दाङ, दाङको दंगीशरणमा एक जनाको शव फेला परेको छ। दंगीशरण गाउँपालिका( ३ एकलीमा मृत अवस्थामा एक जनाको शव फेला परेको प्रहरीले बताएको छ।
उक्त शव दंगीशरण गाउँपालिका वडा नं। ६ निवासी ३५ वर्षीय किमन्द्र बुढाको रहेको प्रहरीले जानकारी दिएको छ।
बुढा गत ४ दिनदेखि सम्पर्कविहीन भएका थिए। स्थानीयले आइतबार बिहान शव फेला पारेपछि प्रहरीलाई खबर गरेका थिए।













