काठमाडौं, कोरियामा काम गर्न जानेहरूका लागि नेपाल सरकारले कोरियन भाषा परीक्षाको आवेदन खुलाएको छ ।
नेपाल सरकार र गणतन्त्र कोरियाबिच भएको नेपाली नागरिकलाई कामदारका रुपमा पठाउने सम्झौता अनुरुप कामदार छनोट गर्न कोरिया भाषा परीक्षा सञ्चालन हुने गर्दछ ।
वैदेशिक रोजगार विभाग अन्तर्गतको इपीएस कोरिया शाखाले जारी गरेको सूचना अनुसार इच्छुकले पुस ४ गते सोमबार देखि ८ गते शुक्रबारसम्म आवेदन दिन सक्नेछन् ।













