• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Monday, April 6, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    डिजेल-मट्टीतेलको मुल्य घट्यो

    ‘बिदा पायौँ भनेर घुम्न नजानुस्, इन्धन खपतमा सजग रहौँ’

    आलेखः जातीय विभेद्विरुद्धको जीवित सङ्ग्रहालय

    आलेखः जातीय विभेद्विरुद्धको जीवित सङ्ग्रहालय

    दिक्तेलमा आदिकवि भानुभक्तको सालिक पुनर्निर्माण

    दिक्तेलमा आदिकवि भानुभक्तको सालिक पुनर्निर्माण

    प्रमुख लामा हटाएको विषयमा गुठी संस्थानमाथि निर्वाचन आयोगको छानबिन सुरु

    आजदेखि मतदाता नामावली सङ्कलन सुरु हुँदै

    मार्ग खुलेको १६ सडक वर्षपछि स्तरोन्नति

    मार्ग खुलेको १६ सडक वर्षपछि स्तरोन्नति

    पाँच किमी सडक स्तरोन्नति गर्न आठवर्षपछि बल्ल बजेट

    पाँच किमी सडक स्तरोन्नति गर्न आठवर्षपछि बल्ल बजेट

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
  • गृह
  • समाचार
    डिजेल-मट्टीतेलको मुल्य घट्यो

    ‘बिदा पायौँ भनेर घुम्न नजानुस्, इन्धन खपतमा सजग रहौँ’

    आलेखः जातीय विभेद्विरुद्धको जीवित सङ्ग्रहालय

    आलेखः जातीय विभेद्विरुद्धको जीवित सङ्ग्रहालय

    दिक्तेलमा आदिकवि भानुभक्तको सालिक पुनर्निर्माण

    दिक्तेलमा आदिकवि भानुभक्तको सालिक पुनर्निर्माण

    प्रमुख लामा हटाएको विषयमा गुठी संस्थानमाथि निर्वाचन आयोगको छानबिन सुरु

    आजदेखि मतदाता नामावली सङ्कलन सुरु हुँदै

    मार्ग खुलेको १६ सडक वर्षपछि स्तरोन्नति

    मार्ग खुलेको १६ सडक वर्षपछि स्तरोन्नति

    पाँच किमी सडक स्तरोन्नति गर्न आठवर्षपछि बल्ल बजेट

    पाँच किमी सडक स्तरोन्नति गर्न आठवर्षपछि बल्ल बजेट

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
Metakhabar
No Result
View All Result

काठमाडौं-तराई द्रुतमार्गको ३१ प्रतिशत काम सकियो, जेठभित्र दुई सुरुङको ‘ब्रेक थ्रु’

by
६ फाल्गुन २०८०,
0
सेनाले पाएको फाष्ट ट्रयाक १० वर्षमा पनि पूरा नहुने
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

बारा – राष्ट्रिय गौरव एवं रणनीतिक महत्त्वको काठमाडौं-तराई-मधेश द्रुतमार्ग निर्माणको करिब ३१ प्रतिशत काम सकिएको छ। चालु आर्थिक वर्ष २०८०-८१ को माघ मसान्तसम्म आयोजनाको ३०.९६ प्रतिशत भौतिक र ३१.५७ प्रतिशत वित्तीय प्रगति भएको छ।

मुआब्जा वितरण तथा जग्गा अधिग्रहण हुन बाँकी खोकना क्षेत्र र अदालतमा मुद्दा परेका ठेक्का प्रक्रियामा बाहेक कामको प्रगति सन्तोषजनक रहेको नेपाली सेनाका प्राविधिक सहायक रथी तथा आयोजना प्रमुख विकास पोखरेलले जानकारी दिए।

‘ठेक्का लागिसकेका काममा प्रगति राम्रो छ। केही खरिद प्रक्रिया टुङ्गिन बाँकी छन्। मुद्दा मामिलामा पनि गएका छन्। तर हामीले तोकिएको समय २०८३ चैतसम्ममा आयोजनाको काम सम्पन्न गर्ने लक्ष्य राखेका छौँ’, उनले भने। खरिद प्रक्रियालाई लिएर पाटन उच्च अदालतमा दायर भएको मुद्दाको चाँडो निरूपण भएर काम अघि बढ्न सके तोकिएको समयभित्रै काम सम्पन्न हुने उनको भनाइ छ। राष्ट्रिय गौरवको आयोजनामा आइपर्ने कानुनी, प्रशासनिक तथा अरु कठिनाइलाई प्राथमिकताका साथ चाँडो टुङ्ग्याउन सक्नुपर्ने पोखरेल बताउँछन्।

करिब ७१ किलोमिटर लम्बाइ रहेको सो आयोजना काठमाडौंमा ४.६, ललितपुरमा ९, मकवानपुरमा ४९.७० र बारामा ७.६ किलोमिटर पर्छ। आयोजनाको कूल १३ निर्माण प्याकेज रहेकामा प्याकेज नम्बर १ देखि ७ र १० को खरिद प्रक्रिया सम्पन्न भई कार्यान्वयनको चरणमा छ। प्याकेज नम्बर ८ (क), ८ (ख), ९ (क) र ९ (ख) को भने खरिद प्रक्रिया नै विवादित छ। पटक–पटक ठेक्का आह्वान गर्दा पनि यी चार प्याकेजको खरिद प्रक्रिया टुङ्गिन सकेको छैन। अहिले यसको मुद्दा पाटन अदालतमा विचाराधीन छ।

त्यसैगरी, प्याकेज नम्बर ११ अन्तर्गत पर्ने खोकना क्षेत्रमा द्रुतमार्गको सुरु विन्दु निर्धारण, सो क्षेत्रको सवारी आवागमन व्यवस्थापन र जग्गा अधिग्रहण विवाद समाधान गर्न बाँकी छ। यही कारणले सो क्षेत्रमा आयोजनाको खरिद प्रक्रिया शुरु हुन सकेको छैन। अहिले आयोजनाको करिब ९५ प्रतिशत प्याकेज कार्यान्वयन तथा खरिद प्रक्रियामा गइसकेको आयोजनाको अपरेसन तथा कार्यान्वयन महाशाखा प्रमुख इन्दिवर गुरुङ बताउँछन्।

खरिद प्रक्रियामा गइसकेका काममा मुख्यगरी सुरुङमार्ग र पुल निर्माणको काम धमाधम भइरहेका छन्। अहिले निर्माणाधीन तीन सुरुङमार्गको कुल लम्बाइ ६ दशमलव ४१५ किलोमिटरमध्ये चार दशमलव ३२५ किलोमिटर अर्थात् ६७.४३ प्रतिशत खन्ने काम सकिएको छ।

लेनडाँडा सुरुङमार्ग आगामी वर्ष वैशाखभित्र, धेद्रे सुरुङमार्ग जेठभित्र र महादेवटार सुरुङमार्ग आगामी वर्ष असोज तथा कात्तिकभित्र ‘ब्रेक थ्रु’ गरिसक्ने गरी काम भइरहेको आयोजनाका इन्जिनियर विनायक शर्माले जानकारी दिए। एउटा सुरुङमार्गमा हरेक दिन औसत तीन मिटर हाराहारी खन्ने काम भइरहेको उनको भनाइ छ।

महादेवटार सुरुङमार्गको लम्बाइ ३.३५५ किलोमिटरमध्ये हालसम्म १.९४८ किलोमिटर सुरुङ खन्ने काम सकिएको छ। त्यसैगरी, धेद्रे सुरुङमार्गको कुल लम्बाइ १.६३ किलोमिटरमध्ये हालसम्म १.१७३ किलोमिटर सुरुङ खनिसकेको छ। लेनडाँडा सुरुडमार्गको स्वीकृत विस्तृत आयोजना प्रतिवेदन (डीपीआर) बमोजिम कुल लम्बाइ एक दशमलव ४३ किलोमिटर रहेकामा हालसम्म १.२०४ किलोमिटर सुरुङ खनिएको छ।

आयोजनाको ६ स्थानमा सुरुङमार्ग छन्। सबै सुरुङमार्गको कुल लम्बाई १०.५५ किलोमिटर छ। यसमा देवीचौरी सुरुङ एक किलोमिटर, सिसौँटार सुरुङ ०.३९, चन्द्राम भीर सुरुङ २।२५, महादेवडाँडा सुरुङ ३.३५५, धेद्रे सुरुङ १.६३० तथा लेनडाँडा सुरुङ १.४३० किलोमिटर छ।

त्यसैगरी, आयोजनामा कुल ८९ पुल बन्नेछन्। यसको कुल लम्बाइ १२.८८५ किलोमिटर हुनेछ। बुदुनेमा दुई विश्रामस्थल बन्नेछन् भने खोकना, बुदुने र निजगढमा इन्टरचेञ्ज बन्नेछन्। त्यस्तै, टोलप्लाजा पनि खोकना, बुदुने र निजगढमा बन्नेछन्। हालसम्म ठेक्का व्यवस्थापन भई कार्यान्वयनमा रहेका प्याकेज नम्बर १ देखि ७ सम्मका पुलअन्तर्गत रहेका कुल २.८०२ पाउन्डेसन पाइलमध्ये १.६६५ पाइल निर्माण कार्य सम्पन्न भइसकेको आयोजनाले जनाएको छ।

द्रुतमार्गको सडकको चौडाइ पहाडी भूभागमा २५ मिटर र तराई भूभागमा २७ मिटर छ। आयोजना निर्माणका लागि अधिग्रहण गर्नुपर्ने कुल १५ हजार ४१६ रोपनी जग्गामध्ये सरकारी जग्गा १० हजार २४४ र व्यक्तिगत जग्गा पाँच हजार १७२ रोपनी छ। अधिग्रहणको सूचनामा प्रकाशित व्यक्तिगत जग्गा पाँच हजार १७२ रोपनीमध्ये हालसम्म चार हजार ७७७ रोपनी जग्गा अधिग्रहण भइसकेको छ। तीन सय ९५ रोपनी जग्गा अधिग्रहण हुन बाँकी रहेको नेपाली सेनाले जनाएको छ।

खोकना-बुङ्गमती क्षेत्रमा २१४ रोपनी जग्गाको मूल्य निर्धारण भई मुआब्जा वितरण हुन बाँकी छ भने १६५ रोपनी जग्गाको मूल्य निर्धारण हुन सकेको छैन। यो क्षेत्रमा कुल ३७९ रोपनी जग्गा अधिग्रहण हुन बाँकी छ।

आयोजनाका लागि हालसम्म कटान गरिएका रुखको बदलामा १ अनुपात २५ का दरले वृक्षारोपण गरिएको सेनाले जनाएको छ। आयोजनाका लागि कूल सात लाख चार हजार ४४० बिरुवा रोप्नुपर्नेमा हालसम्म जम्मा सात लाख पाँच हजार ५५२ बिरुवा रोप्ने कार्य सकिएको छ।

मन्त्रिपरिषद्को २०७४ वैशाख २१ गतेको निर्णयअनुसार राष्ट्रिय गौरव एवं रणनीतिक महत्व बोकेको यो आयोजनाको निर्माण व्यवस्थापनको जिम्मेवारी सेनाले पाएको थियो। २०७४ जेठ १४ गते प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बाराको निजगढमा आयोजनाको शिलान्यास गरेका थिए।

२०७४ साउन २७ गते सडक विभागबाट नेपाली सेनालाई आयोजना हस्तान्तरण भएको थियो। त्यही वर्ष मङ्सिरदेखि नेपाली सेनाको जनशक्ति तथा राष्ट्रियस्तरका निर्माण व्यवसायीमार्फत द्रुतमार्गको ट्रयाक निर्माणको काम थालिएको थियो। गत वैशाखमा आयोजना सम्पन्न हुने समयावधि बढाएर २०८३ चैत मसान्तसम्म पुर्‍याइएको थियो। त्यस्तै, गत साउनमा आयोजनाको परिमार्जित विस्तृत आयोजना प्रतिवेदन स्वीकृत भएको थियो।

नेपाल सरकार मन्त्रिपरिषदबाट २०८० साउन ३० गते स्वीकृत भएको आयोजनाको परिमार्जित विस्तृत आयोजना प्रतिवेदन (डीपीआर) बमोजिम आयोजनाको कुल लम्बाइ ७०.९७७ किलोमिटर छ। यो आयोजनाको प्रस्थान विन्दु खोकना हो भने अन्तिम विन्दु निजगढ हो। २०७८ वैशाख ३१ गते प्याकेज नम्बर १ र २ को निर्माण व्यवसायीसँग पहिलो अन्तर्राष्ट्रिय प्रतिस्पर्धाबाट सम्झौता भई जेठ ३१ गतेदेखि निर्माण शुरु भएको हो।

Previous Post

प्रतिनिधिसभाको बैठक आज बस्दै, प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम

Next Post

तनहुँमा जीप दुर्घटना, एकजनाको मृत्यु, सात घाइते

सम्बन्धित खबर

डिजेल-मट्टीतेलको मुल्य घट्यो
आर्थिक

‘बिदा पायौँ भनेर घुम्न नजानुस्, इन्धन खपतमा सजग रहौँ’

२२ चैत्र २०८२,
आलेखः जातीय विभेद्विरुद्धको जीवित सङ्ग्रहालय
आवाज

आलेखः जातीय विभेद्विरुद्धको जीवित सङ्ग्रहालय

२२ चैत्र २०८२,
दिक्तेलमा आदिकवि भानुभक्तको सालिक पुनर्निर्माण
आवाज

दिक्तेलमा आदिकवि भानुभक्तको सालिक पुनर्निर्माण

२२ चैत्र २०८२,
प्रमुख लामा हटाएको विषयमा गुठी संस्थानमाथि निर्वाचन आयोगको छानबिन सुरु
आर्थिक

आजदेखि मतदाता नामावली सङ्कलन सुरु हुँदै

२२ चैत्र २०८२,
मार्ग खुलेको १६ सडक वर्षपछि स्तरोन्नति
आवाज

मार्ग खुलेको १६ सडक वर्षपछि स्तरोन्नति

२२ चैत्र २०८२,
पाँच किमी सडक स्तरोन्नति गर्न आठवर्षपछि बल्ल बजेट
आर्थिक

पाँच किमी सडक स्तरोन्नति गर्न आठवर्षपछि बल्ल बजेट

२२ चैत्र २०८२,
Load More
Next Post
काठमाडौं उपत्यकामा ६ महिनामै झण्डै ६ हजार सवारी दुर्घटना, ८८ को मृत्यु

तनहुँमा जीप दुर्घटना, एकजनाको मृत्यु, सात घाइते

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In