• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Wednesday, May 27, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    सत्तापक्षको सुशासन, समृद्धि र विकासको ‘एजेन्डा’मा प्रतिपक्षबाट रचनात्मक सहयोगको प्रतिबद्धता

    प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्दै

    सिरुवारी पहिराले बेनी–जोमसोम सडक अवरुद्ध

    सिरुवारी पहिराले बेनी–जोमसोम सडक अवरुद्ध

    क्वाडद्वारा इन्डो–प्यासिफिकमा नयाँ सहकार्य घोषणा

    क्वाडद्वारा इन्डो–प्यासिफिकमा नयाँ सहकार्य घोषणा

    पछिल्ला तीन घण्टामा कञ्चनपुरमा सबैभन्दा बढी वर्षा

    पश्चिमीसहित स्थानीय वायुको प्रभावः तराईमा तातो दिन, पहाडका केही स्थानमा वर्षा

    वास्तविक र देखिने गरी नागरिकको दैनिक जीवनस्तर उकास्न सरकार प्रतिबद्ध छः प्रधानमन्त्री शाह

    वास्तविक र देखिने गरी नागरिकको दैनिक जीवनस्तर उकास्न सरकार प्रतिबद्ध छः प्रधानमन्त्री शाह

    आणविक सम्झौता नभए इरानविरूद्ध आक्रमणको नेतृत्व गर्ने ट्रम्पको चेतावनी

    अमेरिकी आक्रमणबीच इरान सम्झौता वार्ता पेचिलो

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

फोहरको मारमा विश्व सम्पदा सूचीमा रहेको लुम्बिनी

by
१२ फाल्गुन २०८०,
0
फोहरको मारमा विश्व सम्पदा सूचीमा रहेको लुम्बिनी
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

लुम्बिनीमा फोहरको समस्या निकै जटिल बन्दै गएको छ । बढ्दो जनसङ्ख्या र पर्याप्त सुविधा नहुँदा बुद्ध जन्मस्थल तथा अन्तर्राष्ट्रिय पर्यटकीय नगरी लुम्बिनीमा जथाभावी फालिएका फोहरको थुप्रो हप्तौँसम्म पनि नउठ्दा यहाँ भ्रमण गर्न आउने पर्यटकमा नकारात्मक प्रभाव परेको छ ।

सडेगलेका वस्तुमात्र नभई नसडेका र त्यही स्वरुपमा काम नलाग्ने अन्य वस्तुहरु जताततै अव्यवस्थित रुपमा फालिएकाले जनस्वास्थ्य, पर्यावरण र सौन्दर्यमा असर परेको छ । बुद्ध दर्शनका लागि लुम्बिनी पुगेका भारतीय पर्यटक सञ्जय कुमारले भने, ‘लुम्बिनीको मुख्य आकर्षण मायादेवी मन्दिरको पूर्वी बगैंचा र मुख्य प्रवेशद्वारमा फोहरको दुर्गन्ध सहीसक्नु छैन ।’

लुम्बिनीलाई सफा र स्वच्छ राख्न स्थानीयसँगै लुम्बिनी सांस्कृतिक नगरपालिका, लुम्बिनी विकास कोष, विश्व वन्यजन्तु कोष, युनेस्को, एडिबी र विश्व बैंकलगायतका सङ्घसंस्था लामो समयदेखि कार्यरत रहे पनि फोहरको ब्यवस्थापन हुन सकेको छैन । नागरिक सहकार्य मञ्च लुम्बिनीका अध्यक्ष अब्दुल जुबेर भन्छन्, “त्यहाँ फोहर सङ्कलन, ढुवानी, विसर्जन र व्यवस्थापनका लागि विद्यमान प्रणाली नै अव्यवस्थित छ ।”

अहिले लुम्बिनीको प्रवेशद्वार तथा मुख्य बजार र बस्ती छेउमा जताततै फोहर फ्याकिएका छन् । फोहर नपुरेकाले दुर्गन्ध फैलिएको छ । घरको फोहर घरमै तह लगाउन सके फोहरको सकस कम हुने पर्यटन व्यवसायी वीरेन्द्र मिश्र बताउछन् । ‘वातावरणमैत्री विकासको जिम्मेवारी नागरिकको पनि हुन्छ’ उनले भने, ‘नागरिक आफैँले फोहर व्यवस्थापन गर्नुको विकल्प छैन ।’’ वातावरणमैत्री ऐन, कानुन र नियमहरूले फोहरमैलाको प्रभावकारी व्यवस्थापनमा स्थानीय जिम्मेवारीलाई जोड दिँदै आवश्यक पूर्वाधार निर्माण र सञ्चालन गर्न सामूहिक प्रयासमा जोड दिएको छ ।

सर्वसाधारणमा चेतनाको कमी र कमजोर कार्यान्वयनका कारण सोचे अनुसारको उद्देश्य हासिल हुन नसकेको सामुदायिक विपद् व्यवस्थापन समिति राष्ट्रिय संजाल नेपालका अध्यक्ष जगन्नाथप्रसाद कुर्मीको भनाइ छ । फोहर व्यवस्थापनलाई प्रभावकारी बनाउन फोहरको प्रभाव, पर्यावरण संरक्षण, र स्वच्छताको महत्व बुझाउनका लागि प्रशिक्षण र जागरूकता गराउन आवश्यक भएको अध्यक्ष कुर्मीको भनाइ छ । सामुदायिक सङ्गठन, अनुसन्धानमूलक सङ्घ–संस्थाहरू र सरकार समेत मिलेर सामुदायिक सहभागितामा फोहरमैलाको प्रभावकारी व्यवस्थापन र उपयोगका लागि काम गरेमा त्यसले पर्यावरण, स्वास्थ्य र समृद्धिमा अभिवृद्धि गर्नपर्नेमा उनको जोड छ ।

फोहर सङ्कलनमा मात्रै केन्द्रित हुँदा लुम्बिनीमा फोहरको विर्सजन चुनौतीपूर्ण बनेको बताउछन्, वातावरणका जानकार डा सतीश उपाध्याय । उनका अनुसार फोहर सङ्कलनमा बढी केन्द्रित हुने तर त्यसलाई राम्रोसँग तह लगाउनेबारे अध्ययन र नीतिगत निर्णय नहुँदा यसको समस्या लुम्बिनीमा मात्र होइन, नेपालभरि देखिएको छ । सहरको फोहर तेलार नदी र सडक किनारको जङ्गलमा फाल्ने गरेकाले त्यसले पर्यावरणमा असर पारेको छ । ‘नदी र जङ्गलको बीचमा फोहर फालेर समस्याको दिगो समाधान हुँदैन’ उनी भन्छन, ‘’जबसम्म उपभोक्तालाई फोहरमा मोहोर छ भन्ने बुझाउन सकिँदैन, तबसम्म यो समस्या चुनौतीपूर्ण रहिरहन्छ ।’

समान्यतया घरेलु फोहरमैला, व्यावसायिक फोहरमैला, कृषिजन्य फोहरमैला र निर्माणजन्य फोहरमैला हुन्छन् । यी फोहरलाई जैविक फोहर (खाना र भान्साको फोहर), निष्क्रिय र गैर जैविक फोहर (निर्माण र भत्काउने फोहर) र पुनः प्रयोग गर्न मिल्ने फोहर (प्लाष्टिक, कागज, बोतल, गिलास आदि) गरी तीन भागमा बाँड्न सकिन्छ । फोहरको विकल्प दिदै डा उपाध्याय भन्छन, ‘’माटाका भाँडा, नरिवल, पुरैनी र केराको पातहरु प्रयोग गर्नु प्लाष्टिकको लागि उत्तम विकल्प मानिन्छ । यसले स्थानीयलाई रोजगारीको अवसर समेत प्राप्त हुन्छ ।’’ कतिपय रेस्टुरेन्टहरूमा माटाको भाँडामा चिया र टपरीमा खाना दिने गरिएको छ । केहीले माटोबाटै बनाइएका सजावट सामाग्रीको प्रयोग गरेका छन् । यस्ता व्यवसायीहरूलाई सरकारले प्रोत्साहित गर्नुपर्ने उनको सुझाव छ ।

डा उपाध्यायले भने, ‘नेपालका सिमेन्ट उद्योग तथा हरेक सपिङ्ग सेन्टरहरूलाई प्लास्टिकको झोला र बोराको सट्टामा नेपालमै बनेको जुटको झोला र बोराहरू मात्र प्रयोग गर्नुपर्ने नियम बनाएर दशकौंदेखि बन्द भएको उद्योगलाई पुनर्जीवन दिन सकिन्छ ।’ फोहरबाट विभिन्न वस्तुहरु निर्माण गर्न, ऊर्जामा उत्पादन गर्न र प्राङ्गारिक मल उत्पादन गरी आर्थिक समृद्धि गर्न सकिने उनको भनाइ छ ।

लुम्बिनीमा फोहर व्यवस्थापनका लागि सरसफाइ अध्ययन केन्द्र तथा हरित पार्क निर्माणको प्रक्रियामा छ । नगरपालिकाले पाँच जना सफाइकर्मीबाट दैनिक सरसफाइको कार्य गरिरहेको र ‘ग्रीन लुम्बिनी, क्लीन लुम्बिनी’ भन्ने अभियान लिएर प्रत्येक सोमबारलाई ‘ग्रीन डे, क्लीन डे’का रुपमा नियमित सरसफाइ अभियान सञ्चालन गरेको छ ।

नगरपालिकाका सरसफाइ संयोजक शेषराम यादवका अनुसार लुम्बिनीमा उत्पादित फोहर ढुवानीका लागि एउटा टिप्पर तथा’ डोर टु डोर‘ फोहर सङ्कलनका लागि दुईवटा विद्युतीय रिक्साको व्यवस्था छ । यहाँ फोहर ढुवानीका लागि यसै आर्थिक वर्षमा एउटा टेक्टर पनि खरिद गर्ने नगरपालिकाको योजना रहेको यादवको भनाइ छ । नगरपालिकाको सरसफाई शाखाका अनुसार लुम्बिनीमा प्रतिदिन २० देखि २५ क्विन्टल बढी फोहर उत्पादन हुने गरेको छ । त्यहाँ ८० बढी होटेल तथा रेष्टुरेन्ट, एक हजार बढी थोक तथा खुद्रा पसल र वर्षेनी १० लाख पर्यटकका चापका कारण फोहर व्यवस्थापनमा समस्या आएको उनको भनाइ छ ।

नगरपालिकाले सरसफाइ र फोहर व्यवस्थापनका लागि चालु आर्थिक वर्ष २०८०/८१ मा ११ लाख रुपैयाँ बजेट बिनियोजन गरेको छ भने अघिल्लो आवमा ८० लाख रुपैयाँ बजेट बिनियोजन गरेको थियो । संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रमको प्राविधिक तथा आर्थिक सहयोगमा लुम्बिनीमा सरसफाई अध्ययन केन्द्र तथा हरित पार्क निर्माण गर्ने सम्झौता भएको छ । सो निर्माण परियोजना सम्पन्न गर्न लुम्बिनी सांस्कृतिक नगरपालिकाले पहिलो चरणको निर्माण कार्यका लागि दुई करोड रुपैयाँ छुट्याएको सरसफाइ शाखा संयोजक यादवको भनाइ छ ।

वडा नम्बर ५ मा निर्माणाधीन अध्ययन केन्द्रमा कुहिने र नहुकिने फोहर छुट्याएर त्यसको व्यवस्थापन गर्ने नगर प्रमुख सजरुद्दीन मुसलमानको योजना छ । यसको विस्तृत परियोजना प्रतिवेदन तयार भइसकेको भन्दै फोहरलाई स्थायीरूपमा तह लगाउन र त्यसबाट स्थानीयलाई लाभ पु¥याउने गरी काम भइरहेको उनको भनाइ छ ।

श्रोतः आइएनएस/स्वतन्त्र समाचार

Previous Post

सामान्य ज्ञानः पढौँ र जानौँ

Next Post

नापी कार्यालयका सर्वेक्षकसहित पाँच जनाविरुद्ध भ्रष्टाचार मुद्दा

सम्बन्धित खबर

सत्तापक्षको सुशासन, समृद्धि र विकासको ‘एजेन्डा’मा प्रतिपक्षबाट रचनात्मक सहयोगको प्रतिबद्धता
आवाज

प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्दै

१३ जेष्ठ २०८३,
सिरुवारी पहिराले बेनी–जोमसोम सडक अवरुद्ध
आवाज

सिरुवारी पहिराले बेनी–जोमसोम सडक अवरुद्ध

१३ जेष्ठ २०८३,
क्वाडद्वारा इन्डो–प्यासिफिकमा नयाँ सहकार्य घोषणा
अन्तर्राष्ट्रिय

क्वाडद्वारा इन्डो–प्यासिफिकमा नयाँ सहकार्य घोषणा

१३ जेष्ठ २०८३,
पछिल्ला तीन घण्टामा कञ्चनपुरमा सबैभन्दा बढी वर्षा
आवाज

पश्चिमीसहित स्थानीय वायुको प्रभावः तराईमा तातो दिन, पहाडका केही स्थानमा वर्षा

१३ जेष्ठ २०८३,
वास्तविक र देखिने गरी नागरिकको दैनिक जीवनस्तर उकास्न सरकार प्रतिबद्ध छः प्रधानमन्त्री शाह
आर्थिक

वास्तविक र देखिने गरी नागरिकको दैनिक जीवनस्तर उकास्न सरकार प्रतिबद्ध छः प्रधानमन्त्री शाह

१३ जेष्ठ २०८३,
आणविक सम्झौता नभए इरानविरूद्ध आक्रमणको नेतृत्व गर्ने ट्रम्पको चेतावनी
अन्तर्राष्ट्रिय

अमेरिकी आक्रमणबीच इरान सम्झौता वार्ता पेचिलो

१३ जेष्ठ २०८३,
Load More
Next Post
सम्पत्ति विवरण गोप्य राख्ने १५ हजार कर्मचारी र जनप्रतिनिधिलाई कारबाही सिफारिस

नापी कार्यालयका सर्वेक्षकसहित पाँच जनाविरुद्ध भ्रष्टाचार मुद्दा

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In