• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Monday, August 3, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    उमाले एकसाथ ल्याइन साहित्य कृति र तीज गीत

    उमाले एकसाथ ल्याइन साहित्य कृति र तीज गीत

    दक्षिण कोरियामा अनलाइन किनमेलमा दोहोरो अङ्कको वृद्धिदर

    दक्षिण कोरियामा अनलाइन किनमेलमा दोहोरो अङ्कको वृद्धिदर

    इबोलाले बढायो गर्भवतीको जोखिम

    इबोलाले बढायो गर्भवतीको जोखिम

    सांस्कृतिक र राष्ट्रिय महत्वका चलचित्रलाई साढे तीन करोड अनुदान, कार्यविधि मस्यौदामाथि छलफल

    सांस्कृतिक र राष्ट्रिय महत्वका चलचित्रलाई साढे तीन करोड अनुदान, कार्यविधि मस्यौदामाथि छलफल

    ‘राष्ट्र निर्माणमा इञ्जिनियरको भूमिका निर्णायक हुन्छ’ : मन्त्री श्रेष्ठ

    ‘राष्ट्र निर्माणमा इञ्जिनियरको भूमिका निर्णायक हुन्छ’ : मन्त्री श्रेष्ठ

    एकैपटक सम्पत्ति शुद्धिकरण र भ्रष्टाचार मुद्दा दायर

    मालिका सामुदायिक वनका पदाधिकारीविरुद्ध भ्रष्टाचार मुद्दा

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

सुकुम्बासीलाई जग्गा फिर्ता हुने आश

by
५ फाल्गुन २०८०,
0
भत्किएको मुहान मर्मत नहुँदा चार सय हेक्टर जमिन बाँझै
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

महोत्तरी– आफ्नो भोगचलनमा रहेको जग्गा अर्कैको नाउँमा दर्ता हुँदा बिरक्तिएका महोत्तरीको भङ्गहा–४ थारूटोल बनराका सुकुम्बासीलाई अब भने राहत पाउने आश जागेको छ ।

आफ्नै ठाउँबाट धपाइनुपर्ने पीडा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई सुनाएपछि उनले जग्गासम्बन्धी छानबिन गरिने प्रतिबद्धता जनाएपछि आश पलाएको हो ।

‘करिब २५ वर्षदेखि हाम्रो जग्गा अर्कैले भोगचलन गर्दैछन्’, सुकुम्बासी बस्तीका कैलाश चौधरी थारूले भने, ‘यसपालि प्रधानमन्त्रीले छानबिन आयोग बनाउन सम्बद्ध अधिकारीलाई निर्देशन दिएका छन् ।’ प्रधानमन्त्रीको निर्देशनले थारूटोल बनराका सुकुम्बासीले न्याय पाउने उनको भनाइ छ ।

रातु नदीको नदी उकास क्षेत्रमा २००० सालदेखि बसोबास गर्दै आएका आदिवासी थारू एवं मुसहर, बाँतर, चमार, खत्बेलगायतका दलित परिवारका चौथो पुस्ताका सन्तान यहाँ बस्छन् ।

विसं २०५१ मा सरकारले सुकुम्बासी समस्या समाधान आयोग बनाएर लालपुर्जा दिने आश्वासन दिएको थियो । आफ्नो जग्गा अर्कैको नाउँमा दर्ता भएको थाहा पाएपछि उनीहरु निराश छन् ।

‘पहिला चालै पाइएन, १०–१२ वर्षपछि नचिनेका बाहिरी व्यक्ति मेरो जग्गा भन्दै आउन थाले’, सो बस्तीकी ७५ वर्षीया रामसुनरदेवी थारू भन्छिन्, ‘अनि जग्गाबारे खोजीनीति हुन थाल्यो ।’ प्रधानमन्त्री स्वयंले तत्परता लिएपछि जग्गाबारे खोजबिन हुने विश्वास बढेको उनको भनाइ छ ।

थारूटोल बनरामा चार पुस्तादेखि घरझुप्रा बनाएर बसोबास गर्दै र पर्ति जग्गा खनजोत गर्दै आएका एक सय ८७ परिवारको जग्गा जति अर्कैको नाउँमा दर्ता भएपछि बिचल्ली भएको छ । ‘हाम्रो टेक्ने समाउने केही आधार रहेन’, स्थानीय जयकरण बाँतर भन्छन् ।

सुकुम्बासीले बिहीबार प्रधानमन्त्री दाहालसँग भेटघाट गरेका थिए । थारूटोल बनराको सुकुम्बासी बस्तीको जग्गा दर्ताबारे छानबिन हुनपर्ने, जग्गा दर्ता गराउने अधिकारी र भूमाफियालाई कारबाही हुनपर्ने, बाहिरी व्यक्तिका नाममा दर्ता भएको स्वामित्व खारेज हुनपर्ने र घरझुप्रा बनाएर बसेका सुकुम्बासी तथा खनजोत गर्दै आएका भूमिहीनका नाममा जग्गा दर्ता गरिनुपर्ने सुकुम्बासीको माग छ ।

Previous Post

बुलबुले तालको झार हटाइँदै

Next Post

काठमाडौंमा निषेधित क्षेत्रको अवधि बढाइयो

सम्बन्धित खबर

उमाले एकसाथ ल्याइन साहित्य कृति र तीज गीत
मनोरञ्जन

उमाले एकसाथ ल्याइन साहित्य कृति र तीज गीत

१८ साउन २०८३,
दक्षिण कोरियामा अनलाइन किनमेलमा दोहोरो अङ्कको वृद्धिदर
अन्तर्राष्ट्रिय

दक्षिण कोरियामा अनलाइन किनमेलमा दोहोरो अङ्कको वृद्धिदर

१८ साउन २०८३,
इबोलाले बढायो गर्भवतीको जोखिम
अन्तर्राष्ट्रिय

इबोलाले बढायो गर्भवतीको जोखिम

१८ साउन २०८३,
सांस्कृतिक र राष्ट्रिय महत्वका चलचित्रलाई साढे तीन करोड अनुदान, कार्यविधि मस्यौदामाथि छलफल
समाचार

सांस्कृतिक र राष्ट्रिय महत्वका चलचित्रलाई साढे तीन करोड अनुदान, कार्यविधि मस्यौदामाथि छलफल

१८ साउन २०८३,
‘राष्ट्र निर्माणमा इञ्जिनियरको भूमिका निर्णायक हुन्छ’ : मन्त्री श्रेष्ठ
समाचार

‘राष्ट्र निर्माणमा इञ्जिनियरको भूमिका निर्णायक हुन्छ’ : मन्त्री श्रेष्ठ

१८ साउन २०८३,
एकैपटक सम्पत्ति शुद्धिकरण र भ्रष्टाचार मुद्दा दायर
समाचार

मालिका सामुदायिक वनका पदाधिकारीविरुद्ध भ्रष्टाचार मुद्दा

१८ साउन २०८३,
Load More
Next Post
काठमाडौंमा निषेधित क्षेत्रको अवधि बढाइयो

काठमाडौंमा निषेधित क्षेत्रको अवधि बढाइयो

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In