• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Monday, August 3, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    उमाले एकसाथ ल्याइन साहित्य कृति र तीज गीत

    उमाले एकसाथ ल्याइन साहित्य कृति र तीज गीत

    दक्षिण कोरियामा अनलाइन किनमेलमा दोहोरो अङ्कको वृद्धिदर

    दक्षिण कोरियामा अनलाइन किनमेलमा दोहोरो अङ्कको वृद्धिदर

    इबोलाले बढायो गर्भवतीको जोखिम

    इबोलाले बढायो गर्भवतीको जोखिम

    सांस्कृतिक र राष्ट्रिय महत्वका चलचित्रलाई साढे तीन करोड अनुदान, कार्यविधि मस्यौदामाथि छलफल

    सांस्कृतिक र राष्ट्रिय महत्वका चलचित्रलाई साढे तीन करोड अनुदान, कार्यविधि मस्यौदामाथि छलफल

    ‘राष्ट्र निर्माणमा इञ्जिनियरको भूमिका निर्णायक हुन्छ’ : मन्त्री श्रेष्ठ

    ‘राष्ट्र निर्माणमा इञ्जिनियरको भूमिका निर्णायक हुन्छ’ : मन्त्री श्रेष्ठ

    एकैपटक सम्पत्ति शुद्धिकरण र भ्रष्टाचार मुद्दा दायर

    मालिका सामुदायिक वनका पदाधिकारीविरुद्ध भ्रष्टाचार मुद्दा

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

बहुधार्मिक साझा तीर्थ मदारबाबा मेला सुरु

by
१८ फाल्गुन २०८०,
0
बहुधार्मिक साझा तीर्थ मदारबाबा मेला सुरु
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

पाल्हीनन्दन (नवलपरासी) । बहुधार्मिक साझा तीर्थका रुपमा रहेको मदारबाबा मेला सुरु भएको छ । संस्कृति पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री सुशीला सिर्पाली ठकुरीले नवलपरासीको विनय त्रिवेणी गाउँपालिकाको दाउन्नेस्थित मदरबाबा मेलाको उद्घाटन गरेका छन् ।

मुस्लिम र हिन्दू धर्मावलम्बीको साझा तीर्थस्थलका रुपमा रहेको मदारबाबा मेलाको बिहीबार राज्यमन्त्री ठकुरीले उद्घाटन गरेका हुन् । दश दिनसम्म सञ्चालन हुने उक्त मेलामा नेपालका विभिन्न स्थानका साथै भारतको विहार, उत्तर प्रदेश, मध्यप्रदेश, पञ्जाब, दिल्लीलगायत प्रान्तबाट लाखौँको सङ्ख्यामा भक्तजन आउने गर्दछन् ।

इस्लाम धर्मका गुरु कुदुबुल जिन्दा मदार शाह बाबाले ४० दिनसम्म तप गरेर सिद्धि प्राप्त गरेको स्थानका रुपमा दाउन्ने पहाडमाथि रहेको मदारबाबाको मजारलाई लिइने मदारबाबा मजार संरक्षण संस्थाका अध्यक्ष जमालुद्दिन अन्सारीले बताए । यही फागुन १७ गतेदेखि सुरु भएको मेलामा हिन्दू र मुसलमान दुवै समुदायका मानिसको आस्थाको केन्द्र रहेको उनले बताए ।

भक्तजनले आफ्ना यहाँ आएर समस्या समाधानका लागि भाकल गर्ने (मन्नत माग्ने) चलन रहेको भन्दै अन्सारीले भाकल पूरा भएपछि मेलामा आएर मदारबाबाको समाधिमा च्यादर चढाउने प्रचलन रहेको जानकारी दिए । प्रत्येक वर्ष मदारबाबा मेलामा लाखौँको सङ्ख्यामा देश विदेशबाट भक्तजनको आउने भए पनि स्थानीय प्रशासन एवं राज्यले मेलालाई व्यवस्थापनमा कुनै चासो नदेखाएको उनको भनाइ छ ।

हिन्दू सम्प्रदायको पशुपतिनाथ, गडिमाई, जनकपुरको रामजानकीलगायत मन्दिरमा लाग्ने मेला, बुद्ध धर्मावलम्बीको लुम्बिनी, रामग्राम स्तूपा तथा मुस्लिम समुदायको मदारबाबा मेला पनि प्रख्यात रहेको अवस्थामा यसको प्रचारप्रसार र प्रवर्द्धनमा चासो नदिँदा ओझेलमा परेको संरक्षण संस्थाका अध्यक्ष अन्सारीले बताए । “प्रत्येक वर्ष यहाँ स्वतःस्पूर्तरुपमा मेला लाग्ने गर्दछ । मेलामा भेटीस्वरुप चढाइएको रकमले यसको व्यवस्थापन गर्ने गरेका छौँ”, उनले भने ।

पर्यटन मन्त्रालय, स्थानीय प्रशासनलगायत सरोकारवाला निकायले यसको संरक्षण र प्रवर्द्धनमा पहल गर्नुपर्नेमा अन्सारीले जोड दिए । उनका अनुसार यस वर्ष व्यवस्थापन समितिले करिब १२ लाख पर्यटक यहाँ आउने अनुमान छ ।

Previous Post

भरतपुर हेल्थ हबको रूपमा विकास हुँदै गएको छः प्रधानमन्त्री

Next Post

पाथीभरामा चढाएको करिब २३ लाख सिक्का गनिँदै

सम्बन्धित खबर

उमाले एकसाथ ल्याइन साहित्य कृति र तीज गीत
मनोरञ्जन

उमाले एकसाथ ल्याइन साहित्य कृति र तीज गीत

१८ साउन २०८३,
दक्षिण कोरियामा अनलाइन किनमेलमा दोहोरो अङ्कको वृद्धिदर
अन्तर्राष्ट्रिय

दक्षिण कोरियामा अनलाइन किनमेलमा दोहोरो अङ्कको वृद्धिदर

१८ साउन २०८३,
इबोलाले बढायो गर्भवतीको जोखिम
अन्तर्राष्ट्रिय

इबोलाले बढायो गर्भवतीको जोखिम

१८ साउन २०८३,
सांस्कृतिक र राष्ट्रिय महत्वका चलचित्रलाई साढे तीन करोड अनुदान, कार्यविधि मस्यौदामाथि छलफल
समाचार

सांस्कृतिक र राष्ट्रिय महत्वका चलचित्रलाई साढे तीन करोड अनुदान, कार्यविधि मस्यौदामाथि छलफल

१८ साउन २०८३,
‘राष्ट्र निर्माणमा इञ्जिनियरको भूमिका निर्णायक हुन्छ’ : मन्त्री श्रेष्ठ
समाचार

‘राष्ट्र निर्माणमा इञ्जिनियरको भूमिका निर्णायक हुन्छ’ : मन्त्री श्रेष्ठ

१८ साउन २०८३,
एकैपटक सम्पत्ति शुद्धिकरण र भ्रष्टाचार मुद्दा दायर
समाचार

मालिका सामुदायिक वनका पदाधिकारीविरुद्ध भ्रष्टाचार मुद्दा

१८ साउन २०८३,
Load More
Next Post
पाथीभरामा चढाएको करिब २३ लाख सिक्का गनिँदै

पाथीभरामा चढाएको करिब २३ लाख सिक्का गनिँदै

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In