• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Friday, June 26, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    उपराष्ट्रपति यादवसँग अमेरिकी कार्यवाहक राजदूतको भेट

    उपराष्ट्रपति यादवसँग अमेरिकी कार्यवाहक राजदूतको भेट

    काँध जोर्नी प्रत्यारोपणपछि लुभुका श्रेष्ठले पाए नयाँ जीवन

    काँध जोर्नी प्रत्यारोपणपछि लुभुका श्रेष्ठले पाए नयाँ जीवन

    आईएमई लाइफ् इन्स्योरेन्सद्वारा समता एजुकेशन फाउन्डेसनलाई  रु. ५ लाख सहयोग

    आईएमई लाइफ् इन्स्योरेन्सद्वारा समता एजुकेशन फाउन्डेसनलाई रु. ५ लाख सहयोग

    आलेखः आम्दानीको मुख्य स्रोत बन्दै दालचिनी

    आलेखः आम्दानीको मुख्य स्रोत बन्दै दालचिनी

    पाँच महिनामा ७२ अर्बको पेट्रोलियम पदार्थ आयात

    वीरगञ्ज भन्सारबाट चालु वर्षको ११ महिनामा रु दुई खर्ब २१ अर्ब राजस्व सङ्कलन

    मनसुनजन्य विपद् नियन्त्रणको पूर्वतयारी

    कच्चा तेलको मूल्य घट्दा पनि नेपाली उपभोक्ताले राहत पाउन सकेनन् : महामन्त्री पौडेल

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

‘अर्थतन्त्रको विकासमा उद्योगी र व्यवसायीको योगदान महत्वपूर्ण’

by
३ फाल्गुन २०८०,
0
‘अर्थतन्त्रको विकासमा उद्योगी र व्यवसायीको योगदान महत्वपूर्ण’
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । मुलुकको अर्थतन्त्रको विकासमा उद्योगी, व्यवसायीको योगदान महत्वपूर्ण रहेकोमा सरोकारवालाले जोड दिएका छन् । पोखरा औद्योगिक क्षेत्र उद्योग सङ्घको आज पोखरामा आयोजित २१औँ वार्षिक साधारणसभामा सहभागी सरोकारवालाले निजी क्षेत्र र सरकारको सहकार्यबाट मात्रै राष्ट्रको समृद्धि हासिल गर्न सकिने धारणा राखे ।

पोखरा औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडका अध्यक्ष बाबुराम पन्तले उद्योगी, व्यवसायी बिना राज्यको अर्थतन्त्र बलियो हुन नसक्ने बताउँदै उद्योगी, व्यवसायी सबल र सक्षम हुनुपर्नेमा जोड दिए । उद्योगी, व्यवसायी पूजनीय व्यक्ति भएको उल्लेख गर्दै उनले विविध घटनाक्रमले उनीहरुलाई असर गरिरहेको पनि समस्याका बीच पनि व्यवसायलाई थेगिरहेको बताए ।

सम्पत्ति करको विषयलाई लिएर व्यवसायी मर्कामा परेको विषयमा आफू ज्ञात रहेको र यसका सम्बन्धमा पोखरा महानगरपालिका प्रमुखसँग छलफल गरिने बताए ।

गण्डकी प्रदेशका उद्योग सचिव कुमानसिंह गुरुङले उद्योगीका समस्याबारे आफूहरु जानकार रहेको बताउँदै मन्त्रालयबाट ‘रेफ्री’को काम हुनेमा ढुक्क हुन आग्रह गरे । मन्त्रालयले सहजीकरण गर्ने बताउँदै उनले प्राप्त सुझावलाई कार्यान्वयनको चरणमा लैजान तत्पर रहेको बताए ।

पोखरा उद्योग वाणिज्य सङ्घका अध्यक्ष पवन प्रजापतिले अहिलेको समयमा उद्योग सञ्चालन गर्न सजिलो नभएको बताए । नेपाल औद्योगिक क्षेत्र उद्योग महासङ्घका अध्यक्ष रामहीरा पाठकले राज्यका निकायको व्यवहार उद्योगी तथा व्यवसायी अनुकुल नभएको प्रतिक्रिया दिए ।

सङ्घका अध्यक्ष रुद्रलाल श्रेष्ठको पहलमा २०३१ सालमा स्थापना भएको पोखरा औद्योगिक क्षेत्रमा हाल विभिन्न सङ्घ, संस्था गरेर ८२ वटा छन् । जसमा ७६ वटा उद्योगमध्ये ७४ वटा सञ्चालनमा रहेका र दुई बन्द भएको उनले बताए । उनले औद्योगिक क्षेत्रमा तीन हजार जनाले रोजगारी पाएको समेत उल्लेख गरे ।

सङ्घले क्षेत्रभित्र फोहर व्यवस्थापन, पक्की बाटो निर्माण, क्लिनिक तथा दिवा शिशु स्याहार केन्द्र सञ्चालन गरिएको जनाएको छ । कार्यक्रममा उद्योग परिसङ्घ गण्डकीका अध्यक्ष विनोद शर्मा न्यौपाने, सङ्घका महासचिव फणीन्द्र शर्मालगायतले सरकारको उद्योगमैत्री नीति आवश्यक भएको बताए ।

सचिवालय भवनको शिलान्यास
साधारणसभा पूर्वसङ्घको सचिवालय भवनको शिलान्यास गरिएको थियो । शिलान्यास औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडका अध्यक्ष बाबुराम पन्तले गरे । सो भवन रु एक करोड ५० लाख लागतमा निर्माण हुने सो अवसरमा जानकारी गराइयो ।

Previous Post

कोरियन भाषा परीक्षा फागुन ७ गतेदेखि हुने

Next Post

आजदेखि विश्व सामाजिक मञ्चको सम्मेलन

सम्बन्धित खबर

उपराष्ट्रपति यादवसँग अमेरिकी कार्यवाहक राजदूतको भेट
आवाज

उपराष्ट्रपति यादवसँग अमेरिकी कार्यवाहक राजदूतको भेट

११ असार २०८३,
काँध जोर्नी प्रत्यारोपणपछि लुभुका श्रेष्ठले पाए नयाँ जीवन
आवाज

काँध जोर्नी प्रत्यारोपणपछि लुभुका श्रेष्ठले पाए नयाँ जीवन

११ असार २०८३,
आईएमई लाइफ् इन्स्योरेन्सद्वारा समता एजुकेशन फाउन्डेसनलाई  रु. ५ लाख सहयोग
आर्थिक

आईएमई लाइफ् इन्स्योरेन्सद्वारा समता एजुकेशन फाउन्डेसनलाई रु. ५ लाख सहयोग

११ असार २०८३,
आलेखः आम्दानीको मुख्य स्रोत बन्दै दालचिनी
आर्थिक

आलेखः आम्दानीको मुख्य स्रोत बन्दै दालचिनी

११ असार २०८३,
पाँच महिनामा ७२ अर्बको पेट्रोलियम पदार्थ आयात
आर्थिक

वीरगञ्ज भन्सारबाट चालु वर्षको ११ महिनामा रु दुई खर्ब २१ अर्ब राजस्व सङ्कलन

११ असार २०८३,
मनसुनजन्य विपद् नियन्त्रणको पूर्वतयारी
आर्थिक

कच्चा तेलको मूल्य घट्दा पनि नेपाली उपभोक्ताले राहत पाउन सकेनन् : महामन्त्री पौडेल

११ असार २०८३,
Load More
Next Post
आजदेखि विश्व सामाजिक मञ्चको सम्मेलन

आजदेखि विश्व सामाजिक मञ्चको सम्मेलन

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In