• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Saturday, October 3, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    एलिना चौहानको आग्रह : ‘मलाई बाँच्न दिनुस्, मेरो विगतलाई वर्तमानको परिचय नबनाइदिनुस्’

    एलिना चौहानको आग्रह : ‘मलाई बाँच्न दिनुस्, मेरो विगतलाई वर्तमानको परिचय नबनाइदिनुस्’

    जापानको बेरोजगारी दर बढेर २.५ प्रतिशत

    जापानको बेरोजगारी दर बढेर २.५ प्रतिशत

    ‘राडार उपग्रह’तर्फ नेपालको बाटो

    ‘राडार उपग्रह’तर्फ नेपालको बाटो

    अन्तर्राष्ट्रिय सडक सञ्जालमा जोडिँदै काँकरभिट्टा-लौकही

    अन्तर्राष्ट्रिय सडक सञ्जालमा जोडिँदै काँकरभिट्टा-लौकही

    नयाँ भवन ऐन दर्ता, हरेक नागरिकलाई आवास सुनिश्चित गर्ने सरकारको प्रस्ताव

    नयाँ भवन ऐन दर्ता, हरेक नागरिकलाई आवास सुनिश्चित गर्ने सरकारको प्रस्ताव

    पोखराको प्याराग्लाइडिङ अब खपौदीमा अवतरण हुने, व्यवसायमा आशाको सञ्चार

    पर्यटन प्रवर्द्धनका लागि पोखरा–उत्तरपूर्वी भारतबीच ‘बीटूबी’ कार्यक्रम

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

पहाड छिचोलेर पानी आउँदा दङ्ग छन् रोमनटारका बासिन्दा

by
१ फाल्गुन २०८०,
0
पहाड छिचोलेर पानी आउँदा दङ्ग छन् रोमनटारका बासिन्दा
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

चितवन। सधैँ सुक्खा रहने हेटौँडा उपमहानगरपालिका–१२ रोमनटारका बासिन्दा अहिले खोलाबाट एक सय ३५ मिटर पहाड छिचोलेर जग्गामा पानी पुग्दा दङ्ग छन् ।

कोदो र मकैमात्रै उत्पादन हुने यस क्षेत्रमा सिँचाइको व्यवस्था भएसँगै स्थानीयले बारी बिराएर विभिन्न किसिमका खेती गर्दै आएका छन् । स्थानीय पुरुषोत्तम पुडासैनी अहिले आफ्नै बारीमा व्यस्त हुनुहुन्छ । सिँचाइको सुविधा भएपछि अहिले उहाँलाई आलु भित्र्याउन भ्याइनभ्याइ छ ।

उनले भने, “यो जग्गामा पानी आएर सिँचाइ हुन्छ जस्तो लागेको थिएन, अहिले त हामी हर्षित छौँ ।” सिँचाइको अभावका कारण घर चलाउन लामो समयसम्म वैदेशिक रोजगारीमा गएको सुनाउँदै उनले अब भने यही कृषि कर्ममा रमाउने बताए ।

उनले भने, “मकै र कोदो लगाउने हामीले यस वर्षदेखि धानखेती गर्न पाएका छौँ, आफ्नै उत्पादनले छ महिनासम्म पनि खान नपुग्ने हामीलाई अहिले धान उत्पादन हुन थालेपछि खानका लागि समस्या नहुने भएको छ ।”

सिँचाइको व्यवस्था भएपछि आफूले २६ क्विन्टल आलु बिक्री गरिसकेको जनाउँदै उनले अझै १० क्विन्टल आलु बिक्रीका लागि तयारी भइरहेको बताए । अहिले यहाँका स्थानीयले गहुँ, मकै, तोरी, धान र तरकारी लगाउने गरेका छन् ।

रोमनटार लिफ्ट सिँचाइ जल उपभोक्ता समितिका अध्यक्ष हीरामणि चौलागाईं आफ्नो विसं २०५८ देखिको प्रयास अहिले आएर सफल भएको बताउछन् ।

सिँचाइका लागि केही स्थानमा पाइप जडानको काम बाँकी रहे पनि गत साउनदेखि आयोजनामार्फत सिँचाइका लागि पानी कृषकको घर आँगनमा आउँदा निकै हर्षित भएको उनले बताए ।

चौलागाईंले भने, “आकाशे पानीका भरमा बस्नुपर्ने हामीले अहिले सिँचाइका लागि कुनै समस्या छैन ।” चितवन भूमिगत संयोजनात्मक जल सिँचाइ आयोजनाले सिँचाइको व्यवस्था गरेसँगै यस क्षेत्रको एक सय ५० बिघा सुक्खा क्षेत्र सिञ्चित भएको उनले बताए ।

ठूलो खडेरीमा यस क्षेत्रमा मकै लगाउन नपाउने यहाँका कृषक अहिले तीन बाली खेती गर्न थालेका छन् । सिँचाइबाट दुई सय परिवारभन्दा बढी लाभान्वित भएका छन् । सिँचाइका लागि सीताकाली खोलाबाट पहाड छिचोलेर पानीको व्यवस्था गरिएको उनले बताए ।

उनले भने, “अहिले हामीले तरकारीखेती गरिरहेका छौँ, अब मकै, धानलगायत बाली समयमा नै लगाउन पाउनेछौँ ।” सिँचाइको सुविधाले जिल्ला बाहिर रहेका छोराबुहारीलाई गाउँ बोलाउने तयारीमा रहेको उनले बताए ।

चितवन भूमिगत संयोजनात्मक जल सिँचाइ आयोजनाका प्रमुख देवकुमार स्याङ्बोले खोलाको पानीलाई केन्द्रिकृत गरेर सिँचाइको व्यवस्था गरिएको बताए ।

रु एक करोड २० लाखको लागतमा पहाडमा पानी पुराउन सकिएको उनले बताए । उनले भने, “एमएस केसिङ प्रणालीबाट सिँचाइको व्यवस्था गरिएको छ ।” त्यसमा फलामको बाकस बनाएर खोलाको पानीलाई सञ्चित गरेर जमिनमुनि पाँच मिटर गहिरो खाल्डो खनी पाइपका माध्यमबाट पानी पहाडी क्षेत्रमा पुराइएको उनले जानकारी दिए ।

यस्तै मकवानपुरको मकैया गाउँपालिकामा रहेको नयाँ दमार उपभोक्ता समितिले निर्माण गरेको आयोजना र बागमती गाउँपालिकामा राईगाउँ बजार लिफ्ट सिँचाइ आयोजनाले निर्माण गरेको आयोजना पनि सम्पन्न भएका छन् ।

अन्य दुई आयोजना निर्माणको चरणमा रहेका छन् । आर्थिक वर्ष २०७९/८० को योजनाअनुसार काम गरिएको उनको भनाइ छ । पानीको अभावका कारण सिँचाइको सुविधा पाउन नसकेका जनतालाई सिँचाइको व्यवस्था मिलाएर कृषि उत्पादनमा आकर्षित गर्न लागेको उनले बताए ।

Previous Post

फिलिपिन्समा पहिरोमा परी मृत्यु हुनेको संख्या ६८ पुग्यो, ५१ अझै बेपत्ता

Next Post

काठमाडौं महानगरमा खुल्यो जागिर, सातौँ र आठौँ तहलाई आवेदन माग

सम्बन्धित खबर

एलिना चौहानको आग्रह : ‘मलाई बाँच्न दिनुस्, मेरो विगतलाई वर्तमानको परिचय नबनाइदिनुस्’
मनोरञ्जन

एलिना चौहानको आग्रह : ‘मलाई बाँच्न दिनुस्, मेरो विगतलाई वर्तमानको परिचय नबनाइदिनुस्’

१७ अशोज २०८३,
जापानको बेरोजगारी दर बढेर २.५ प्रतिशत
फिचर-ब्यानर

जापानको बेरोजगारी दर बढेर २.५ प्रतिशत

१७ अशोज २०८३,
‘राडार उपग्रह’तर्फ नेपालको बाटो
फिचर-ब्यानर

‘राडार उपग्रह’तर्फ नेपालको बाटो

१७ अशोज २०८३,
अन्तर्राष्ट्रिय सडक सञ्जालमा जोडिँदै काँकरभिट्टा-लौकही
फिचर-ब्यानर

अन्तर्राष्ट्रिय सडक सञ्जालमा जोडिँदै काँकरभिट्टा-लौकही

१७ अशोज २०८३,
नयाँ भवन ऐन दर्ता, हरेक नागरिकलाई आवास सुनिश्चित गर्ने सरकारको प्रस्ताव
फिचर-ब्यानर

नयाँ भवन ऐन दर्ता, हरेक नागरिकलाई आवास सुनिश्चित गर्ने सरकारको प्रस्ताव

१७ अशोज २०८३,
पोखराको प्याराग्लाइडिङ अब खपौदीमा अवतरण हुने, व्यवसायमा आशाको सञ्चार
फिचर-ब्यानर

पर्यटन प्रवर्द्धनका लागि पोखरा–उत्तरपूर्वी भारतबीच ‘बीटूबी’ कार्यक्रम

१७ अशोज २०८३,
Load More
Next Post
काठमाडौंका १५ पुल झकिझकाउ पार्दै महानगर

काठमाडौं महानगरमा खुल्यो जागिर, सातौँ र आठौँ तहलाई आवेदन माग

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In