• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Thursday, July 9, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    गण्डकी प्रदेशसभा बैठक : प्रदेश लोकसेवा आयोग र प्रदेशसभाको सार्वजनिक लेखा समितिको प्रतिवेदन पेश

    गण्डकी प्रदेशसभाः गाँजाखेतीसम्बन्धी विधेयक पारित

    राष्ट्रिय चिकित्सा शिक्षा आयोगको बैठक सम्पन्न

    राष्ट्रिय चिकित्सा शिक्षा आयोगको बैठक सम्पन्न

    राष्ट्रिय वाणिज्य बैंकको सवल वित्तीय सूचक

    राष्ट्रिय वाणिज्य बैंकको सवल वित्तीय सूचक

    उपराष्ट्रपति यादवसँग फ्रान्सेली राजदूतको शिष्टाचार भेट

    उपराष्ट्रपति यादवसँग फ्रान्सेली राजदूतको शिष्टाचार भेट

    सभामुख अर्यालसँग भारतीय राजदूत श्रीवास्तवको शिष्टाचार भेट

    सभामुख अर्यालसँग भारतीय राजदूत श्रीवास्तवको शिष्टाचार भेट

    नेपालको स्वास्थ्य क्षेत्रलाई नर्वेको सहयोग निरन्तर रहने प्रतिबद्धता

    नेपालको स्वास्थ्य क्षेत्रलाई नर्वेको सहयोग निरन्तर रहने प्रतिबद्धता

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

आलियामाथि बलिउडको हजार करोड लगानी

by
३ चैत्र २०८०,
0
आमा बनेकी आलिया भट्टको फिटनेस टिप्सस् तातो पानी र कागती
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । बलिउड अभिनेत्री आलिया भट्ट आज ९मार्च १५० बाट ३१ वर्षकी भएकी छन् । १२ वर्षको करियरमा उनले करिब १६ फिल्ममा प्रमुख भूमिका निभाइन् । जसमा १२ हिट, २ फ्लप र २ औसत रहे ।

उनको चार फिल्म ‘जिगरा’, ‘लभ एण्ड वार’, ‘जी ले जरा’ र ‘ब्रह्मास्त्र २’ अब आउने फिल्म हुन् । यी फिल्ममा करिब १ हजार ३० करोड रुपैयाँको लगानी छ । आलियाले सन् २०१२ मा फिल्म ‘स्टुडेण्ट अफ द इयर’बाट बलिउडमा डेब्यू गरेकी थिइन् । तर यो फिल्ममा काम गर्ने अवसर भने उनले सजिलै पाइनन् । फिल्मका लागि उनका अलावा करिब ४ सय युवतीले अडिसन दिएका थिए ।

आलिया अहिले बलिउडकै सर्वाधिक पारिश्रमिक लिने अभिनेत्रीको सूचीमा पर्छिन् । उनी एक फिल्ममा २० देखि २५ करोड पारिश्रमिक लिन्छिन् । उनले फिल्म ‘गंगूबाई कठियावाडी’का लागि ‘बेस्ट एक्ट्रिस’को नेसनल अवार्ड जितेकी थिइन् । यो फिल्मले विश्वव्यापी रुपमा करिब २ सय १० करोड कलेक्सन गरेको थियो । आलियाका लागि सन् २०२३ निकै राम्रो रह्यो । फिल्म ‘रकी और रानीकी प्रेम कहानी’ले विश्वव्यापी रुपमा ३ सय ५५ करोडको कलेक्सन गरेको थियो ।

आलिया वाईआरएफ स्पाई युनिभर्ससँग जोडिने पहिलो अभिनेत्री पनि बनेकी छन् । उनी स्पाई युनिभर्सको आठ फिल्म फ्रेञ्चाइजीमा देखिँदैछिन् । स्पाई युनिभर्सबाट निर्माण हुन लागेका आठै वटा जासूसी पृष्ठभूमिमा आधारित फिल्ममा आलियाले सुपर एजेन्टको भूमिका निभाउँदैछिन् । यद्यपि स्पाई युनिभर्सले यी फिल्मको बजेट सार्वजनिक गरेको छैन ।

आलियाको जन्म सन् १९९३, मार्च १५ मा मुम्बईमा भएको थियो । उनी बलिउडका लोकप्रिय फिल्म निर्माता तथा निर्देशक महेश भट्ट र अभिनेत्री आमा सोनी राजदानकी छोरी हुन् । उनले ६ वर्षको उमेरमा महेशको प्रोडक्सन हाउस विशेष फिल्मसको व्यानरमा निर्माण भएको फिल्म ‘संघर्ष’मा अभिनेत्री प्रिती जिन्टाको बाल्यकालिन चरित्रमा अभिनय गरिन् । उनले ९ वर्षको उमेरमा सञ्जय लीला भन्सालीको फिल्म ‘ब्ल्याक’मा अडिसन दिए पनि उनी अस्वीकृत भएकी थिइन् ।

आलिया कक्षा १२ मा अध्ययन गरिरहँदा स्कुल पोसाकमै फिल्म ‘स्टुडेण्ट अफ द इयर’का लागि अडिसन दिइन् । उनले अडिसनमा ‘बहारा बहारा’ गीतमा नाँचेकी थिइन् । फिल्मको शनाया सिंघानिया चरित्रका लागि ४ सय युवतीले अडिसन दिएका थिए ।

आलियाको करियरमा दोस्रो फिल्म ‘हाईवे’ आलियाका लागि गैर ग्ल्यामर भूमिका थियो । यो फिल्मपछि उनले ‘२ स्टेट्स’, ‘हम्प्टी शर्मा की दुल्हनिया’, ‘कपूर एण्ड सन्स’, ‘उडता पञ्जाब’, ‘डियर जिन्दगी’, ‘बद्रीनाथ की दुल्हनिया’मा अभिनय गरिन् । सन् २०१८ मा रिलिज फिल्म ‘राजी’मा उनले निभाएको भारतीय स्पाईको भूमिकाका लागि फिल्मफेयरको ‘बेस्ट एक्ट्रेस अवार्ड’ जितिन् ।

१२ वर्षको फिल्मी करियरमा आलियाको कमाइ उल्लेख्य छ । उनीसँग अहिले ५ सय १७ करोड सम्पत्ति छ । उनीसँग तीन घर छन् । उनले पहिलो घर लण्डनमा खरिद गरेकी थिइन् ।

आलिया एक सफल व्यवसायी महिला पनि हुन् । उनले सन् २०१० मा एड–ए–ममा नामको क्लोथिङ ब्राण्ड सुरु गरिन् । वर्षदिनमै यो कम्पनीको मूल्यांकन १ सय ५० करोड पुगेको थियो । त्यसपछि उनको यो कम्पनीलाई रिलायन्स ब्राण्ड्स लिमिटेडले ३ सय देखि ३ सय ५० करोडमा किनेको थियो ।

Previous Post

आठ आप्रवासीको डुबेर मृत्यु

Next Post

मेरी रोबर्ट राइनहार्टको सफलता

सम्बन्धित खबर

गण्डकी प्रदेशसभा बैठक : प्रदेश लोकसेवा आयोग र प्रदेशसभाको सार्वजनिक लेखा समितिको प्रतिवेदन पेश
कृषि

गण्डकी प्रदेशसभाः गाँजाखेतीसम्बन्धी विधेयक पारित

२५ असार २०८३,
राष्ट्रिय चिकित्सा शिक्षा आयोगको बैठक सम्पन्न
आवाज

राष्ट्रिय चिकित्सा शिक्षा आयोगको बैठक सम्पन्न

२५ असार २०८३,
राष्ट्रिय वाणिज्य बैंकको सवल वित्तीय सूचक
आर्थिक

राष्ट्रिय वाणिज्य बैंकको सवल वित्तीय सूचक

२५ असार २०८३,
उपराष्ट्रपति यादवसँग फ्रान्सेली राजदूतको शिष्टाचार भेट
आवाज

उपराष्ट्रपति यादवसँग फ्रान्सेली राजदूतको शिष्टाचार भेट

२५ असार २०८३,
सभामुख अर्यालसँग भारतीय राजदूत श्रीवास्तवको शिष्टाचार भेट
आर्थिक

सभामुख अर्यालसँग भारतीय राजदूत श्रीवास्तवको शिष्टाचार भेट

२५ असार २०८३,
नेपालको स्वास्थ्य क्षेत्रलाई नर्वेको सहयोग निरन्तर रहने प्रतिबद्धता
अन्तर्राष्ट्रिय

नेपालको स्वास्थ्य क्षेत्रलाई नर्वेको सहयोग निरन्तर रहने प्रतिबद्धता

२५ असार २०८३,
Load More
Next Post
सफलताको कथाः मेरी रोबर्ट राइनहार्ट यसरी बनिन् सफल

मेरी रोबर्ट राइनहार्टको सफलता

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In