• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Sunday, June 28, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    मोदी गाउँपालिकाले स्लेटखानी सञ्चालन गर्दै

    मोदी गाउँपालिकाले स्लेटखानी सञ्चालन गर्दै

    पोर्चुगललाई बराबरीमा रोकेर समूह विजेता बन्यो कोलम्बिया

    पोर्चुगललाई बराबरीमा रोकेर समूह विजेता बन्यो कोलम्बिया

    यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर

    आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

    एक साता स्थगित भएको प्रतिनिधिसभा बैठक आज बस्दै

    एक साता स्थगित भएको प्रतिनिधिसभा बैठक आज बस्दै

    राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

    राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

    यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर

    यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
  • गृह
  • समाचार
    मोदी गाउँपालिकाले स्लेटखानी सञ्चालन गर्दै

    मोदी गाउँपालिकाले स्लेटखानी सञ्चालन गर्दै

    पोर्चुगललाई बराबरीमा रोकेर समूह विजेता बन्यो कोलम्बिया

    पोर्चुगललाई बराबरीमा रोकेर समूह विजेता बन्यो कोलम्बिया

    यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर

    आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

    एक साता स्थगित भएको प्रतिनिधिसभा बैठक आज बस्दै

    एक साता स्थगित भएको प्रतिनिधिसभा बैठक आज बस्दै

    राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

    राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

    यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर

    यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
Metakhabar
No Result
View All Result

क्यान्सर रोग लाग्दैमा डराउनुपर्दैन ‘समयमै उपचार गरे क्यान्सर निको हुन्छ’

by
२१ माघ २०८०,
0
क्यान्सर रोग लाग्दैमा डराउनुपर्दैन ‘समयमै उपचार गरे क्यान्सर निको हुन्छ’
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । समयमा उपचार गर्न सके क्यान्सर रोग निको हुने चिकित्सक बताउँछन् । क्यान्सर लागेपछि यसको पहिचान समयमा नै गर्न सके सफल उपचार भई बिरामीलाई मृत्युबाट बचाउन सकिने चिकित्सक बताउँछन् ।

क्यान्सर रोग प्रारम्भिक चरणमा पहिचान भएर उपचार गरे जस्तोसुकै क्यान्सर पनि निको हुने पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका क्यान्सर रोग विशेषज्ञ डा अरुण शाहीले बताए । ‘समयमा नै क्यान्सर पहिचान गर्न सके निको हुन्छ‘, उनले भने, ‘क्यान्सरका चार चरण ९स्टेज० रहेका छन् । शून्यदेखि तीन स्टेजसम्मको क्यान्सर केही हदसम्म निको पार्न सकिन्छ ।‘ पहिचान लगत्तै उपचार नगराउँदा रोग फैलिएर मानिसको मृत्यु हुने गरेको डा शाहीले बताए । उनका अनुसार नेपालमा वर्षेनी २५ हजार क्यान्सरका नयाँ बिरामीको पहिचान हुने भन्दै करिब १५ हजारको क्यान्सरका कारण मृत्यु हुने गरेको तथ्याङ्क रहेको छ ।

क्यान्सर रोग लाग्दैमा डराउनुपर्दैन
पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका क्यान्सर रोग विशेषज्ञ डा शाहीले भने, ‘फोक्सोको सानो क्षेत्रमा मात्र क्यान्सर भएर शरीरको अन्य भागमा गएको छैन भने त्यसलाई चरण–शून्य, अलिकति क्यान्सर बढेर गयो भने चरण–एक, फोक्सामा अलि धेरै क्यान्सर फैलियो भने चरण–दुई, फोक्सोबाट काखीसम्म गएर गिर्खा आएको छ भने चरण–तीन र त्यहाँबाट अर्को अङ्ग कलेजो वा पेटमा गयो भने चरण–चार भनिन्छ ।‘

क्यान्सर एक ठाउँबाट सरेर अर्को ठाउँमा गयो भने खतरनाक हुने डा शाहीको भनाइ थियो । शरीरका अन्य अङ्गसम्म नसर्ने बेलासम्म क्यान्सरलाई उपचार गर्न सकिने भन्दै क्यान्सर लाग्दैमा डराउनु नपर्ने उनलेले बताए ।

भक्तपुर क्यान्सर अस्पतालका क्यान्सर रोग विशेषज्ञ डा उज्ज्वल चालिसेले क्यान्सर एक ठाउँबाट अर्को ठाउँमा फैलिएपछि उपचार गर्न गाह्रो हुने भन्दै समयमा नै पहिचान भए उपचार सम्भव हुने बताए । उनलेले प्रि–क्यान्सर ९क्यान्सर पूर्वको अवस्था० मा खासै लक्षण नहुने भएकाले मानिसले यो रोग लागेको थाहा नपाउने बताए ।

‘क्यान्सरको सुरुको चरणमा शरीर नदुख्ने भएकाले थाहा पाइदैन । त्यसैले यसलाई झुक्काउने रोग पनि भनिन्छ’, डा चालिसेले भने, ‘शरीर नदुख्ने भएपछि बिरामीले पनि आफूलाई केही नभएको अनुभव गर्दछन् । जब क्यान्सर फैलिन थाल्छ अनि बिरामीले दुखेको महसुस गर्ने हुँदा रोग लागेको थाहा पाउँछन् ।’

पहिलो चरणमा बिरामीले क्यान्सर भएको थाहा पाएमा ९० प्रतिशत निको हुने, दोस्रो चरणमा ७० प्रतिशत र तेस्रो चरणमा प्रवेश गरेको क्यान्सरको उपचार गर्दा ५० प्रतिशत निको हुने सम्भवना रहने भक्तपुर क्यान्सर अस्पतालका क्यान्सर रोग विशेषज्ञ डा चालिसेले जानकारी दिनुभयो । उनलेले जति छिटो रोग पत्ता लगाउन सक्यो त्यति नै चाँडो उपचार गरेर निको हुने बताए ।

क्यान्सर हरेक अङ्गमा हुन सक्छ
पाटन अस्पतालका क्यान्सर रोग विशेषज्ञ डा शाहीले विश्वसँगै नेपालमा पनि क्यान्सरका रोगी बढ्दै गइरहेका बताए । ‘पहिलापहिला क्यान्सर दशमध्ये एक रोगमा पर्दैनथ्यो । अहिले विश्वमा मुटु रोगपछि क्सान्सर दोस्रो नम्बरमा पर्ने गरेको छ’, उनलेले भने ।

डा शाहीले नेपालमा सबैभन्दा बढी फोक्सो त्यसपछि महिलाको पाठेघरको मुखमा हुने क्यान्सर रहेको जानकारी दिए । उनका अनुसार त्यसपछि क्रमशः स्तन क्यान्सर, पेटको क्यान्सर, ठूलो आन्द्राको क्यान्सर र रगतको क्यान्सर हुने गर्दछ । नेपालमा फोक्सोको क्यान्सरबाट सबैभन्दा धेरैले ज्यान गुमाउने गरेका छन् ।

क्यान्सर के कारण हुन्छ रु
क्यान्सर हुने कारण यहीँ हो भनेर यकिन गर्न नसकिएको पाटन अस्पतालका क्यान्सर रोग विशेषज्ञ डा शाहीले जानकारी दिए । उनका अनुसार अत्यधिक धुमपान तथा मद्यपान र सुर्तीजन्य पदार्थको सेवन, खानपिन, जीवनशैली, आराम, विकिरणको प्रभाव, जीवाणुको तथा, वंशाणुगतलगायत कारणले क्यान्सर रोग नित्याउँछ ।

‘भातदाल, तरकारी, अचार नखाएर हामी बढी जसो फास्टफुड, जङ्कफुड, धूमपान, मद्यपान, पोलेको खाने, व्यायाम नगर्ने, सडेगलेका तथा बासी खानेकुरा खाँदा क्यान्सर हुने सम्भावना धेरै हुन्छ’, डा शाहीले भने, ‘पहिलापहिला खाना नपाएर बच्चा दुब्लाउने गर्दथ्ये । अहिले मोटोपनले गर्दा क्यान्सर हुने दोस्रो कारक बन्दै गएको छ ।’ उनले खानपिन, आराम, व्यायाम, धुम्रपान, मद्यपान र मोटोपनलाई रोक्न सके क्यान्सरलाई कम गर्ने सकिने बताए ।

‘शरीरको कोष तथा कोषिकाको समूहको अस्वाभिक वृद्धि नै क्यान्सर रोग हो । यसलाई एक प्रकारको गिर्खा वा ट्युमर पनि भनिन्छ’, भक्तपुर क्यान्सर अस्पतालका क्यान्सर रोग विशेषज्ञ डा चालिसेले भने । उनका अनुसार शरीरमा रहेका कोषको जन्म, विकास, निर्माण तथा मृत्युसम्मको प्रक्रियालाई नियन्त्रण गर्ने जीन रहेका हुन्छ । ती जीनमा खराबी उत्पन्न भएपछि कोषको अनियन्त्रित वृद्धि हुँदै जाने र अन्त्यमा मानिसमा क्यान्सर देखापर्ने गर्दछ ।

डा चालिसेले जीनमा खराबी उत्पन्न गराउने कारक तत्वमध्ये सुर्तीजन्य तथा मादकपदार्थ सेवन, अखाद्य तत्व, व्यायामको कमीलगायत प्रमुख रहेका जानकारी दिनुभयो ।

रोगथामका उपाय
क्यान्सरको रोकथामका लागि धूमपान मद्यपान तथा सुर्तीजन्य पदार्थको सेवन नगर्ने, सन्तुलित र स्वस्थ भोजन खाने, नियमित शारीरिक व्यायाम गर्ने, महिलाले आफ्नो स्तन र पाठेघरको मुखको नियमित परीक्षण गराउने गर्नुपर्दछ ।
भोलि विश्वसहित नेपालमा पनि ‘बढ्दैछ चुनौती क्यान्सरको, पहुँच बढाऔँ स्याहारको’ भन्ने नाराका साथ विश्व क्यान्सर दिवस मनाइँदैछ ।

Previous Post

ग्रामीण सडक व्यवस्थित नहुँदा यात्रा जोखिमपूर्ण

Next Post

सुनचाँदीको मूल्य घट्यो, प्रति तोला कतिमा हुँदैछ कारोबार ?

सम्बन्धित खबर

मोदी गाउँपालिकाले स्लेटखानी सञ्चालन गर्दै
आर्थिक

मोदी गाउँपालिकाले स्लेटखानी सञ्चालन गर्दै

१४ असार २०८३,
पोर्चुगललाई बराबरीमा रोकेर समूह विजेता बन्यो कोलम्बिया
खेलमैदान

पोर्चुगललाई बराबरीमा रोकेर समूह विजेता बन्यो कोलम्बिया

१४ असार २०८३,
यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर
समाचार

आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

१४ असार २०८३,
एक साता स्थगित भएको प्रतिनिधिसभा बैठक आज बस्दै
समाचार

एक साता स्थगित भएको प्रतिनिधिसभा बैठक आज बस्दै

१४ असार २०८३,
राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?
समाचार

राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

१४ असार २०८३,
यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर
आर्थिक

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

१४ असार २०८३,
Load More
Next Post
विदेशबाट कति सुन ल्याउन पाइन्छ ? महिला र पुरुषलाई फरक नियम

सुनचाँदीको मूल्य घट्यो, प्रति तोला कतिमा हुँदैछ कारोबार ?

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In