• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Friday, August 14, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    गोरखा–१ मा रास्वपाका गुरुङ विजयी

    जेनजी आन्दोलनका निर्दोषमाथि अन्याय हुँदैन र दोषीलाई छुट दिइन्नः गृहमन्त्री

    मलेखु–मुग्लिन सडक आजदेखि साढे पाँच घण्टा बन्द

    मुग्लिन–मलेखु सडक तीन वर्षः आधाभन्दा थोरै काम

    कांग्रेस संस्थापनइतर पक्षको राष्ट्रिय भेला सुरु

    कांग्रेस संस्थापनइतर पक्षको राष्ट्रिय भेला सुरु

    सर्वोच्च अदालत आगामी मङ्सिर १ देखि पूर्णरुपमा सञ्चालन हुने

    पत्रकार श्रेष्ठलाई सोमबार अदालतमा उपस्थित गराउन आदेश

    सुदूरपश्चिमको मुख्यमन्त्रीमा भट्ट नियुक्त

    सुदूरपश्चिमको मुख्यमन्त्रीमा भट्ट नियुक्त

    आलेखः ‘प्याराग्लाइडिङ’ सुदूरपश्चिमको आकाशमा नयाँ अवसर

    आलेखः ‘प्याराग्लाइडिङ’ सुदूरपश्चिमको आकाशमा नयाँ अवसर

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

यी हुन् प्रतिनिधिसभामा प्रत्यक्ष निर्वाचित ९ महिला सांसद

by
१५ मंसिर २०७९,
0
यी हुन् प्रतिनिधिसभामा प्रत्यक्ष निर्वाचित ९ महिला सांसद
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । मंसिर ४ गते सम्पन्न आमनिर्वाचनको मतगणना अन्तिम चरणमा पुगेको छ । १६५ निर्वाचन क्षेत्र रहेको प्रतिनिधिसभामा पाँच राजनीतिक दलबाट ९ जना मात्रै महिला निर्वाचित भएका छन् ।

जसमा नेकपा एमालेबाट सबैभन्दा धेरै ४ जना महिला उम्मेदवार प्रत्यक्षमा निर्वाचित भएका छन् । माओवादीबाट १, कांग्रेस १, राष्ट्रिय स्वतन्त्र पार्टीबाट २ र नागरिक उन्मुक्तिबाट १ जना महिलाले आगामी पाँच वर्षका लागि संसदीय यात्रा तय गरेका हुन् ।

निर्वाचित हुने महिला उम्मेदवारमा एमालेबाट विद्या भट्टराई, जुलीकुमारी महतो, ज्वालाकुमारी शाह र भगवती चौधरी, कांग्रेसबाट सीता गुरुङ, माओवादीबाट रेखा शर्मा, रास्वपाबाट सोविता गौतम र तोसिमा कार्की, नागरिक उम्ुक्तिबाट रञ्जिता श्रेष्ठ छन् ।

विद्या भट्टराई
नेकपा एमालेको केन्द्रीय सदस्यसमेत रहेकी विद्या भट्टराई कास्की क्षेत्र–२ बाट निर्वाचित भएका छन् । उनले निकटतम प्रतिस्पर्धी राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार माधवप्रसाद कंडेललाई ४ हजार ५०३ मतान्तरले पराजित गरे । भट्टराईले १६ हजार ९९८ मत पाउँदा कँडेलले १२४९५ मत पाए ।

भट्टराई एमाले नेता रवीन्द्र अधिकारीका श्रीमती हुन् । तत्कालिन पर्यटनमन्त्री हेलिकोप्टर दुर्घटनामा मृत्यु भएपछि २०७६ को उपनिर्वाचनमा सोही क्षेत्रबाट विजयी भएका थिए ।

भगवती चौधरी
एमालेको केन्द्रीय सदस्य रहेका भगवती चौधरी सुनसरी–३ बाट निर्वाचित भएका छन् । उनले निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार विजयकुमार गच्छदारलाई ५ हजार १८८ मतान्तरले पराजित गर्दै संसदीय यात्रा तय गरेका हुन् ।

२०४८ यता सुनसरी ३ मा नेपाली कांग्रेसले निरन्तर जित निकाल्दै आएको थियो । तर, चौधरीको जीतसँगै ०४८ सालबाट कांग्रेसदेखि मधेसवादी दलबाट निरन्तर निर्वाचित भएर सांसद, मन्त्री र उपप्रधानमन्त्री भएका गच्छदारको संसद र सत्ता यात्रामा यसपटक विश्राम लागेको छ ।

चौधरीले ४० हजार ७८८ मत पाउँदा पराजित गच्छदारले ३५ हजार ६०० मत पाए । यसअघि दुईपटकको निर्वाचनमा गच्छादारसँगै पराजित भएकी चौधरी राज्यमन्त्रीसमेत भइसकेका छन् ।

जुलीकुमारी महतो
एमाले पोलिटब्यूरो सदस्य जुलीकुमारी महतो धनुषा–३ बाट निर्वाचित भएका छन् । महतोले ९ हजार ६६९ को मतान्तरले लोसपाका अनिलकुमार झालाई पराजित गरे । महतोले ३३ हजार ३५५ मत ल्याउँदा झाले २३ हजार ६८६ मत पाए ।

२०६४ र २०७४ मा एमालेको तर्फबाट समानुपातिक सांसद भएकी उनी २०७० को निर्वाचनमा पराजित भएकी थिइन् । उनी केपी शर्मा ओली नेतृत्वको सरकारमा मन्त्री समेत भइसकेकी छन् ।

ज्वालाकुमारी साह
एमालेकी पोलिटब्यूरो सदस्य ज्वालाकुमारी साह बारा–३ बाट निर्वाचित भएका छन् । उनले निकटतम प्रतिस्पर्धी जसपाका रामबाबुकुमार यादवलाई २ हजार ९८२ मतान्तरले पराजित गरे ।

साहले २० हजार २५१ मत ल्याउँदा यादवले १७ हजार २६९ मत प्राप्त गरेका छन् । माओवादी पृष्ठभूमिकी उनी अघिल्लो निर्वाचनमा बारा–३ को प्रदेश सभा १ बाट निर्वाचित भएका थिए ।

नेकपा विभाजनपछि एमाले प्रवेश गरेकी उनलाई केपी ओलीले संघीय सरकारको कृषि तथा पशुपक्षी विकासमन्त्री बनाएका थिए ।
सीता गुरुङ
प्रतिनिधिसभामा तेह्रथुमबाट नेपाली कांग्रेसका सीता गुरुङ निर्वाचित भएका छन् । उनले एमालेका उम्मेदवार बिजय सुब्बालाई १ हजार ७६ मतान्तरले पराजित गरे ।

गुरुङले १९ हजार ७०७ मत ल्याउँदा सुब्बाले १८ हजार ६३१ मत पाए । प्रतिनिधिसभातर्फ १६५ क्षेत्रमध्ये ९१ स्थानमा उम्मेदवारी दिएको कांग्रेसबाट एक जनामात्रै महिला उम्मेदवार निर्वाचित भएका हुन् ।

रेखा शर्मा
त्यस्तै नेकपा माओवादी केन्द्रबाट पनि प्रत्यक्षतर्फ एक जना मात्रै महिला निर्वाचित भएका छन् । माओवादीको स्थायी समिति सदस्य समेत रहेकी रेखा शर्मा दाङ–२ बाट प्रतिनिधिसभामा निर्वाचित भएका हुन् । उनले नेकपा एमालेका महासचिव शंकर पोखरेललाई १९३ मतान्तरले पराजित गरे ।

शर्माले २६ हजार ८८० मत ल्याई विजयी हुँदा उनका प्रतिस्पर्धी पोखरेलले २६ हजार ६८७ मत पाए । पूर्वमन्त्रीसमेत भइसकेका शर्माले तेस्रोपटक संसदीय यात्रा तय गरेका हुन् ।

रञ्जिता चौधरी
नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रञ्जिता चौधरी कैलाली क्षेत्र नम्बर १ बाट निर्वाचित भएका छन् । उनले कांग्रेसका उम्मदेवार रामजनम चौधरीलाई १२ हजार ३२३ मतान्तरले पराजित गरे । चौधरीले ३० हजार ४०४ मत ल्याउँदा रामजनमले १८ हजार ८१ मत पाएका छन् ।

तोसिमा कार्की र सोविता गौतम
आमनिर्वाचन हुनुभन्दा पाँच महिनाअघि मात्रै गठन भएको राष्ट्रिय स्वतन्त्र पार्टीबाट दुई जना महिला प्रतिनिधिसभ सदस्य निर्वाचित भएका छन् ।

पूर्व सञ्चारकर्मी रवि लामिछाने नेतृत्वको रास्वपाले देशरबाट ११ जना महिला उम्मेदवार उठाएको थियो । जसमध्ये ललितपुर ३ बाट डा। तोसिमा कार्की र काठमाडौं क्षेत्र–२ बाट सोविता गौतम निर्वाचित भएका छन् ।

ललितपुर ३ बाट निर्वाचित कार्कीले एमालेका अमृत खड्कालाई पराजित गरे । उनले ३१ हजार १३६ मत ल्याउँदा खड्काले १२ हजार ९६३ मत पाए ।

त्यस्तै काठमाडौं २ बाट निर्वाचित गौतमले एमालेका उम्मेदवार मणिराम फुयाललाई ३ हजार ६७४ मतान्तरले पराजित गरे । उनले १५ हजार २२९ मत पाउँदा पराजित फुयालले ११ हजार ५५५ मत प्राप्त गरेका छन् ।

Previous Post

पोखराकै पहिलो सामुदायिक क्याम्पसले पायो आफ्नै भवनमा

Next Post

तेत्तीस प्रतिशतले घट्यो कृषिवस्तुको आयात

सम्बन्धित खबर

गोरखा–१ मा रास्वपाका गुरुङ विजयी
जीवन शैली

जेनजी आन्दोलनका निर्दोषमाथि अन्याय हुँदैन र दोषीलाई छुट दिइन्नः गृहमन्त्री

२९ साउन २०८३,
मलेखु–मुग्लिन सडक आजदेखि साढे पाँच घण्टा बन्द
आर्थिक

मुग्लिन–मलेखु सडक तीन वर्षः आधाभन्दा थोरै काम

२९ साउन २०८३,
कांग्रेस संस्थापनइतर पक्षको राष्ट्रिय भेला सुरु
आवाज

कांग्रेस संस्थापनइतर पक्षको राष्ट्रिय भेला सुरु

२९ साउन २०८३,
सर्वोच्च अदालत आगामी मङ्सिर १ देखि पूर्णरुपमा सञ्चालन हुने
जीवन शैली

पत्रकार श्रेष्ठलाई सोमबार अदालतमा उपस्थित गराउन आदेश

२९ साउन २०८३,
सुदूरपश्चिमको मुख्यमन्त्रीमा भट्ट नियुक्त
आवाज

सुदूरपश्चिमको मुख्यमन्त्रीमा भट्ट नियुक्त

२९ साउन २०८३,
आलेखः ‘प्याराग्लाइडिङ’ सुदूरपश्चिमको आकाशमा नयाँ अवसर
आर्थिक

आलेखः ‘प्याराग्लाइडिङ’ सुदूरपश्चिमको आकाशमा नयाँ अवसर

२९ साउन २०८३,
Load More
Next Post
तेत्तीस प्रतिशतले घट्यो कृषिवस्तुको आयात

तेत्तीस प्रतिशतले घट्यो कृषिवस्तुको आयात

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In