हरेक मानिसको खुशी हुनुको कारण फरक हुने गर्छ । कोही टन्न धनसम्पति भएर सबै कुरा पुग्दो हुँदा पनि खुशी हुन सकिरहेका हुँदैनन् भने कोही चाँही अभावमा पनि रमाइरहेका देखिन्छन् ।
कोही शान्त वातावरणमा रमाउँदा खुशी हुन्छन् त कोही आफ्नो मिल्ने साथीहरुसँग हल्ला गरेर समय बिताउन पाउँदा खुशी हुन्छन् । त्यस्तै गरेर कोही चाँहि आफ्नो सपनालाई पछ्याउँदै स्वतन्त्र रुपमा अगाडि बढ्नुलाई खुशी मान्छन् । खुशीले मानिसलाई आत्मसन्तुष्टि दिन्छ । जे जस्तो भए पनि खुशी रहनु ठूलो कुरा हो । खुशी रहने केही तरिकाहरु—
१. मान्छेको खुशी उसको मुस्कानमा समेत झल्किन्छ । मान्छे जब खुशी हुन्छ तब ऊ हाँस्छौँ । हाँसोको मतलब बनावटी हाँसो होइन । हरेक बिहान ऐना अगाडि हाँस्ने अभ्यास गर्दा पनि खुशी हुन सिकिन्छ ।
२. लेखेर आफ्ना विचार तथा भावना पोख्न अनि योजना बनाउन सकिन्छ । यसरी लेख्दा मन हल्का हुन्छ ।
३. मिल्ने साथी भयो भने धेरै कुरा सेयर पनि हुन्छ । यसरी सबै कुरा सेयर हुँदा मनमा गुम्सिएर रहेका कुरा सुनाउँदा पाउँदा मन हल्का भई खुशी र शान्ति मिल्छ ।
४. व्यायाम शरीरका लागि मात्र नभई मानसिक रुपमा पनि अत्ति आवश्यक हुन्छ । थोरै मात्रको पनि नियमित व्यायामले तनाव, चिन्ता अनि डिप्रेसनका लक्षणहरुलाई आत्मविश्वास र खुशीमा बदल्न मद्दत गर्छ ।











