चेतनामूलक अभ्यास प्रस्तुत गरेका छन्। डिभिजन वन कार्यालय खोटाङले सुरु गरेको अग्नि नियन्त्रणसम्बन्धी साताव्यापी कार्यक्रमअन्तर्गत सुरक्षाकर्मीले दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-४ खाल्लेस्थित चन्द्रमान सामुदायिक वनमा संयुक्त अभ्यास गरेका हुन्।

गोरखनाथ गण मुडे ब्यारेकका नेपाली सेना, जिल्ला प्रहरी कार्यालय खोटाङका नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपाल ७ नं गुल्म खोटाङका सशस्त्र प्रहरीले संयुक्तरूपमा आगलागी नियन्त्रणसम्बन्धी अभ्यास गरेका हुन्। उनीहरूले अग्निरेखा निर्माण, आगलागी नियन्त्रण तथा आगलागीका घटनाबाट बच्ने उपायबारे स्थानीय बासिन्दालाई सहभागी गराएर अभ्यास गरेका थिए।

आगो निभाउन सबैको सहयोग तथा सहकार्य आवश्यक हुने जिल्ला प्रहरी कार्यालय खोटाङका प्रमुख प्रहरी नायब उपरीक्षक पुरुषोत्तम खड्काले बताएका छन्।

‘आगलागी फायर, फ्युल र अक्सिजन एकैसाथ मिलेपछि हुन्छ। आगलागी नियन्त्रण गर्न हामीले फ्युल हटाउन सक्छौँ। जङ्गलमा पाइने पत्कर, सुकेका झाडीलगायत ज्वलनशील वस्तु फ्युल हुन्। त्यसलाई हटाएर अग्निरेखा निर्माण गरेमा आगलागी नियन्त्रण गर्न सकिन्छ,’ उनले भने । वनमा जानाजान आगो लगाउनेलाई कानुनले १२ वर्षसम्म कैदको सजाय तोकेको जानकारी दिँदै यदि त्यसो गरेको पाइएमा प्रहरीले कानुनबमोजिम कारबाही गर्ने चेतावनी उनले भने।

हिउँदमा हुनसक्ने वन डढेलो तथा आगलागीका घटनालाई नियन्त्रण गर्न सप्ताहव्यापी अग्नि नियन्त्रण अभियान सुरु गरिएको वन कार्यालयका प्रमुख पशुपति दाहालले जानकारी दिए। ‘खोटाङ आगलागीका घटना हुने उच्च जोखिममा रहेको जिल्लामा पर्दछ। वन डढेलोका कारण हरेक वर्ष ठूलो क्षति हुने गरेको छ । यसलाई नियन्त्रण गर्न सप्ताहव्यापी कार्यक्रम सुरु गरेका छौँ,’ उनले भने ‘आगलागीका घटना नियन्त्रण गर्न सबै नागरिक सचेत हुन जरुरी छ। अभियानका क्रममा विशेष गरी स्थानीय बासिन्दालाई लक्षित गरेर चेनामूलक कार्यक्रम सञ्चालन गछौं।’

अभ्यासमा सामुदायिक वन उपभोक्ता महासङ्घ, स्थानीय वन उपभोक्ता समिति, स्थानीय बासिन्दालगायतको उपस्थिति रहेको थियो। त्यस अवसरमा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका प्रमुख तीर्थराज भट्टराईले आगलागी नियन्त्रणमा सबै एकताबद्ध भएर अगाडि बढ्नुपर्ने बताए। यसैबीच १० स्थानीय तह रहेको जिल्लाका विभिन्न सामुदायिक वनमा डढेलो सल्केको छ।

हलेसी तुवाचुङ नगरपालिका–९ धितुङमा शनिबार दिउँसो लागेको डढेलो गाउँवस्तीमा सल्किदा दुई घर जलेका प्रहरीले जनाएको छ। चौतारा सामुदायिक वनमा लागेको डढेलोले स्थानीय गजेन्द्र राई र ज्ञानीमाया राईको घर पूर्णरूपमा क्षति भएको जनाइएको छ।

ऐसेलुखर्क गाउँपालिका–६ ज्यामीरेस्थित सामुदायिक वनमा लागेको डढेलोले खुतप्रसाद फुँयाल, युवराज राई र बुद्धिनाथ लम्सालको घर जलेको प्रहरीले जनाएको छ। डढेलोले बुद्धिनाथका ६० वटा बाख्रासमेत मरेका छन्। जिल्लामा भएका आगलागीका घटनाबाट अहिलेसम्म मानवीय क्षति भने नभएको जिल्ला प्रहरी कार्यालयका प्रमुख खड्काले जानकारी दिए।

Previous Post

फैलिँदै डढेलो र आगलागी, सचेतनामा जोड

Next Post

आफ्ना मन्त्रीलाई सघाउन रास्वपाले विज्ञ समूह बनाउने

सम्बन्धित खबर

विश्वकप जित्ने स्पेनको लक्ष्यमा व्यक्तिगत गोल गौण बिषय : यामाल
अन्तर्राष्ट्रिय

विश्वकप जित्ने स्पेनको लक्ष्यमा व्यक्तिगत गोल गौण बिषय : यामाल

२७ असार २०८३,
न्युजिल्यान्ड र भारतबीच ‘रणनीतिक साझेदारी’ घोषणा
अन्तर्राष्ट्रिय

न्युजिल्यान्ड र भारतबीच ‘रणनीतिक साझेदारी’ घोषणा

२७ असार २०८३,
यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर
आर्थिक

राष्ट्र बैंकद्वारा निष्क्रिय खाता कार्ययोजना बनाई न्यूनीकरण गर्न निर्देशन

२७ असार २०८३,
ठमेलले नेपाललाई अन्तरराष्ट्रियस्तरमा चिनाएको छः मन्त्री श्रेष्ठ
आर्थिक

ठमेलले नेपाललाई अन्तरराष्ट्रियस्तरमा चिनाएको छः मन्त्री श्रेष्ठ

२७ असार २०८३,
शीतलचिनीको व्यावसायिक उत्पादनमा जोडिएका भट्ट
आर्थिक

शीतलचिनीको व्यावसायिक उत्पादनमा जोडिएका भट्ट

२७ असार २०८३,
स्याङ्जाको चराङमा फल्यो स्याउ
आर्थिक

स्याउ निर्यात गर्दा स्थानीय तहको सिफारिस अनिवार्य

२७ असार २०८३,
Load More
Next Post
आफ्ना मन्त्रीलाई सघाउन रास्वपाले विज्ञ समूह बनाउने

आफ्ना मन्त्रीलाई सघाउन रास्वपाले विज्ञ समूह बनाउने

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In