• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Sunday, June 28, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर

    यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

    गण्डकी प्रदेश सरकारले आज नीति तथा कार्यक्रम प्रस्तुत गर्दै

    गण्डकी प्रदेशसभाः बजेटबारे मन्त्रीहरुद्वारा जवाफ प्रस्तुत

    लुम्बिनीमा भुटानी गुम्बा निर्माण सुरु, नेपाल–भुटान सम्बन्ध थप प्रगाढ हुने विश्वास

    लुम्बिनीमा भुटानी गुम्बा निर्माण सुरु, नेपाल–भुटान सम्बन्ध थप प्रगाढ हुने विश्वास

    कोशी, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका एकदुई स्थानमा भारी वर्षा हुने पूर्वानुमान

    कोशीमा भारी वर्षाको सम्भावना, चार दिनभित्र देशभर मनसुन फैलिने

    बर्डफ्लुका कारण साढे पाँच लाख कुखुरा र अण्डा नष्ट

    काठमाडौँमा बर्डफ्लु बढ्दैः एघार जिल्लाका ८२ स्थानमा सङ्क्रमण पुष्टि

    वातावरणीय अपराध नियन्त्रणका लागि अन्तरदेशीय सहकार्यमा जोड

    वातावरणीय अपराध नियन्त्रणका लागि अन्तरदेशीय सहकार्यमा जोड

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

ग्रामीण सडक व्यवस्थित नहुँदा यात्रा जोखिमपूर्ण

by
२१ माघ २०८०,
0
ग्रामीण सडक व्यवस्थित नहुँदा यात्रा जोखिमपूर्ण
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

उदयपुर।उदयपुरको पहाडी गाउँपालिका क्षेत्रका ग्रामीण सडक व्यवस्थित नहुँदा यातायात सञ्चालन जोखिमपूर्ण बन्दै गएको छ भने सर्वसाधारण जोखिम मोलेर यात्रा गर्न बाध्य भएका छन् ।

रौतामाई गाउँपालिकाको मुर्कुची, पुवारे र डिल्लीबर माझखर्क सडक, लिम्चीङबुङ गाउँपालिकाको बाँसबोटे, माझखर्क, बलाम्ता, ताम्लीछाको सडकको अवस्था दयनीय भएकाले सवारी सञ्चालन गर्न जोखिम बढेको यातायात व्यवसायी बताउँछन् । यद्यपि उनीहरूले जोखिम मोलेर सवारीसाधन सञ्चालन गर्दै आएका छन् ।

जिल्लाको उदयपुरगढी गाउँपालिकाको भलायाडाँडा, ताप्ली गाउँपालिकाको नुनथला पिपलभन्ज्याङ, रुपाटार ठानागाउँ सडकखण्ड अहिलेसम्म ‘ग्राभेलिङ’ र कालोपत्र नहुँदा सडक भत्किनुका साथै ठूला खाल्डा परेकाले थप जोखिम बढेको यातायात व्यवसायी कुमार राउतले बताए।

रौता, मुर्कुची पुवारे डिल्लीबर सडकखण्डको २७ किलोमिटर विसं २०६६ मा कच्ची सडकका रुपमा निर्माण भएको थियो । त्यसपछि सडक स्तरोन्नति नहुँदा सडक खाल्डा परेको, ठाउँठाउँमा भत्किएको र जीर्ण बनेको मुर्कचीका यातायात व्यवसायी रुद्रबहादुर मगरले बताएका छन् ।

रुपाटार, नुनथला पिलभञ्याङ ग्रामीण सडकको २५ किलोमिटर पनि जोखिमपूर्ण अवस्थामा रहेको ताप्लीका यातायात व्यवसायी जीवन तामाङ बताए। उनका अनुसार १५ वर्षअघि निर्माण भएको उक्त सडकमा अहिलेसम्म कालोपत्रे भएको छैन । वर्षौँदेखि सडकखण्डमा ठूला खाल्डा परेको र कतिपय स्थानमा भत्किएको भन्दै यसको पुनःनिर्माण हुनुपर्ने यातायात व्यवसायी जीतबहादुर मगरको भनाइ थियो ।

उदयपुर गढी गाउँपालिकका अध्यक्ष मानबहादुर मगरका अनुसार जिल्लाको पहाडी क्षेत्रका चार गाउँपालिकाको झण्डै दुई सय २५ किलोमिटर कच्ची सडकमा ग्राभेलिङ र कालोपत्रेका लागि प्रदेश सरकारसँग पटकपटक अनुरोध गरिसकिएको बताएका छन् ।

रौतामाई गाउँपालिकाका अध्यक्ष वीरेन्द्र मगरले भने, ‘प्रदेश सरकारसँग ग्रामीण सडक व्यवस्थापनका लागि पटकपटक बजेट विनियोजनको अनुरोध गरेका छौँ ।’ बजेट व्यवस्थापनमा अझै केही समय लाग्ने उहाँको भनाइ थियो ।

गाउँपालिकाको बजेटले मात्र ग्रामीण सडक व्यवस्थापन हुन असम्भव हुने भएकाले प्रदेश सरकारसँग माग गरिएको ताप्ली गाउँपालिकाका अध्यक्ष ढङ्गराज विकले बताए । प्रदेशले एकै चोटी बजेट व्यवस्थापन गर्न नसकेपछि पुनःनिर्माणमा समस्या भइरहेको उनको भनाइ थियो ।

विसं २०६५ देखि २०६७ सम्ममा उदयपुरको पहाडी गाउँपालिकामा झण्डै तीन सय किलोमिटर ग्रामीण सडक निर्माण भए पनि हालसम्म स्तरोन्नति हुन सकेको छैन । ग्रामीण सडक जीर्ण बन्दै गएपछि अहिले पहाडी क्षेत्रमा सञ्चालन हुने अधिकांश यातायात साधन जोखिमपूर्ण सञ्चालन गर्न बाध्य छन् ।

ग्रामीण भेगमा बिरामी लिन जाँदा एम्बुलेन्स सञ्चालनमा अवरोध हुने गरेको भन्दै सडकको अवस्थाका कारण कतिपयको बाटोमै मृत्यु हुने गरेको नेत्रज्योति सङ्घ गाईघाटका अध्यक्ष भागवत राउतले बताए ।

Previous Post

विश्व अर्थतन्त्र सकारात्मक दिशातर्फ, जोखिम भने कायमैः आईएमएफ

Next Post

क्यान्सर रोग लाग्दैमा डराउनुपर्दैन ‘समयमै उपचार गरे क्यान्सर निको हुन्छ’

सम्बन्धित खबर

यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर
आर्थिक

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

१४ असार २०८३,
गण्डकी प्रदेश सरकारले आज नीति तथा कार्यक्रम प्रस्तुत गर्दै
आवाज

गण्डकी प्रदेशसभाः बजेटबारे मन्त्रीहरुद्वारा जवाफ प्रस्तुत

१४ असार २०८३,
लुम्बिनीमा भुटानी गुम्बा निर्माण सुरु, नेपाल–भुटान सम्बन्ध थप प्रगाढ हुने विश्वास
आवाज

लुम्बिनीमा भुटानी गुम्बा निर्माण सुरु, नेपाल–भुटान सम्बन्ध थप प्रगाढ हुने विश्वास

१४ असार २०८३,
कोशी, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका एकदुई स्थानमा भारी वर्षा हुने पूर्वानुमान
आवाज

कोशीमा भारी वर्षाको सम्भावना, चार दिनभित्र देशभर मनसुन फैलिने

१४ असार २०८३,
बर्डफ्लुका कारण साढे पाँच लाख कुखुरा र अण्डा नष्ट
आवाज

काठमाडौँमा बर्डफ्लु बढ्दैः एघार जिल्लाका ८२ स्थानमा सङ्क्रमण पुष्टि

१३ असार २०८३,
वातावरणीय अपराध नियन्त्रणका लागि अन्तरदेशीय सहकार्यमा जोड
आवाज

वातावरणीय अपराध नियन्त्रणका लागि अन्तरदेशीय सहकार्यमा जोड

१३ असार २०८३,
Load More
Next Post
क्यान्सर रोग लाग्दैमा डराउनुपर्दैन ‘समयमै उपचार गरे क्यान्सर निको हुन्छ’

क्यान्सर रोग लाग्दैमा डराउनुपर्दैन ‘समयमै उपचार गरे क्यान्सर निको हुन्छ’

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In