काठमाडौं स्थित अमेरिकी दूतावासले Nepal HipHop Foundation NHFNepal सँगको सहकार्यमा, Words Beats & Life बाट ४ जना अमेरिकी कलाकारहरू – शान्ना, सबस्टेन्शियल, डीजे फ्लेग र माजी मुताफासँग रचनात्मक लेखन, र्याप, नृत्य, संगीत निर्माण र डिजेइङ्गमा मास्टर क्लासहरू सञ्चालन गरेको छ।

रचनात्मक अभिव्यक्तिका विभिन्न रूपहरू मार्फत आफना कथा कथनको कला सुधार गर्न सहयोग गर्न आयोजना गरिएका यी सत्रहरूमा ७० भन्दा बढी युवा कलाकारहरूले भाग लिनुभयो।
अमेरिकी कलाकारहरूले रचनात्मक क्षेत्रमा क्यारियर निर्माण गर्न र हिप-हपलाई उद्यमशीलताको माध्यमको रूपमा प्रयोग गर्ने सुझावहरू पनि बाँड्नुभयो।
















