• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Monday, August 3, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    धनुषा कर्फ्युः बिहान ६ः०० देखि ८ः०० बजेसम्म अत्यावश्यक सामग्री खरिद गर्न पाइने

    धनुषामा निषेधाज्ञा आज बिहानदेखि हटाइने

    धार्मिक पर्यटकलाई लोभ्याउँदै सिसमहल

    धार्मिक पर्यटकलाई लोभ्याउँदै सिसमहल

    डलर साट्दै हुनुहुन्छ ? यस्ताे छ आजको विदेशी मुद्राको विनिमय दर

    कति छ आजको लागि विदेशी मुद्राको विनिमय दर ?

    बेनी–जोमसोम र बेनी–दरबाङ सडकमा रातिमा सवारी आवागमन बन्द

    बेनी–जोमसोम र बेनी–दरबाङ सडकमा रातिमा सवारी आवागमन बन्द

    सुस्ता तटबन्ध विवाद समाधानका लागि नेपाल–भारतबीच आज पुनः छलफल

    सुस्ता तटबन्ध विवाद समाधानका लागि नेपाल–भारतबीच आज पुनः छलफल

    नारायणगढ–मुग्लिन सडकको नाम्सी पुलमा पहिरो, यातायात सेवा प्रभावित

    नारायणगढ–मुग्लिन सडकको नाम्सी पुलमा पहिरो, यातायात सेवा प्रभावित

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

रामजानकी मन्दिरका भौतिक संरचना जीर्ण

by
२७ माघ २०८०,
0
रामजानकी मन्दिरका भौतिक संरचना जीर्ण
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

कञ्चनपुर– शुक्लाफाँटा नगरपालिका–११ अमरपुरस्थित रामजानकी मन्दिरका भौतिक संरचना मर्मतसम्भारको अभावमा जीर्ण बन्दै जान थालेका छन् । स्थानीय बासिन्दाले तीन दशकअघि चन्दा संकलन गरी सो मन्दिर निर्माण गरेका थिए ।

मन्दिरको जीर्णोद्धार गर्नका लागि आर्थिक अभाव भएको रामजानकी धार्मिक पर्यटकीय विकास समितिका अध्यक्ष लालबहादुर ऐरले बताए।

‘मन्दिरको गुम्बजमा लगाइएको प्लास्टर खस्न थालेको छ,’ उनले भने ‘प्लास्टर खसेर सरिया देखिन थालेका छन्, समितिसँग मर्मत–सम्भार गर्नका लागि आवश्यक रकम छैन ।’

उनका अनुसार स्थानीय समाजसेवीको पहलमा मन्दिर परिसरमा निर्माण गरिएको एक सय आठ शिवलिङ्ग रहेको चक्रव्यूह मर्मत–सम्भारका पर्खाइमा रहेको छ । मन्दिरको जीर्णोद्धार गरिदिनका लागि नगरपालिका सहितका दातृ निकायलाई आग्रह गरिएको उनले बताए। मन्दिरलगायत अन्य धार्मिक आस्थाका भौतिक संरचना मर्मत–सम्भार नगरिए दुर्घटना निम्तिन सकिने उनको भनाइ छ ।

नगरप्रमुख रणबहादुर महराले चालु आर्थिक वर्षको बजेटमा रामजानकी मन्दिरका लागि रु तीन लाख बजेट विनियोजन गरिएको जानकारी दिए । मन्दिर व्यवस्थापन समितिले निर्णय गरी मन्दिर जीर्णोद्धार वा कुन क्षेत्रमा बजेट खर्च गर्ने भन्नेबारे निर्णय गरी भौतिक संरचना मरमत गरिने बताए।

समितिका अध्यक्ष ऐरका अनुसार मन्दिरको संरक्षणमा रहेको जग्गा समेत अतिक्रमणको चपेटामा परेको छ । अतिक्रमणकारीहरुले सालको सुकेको रूख घेरेर टिनको अस्थायी पर्खाल निर्माण गरेका छन् । तीन वर्षअघि देखि जग्गा अतिक्रमण गरी पक्की घरहरु निर्माण गरिएका छन ।

शुक्लाफाँटा–११ वडाअध्यक्ष शेर बहादुर साउदले तत्काल अतिक्रमण हटाउनका लागि अतिक्रमण गर्नेहरूलाई मन्दिर समितिका पदाधिकारीको रोहवरमै कार्यकक्षमै बोलाएर भनिसकिएको जानकारी दिए ।

अतिक्रमण तत्काल हटाउने सहमति गरे पनि अतिक्रमण अहिलेसम्म हटाइएको भने छैन । मन्दिरमा मङ्सिरदेखि असार महिनासम्म विवाह, व्रतबन्ध गर्नेहरुको घुइँचो लाग्ने गर्दछ । दिनमा दुईदेखि तीनवटासम्म विवाह, व्रतबन्ध गर्ने व्यक्तिहरूको समूह मन्दिरमा पुग्ने गर्दछन् ।

समितिले विवाह, व्रतबन्ध गर्नेहरूलाई आवश्यक भाँडाकुँडा, खानेपानी, शौचालय, विवाहमण्डपलगायत व्यवस्था मिलाउने गर्दछ ।व्यवस्था मिलाएबापत समितिलाई विवाह, व्रतबन्ध गर्नेहरूले रु दुई हजार पाँच सय २५ शुल्क बुझाउनुपर्ने नियम बनाइएको छ । शुल्कबापत उठेको रकम मन्दिर परिसरको सरसफाइ, पुजारीलाई दक्षिणा दिनमै ठिक्क हुने गरेको अध्यक्ष ऐरको भनाइ छ ।

गत आवमा नगरपालिकाको रु सात लाख बजेटमा निर्माण सुरु गरिएको तीनकोठे भवनको छत ढलान गरिएको छ । छत ढलानपछि भवनमा झ्याल ढोका, पर्खाल, प्लास्टर, फर्स ढलानलगायत कार्य आवश्यक बजेट अभाव हुँदा निर्माणको कार्य अगाडि बढ्न नसकेको अध्यक्ष ऐरले बताए । मन्दिर एक बिघा १७ कट्ठा क्षेत्रफलमा फैलिएको छ । मन्दिर स्थानीय समाजसेवीको पहलमा २०५२ सालमा स्थापना गरिएको हो ।

Previous Post

पतिसँग अलग भइन् इशा देओल

Next Post

‘एक्स्ट्रोसन’ मुद्दामा पक्राउ परेका आरोपीको डायरीमा प्रचण्ड, ओली र देउवाको नाम

सम्बन्धित खबर

धनुषा कर्फ्युः बिहान ६ः०० देखि ८ः०० बजेसम्म अत्यावश्यक सामग्री खरिद गर्न पाइने
आर्थिक

धनुषामा निषेधाज्ञा आज बिहानदेखि हटाइने

१८ साउन २०८३,
धार्मिक पर्यटकलाई लोभ्याउँदै सिसमहल
समाचार

धार्मिक पर्यटकलाई लोभ्याउँदै सिसमहल

१८ साउन २०८३,
डलर साट्दै हुनुहुन्छ ? यस्ताे छ आजको विदेशी मुद्राको विनिमय दर
आर्थिक

कति छ आजको लागि विदेशी मुद्राको विनिमय दर ?

१८ साउन २०८३,
बेनी–जोमसोम र बेनी–दरबाङ सडकमा रातिमा सवारी आवागमन बन्द
फिचर-ब्यानर

बेनी–जोमसोम र बेनी–दरबाङ सडकमा रातिमा सवारी आवागमन बन्द

१८ साउन २०८३,
सुस्ता तटबन्ध विवाद समाधानका लागि नेपाल–भारतबीच आज पुनः छलफल
फिचर-ब्यानर

सुस्ता तटबन्ध विवाद समाधानका लागि नेपाल–भारतबीच आज पुनः छलफल

१८ साउन २०८३,
नारायणगढ–मुग्लिन सडकको नाम्सी पुलमा पहिरो, यातायात सेवा प्रभावित
फिचर-ब्यानर

नारायणगढ–मुग्लिन सडकको नाम्सी पुलमा पहिरो, यातायात सेवा प्रभावित

१८ साउन २०८३,
Load More
Next Post
‘एक्स्ट्रोसन’ मुद्दामा पक्राउ परेका आरोपीको डायरीमा प्रचण्ड, ओली र देउवाको नाम

‘एक्स्ट्रोसन’ मुद्दामा पक्राउ परेका आरोपीको डायरीमा प्रचण्ड, ओली र देउवाको नाम

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In