मोटोपन स्वास्थ्यका लागि हानिकारक छ । मोटोपन आफैमा रोग नभए पनि यसले मधुमेह, हृदयरोग, उच्च रक्तचाप, अनिद्रा, बाँझोपन र मैथुन शक्तिमा ह्रास ल्याउँछ । शरीरलाई मोटो बनाउने आहारविहारको सेवन गर्नाले बोसो र मासु अस्वाभाविक रुपमा बढेर बढी मोटोपन हुन्छ ।
– मोटोपन बढाउने सबैभन्दा प्रमुख कारण खाना हो । खानामा नियन्त्रण नगरी मोटोपन घटाउन सकिन्न ।
– बिहान–बिहान दौडनु, साइकल चलाउनु, पौडी खेल्नुजस्ता व्यायामयुक्त कार्यले पनि मोटोपन घटाउन सहयोग पु¥याउँछ ।
– बिहान उठ्नेबित्तिकै एक गिलास मनतातो पानीमा एउटा कागती निचोरेर त्यसमा एक चम्चा शुद्ध मह मिलाएर पिउनाले पनि मोटोपन घटाउँछ ।
– दैनिक चार–पाँच लिटर पानी पिउनाले पनि क्यालोरी घटाउँछ ।
– बेलुकीको खाना हल्का खाने र मौसमअनुसारको फलफूल खाने गर्नाले पनि मोटोपन नियन्त्रणमा रहन्छ ।
– दैनिक भोजनमा काँचो बन्दा खानाले पनि शरीरमा अनावश्यक बोसो जम्न दिँदैन ।
– खाना खाँदा राम्ररी चपाएर खानाले पनि मोपनामा कमी आउँछ ।
– मोटोपन घटाउन कालो चियाले पनि मद्दत पु¥याउँछ ।
साभार : ‘स्वास्थ्य खबरपत्रिका’बाट













