शनि देवलाई खुशी पार्ने विशेष दिन आज शनिबार । शनिदेवलाई खुशी पारेर आफ्नो जीवनमा नयाँ ऊर्जा ल्याउन सकिन्छ । त्यसैगरी शनिबारका दिन भगवान् हनुमान तथा काली माताको पनि पूजा गरिन्छ । शनिबारलाई अकाल मृत्यु निवारण गर्ने बारको रुपमा लिइन्छ । यो दिन शनिदेवका साथै भगवान् रुद्रको पनि पूजा गरिन्छ ।
शनिबारको व्रत बसी निष्ठापूर्वक शनिदेवको पूजा गर्नाले शनि ग्रहको अनिष्टलाई कम गर्न, शान्ति कामनाका निम्ति तथा जीर्ण रोग, शत्रुभय, आर्थिक सङ्कट एवं मानसिक सन्तापको निवारणका लागि लाभदायक हुन्छ । धनधान्य वृद्धि एवं व्यापार वृद्धिको लागि पनि शनिबारको व्रत महत्वपूर्ण मानिन्छ ।
जसले कडा परिश्रम, अनुशासनमा र धर्म पछ्याउने काम गर्दछ, उसलाई भगवान्बाट पनि आशीर्वाद प्राप्त हुन्छ ।













