• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Thursday, June 25, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    उपराष्ट्रपति यादव स्वागत समारोहमा सहभागी

    उपराष्ट्रपति यादव स्वागत समारोहमा सहभागी

    भेनेजुएलामा शक्तिशाली भूकम्प

    भेनेजुएला भूकम्प अपडेट : ३२ जनाको मृत्यु

    ज्येष्ठ शुक्ल एकादशीः घरका मठमा तुलसीको दल राखिँदै

    ज्येष्ठ शुक्ल एकादशीः घरघरका मठमा तुलसीको दल राखिँदै

    यात्रुका मागका आधारमा टरिगाउँ विमानस्थलबाट उडान

    टरिगाउँ विमानस्थलका लागि २५ करोड

    मौद्रिक नीति लगानी र उत्पादनमैत्री बनाउन चेम्बरको आग्रह

    मौद्रिक नीति लगानी र उत्पादनमैत्री बनाउन चेम्बरको आग्रह

    वीरगञ्जलाई विरुप बनाउने तार हटाइँदै

    गर्मी बढेपछि वीरगञ्जका सबै विद्यालय चार दिन बिदा

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

ओझेलमा पर्दै ‘प्रत्यक्ष लोक दोहोरी’

by
२९ माघ २०८०,
0
ओझेलमा पर्दै ‘प्रत्यक्ष लोक दोहोरी’
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

म्याग्दी। म्याग्दीकी अग्रज कलाकार धनकुमारी थापालाई आजभोलिका मेला, महोत्सव खल्लो लाग्छ । परम्परागत रूपमा लाग्ने मेलाको मुख्य आकर्षण ‘प्रत्यक्ष लोक दोहोरी’ प्रतिपर्धा हुने भए पनि आजभोलिका मेला, महोत्सवको रौनकता रेकर्ड भएका गीत सङ्गीतमा सीमित हुन थालेको उनको भनाइ छ ।

म्याग्दी, बागलुङ, पर्वत र मुस्ताङसँगै राष्ट्रियस्तरका लोक दोहोरीमा समेत थुप्रै पटक पुरस्कार हात पार्न सफल ६४ वर्षीया थापाले रेकर्ड भएका सङ्गीतमा गीत गाउने र रेकर्ड गरिएका सङ्गीतको ट्र्याकमा गीत गाउने प्रचलनले नेपाली मौलिक संस्कृतिको रूपमा रहेको प्रतियोगितात्मक प्रत्यक्ष लोक दोहोरी गीत ओझेलमा परेको बताइन् ।

उनले चाडपर्वलाई लक्षित गरेर आयोजना हुने मेला, महोत्सवमा परम्परागत लोक दोहोरीको रौनक हराएर जान थालेको गुनासो गरिन् । ‘परम्परागत रूपमा मेला पर्वका सांस्कृतिक कार्यक्रममा प्रत्यक्ष लोकदोहोरी पहिलो प्राथमिकतामा पर्ने गर्थ्यो । लोक दोहोरीलाई धेरैले रुचाउने गर्थे,’ उनले भनिन् । दोहोरी गाउने कलाकारले मेला पर्वबाटै आफ्नो प्रतिभा प्रस्फुटन र पहिचान गर्ने अवसर पाउने गरेकोमा पछिल्लो समय लोक दोहोरी गाउने र वाद्यवाधन बजाउने सीप हराउँदै गएको अग्रज गायिका थापा बताउँछिन् ।

प्रत्यक्ष दोहोरीमा माया प्रेम, सदभाव, नाता सम्वन्ध, घरदेखि अन्यका कथा सुनेर मनोरञ्जन लिन टाढा टाढाबाट आएका सर्वसाधारणले दोहोरीका सवाल–जवाफ र घोचपेचलाई छलफल र बहसको विषयसमेत बनाउने गरेको उनी स्मरण गर्छिन् । थापाले सालैजो, अबिजाले मायाँ, साइलो भाकालगायतका आधा दर्जन बढी म्याग्दी जिल्लालाई चिनाउने गीतसमेत रेकर्ड गराएकी छन् ।

बेनी–६ का अग्रज लोक दोहोरी कलाकार कृष्ण पौडेलले प्रत्येक्ष दोहोरी गाउने संस्कृति गाउँबाट लोप हुँदै गएको बताए । ‘म शिक्षणको क्रममा घर छाडेर अर्मन पुगेपछि दोहोरी गाउन सिकेको हुँ, त्यहाँ टोल टोलमा रोदी बस्ने चलन थियो, रेडियोमा बज्ने गीत सुनेर रोधिमा गाउँदागाउँदै गीतबाट जवाफ फर्काउन सक्ने क्षमता विकास भएको थियो, स्थानीय, अञ्चलस्तर हुँदै राष्ट्रियस्तरका प्रतियोगितामा पनि हामीले धेरै पुरस्कार जितेका थियौँ’, उनले भने ।

तत्कालीन समयमा मेला पर्वमा प्रतियोगी लोक दोहोरीसँगै रातभर रोधि बसेर गाउने चलनसमेत थियो । म्याग्दीमा हरेक वर्ष एक सय बढी ठाउँमा मेला पर्व, महोत्सव आयोजना हुने गर्छन् । तर मेला महोत्सवमा स्थानीय लोक दोहोरी प्रतियोगिता वीरलै मात्रामा आयोजना हुने गरेका छन् । म्याग्दी लोक दोहोरीमा उर्वर भूमिको रुपमा समेत चिनिन्छ ।

मौलिक मनोरञ्जन, प्रतिभाको पहिचान र प्रस्फुटनमा परम्परागत रूपमा हुने प्रत्यक्ष दोहोरी प्रतियोगिताको भूमिका महत्वपूर्ण रहेको राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानका गण्डकी प्रदेश सदस्य अमित विश्वकर्मा बताउँछन् । ‘मेला महोत्सवमा स्टेज प्रस्तुतिको व्यापकता बढेको छ, परम्परागत रुपमा हुँदै आएको लाइभ दोहोरीको संस्कृति ओझेलमा पर्दै गएको छ, तर पछिल्लो समय म्याग्दीमा त्यसको खोजी र संरक्षणमा चासो पनि उत्तिकै बढेको पाएको छु’, उनले भने ।

हालै बेनीमा महिला उद्यम विकास समितिले आयोजना गरेको जिल्लास्तरीय खुला दोहोरी गीत प्रतियोगितामा विभिन्न १० समूहले सहभागिता जनाएका थिए । उक्त प्रतियोगितामा नयाँनयाँ कलाकारले राखेको दोहोरी घम्साघम्सीले दोहोरी गाउने प्रतिभा जिल्लामा प्रस्फुटन र पहिचानको पर्खाइमा रहेको पुष्टि हुने उनको भनाइ छ ।

Previous Post

घरबास अनुदानमा कडाइ

Next Post

मुग्लिन–पोखरा सडक विस्तारः पोखरामा कालोपत्र सुरु

सम्बन्धित खबर

उपराष्ट्रपति यादव स्वागत समारोहमा सहभागी
आवाज

उपराष्ट्रपति यादव स्वागत समारोहमा सहभागी

११ असार २०८३,
भेनेजुएलामा शक्तिशाली भूकम्प
अन्तर्राष्ट्रिय

भेनेजुएला भूकम्प अपडेट : ३२ जनाको मृत्यु

११ असार २०८३,
ज्येष्ठ शुक्ल एकादशीः घरका मठमा तुलसीको दल राखिँदै
आवाज

ज्येष्ठ शुक्ल एकादशीः घरघरका मठमा तुलसीको दल राखिँदै

११ असार २०८३,
यात्रुका मागका आधारमा टरिगाउँ विमानस्थलबाट उडान
आर्थिक

टरिगाउँ विमानस्थलका लागि २५ करोड

११ असार २०८३,
मौद्रिक नीति लगानी र उत्पादनमैत्री बनाउन चेम्बरको आग्रह
आर्थिक

मौद्रिक नीति लगानी र उत्पादनमैत्री बनाउन चेम्बरको आग्रह

११ असार २०८३,
वीरगञ्जलाई विरुप बनाउने तार हटाइँदै
आवाज

गर्मी बढेपछि वीरगञ्जका सबै विद्यालय चार दिन बिदा

११ असार २०८३,
Load More
Next Post
मुग्लिन–पोखरा सडक विस्तारः पोखरामा कालोपत्र सुरु

मुग्लिन–पोखरा सडक विस्तारः पोखरामा कालोपत्र सुरु

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In