• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Wednesday, June 17, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    आईएमई लाइपफ् इन्स्योरेन्सद्वारा पफ्लोेसिप सोसाइटी नेपाललाई सहयोग, दृष्टिविहीन विद्यार्थीको शिक्षामा साथ

    आईएमई लाइपफ् इन्स्योरेन्सद्वारा पफ्लोेसिप सोसाइटी नेपाललाई सहयोग, दृष्टिविहीन विद्यार्थीको शिक्षामा साथ

    रोजगारीको सपना देखाएर भिजिट भिसामार्फत विदेश पठाउँदा श्रमिक जोखिममा

    रोजगारीको सपना देखाएर भिजिट भिसामार्फत विदेश पठाउँदा श्रमिक जोखिममा

    कालीगण्डकीमा जलाशय बनेपछि माझी तथा बोटेको पेसा सङ्कटमा

    कालीगण्डकीमा जलाशय बनेपछि माझी तथा बोटेको पेसा सङ्कटमा

    रास्वपा महाधिवेशनमा आउने पाहुनाका लागि चितवनका होटल व्यवसायीको छुट अफर

    रास्वपा महाधिवेशनमा आउने पाहुनाका लागि चितवनका होटल व्यवसायीको छुट अफर

    काठमाडौँ प्रहरीको ‘स्वीप अपरेसन’, जेठ महिनामा चौध सय बढी पक्राउ

    काठमाडौँ प्रहरीको ‘स्वीप अपरेसन’, जेठ महिनामा चौध सय बढी पक्राउ

    उत्तरगया धाम सफाइ अभियानः पाँच टन फोहर सङ्कलन

    उत्तरगया धाम सफाइ अभियानः पाँच टन फोहर सङ्कलन

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

पोखराकै पहिलो सामुदायिक क्याम्पसले पायो आफ्नै भवनमा

by
१४ मंसिर २०७९,
0
पोखराकै पहिलो सामुदायिक क्याम्पसले पायो आफ्नै भवनमा
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

पोखरा, १४ मङ्सिर । यहाँको पुरानो सामुदायिक पोखरा वहुमुखी क्याम्पस आफ्नै भवनमा सरेहको छ । वि.स. २०४४ सालमा स्थापना भएको उक्त क्याम्पस पोखराको टुँडिखेल स्थित राष्ट्रिय मावि र पछि महेन्द्र मावि नयाँबजारको भवनमा भाडामा बस्दै आएको थियो । उक्त क्याम्पसले बुधबार ३६औं वार्षिकोत्सवको अवसर पारेर पोखरा–९ शान्तिवनमा रहेको नयाँ पक्की भवनमा सरेको छ । महानगरपालिकाले ४ रोपनी जग्गा उपलब्ध गराएको हो भने चन्दा संकलन गरेर पाँच करोडमा भवन निर्माण गरिएको छ । नयाँ भवन प्रवेशको अवसरमा आयोजित कार्यक्रमका प्रमुख अतिथि गण्डकी प्रदेशका कानून, सञ्चार तथा प्रदेशसभा मामिला मन्त्री विन्दुकुमार थापाले क्याम्पस परिवारसँगै आफू पनि खुशी भएको बताए । पोखरा बहुमुखी क्याम्पस गण्डकी प्रदेशकै पहिलो सामुदायिक क्याम्पस हो ।‘पोखराकै इतिहास बोकेको क्याम्पसले धेरै दुख खेप्यो’ मन्त्री थापाले भने, ‘अहिले बल्ल अब्बल बन्दैछ । अब आफ्नै भवन पाएको छ । दुलही भित्रिए झैं क्याम्पस नयाँ भवनमा भित्रिएको देख्दा म साँच्चै खुशी छु ।’

उनले आगामी दिनमा क्याम्पसलाई आवश्यक सहयोग गर्न सदैव तयार रहेको उल्लेख गरे । ‘म पदमा रहेपनि वा नरहेपनि क्याम्पसका लागि आवश्यक सहयोग सधैं हुनेछ,’ उनले भने । थापाले क्याम्पसको पाठ्यक्रममा प्रयोगात्मक र समायानुकुल विषय थप गर्न आग्रह समेत गरे । क्याम्पस सञ्चालक समिति अध्यक्ष नरेन्द्रमान लालचनले क्याम्पस आफ्नै भवन सर्नुमा सम्पूृर्ण पोखरेलीको साथ र सहयोग रहेको बताए । उनले सबैंको साथ र सहयोगको भरमा क्याम्पसले पूर्वाधार बनाएको बताए । ‘क्याम्पसको भवन बनाउन निर्माण समिति आफ्नै खर्चमा जुटेको थियो । सम्पूर्ण मनकारीको भरमा यो संस्थाले गति लिएको हो,’ उनले भने । सोहीक्रममा क्याम्पस प्रमुख शिशुकला पराजुलीले ३६ औं वार्षिकोत्सव ‘विशेष’ भएको धारणा राखिन् ।

भौतिक संरचनाको अभावमा नयाँ विषय थप गर्न समस्या भइरहेको उल्लेख गर्दै पराजुलीले आगामी शैक्षिकसत्रदेखि क्याम्पसले थप संकाय सुरु गर्ने जनाइन् । ‘सबैको साथ, सहयोग रह्यो’ पराजुलीले भनिन् ‘विभिन्न संस्था, चन्दादाताकै भरमा यो क्याम्पसले भौतिक पूर्वाधार तयार पार्न सकेको हो ।’ तत्कालीन नगर पञ्चायत, जिल्ला पञ्चायत, उद्योग वाणिज्य संघ, अञ्चलाधीश कार्यालय, समाज सेवी, शिक्षाप्रेमीको अगुवाइमा यो क्याम्पस २०४४ साल मंसिर १४ गते पोखरा–१ टुँडिखेलमा स्थापना भएको थियो । पोखराको एकमात्र पृथ्वीनारायण क्याम्पसले विद्यार्थीको चाप थेग्न नसकेपछि तत्कालीन अवस्थामा पोखरा बहुमुखी क्याम्पस स्थापना भएको थियो । सर्वसुलभ शुल्कमा गुणस्तरीय शिक्षा भन्ने मुल नाराका साथ यो क्याम्पस संचालनमा आएको हो । गण्डकी प्रदेशको पहिलो सामुदायिक यो क्याम्पसले अहिले चारवर्षे स्नातक तहमा मानविकी र व्यवस्थापन संकायमा अध्यापन गराइरहेको छ ।

टुँडीखेलमा सुरु भएको क्याम्पलाई पूर्वाधार अपुग भएपछि २०५९ मा तत्कालीन महेन्द्र निमाविको हाताभित्र स्थानान्तरण भएको थियो । लामो समयसम्म महेन्द्र माविबाटै क्याम्पस संचालन भएकोमा क्याम्पस स्थापनाको दिन पारेर पोखरा महानगरपालिका–९ शान्तिवनबाटिका स्थित नयाँ भवनबाट अबका सबै शैक्षिक गतिविधि संचालन हुने उनले बताईन । चार रोपनी क्षेत्रफल जग्गामा अहिले क्याम्पसको २३ कोठे पक्की भवन बनेको छ । क्याम्पसले सुरुदेखि नै मानविकी र व्यवस्थापन संकायमा अध्यापन गराउँदै आएको थियो । सुरुमा प्रवीणता प्रमाणपत्र तहमा अध्यापन गराएको यो क्याम्पसले २०६० देखि स्नातक तहतर्फ बिबिएस र बिएका कक्षा संचालन गर्दै आएको छ । हाल चारवर्षे बिए र बिबिएसमा यहाँ अध्यापन हुन्छ । क्याम्पसमा अहिले ४ सय भन्दा बढी विद्यार्थी अध्ययनरत छन् ।

विश्वविद्यालय अनुदान आयोगले शिक्षा क्षेत्रमा गुणस्तर अभिवृद्धि गर्नका लागि सम्पूर्ण विश्वविद्यालय र मातहतका आंगिक तथा सम्बन्धन प्राप्त क्याम्पसलाई गुणस्तर सुनिश्चितता तथा प्रत्यायन (क्यूएए) मा जानुपर्ने प्रावधान तय गरे अनुसार यो क्याम्पसले पनि प्रक्रिया अघि बढाएको प्रमुख पराजुलीले जानकारी दिईन । वार्षिकोत्सवका अवसरमा क्याम्पसका शैक्षिक गतिविधि समेटिएको बुलेटिन पनि विमोचन गरिएको थियो । उत्कृष्ट कर्मचारी र प्राध्यापकलाई पनि वार्षिकोत्सव अवसरमा सम्मान गरिएको थियो । त्यस्तै क्याम्पसले चन्दादाताहरुलाई सम्मान गरेको छ भने विभिन्न विधामा उत्कृष्ट विद्यार्थीहरुलाई पुरस्कृत गरेको छ ।त्यसैगरि वार्षिकोत्सवक अवसरमा आयोजित छात्रा भलिवल प्रतियोगितामा प्रथम र द्वितीय स्थान ओगट्ने विद्यालयलाई पनि पुरस्कृत गरिएको थियो ।

Previous Post

उत्पादनको प्रवद्र्धन गर्न व्यापार मेला

Next Post

यी हुन् प्रतिनिधिसभामा प्रत्यक्ष निर्वाचित ९ महिला सांसद

सम्बन्धित खबर

आईएमई लाइपफ् इन्स्योरेन्सद्वारा पफ्लोेसिप सोसाइटी नेपाललाई सहयोग, दृष्टिविहीन विद्यार्थीको शिक्षामा साथ
आर्थिक

आईएमई लाइपफ् इन्स्योरेन्सद्वारा पफ्लोेसिप सोसाइटी नेपाललाई सहयोग, दृष्टिविहीन विद्यार्थीको शिक्षामा साथ

३ असार २०८३,
रोजगारीको सपना देखाएर भिजिट भिसामार्फत विदेश पठाउँदा श्रमिक जोखिममा
फिचर-ब्यानर

रोजगारीको सपना देखाएर भिजिट भिसामार्फत विदेश पठाउँदा श्रमिक जोखिममा

३ असार २०८३,
कालीगण्डकीमा जलाशय बनेपछि माझी तथा बोटेको पेसा सङ्कटमा
फिचर-ब्यानर

कालीगण्डकीमा जलाशय बनेपछि माझी तथा बोटेको पेसा सङ्कटमा

३ असार २०८३,
रास्वपा महाधिवेशनमा आउने पाहुनाका लागि चितवनका होटल व्यवसायीको छुट अफर
फिचर-ब्यानर

रास्वपा महाधिवेशनमा आउने पाहुनाका लागि चितवनका होटल व्यवसायीको छुट अफर

३ असार २०८३,
काठमाडौँ प्रहरीको ‘स्वीप अपरेसन’, जेठ महिनामा चौध सय बढी पक्राउ
फिचर-ब्यानर

काठमाडौँ प्रहरीको ‘स्वीप अपरेसन’, जेठ महिनामा चौध सय बढी पक्राउ

३ असार २०८३,
उत्तरगया धाम सफाइ अभियानः पाँच टन फोहर सङ्कलन
समाचार

उत्तरगया धाम सफाइ अभियानः पाँच टन फोहर सङ्कलन

३ असार २०८३,
Load More
Next Post
यी हुन् प्रतिनिधिसभामा प्रत्यक्ष निर्वाचित ९ महिला सांसद

यी हुन् प्रतिनिधिसभामा प्रत्यक्ष निर्वाचित ९ महिला सांसद

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In