• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Thursday, July 16, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

    यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

    डोलेश्वरमा श्रावणी मेला, ५० लाख भक्तजन आउने अनुमान

    डोलेश्वरमा श्रावणी मेला, ५० लाख भक्तजन आउने अनुमान

    सर्वोच्च अदालत आगामी मङ्सिर १ देखि पूर्णरुपमा सञ्चालन हुने

    सम्पत्ति छानबिन नगर्न अन्तरिम आदेश

    अर्जेन्टिना विश्वकप फाइनलमा प्रवेश

    अर्जेन्टिना विश्वकप फाइनलमा प्रवेश

    इरानी सेनाले भन्यो- अमेरिकासँग युद्धविराम भएकाे हाे युद्ध सकिएको हाेइन

    इरानमा नयाँ अमेरिकी आक्रमण, क्षेत्रीय तनाव थप चर्कियो

    पर्यटकको रोजाइमा त्रिवेणी पाटन

    पर्यटकको रोजाइमा त्रिवेणी पाटन

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
  • गृह
  • समाचार
    यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

    यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

    डोलेश्वरमा श्रावणी मेला, ५० लाख भक्तजन आउने अनुमान

    डोलेश्वरमा श्रावणी मेला, ५० लाख भक्तजन आउने अनुमान

    सर्वोच्च अदालत आगामी मङ्सिर १ देखि पूर्णरुपमा सञ्चालन हुने

    सम्पत्ति छानबिन नगर्न अन्तरिम आदेश

    अर्जेन्टिना विश्वकप फाइनलमा प्रवेश

    अर्जेन्टिना विश्वकप फाइनलमा प्रवेश

    इरानी सेनाले भन्यो- अमेरिकासँग युद्धविराम भएकाे हाे युद्ध सकिएको हाेइन

    इरानमा नयाँ अमेरिकी आक्रमण, क्षेत्रीय तनाव थप चर्कियो

    पर्यटकको रोजाइमा त्रिवेणी पाटन

    पर्यटकको रोजाइमा त्रिवेणी पाटन

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
Metakhabar
No Result
View All Result

सिद्धगुफामा पर्यटकीय पूर्वाधार बनाइँँदै

by
२३ फाल्गुन २०८०,
0
सिद्धगुफामा पर्यटकीय पूर्वाधार बनाइँँदै
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

तनहुँको बन्दीपुर गाउँपालिका–४ विमलनगरस्थित सिद्धगुफालाई पर्यटकीय गन्तव्यस्थलको रुपमा विकास गर्न पूर्वाधार निर्माण कार्य अघि बढाइएको छ।

गाउँपालिकाले गण्डकी प्रदेश सरकारसँगको सहकार्यमा सिद्धगुफालाई पर्यटकीय गन्तव्य बनाउन लागेको हो।

नवप्रवर्तन कार्यक्रमका लागि प्रदेश सरकारसँग सम्झौता भएपछि निर्माण कार्य अघि बढाइएको गाउँपालिकाका अध्यक्ष सुरेन्द्र थापाले जानकारी दिएका छन्।

उनले भने, चाँडै नै बोलपत्र आह्वान गर्ने तयारी छ।ु मुख्यमन्त्री नवप्रवर्तन साझेदारी कार्यक्रम सञ्चालनका लागि प्रदेश सरकारले अवधारणा माग गरेको थियो। कार्यक्रम सञ्चालनका लागि गाउँपालिकाले अवधारणापत्र पेश गरेपछि दुवै पक्षबीच सम्झौता भएको अध्यक्ष थापाले बताए।

सिद्धगुफाको विकासका लागि नवप्रवर्तन साझेदारी कोषअन्तर्गत कूल लागत रु एक करोड चार लाख रहेको छ। त्यसका लागि गण्डकी प्रदेश सरकारले रु ७५ लाख अनुदान दिएको छ भने गाउँपालिकाले रु २८ लाख ९५ हजार लगानी गर्नेछ।

नेपाल सरकार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले पहिचान गरेका एक सय नयाँ पर्यटकीयस्थलमध्ये सिद्धगुफा पनि एक हो। पृथ्वी राजमार्गको तनहुँको डुम्रेबाट दुई किलोमिटर पूर्व विमलनगरमा अवस्थित सिद्ध गुफा समुद्री सतहबाट ६ सय मिटरमाथि विमलनगरको दक्षिणी भागमा पर्दछ।

विसं २०४४ मा उक्त गुफा पत्ता लागेको हो। सुरुमै गुफाभित्र फेला पारिएका पुरातात्विक प्राचीन वस्तु अक्षर मेटिएको तामाका पैसा, माटोको घैटो, सुराहीको आधा भाग, पाला, धुपाउरो, पानस, जनावरको दारा, टेराकोटाको शुल्पालगायत वस्तु त्यहाँ भेटिएका थिए।

झण्डै आठ सय मिटर लम्बाइ रहेको यो गुफाभित्र चुन ढुङ्गा पग्लेर बनेका अनेकौँ आकृति हेर्न सकिन्छ। कतै भगवान्को मूर्ति त कतै चराचुरुङ्गी र जनावरका विभिन्न आकृति भेटिन्छन्।

Previous Post

पाथीभरामा चढाइएको १७८ तोला सुन लिलाम गरिँदै

Next Post

बेनी-जोमसोम-कोरला सडक : तिप्ल्याङमा घरटहरा भत्काउन थालियो

सम्बन्धित खबर

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
आर्थिक

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

३२ असार २०८३,
डोलेश्वरमा श्रावणी मेला, ५० लाख भक्तजन आउने अनुमान
आवाज

डोलेश्वरमा श्रावणी मेला, ५० लाख भक्तजन आउने अनुमान

३२ असार २०८३,
सर्वोच्च अदालत आगामी मङ्सिर १ देखि पूर्णरुपमा सञ्चालन हुने
आवाज

सम्पत्ति छानबिन नगर्न अन्तरिम आदेश

३२ असार २०८३,
अर्जेन्टिना विश्वकप फाइनलमा प्रवेश
आवाज

अर्जेन्टिना विश्वकप फाइनलमा प्रवेश

३२ असार २०८३,
इरानी सेनाले भन्यो- अमेरिकासँग युद्धविराम भएकाे हाे युद्ध सकिएको हाेइन
अन्तर्राष्ट्रिय

इरानमा नयाँ अमेरिकी आक्रमण, क्षेत्रीय तनाव थप चर्कियो

३२ असार २०८३,
पर्यटकको रोजाइमा त्रिवेणी पाटन
आवाज

पर्यटकको रोजाइमा त्रिवेणी पाटन

३१ असार २०८३,
Load More
Next Post
बेनी-जोमसोम-कोरला सडक : तिप्ल्याङमा घरटहरा भत्काउन थालियो

बेनी-जोमसोम-कोरला सडक : तिप्ल्याङमा घरटहरा भत्काउन थालियो

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In