• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Monday, August 3, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    उमाले एकसाथ ल्याइन साहित्य कृति र तीज गीत

    उमाले एकसाथ ल्याइन साहित्य कृति र तीज गीत

    दक्षिण कोरियामा अनलाइन किनमेलमा दोहोरो अङ्कको वृद्धिदर

    दक्षिण कोरियामा अनलाइन किनमेलमा दोहोरो अङ्कको वृद्धिदर

    इबोलाले बढायो गर्भवतीको जोखिम

    इबोलाले बढायो गर्भवतीको जोखिम

    सांस्कृतिक र राष्ट्रिय महत्वका चलचित्रलाई साढे तीन करोड अनुदान, कार्यविधि मस्यौदामाथि छलफल

    सांस्कृतिक र राष्ट्रिय महत्वका चलचित्रलाई साढे तीन करोड अनुदान, कार्यविधि मस्यौदामाथि छलफल

    ‘राष्ट्र निर्माणमा इञ्जिनियरको भूमिका निर्णायक हुन्छ’ : मन्त्री श्रेष्ठ

    ‘राष्ट्र निर्माणमा इञ्जिनियरको भूमिका निर्णायक हुन्छ’ : मन्त्री श्रेष्ठ

    एकैपटक सम्पत्ति शुद्धिकरण र भ्रष्टाचार मुद्दा दायर

    मालिका सामुदायिक वनका पदाधिकारीविरुद्ध भ्रष्टाचार मुद्दा

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

पर्यटकको प्रतीक्षामा करबाकेली

by
१८ फाल्गुन २०८०,
0
पर्यटकको प्रतीक्षामा करबाकेली
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

बेनी।अग्लो डाँडाबाट दन्तेहलरजस्तै देखिने मनमोहक हिमशृङ्खला र राताम्मे भएको ‘गुराँसे जङ्गल’ले समय गएको पत्तो दिँदैन । डाँडामा बनेका धार्मिक धरोहरका थानहरूले मन शान्त पारिदिन्छ । धुरीबाट फन्को मारेर देखिने दृश्यले पर्यटकलाई लोभ्याइरहेको हुन्छ । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–८ करबाकेलीमा पुग्ने पर्यटकले यस्तै अनुभूति गर्न पाउँछन् ।

पुन समुदायको कूलदेवता ‘करबाकेली बाबा’को अनुसन्धान गरेर विसं २०६६ देखि निर्माण सुरु भएको करबाकेली थान, पदमार्ग, पुन सङ्ग्राहलयलगायतका पूर्वाधार निर्माणले यो क्षेत्र अहिले धार्मिक पर्यटकीय गन्तव्यका रूपमा विकास भएको छ । समुद्री सतहबाट दुई हजार तीन सय ३२ मिटर उचाइमा अवस्थित करबाकेली धवलागिरि र अन्नपूर्ण हिमशृङ्खलाका करिब एक दर्जन हिमाललाई नजिकबाट अवलोकन गर्ने उपयुक्त स्थल मानिन्छ ।

गुर्जा, धवलागिरि, मानापाथी, बराह शिखर, नीलगिरि, अन्नपूर्ण, माछापुच्छे«लगायतका हिमाल यहाँबाट लहरै अवलोकन गर्न सकिन्छ । वरिपरि गुराँसे जङ्गलले घेरिएको करबाकेली क्षेत्र यतिबेला सुन्दर देखिएको छ । थरिथरिका गुराँसका फूल फुल्न थालेपछि यस क्षेत्रमा पर्यटकको आगमन बढ्न थालेको छ । असोजदेखि मङ्सिरसम्म धेरै पर्यटक आउने भए पनि फागुन–वैशाखको याम गुराँसे जंगल र हिमालसँग रमाउन पर्यटक आउने गरेको करबाकेली थान संरक्षण समितिका सचिव रवि गर्वुजाले बताए।

यस क्षेत्रको पर्यटन विकासका लागि ‘करबाकेली इको टे«क’ सञ्चालनमा रहेको छ । विसं २०७५ वैशाखदेखि पुनहिलबाट फूलबारी, करबाकेली थान हुँदै बेनीबजारलाई जोड्नेगरी सञ्चालनमा ल्याइएको यस पदमार्गमा आन्तरिक तथा बाह्य पर्यटक आउन थालेका छन् । थानमा पूजा गर्न आउने भक्तजनसँगै भ्रमणमा आउने पर्यटक पनि बढ्दो क्रममा छन् । पदमार्गलाई प्रचारप्रसार गरी पर्यटन आगमन बढाउने स्थानीयको जमर्को रहेको छ ।

यस क्षेत्रको भ्रमणमा आउने पर्यटकको सुविधाका लागि करबाकेली थान परिसरमै सामुदायिक पाहुनाघर निर्माण गरिएको छ । समितिका सचिव गर्वुजाले भाडामा होटल सञ्चालन गर्दै आएको यस घरमा अहिले दैनिक ४० जनासम्मलाई बसोबासको प्रबन्ध मिलाउने क्षमता रहेको छ । “नौवटा स्तरीय कोठा छन्, धेरै पर्यटक आएमा समेत राख्न सक्ने थप व्यवस्था गरेका छौँ, अहिले थानको पूजामा आउनेहरू धेरै भए पनि पर्यटक होटलमा बास बस्न आउन थालेका छन, यसको प्रचारप्रसार भएमा पर्यटकको सङ्ख्या बढ्ने आशा गरेका छौँ”, उनले भने ।

करबाकेली थान, पाहुनाघर, पदमार्ग, प्रवेशद्वारसँगै पुन समुदायको संस्कृति, परम्परा र रहनसहन झल्कने सङ्ग्राहलय निर्माण भएको छ । करबाकेली बाबाले बसोबास गरेको मान्यता रहेको यस क्षेत्रमा कुवा, नौकुने ढुङ्गा, महभिरलगायतका करबाकेलीका अवशेष रहेका छन् । करबाकेली बाबाको अध्ययन अनुसन्धान गरेपछि कूलदेवताको थान बनाउने लक्ष्यसहित पूर्वाधार निर्माण सुरु गरिएकामा अहिले यो ठाउँ धार्मिक पर्यटकीय गन्तव्यका रूपमा परिचित भएको करबाकेली थान संरक्षण समितिका संरक्षक चामबहादुर पुन बताउँछन्।

“पूर्वाधार बन्दै जाँदा पर्यटकीय गन्तव्यको रूपमा विकास गर्न सफल भयौँ, पर्यटन सम्भावनालाई उजागर गर्न इको ट्रेक पनि बनायौँ, अब यसको प्रचारप्रसार गर्ने र आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउने हाम्रो जमर्को छ”, पुनले भने। पर्यटकलाई कम्तीमा एक दिन काफलडाँडा र राम्चे क्षेत्रमा बसोबास गराउनेगरी पर्यटन पूर्वाधार निर्माणका लागि पहल थालिएको उनको भनाइ छ । करबाकेली थान, पाहुनाघर, सभाहल, पदमार्ग, कम्पाउण्ड घेराबार, सङ्ग्राहलयलगायतका पूर्वाधार निर्माणमा समुदायस्तरबाट अहिलेसम्म करिब रु तीन करोड संकलन गरेर परिचालन गरेको थान संरक्षण समितिले जनाएको छ ।

यहाँका अधिकांश पूर्वाधार बनाउन स्वदेश तथा विदेशमा रहेका मनकारीहरूले स्वतःस्फुर्तरूपमा आर्थिक सहयोग गरेर जुटाएका हुन् । करबाकेली थान र नौकुने ढुङ्गाको संरक्षणका लागि शेर भुवानी पुन स्मृति प्रतिष्ठानबाट ज्योतिमान र यामकुमार पुनबाट रु नौ लाख ९९ हजार ९९ राशिको अक्षयकोषसमेत स्थापना गरिएको छ ।

स्थानीयवासीबाट करिब २० रोपनी बढी जग्गा निःशुल्क प्राप्त गरेपछि निर्माण भएको करबाकेली थानमा करबाकेली बाबा, उनका दुई श्रीमती हिमला, फिमला र छोरा रामचन तथा कुलचनका मूर्ति राखिएका छन् । हरेक वर्षको जेठ र मङ्सिरको उजेली मंगलबार यहाँ ठूलो पुजा हुने गर्छ । अन्य समयमा समेत यहाँ नियमितरूपमा थानको दर्शनका लागि भक्तजन पुग्ने गर्छन् ।

करबाकेलीलाई धार्मिक पर्यटकीय गन्तव्य बनाउन वडा, गाउँपालिका र प्रदेश सरकारले समेत सहकार्य गर्दै आएका छन् ।

सामुदायिक होटलमा किचन बनाउन पाँच लाख बजेट उपलब्ध गराइएको र सङ्ग्राहालय, पदमार्गलगायतका पूर्वाधार बनाउन सहकार्य भएको अन्नपूर्ण गाउँपालिका–८ का वडाध्यक्ष खमबहादुर गर्वुजाले बताए। उनका अनुसार गत वर्ष करबाकेलीबाट मोहरेडाँडा जोड्ने पदमार्गमा प्रदेश सरकारमार्फत रु ३० लाख बजेट विनियोजन भएर आलडाँडा क्षेत्रसम्म पदमार्ग निर्माण भएको छ ।

यस वर्ष गाउँपालिकाले प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत करबाकेली जाने पदमार्गअन्तर्गत थैसराबाट थपनासम्म पदमार्ग निर्माण भएको छ । यस वर्ष रु छ लाख पाँच हजार बजेटबाट पदमार्ग निर्माण हुने र यसलाई बाँसखर्क र बैँसरीतर्फ निरन्तर अगाडि बढाउने वडा कार्यालयको योजना रहेको छ ।

Previous Post

‘एसियन हाइवे’ बनाउन काँकडभिट्टाबाट ४ हजारभन्दा बढी रुख काट्न सुरु

Next Post

भरतपुर हेल्थ हबको रूपमा विकास हुँदै गएको छः प्रधानमन्त्री

सम्बन्धित खबर

उमाले एकसाथ ल्याइन साहित्य कृति र तीज गीत
मनोरञ्जन

उमाले एकसाथ ल्याइन साहित्य कृति र तीज गीत

१८ साउन २०८३,
दक्षिण कोरियामा अनलाइन किनमेलमा दोहोरो अङ्कको वृद्धिदर
अन्तर्राष्ट्रिय

दक्षिण कोरियामा अनलाइन किनमेलमा दोहोरो अङ्कको वृद्धिदर

१८ साउन २०८३,
इबोलाले बढायो गर्भवतीको जोखिम
अन्तर्राष्ट्रिय

इबोलाले बढायो गर्भवतीको जोखिम

१८ साउन २०८३,
सांस्कृतिक र राष्ट्रिय महत्वका चलचित्रलाई साढे तीन करोड अनुदान, कार्यविधि मस्यौदामाथि छलफल
समाचार

सांस्कृतिक र राष्ट्रिय महत्वका चलचित्रलाई साढे तीन करोड अनुदान, कार्यविधि मस्यौदामाथि छलफल

१८ साउन २०८३,
‘राष्ट्र निर्माणमा इञ्जिनियरको भूमिका निर्णायक हुन्छ’ : मन्त्री श्रेष्ठ
समाचार

‘राष्ट्र निर्माणमा इञ्जिनियरको भूमिका निर्णायक हुन्छ’ : मन्त्री श्रेष्ठ

१८ साउन २०८३,
एकैपटक सम्पत्ति शुद्धिकरण र भ्रष्टाचार मुद्दा दायर
समाचार

मालिका सामुदायिक वनका पदाधिकारीविरुद्ध भ्रष्टाचार मुद्दा

१८ साउन २०८३,
Load More
Next Post
भरतपुर हेल्थ हबको रूपमा विकास हुँदै गएको छः प्रधानमन्त्री

भरतपुर हेल्थ हबको रूपमा विकास हुँदै गएको छः प्रधानमन्त्री

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In