• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Thursday, March 19, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    पर्यटन प्रवर्द्धनका लागि ‘हात्तीदह वनस्टे’ सञ्चालनमा

    पर्यटन प्रवर्द्धनका लागि ‘हात्तीदह वनस्टे’ सञ्चालनमा

    मन्त्रालयका भित्तामा सुशासन कुरिरहेका योद्धाहरु

    मन्त्रालयका भित्तामा सुशासन कुरिरहेका योद्धाहरु

    म्याग्दीको रायखोर र कोटगाउँमा खेलमैदान निर्माण

    म्याग्दीको रायखोर र कोटगाउँमा खेलमैदान निर्माण

    बुबाको पेसालाई पछ्याउँदै सफल डेरी उद्यागी बनेका योगेन्द्र

    बुबाको पेसालाई पछ्याउँदै सफल डेरी उद्यागी बनेका योगेन्द्र

    टीकाको दोस्रो दिन आज पनि मान्यजन र आफन्तबाट टीका र आर्शिवाद थाप्ने क्रम जारी

    चैत्र शुक्ल पक्षः आज चैते दसँैको घटस्थापना

    सुनको मूल्य घट्यो

    सुनचाँदीकोे मूल्य आज पनि घट्यो

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
  • गृह
  • समाचार
    पर्यटन प्रवर्द्धनका लागि ‘हात्तीदह वनस्टे’ सञ्चालनमा

    पर्यटन प्रवर्द्धनका लागि ‘हात्तीदह वनस्टे’ सञ्चालनमा

    मन्त्रालयका भित्तामा सुशासन कुरिरहेका योद्धाहरु

    मन्त्रालयका भित्तामा सुशासन कुरिरहेका योद्धाहरु

    म्याग्दीको रायखोर र कोटगाउँमा खेलमैदान निर्माण

    म्याग्दीको रायखोर र कोटगाउँमा खेलमैदान निर्माण

    बुबाको पेसालाई पछ्याउँदै सफल डेरी उद्यागी बनेका योगेन्द्र

    बुबाको पेसालाई पछ्याउँदै सफल डेरी उद्यागी बनेका योगेन्द्र

    टीकाको दोस्रो दिन आज पनि मान्यजन र आफन्तबाट टीका र आर्शिवाद थाप्ने क्रम जारी

    चैत्र शुक्ल पक्षः आज चैते दसँैको घटस्थापना

    सुनको मूल्य घट्यो

    सुनचाँदीकोे मूल्य आज पनि घट्यो

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
Metakhabar
No Result
View All Result

यी हुन् कांग्रेसबाट चुनाव जित्नेमा १६ नयाँ अनुहार

by
१२ मंसिर २०७९,
0
यी हुन् कांग्रेसबाट चुनाव जित्नेमा १६ नयाँ अनुहार
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ ।सत्तारुढ दल नेपाली कांग्रेसबाट प्रतिनिधिसभामा प्रत्यक्षतर्फ १६ नयाँ अनुहारले चुनाव जितेका छन् । पार्टीमा लोकप्रिय र स्थापित भइसकेका नेताहरूसहित जिल्लास्तरका नेता गरी यसपटक कांग्रेसबाट चुनाव जितेर १६ जना नयाँ अनुहारले संसदीय यात्रा तय गरेका छन् ।

अहिलेसम्म कांग्रेसले जितेका ५३ मध्ये ३७ जना भने प्रत्यक्ष वा समानुपातिकबाट यसअघि नै संसद्को अनुभव संगालिसकेका नेताहरू छन् । पहिलो पटक संसदीय यात्रा तय गर्नेमा महामन्त्री विश्वप्रकाश शर्मादेखि २९ वर्षे योगेश गौचनसम्म छन् । यसपटक पाँच जना जिल्ला सभापति र एक क्षेत्रीय सभापतिले पनि चुनाव जितेका छन् ।

तेस्रो प्रयासमा चुनाव जितेका महामन्त्री शर्मा पहिलो पटक संसद् प्रवेश गर्दैछन् । उनी झापा–१ बाट निर्वाचित भएका हुन् । उनी ०७० र ०७४ मा पनि त्यही क्षेत्रबाट उम्मेदवार थिए । तर यसपटक पार्टीको लोकप्रिय महामन्त्रीको रुपमा समेत रहेका शर्माले फराकिलो अन्तरसहित चुनाव जितेर संसद् प्रवेश गरेका छन् ।

उनले झापा–१ मा नेकपा एमालेका अग्नि खरेललाई १४ हजार २७५ मतान्तरले पराजित गरेका छन् । शर्माले ३९ हजार ६२४ मत ल्याउँदा खरेलले २५ हजार ३४९ मत पाए ।

अर्का युवा नेता प्रदीप पौडेलले भने पहिलो प्रयासमै संसद्को यात्रा तय गरेका छन् । उनी ०७४ मा प्रदेशसभा सदस्यमा लडेका थिए । तनहुँका पौडेल त्यहीबाट चुनाव लड्न प्रयासरत थिए । तर, अन्य हृभीवेट नेताले तनहुँका दुवै क्षेत्रमा दाबी नछोड्दा काठमाडौं–५ बाट उम्मेदवार बनेका पौडेलले पहिलो प्रयासमै संसद्को यात्रा तय गरेका हुन् । उनले नेकपा एमालेका वरिष्ठ नेता ईश्वर पोखरेललाई ५ हजार ६२ मतान्तरले पराजित गरे । पौडेलले १५ हजार २३७ मत ल्याउँदा पोखरेलले १० हजार १७५ मत पाए ।

पर्यटन व्यवसायी समेत रहेका केन्द्रीय सदस्य राजेन्द्र बजगाईले गोरखा–१ बाट चुनाव जितेका छन् । बजगाई पनि पहिलो पटक संसद् प्रवेश गर्दैछन् । बजगाईले नेकपा एमालेका रामशरण बस्नेतलाई १६ हजार ६४३ मतान्तरले पराजित गरे । उनले ३३ हजार ४२८ मत ल्याउँदा बस्नेतले १६ हजार ७८५ मत पाएका थिए ।

अर्का केन्द्रीय सदस्य श्यामकुमार घिमिरले पनि चुनाव जितेर संसद्को यात्रा तय गरेका छन् । उनले सिन्धुली–१ मा एमालेका प्रदीपकुमार कटुवालाई ४ हजार ८४५ मतान्तरले पराजित गरेका हुन् । घिमिरेले ३० हजार ३९१ मत ल्याए भने कटुवालले २५ हजार ५४६ मत पाएका छन् ।

भक्तपुर, मुगु, म्याग्दी, अछाम र रामेछाप कांग्रेसका सभापतिहरूले पनि पहिलो पटक संसदीय यात्रा तय गरेका छन् । दोस्रो पटक भक्तपुर सभापति रहेका दुर्लभ थापाले पहिलो प्रयासमै चुनाव जिते, र यहीपटक संसद्को यात्रा तय गरेका छन् । उनले नेकपा एमालेका महेश बस्नेतलाई ९५७ मतान्तरले पराजित गरेका थापाले २४ हजार २३९ मत ल्याएर जिते भने बस्नेतले २३ हजार २८२ मत पाए ।

मुगुका जिल्ला सभापति ऐनबहादुर शाहीले जितेका छन् । उनी दोस्रो पटक उम्मेदवार बनेका थिए । उनले नेकपा एमालेका राजबहादुर कार्कीलाई ३ हजार ९९४ मतान्तरले पराजित गर्दै संसद्को यात्रा तय गरेका हुन् ।

शाहीले १४ हजार ७०२ मत पाए भने कार्कीले १० हजार ७०८ मत ल्याए । त्यस्तै, निर्माण व्यवसायी समेत रहेका रामेछापका जिल्ला सभापति पूर्णबहादुर तामाङले पनि यसपटक चुनाव जिते । ०७० मा पार्टीको समानुपातिक बन्द सूचीमा परेका उनी ०७४ मा भने प्रत्यक्षतर्फ प्रत्यासी थिए । उनले पनि दोस्रो प्रयासमा परिणाम निकालेका हुन् । यसपटक उनले एमालेका कैलाश ढुंगेललाई १६ हजार २६९ मतान्तरले पराजित गरे । तामाङले ४७ हजार ९८ मत ल्याएका छन् भने ढुंगेलले ३० हजार ७२९ मत पाएका छन् ।

उता अछामका सभापति पुष्पबहादुर शाहले पनि दोस्रो प्रयासमै संसद्को यात्रा तय गरेका हुन् । शाहले नेकपा एमालेका यज्ञबहादुर बोगटीलाई ६ हजार ८४० मतान्तरले पराजित गरेका हुन् । यसअघि ०७४ मा भने बोगटीले शाहलाई पराजित गरेका थिए । यसपटक शाहले २२ हजार ९५४ मतसहित जितेका हुन् । बोगटीले १६ हजार ११४ मत ल्याए ।

म्याग्दीका सभापति खमबहादुर गर्बुजाले पनि चुनाव जितेका छन् । गर्बुजाले एमालेका हरिकृष्ण श्रेष्ठलाई ३ हजार ८३२ मतान्तरले जितेका हुन् । उनले २४ हजार २१ मत पाएका छन् भने श्रेष्ठले २० हजार १८९ मत ल्याएका छन् ।

कांग्रेसबाट निर्वाचित भएकामध्ये सबैभन्दा कान्छा सांसद् हुन् मुस्ताङका योगेश गौचन थकाली । २९ वर्षीय उनी युवा जोस् र जाँगरसहित संसद् प्रवेश गर्दैछन् । योगेशले ९१४ मतान्तरसहित एमालेका प्रेम तुलाचनलाई पराजित गरेका छन् । उनले ३ हजार ९९२ मत ल्याउँदा तुलाचनले ३ हजार ७८ मत ल्याए ।

यसअघि काठमाडौंको गोकर्णेश्वर नगरपालिकाको मेयर रहेका सन्तोष चालिसे काठमाडौं–३ बाट निर्वाचित भएका छन् । मेयर हुँदा लोकप्रिय काम गरेका चालिसेले एमालेका कृष्णकुमार राईलाई ३ हजार ९६२ मतान्तरले पराजित गरेका छन् । चालिसेले १५ हजार १५८ मत ल्याउँदा राईले ११ हजार १९६ मत पाएका छन् ।

दैलेख–२ बाट दिक्पालकुमार शाहीले संसद्को यात्रा तय गरेका छन् । उनी यसअघि प्रदेशसभा सदस्यमा निर्वाचित भएका थिए । एकपटक प्रदेश सांसद्कोरुपमा काम गरेका उनी यसपटक प्रतिनिधिसभामा निर्वाचित भएका हुन् । उनले १५३ मतान्तरले एमालेका लक्ष्मीप्रसाद पोखरेललाई हराएका हुन् । शाहीले २० हजार १५८ मत पाउँदा पोखरेलले २० हजार ५ मत पाएका छन् ।

उता सप्तरीमा ०५४ मै जिल्ला विकास समितिको सभापति भएर काम गरेका दिनेशकुमार यादवले चौथो प्रयासमा संसद्को यात्रा तय गरेका छन् । उनले सप्तरी–३ बाट चुनाव जितेका हुन् । उनी यसअघि तीन पटक यही क्षेत्रबाट उम्मेदवार थिए । यसपटक भने उनले एमालेका ताराकान्त चौधरीलाई ३ हजार ८६६ मतान्तरले पराजित गरेका हुन् । यादवले २६ हजार १६६ मत ल्याउँदा चौधरीले २२ हजार ३०० मत पाएका छन् ।

नवलपरासी पुर्व–२ बाट विष्णुकुमार कार्की विजयी भएका छन् । उनी पनि पहिलो पटक संसद्को यात्रा तय गर्न सफल भएका छन् । ०७४ मा पराजित उनले यसपटक भने एमालेका तिलकबहादुर महत क्षेत्रीलाई ५९४ मतान्तरले हराए । कार्कीले ३० हजार ५६८ मत ल्याउँदा क्षेत्रीले २९ हजार ९७४ मत पाए ।

कैलाली कांग्रेसका पुर्वजिल्ला सभापति डिल्लीराज पन्त कैलाली–५ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् । उनी यसअघि प्रदेशसभा सदस्य थिए । पन्तले एमालेका निवर्तमान सांसद् नारदमुनि रानालाई १ हजार ७३ मतान्तरले पराजित गरेका हुन् । पन्तले २१ हजार ३९१ मत ल्याए भने रानाले २० हजार ३१८ मत पाए । रानाले ०७४ मा कांग्रेस नेता आरजु राणालाई पराजित गरेका थिए ।

चर्चित व्यवसायी एवम् मेडिकल सञ्चालक सुनिलकुमार शर्माले पनि यसपटक संसद्को यात्रा तय गरेका छन् । मोरङ–३ बाट निर्वाचित उनी ०७४ मा पनि उम्मेदवार थिए । त्यसबेला एमालेका भानुभक्त ढकालसँग पराजित भएका शर्माले यसपटक उनै ढकाललाई २२ हजार ७३६ मतान्तरले हराएका छन् ।

शर्माले ४८ हजार ६३१ मत ल्याउँदा ढकालले २५ हजार ८९५ मत पाए ।

Previous Post

निर्वाचित सांसद भाडाकै भवनमा

Next Post

रौतहट नगएको भए मलाई नै हराउने रहेछन्ः माधव नेपाल

सम्बन्धित खबर

पर्यटन प्रवर्द्धनका लागि ‘हात्तीदह वनस्टे’ सञ्चालनमा
आर्थिक

पर्यटन प्रवर्द्धनका लागि ‘हात्तीदह वनस्टे’ सञ्चालनमा

५ चैत्र २०८२,
मन्त्रालयका भित्तामा सुशासन कुरिरहेका योद्धाहरु
आर्थिक

मन्त्रालयका भित्तामा सुशासन कुरिरहेका योद्धाहरु

५ चैत्र २०८२,
म्याग्दीको रायखोर र कोटगाउँमा खेलमैदान निर्माण
आर्थिक

म्याग्दीको रायखोर र कोटगाउँमा खेलमैदान निर्माण

५ चैत्र २०८२,
बुबाको पेसालाई पछ्याउँदै सफल डेरी उद्यागी बनेका योगेन्द्र
आर्थिक

बुबाको पेसालाई पछ्याउँदै सफल डेरी उद्यागी बनेका योगेन्द्र

५ चैत्र २०८२,
टीकाको दोस्रो दिन आज पनि मान्यजन र आफन्तबाट टीका र आर्शिवाद थाप्ने क्रम जारी
आर्थिक

चैत्र शुक्ल पक्षः आज चैते दसँैको घटस्थापना

५ चैत्र २०८२,
सुनको मूल्य घट्यो
आर्थिक

सुनचाँदीकोे मूल्य आज पनि घट्यो

५ चैत्र २०८२,
Load More
Next Post
माधव नेपाललाई कारबाही गर्न प्रहरीलाई पत्राचार

रौतहट नगएको भए मलाई नै हराउने रहेछन्ः माधव नेपाल

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In