• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Thursday, September 24, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    संयुक्त राष्ट्रसङ्घमा इरानी राष्ट्रपतिको कडा धारणा

    संयुक्त राष्ट्रसङ्घमा इरानी राष्ट्रपतिको कडा धारणा

    खाने हैन त ‘दुर्गा मोही’ ?

    खाने हैन त ‘दुर्गा मोही’ ?

    मध्यपूर्व द्वन्द्वका कारण ऊर्जा सङ्कट गहिरिँदै, अमेरिकी अर्थतन्त्र प्रभावित

    अमेरिकाले तीन करोड १० लाख डलर प्रदान गर्ने

    भोटेकोशी विपद्पछि पुनःस्थापना र पुनर्निर्माणका लागि जी–७ को सहयोग आवश्यक: परराष्ट्रमन्त्री खनाल

    भोटेकोशी विपद्पछि पुनःस्थापना र पुनर्निर्माणका लागि जी–७ को सहयोग आवश्यक: परराष्ट्रमन्त्री खनाल

    भोजपुरमा कांग्रेसको आठ स्थानीय तहमा अधिवेशन सम्पन्न

    भोजपुरमा कांग्रेसको आठ स्थानीय तहमा अधिवेशन सम्पन्न

    १३ प्रस्तावित राजदूतको संसदीय सुनुवाइ प्रक्रिया अघि बढ्यो

    १३ प्रस्तावित राजदूतको संसदीय सुनुवाइ प्रक्रिया अघि बढ्यो

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

दुई सय वर्षअघिको इतिहास खोजीः ‘निशान पदमार्ग’ विकास गरिँदै

by
२२ फाल्गुन २०८०,
0
दुई सय वर्षअघिको इतिहास खोजीः ‘निशान पदमार्ग’ विकास गरिँदै
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

फिक्कल (इलाम) । इलाममा करिब दुई सय वर्षअघिको युद्ध इतिहास खोज्न थालिएको छ । सुगौली सन्धिपश्चात तत्कालीन नेपाली सेनाले इलाम सदरमुकामसम्म निशान ल्याउन प्रयोग गरेको मार्ग पहिचान गरी ‘निशान पदमार्ग’को रूपमा प्रवर्द्धन र विकास गरिने भएको छ ।

इलाम सदरमुकामस्थित नेपाली सेनाको रणशार्दुल गणको पहलमा भारतको मिरिकस्थित नागरीगढीबाट करफोकको पूर्णेडाँडा, नामसालिङ हुँदै इलाम नगरपालिका(७ स्थित माईस्थान मन्दिरमा निशान ल्याउन प्रयोग भएको नेपाली भूभागको मार्ग पहिचान गरी ‘निशान पदमार्ग’का रूपमा विकास गर्न लागिएको हो ।

गणपति प्रलाद घलेको पहलमा प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवसहित सुरक्षा निकायका प्रमुख, पदमार्गले छुने पालिका इलाम र सूर्योदय नगरपालिका तथा माईजोगमाई गाउँपालिकाका प्रमुखहरूको बैठकले त्यस्तो निर्णय गरेको हो ।

‘सम्बन्धित स्थानीय तहहरूको पहलमा जनप्रतिनिधि र स्थानीय बासिन्दासँगको समन्वयमा निशान ल्याउँदा प्रयोग भएको मार्गलाई निशान पदमार्गका रूपमा विकास गर्न आ(आफ्नो क्षेत्रभित्र पर्ने इलाकाको पहिचान गर्न सम्बन्धित पालिकाले नेतृत्व गर्ने निर्णय भएको छ’, गणपति घलेले भने, ‘सो बाटोको पहिचान गर्न एक समिति गठन गरी कार्य प्रारम्भ भएको छ ।’

समितिले पहिचान गरेको स्थानहरूमा ऐतिहासिक महत्त्व झल्किने किसिमका प्रवर्द्धनात्मक सामग्री तयार गर्न पालिका र नेपाल पर्यटन बोर्डसँग समन्वय गरिने उनले बताए । ‘निशान पदमार्ग’का लागि पर्यटन बोर्डले रु १० लाख विनियोजन गरेको उनले जानकारी दिए ।

इलामको ऐतिहासिक, धार्मिक, सांस्कृतिक सम्पदाको खोज, पहिचान, संरक्षण तथा प्रवर्द्धनमा सहयोग पुर्‍याउने उद्देश्यले निशान पदमार्गलाई विकास गर्न खोजिएको गणपति घलेले बताए । “इतिहासको संरक्षणमा ठोस योगदान पुग्नेछ, इलामवासीको धार्मिक र सांस्कृतिक आस्थाको केन्द्रको रूपमा रहेको माईस्थान मन्दिर क्षेत्रको महत्त्व बढ्नेछ”, उनले भने, “समग्रमा इलामको पर्यटन व्यवसायमा सकारात्मक प्रभाव पार्नेछ ।”

‘निशान पदमार्ग’ निर्माणका लागि इलाम नगरपालिका, सूर्योदय नगरपालिका र माईजोगमाई गाउँपालिकाले चासो देखाएका छन् । सूर्योदय नगरपालिका उपप्रमुख दुर्गाकुमार बरालले आफ्नो नगरपालिकाका भू–भागभित्र निशान ल्याइएको मार्ग पहिचान गर्न प्रारम्भिक अध्ययन सुरु गरिएको बताए। “हामीले एकपटक समन्वय बैठक बसेर निशान ल्याइएको मार्ग पहिचान गर्न अध्ययन सुरु गरिसकेका छौँ”, बरालले भने, “पमदमार्गसहित गढीसमेत राख्ने पहल गरिरहेका छौँ ।”

माईजोगमाई गाउँपालिकाका अध्यक्ष कुशबहादुर थेवेले विस्तृत योजना बनाएर जाने तयारीमा रहेको बताए। “पदमार्गले अकुपाइ गर्ने जग्गा व्यवस्थापन गर्ने जिम्मा सम्बन्धित पालिकालाई दिएर जानुपर्छ”, उनले भने, “इतिहासको खोजी गरी पर्यटनको विकासमा समेत टेवा पुर्‍याउने यस्तो काममा माईजोगमाई गाउँपालिका सधैँ तत्पर छ ।”

सुगौली सन्धिले पूर्वमा मेची नदीलाई नेपाल–भारत सीमा कायम भएको बताएको छ । यसपछि मिरिकस्थित नागरीगढीमा रहेको श्रीनाथ सिंह पल्टन अहिलेको इलाम सूर्योदय नगरपालिकाको करफोकस्थित पूर्णेडाँडामा आएर बसेको इतिहास छ ।

मेचीदेखि नागरीगढी हुँदै टिस्टासम्मको भू–भाग ४० दिनभित्र गढी खाली गर्न सम्झौता भयो । सम्झौता कार्यान्वयन गर्दै सुब्बा जयन्त खत्रीले नागरीगढी खाली गरी सदरमुकाम करफोक ल्याएका बताइएको छ ।

पूर्णेडाँडा भारतीय सीमानजिक भएको र अङ्ग्रेजले जुनसुकै बेला आक्रमण गर्न सक्ने भएकाले मुकाम खडा गर्नेक्रममा माईजोगमाई गाउँपालिकाको नामसालिङस्थित हात्तीटार हुँदै श्रीनाथ सिंह पल्टन इलाम –७ स्थित माईस्थान मन्दिर ल्याइएको थियो । माईस्थान मन्दिर विसं १८८० स्थापना भएको अनुमान छ । हाल निशान सोही मन्दिरमा संरक्षण गरी राखिएको छ ।

Previous Post

चार महिनादेखि स्वास्थ्यकर्मीले पाएनन् तलब

Next Post

‘तीन पुस्तापछि जग्गाको मालिक बन्न पाउने भयौँ, खुसी छौँ’

सम्बन्धित खबर

संयुक्त राष्ट्रसङ्घमा इरानी राष्ट्रपतिको कडा धारणा
अन्तर्राष्ट्रिय

संयुक्त राष्ट्रसङ्घमा इरानी राष्ट्रपतिको कडा धारणा

८ अशोज २०८३,
खाने हैन त ‘दुर्गा मोही’ ?
आवाज

खाने हैन त ‘दुर्गा मोही’ ?

८ अशोज २०८३,
मध्यपूर्व द्वन्द्वका कारण ऊर्जा सङ्कट गहिरिँदै, अमेरिकी अर्थतन्त्र प्रभावित
अन्तर्राष्ट्रिय

अमेरिकाले तीन करोड १० लाख डलर प्रदान गर्ने

८ अशोज २०८३,
भोटेकोशी विपद्पछि पुनःस्थापना र पुनर्निर्माणका लागि जी–७ को सहयोग आवश्यक: परराष्ट्रमन्त्री खनाल
अन्तर्राष्ट्रिय

भोटेकोशी विपद्पछि पुनःस्थापना र पुनर्निर्माणका लागि जी–७ को सहयोग आवश्यक: परराष्ट्रमन्त्री खनाल

८ अशोज २०८३,
भोजपुरमा कांग्रेसको आठ स्थानीय तहमा अधिवेशन सम्पन्न
समाचार

भोजपुरमा कांग्रेसको आठ स्थानीय तहमा अधिवेशन सम्पन्न

८ अशोज २०८३,
१३ प्रस्तावित राजदूतको संसदीय सुनुवाइ प्रक्रिया अघि बढ्यो
समाचार

१३ प्रस्तावित राजदूतको संसदीय सुनुवाइ प्रक्रिया अघि बढ्यो

८ अशोज २०८३,
Load More
Next Post
‘तीन पुस्तापछि जग्गाको मालिक बन्न पाउने भयौँ, खुसी छौँ’

‘तीन पुस्तापछि जग्गाको मालिक बन्न पाउने भयौँ, खुसी छौँ’

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In