जब हामी भूत, भविष्यलाई समाप्त गरेर वर्तमानमा रहन सक्छौँ, तब स्मृति, कल्पनाका साथै समय समाप्त हुन्छ । साधारणतया पनि गहिरो नशामा, बेहोशीमा, निँदमा हामी मन, अभिमान र समयबाट मुक्त हुन्छौँ ।
जहाँंसम्म इच्छा छ, इच्छालाई एक सङ्कल्पमा समेट्नुप¥यो । सबैलाई बिर्सेर, सबै व्यर्थ छोडेर एकान्तमा शान्त रहन सक्नुप¥यो । मनको अस्थिर बेथितिको दौडलाई व्यवस्थित गर्न, श्वास एवं स्मृतिलाई साथ राख्नुप¥यो । पहिलेको आदत, पाप तथा व्यर्थ मूर्खताबाट बँच्नका लागि साँचो गुरुको साथ सत्सङ्ग एवं सेवाको सहारा लिनुप¥यो र यति साधन जुटेमा जीवन सार्थक बन्नेछ ।
साभारः ‘विचारप्रवाह’ पुस्तकबाट