अनुहार जतिसुकै राम्रो किन नहोस् शरीर दुब्लो र पातलो भएमा सुन्दरताको प्रभाव समाप्त प्रायः हुन्छ । अझ दुब्लो मानिसलाई सबैले हेयको भावनाले हेर्नेगर्छन् । नेपाली समाजमा अझसम्म पनि हृष्टपुष्ट, मोटाघाटो मानिसकै बोलवाला चल्छ । यदि तपाईं साह्रै दुब्लो हुनुहुन्छ भने तलको उपाय प्रयोगमा ल्याउनुहोस् ।
क) बिहान उठ्ने बित्तिकै दुई गिलास मनतातो पानी पिउने र दिउँसो पनि समय समयमा प्रशस्त पिइरहने गर्नुपर्छ ।
ख) शारीरिक व्यायाम गरिरहने र सन्तुलित भोजनको मात्र सेवन गर्नुपर्छ ।
ग) सामान्य रुपमा खाना खाइसकेपछि दुई रति फलमको चूर्ण सेवन गर्नुहोस् । यो सबै दृष्टिले उत्तम हुन्छ ।
घ) एक–एक पाउ गोलभेँडा काटेर त्यसमा मरिच र नुन मिसाएर दिउँसो १२ बजे र साँझ ४ बजे खाने गर्नाले यसले रगत सफा गर्दछ र सारा शरीरमा एक प्रकारको स्फूर्ति र चमक ल्याउनेछ । यो एउटा अचुक उपाय हो ।













