गंगा खड्का
“त्यति खाएपछि भइहाल्यो नि ! अब नि थपेर खाए त पच्दैन । सधैँ दिसापिसाब फालेर साध्य लाग्छ ?”
रामप्रसादलाई भात थपिदिनको लागि छोराले श्रीमतीलाई अह्राउँदा श्रीमती कौलासिइन् ।
उनको दृष्टि छोरामाथि प-यो । ऊ के गरूँ र कसो गरूँको अवस्थामा भित्रभित्रै बेचैन भएको कुरा रामप्रसादले बुझिहाले । उनले आफूलाई पुगिसकेको कुरा बताएर छोरालाई उन्मुक्ति दिए तर उनको भित्री मनले भनिरहेको थियो— “कस्तो विचित्रको संसार, खान सक्ने उमेर छउन्जेल उनीहरूलाई पुग्दैन कि भनेर अनि बुढेसकाल लागेपछि उनीहरूलाई नै दुःख हुन्छ भनेर गाँस काट्नुपर्ने रहेछ ।”













