• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Thursday, May 14, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    इरान युद्धको असर जापानी स्न्याक प्याकेटमा

    इरान युद्धको असर जापानी स्न्याक प्याकेटमा

    कामपाको सामुदायिक विद्यालय एकीकृत हाजिरी प्रणालीमा आबद्ध

    कक्षा ११ र १२ का लागि छात्रवृत्ति आवेदन माग, १७ गते परीक्षा

    साउदी अरेबियाले इरानमाथि सैन्य आक्रमण गरेको खुलासा

    साउदी अरेबियाले इरानमाथि सैन्य आक्रमण गरेको खुलासा

    सर्वोच्चमा जलेका दश हजार बढी मुद्दाका मिसिल तयार

    कारण देखाउ आदेश

    अमेरिकी राष्ट्रपति ट्रम्प चीनको राजकीय भ्रमणका लागि बेइजिङमा अवतरण

    अमेरिकी राष्ट्रपति ट्रम्प चीनको राजकीय भ्रमणका लागि बेइजिङमा अवतरण

    चीनसँग ‘ठूलो सम्झौता’ खोज्दै ट्रम्प

    चीनसँग ‘ठूलो सम्झौता’ खोज्दै ट्रम्प

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

रेबिज रोकथाम गर्न बन्ध्याकरण र खोप अभियान

by
२९ फाल्गुन २०८०,
0
रेबिज रोकथाम गर्न बन्ध्याकरण र खोप अभियान
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

सुदूरपश्चिम । रेबिज रोग रोकथामका लागि कैलालीमा थालिएको बृहत् खोप अभियानअन्तर्गत १० हजार सङ्ख्याका घरपालुवा कुकुर र बिरालोमा रेबिज रोगविरुद्धको खोप लगाइएको छ ।

खोप अभियानका क्रममा सात सयभन्दा बढी सङ्ख्याका भाले र पोथी सामुदायिक कुकुरको स्थायी बन्ध्याकरण गरिएको छ । जिल्लाका सबै १३ पालिकासँग समन्वय गरेर रेबिज रोगविरुद्धको खोप चलाइएको हो । स्थायी बन्ध्याकरण गरिएका कुकुरको पहिचानका लागि उनीहरूको कानमा ‘नचिङ’ ९साङ्केतिक चिह्न० गरिएको छ । बन्ध्याकरणबाट कुकुरको प्रजननदर नियन्त्रण गरी बच्चा जन्मिने क्रम रोक्न सकिने बताइएको छ ।

कैलालीसहितका जिल्लामा विपन्न समुदाय रहेको ग्रामीण बस्तीमा सामुदायिक कुकुरको सङ्ख्या बढ्दै जाँदा रेबिज रोगको जोखिम पनि बढेको बताइएको छ । भेटेरेनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र कैलालीका प्रमुख डा हेमराज अवस्थीले टोलबस्तीमा पाल्तु कुकुरको सङ्ख्या बढेसँगै बढेको रेबिज रोगको जोखिमलाई रोक्न खोप र बन्ध्याकरण अभियान थालिएको बताए ।

“जिल्लाको गौरीगङ्गा नगरलाई रेबिज रोगविरुद्धमा पूर्ण खोपयुक्त नगरपालिका बनाउने योजना छ”, उनले भने, “खोप दिइएका कुकुर, बिरालोमा रोग प्रतिरोधी क्षमताका लागि खोप दिएको तीन महिना पूरा भएपछि बुस्टर डोज लगाउने गरी खोपकार्ड वितरण गरेका छौँ ।”

रेबिज रोग तातो रगत भएका स्तनधारी पशुपक्षीमा लाग्ने ‘लिस्सा’ भाइरसबाट हुने प्राणघातक रोग रहेको डा अवस्थी बताउँछन् । खोप लगाउन सकिएमा यो रोगबाट बच्न सकिन्छ । यो रोग लागेको पशुले मानिसमा टोक्दा यसको भाइरस दिमाग वा गिदीमा पुगेपछि रोगको लक्षण देखिन सुरु हुन्छ ।

रेबिज रोगका जङ्गली र सहरी गरी दुई चक्र हुन्छन् । जङ्गली चक्रमा जङ्गली स्याल, फ्याउरो, भ्याम्पायर, चमेरोमा हुन्छ । सहरी चक्र सहर गाउँबस्तीमा पालिएका कुकुर, बिरालो र स्तनधारी पशुमा हुन्छ । रेबिज लागेको जङ्गली स्याल, फ्याउरो र घरपालुवा सामुदायिक कुकुर, बिरालोको सम्पर्क भई टोकाइ भएमा यो रोग मानिसमा सर्ने गर्छ । यस्तो जोखिको अवस्थामा पाल्तु कुकुरको व्यवस्थापन र बृहत् खोप कार्यक्रम गरेर रेबिजको भाइरसको सम्पर्क टुटाउन सक्नुपर्ने पशुचिकित्सकको भनाइ छ ।

“सहरी र जङ्गली चक्रबीचको सम्पर्क टुटाउन नसकिएमा रेबिजको जोखिम रहिरहन्छ”, डा अवस्थीले भने, “नेपालमा बर्सेनि ६० देखि एक सय व्यक्ति र ४० देखि ५० हजार सङ्ख्याका गाईवस्तु रेबिजकै कारण मर्ने गरेको तथ्याङ्क छ ।”

अन्तर्राष्ट्रिय प्रतिबद्धताबमोजिम नेपालमा सन् २०३० सम्ममा कुकुरको टोकाइबाट हुने रेबिज रोगलाई शून्यमा झार्ने लक्ष्य राखिएको छ । पशु अधिकार र पशु कल्याणका दृष्टिमा कुकुरलाई मार्न नपाइने भएकाले मानवीय तवरबाट कुकुरको सङ्ख्या घटाउनका लागि यसको बन्ध्याकरण गर्नुपर्ने विश्वव्यापी अभ्यास छ ।

यसका अतिरिक्त रेबिज रोग नियन्त्रण गर्न नागरिकमा निरन्तर जनचेतना अभिवृद्धि कार्यक्रमका साथै सबै टोलबस्तीका कुकुरमा खोप र बन्ध्याकरण कार्यक्रमलाई थप प्रभावकारी बनाउन जरुरी रहेको विज्ञहरूको भनाइ छ ।

विश्व स्वाथ्य सङ्गठनको तथ्याङ्कका अनुसार रेबिज रोगकै कारण विश्वमा बर्सेनि ६० हजारभन्दा बढी मानिसको मृत्यु हुने गरेको छ । मृत्यु हुनेमा आधाभन्दा बढी पाँचदेखि १५ वर्ष उमेर समूहका बढी रहेको जनाइएको छ । रेबिज लागेको कुकुरसहित अन्य पशुबाट यो रोग लाग्न सक्ने भए पनि ९५ प्रतिशत रेबिज रोग कुकुरको टोकाइबाट लाग्ने गरेको तथ्याङ्क छ ।

नेपाललगायत विकासोन्मुख मुलुकमा रेबिज लागेर बौलाएका कुकुर, बिराला, स्याल, फ्याउरोले टोकेका मानिसले त्यति वास्ता नगर्ने गरेको, चिकित्सको सल्लाह नलिने र खोप पनि नलाउने प्रवृत्ति रहँदा रेबिजको जोखिम रहेको बताइन्छ । रेबिज लागेको बौलाहा कुकुरलगायतका पशुले टोकेमा स्वास्थ्यकर्मीको सल्लाहअनुसार खोप लगाउनुपर्छ । त्यस्ता पशुलाई पनि एन्टिरेबिज खोप लगाउनुपर्छ ।

Previous Post

राष्ट्रसंघले हाइटीबाट फिर्ता बोलायो आफ्ना कुटनीतिज्ञ

Next Post

जोरायलको रैथाने बासमती चामलको माग बढ्दै

सम्बन्धित खबर

इरान युद्धको असर जापानी स्न्याक प्याकेटमा
अन्तर्राष्ट्रिय

इरान युद्धको असर जापानी स्न्याक प्याकेटमा

३० बैशाख २०८३,
कामपाको सामुदायिक विद्यालय एकीकृत हाजिरी प्रणालीमा आबद्ध
आर्थिक

कक्षा ११ र १२ का लागि छात्रवृत्ति आवेदन माग, १७ गते परीक्षा

३० बैशाख २०८३,
साउदी अरेबियाले इरानमाथि सैन्य आक्रमण गरेको खुलासा
अन्तर्राष्ट्रिय

साउदी अरेबियाले इरानमाथि सैन्य आक्रमण गरेको खुलासा

३० बैशाख २०८३,
सर्वोच्चमा जलेका दश हजार बढी मुद्दाका मिसिल तयार
आवाज

कारण देखाउ आदेश

३० बैशाख २०८३,
अमेरिकी राष्ट्रपति ट्रम्प चीनको राजकीय भ्रमणका लागि बेइजिङमा अवतरण
अन्तर्राष्ट्रिय

अमेरिकी राष्ट्रपति ट्रम्प चीनको राजकीय भ्रमणका लागि बेइजिङमा अवतरण

३० बैशाख २०८३,
चीनसँग ‘ठूलो सम्झौता’ खोज्दै ट्रम्प
अन्तर्राष्ट्रिय

चीनसँग ‘ठूलो सम्झौता’ खोज्दै ट्रम्प

३० बैशाख २०८३,
Load More
Next Post
खाद्य डिपोमा चामल अभाव

जोरायलको रैथाने बासमती चामलको माग बढ्दै

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In