• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Sunday, June 28, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    घरपझोङद्वारा किसानलाई अनुदानमा याक र नाक वितरण

    घरपझोङद्वारा किसानलाई अनुदानमा याक र नाक वितरण

    संशोधित समाचारः लुम्बिनीमा गुम्बा निर्माण सुरु, नेपाल–भूटान सम्बन्ध थप प्रगाढ हुने विश्वास

    संशोधित समाचारः लुम्बिनीमा गुम्बा निर्माण सुरु, नेपाल–भूटान सम्बन्ध थप प्रगाढ हुने विश्वास

    घर्तीभिरको चट्टान फुटाइयो

    घर्तीभिरको चट्टान फुटाइयो

    मोदी गाउँपालिकाले स्लेटखानी सञ्चालन गर्दै

    मोदी गाउँपालिकाले स्लेटखानी सञ्चालन गर्दै

    पोर्चुगललाई बराबरीमा रोकेर समूह विजेता बन्यो कोलम्बिया

    पोर्चुगललाई बराबरीमा रोकेर समूह विजेता बन्यो कोलम्बिया

    यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर

    आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
  • गृह
  • समाचार
    घरपझोङद्वारा किसानलाई अनुदानमा याक र नाक वितरण

    घरपझोङद्वारा किसानलाई अनुदानमा याक र नाक वितरण

    संशोधित समाचारः लुम्बिनीमा गुम्बा निर्माण सुरु, नेपाल–भूटान सम्बन्ध थप प्रगाढ हुने विश्वास

    संशोधित समाचारः लुम्बिनीमा गुम्बा निर्माण सुरु, नेपाल–भूटान सम्बन्ध थप प्रगाढ हुने विश्वास

    घर्तीभिरको चट्टान फुटाइयो

    घर्तीभिरको चट्टान फुटाइयो

    मोदी गाउँपालिकाले स्लेटखानी सञ्चालन गर्दै

    मोदी गाउँपालिकाले स्लेटखानी सञ्चालन गर्दै

    पोर्चुगललाई बराबरीमा रोकेर समूह विजेता बन्यो कोलम्बिया

    पोर्चुगललाई बराबरीमा रोकेर समूह विजेता बन्यो कोलम्बिया

    यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर

    आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
Metakhabar
No Result
View All Result

ठगीको नयाँ धन्दाः गर्भवती बनाउनेलाई पाँच लाख रुपैयाँ

by
२० माघ २०८०,
0
गर्भावस्थामा महिलामा हुने परिवर्तन र श्रीमानको भूमिका
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

डिसेम्बरको महिना थियो। मंगेश कुमार (नाम परिवर्तन) फेसबुक हेर्दै थिए। त्यहिबेला उनले अखिल भारतीय गर्भवती जागिर सेवाको भिडियो देखे। त्यो भिडियो देखेर उनको मनमा उत्सुकता बढ्यो, त्यसबारेमा जान्नको लागि।

काम हेर्दा वास्तविकता जस्तो देखिन्थ्यो, महिलालाई गर्भवती बनाएको बदलामा पैसा।

स्वाभाविक रूपमा त्यो एक धेरै आकर्षक प्रस्ताव थियो। विवाह समारोहमा डेकोरेटरको काम गरी मासिक १५ हजार रुपैयाँ कमाउने ३३ वर्षीय युवकको हालसम्म १६ हजार रुपैयाँ खर्च भइसकेको छ। र, उनीसँग पैसा मागिरहेको छ।

बिहारका निवासी मंगेश मात्र यस घोटालाको सिकार भएका व्यक्ति होइनन्।

बिहारको नवादा जिल्लाको साइबर सेलका प्रमुख डीएसपी कल्याण आनन्दले बताएका अनुसार सयौं मानिसहरू यस व्यापक ठगीको सिकार भएका छन्, जसमा साधारण पुरुषहरूलाई बच्चाहीन महिलाहरूसँग होटलमा रात बिताउने र चर्को शुल्क तिर्ने प्रलोभनमा पारिएको छ।

उनको टोलीले अहिलेसम्म आठ जनालाई पक्राउ गरेको छ। उनीहरूबाट ९ वटा मोबाइल र एउटा प्रिन्टर बरामद गरिएको छ भने अन्य १८ जनाको खोजी भइरहेको छ।

तर पीडितको खोजी निकै जटिल छ।

कल्याण आनन्दले भने, ‘यो गिरोह एक वर्षदेखि सक्रिय छ र सयौंलाई ठगी गरेको छ तर सायद लाजले गर्दा कोही पनि उजुरी गर्न अगाडि आएनन्।

तर दुईजना पीडितहरूसँग कुरा गर्दा एक जनाले भने ७९९ रुपैयाँ गुमाएको बताए तर खुलेर कुरा गरेनन्।

सँग कुरा गरे, जसमध्ये एकले आफूले ७९९ रुपैयाँ गुमाएको बताए तर विस्तृत बताउन अस्वीकार गरे।

दोस्रो व्यक्ति मंगेशले हिम्मत जुटाएर कयौं फोन गर्दा आफू कसरी त्यो ठगहरूको चपेटामा परेको बताए। उनले भने, ुजब मैले भिडियोमा क्लिक गरें, दस मिनेटपछि मेरो फोन बज्यो। एकजनाले भने कि यदि म यो कामको लागि आफूलाई दर्ता गराउन चाहन्छु भने, मैले ७९९ रुपैयाँ जम्मा गर्नुपर्नेछ।ु

ठगले कसरी जित्यो विश्वास ?

फोन गर्ने व्यक्ति, जसलाई मंगेशले ुसन्दीप सरु भनेर सम्बोधन गरे, उनले मुम्बईको एउटा कम्पनीमा काम गर्नुपर्ने र दर्ता गरेपछि उनलाई गर्भवती हुन चाहने महिलाको बारेमा जानकारी पठाइने बताए।

उनले मंगेशलाई तीन वर्षको तलब बराबर ५ लाख रुपैयाँ अफर गरे।

यौन सम्पर्कको बदलामा महिलालाई भेट्ने र गर्भवती भएमा आठ लाख रुपैयाँ थप पुरस्कार दिने वाचा गरिएको थियो।

दुई साना छोराछोरीका बुबा मंगेशले भने, ुम गरिब मानिस हुँ, मलाई पैसाको ठूलो खाँचो छ, त्यसैले मैले उहाँको कुरामा विश्वास गरें।ु

केही सातापछि थोरै–थोरै गरेर मंगेशबाट १६,००० रुपैयाँभन्दा बढी पैसा निकालियो। केही अदालतका कागजातहरूका लागि रु २२५०ण्, सुरक्षा जम्माको लागि रु ४५०० र जीएसटीका लागि रु ७९९८।

उनले सबै रसिद र नक्कली अदालतका कागजातहरू देखाएको उनले बताए।

सरकारी देखिने कागजमा उनको नाम लेखिएको थियो र उनको तस्बिर प्रहरी वर्दीमा देखिने एक व्यक्तिसँग जोडिएको थियो।

त्यसको माथि मोटो अक्षरमा लेखिएको थियो– ‘बेबी बर्थ एग्रीमेन्ट’ र तल स्पष्ट रूपमा ‘गर्भावस्था प्रमाणीकरण फारम’ लेखिएको थियो।

यस कागजातको तल एक हस्ताक्षर थियो जुन प्रसिद्ध अमेरिकी टिभी होस्ट ओप्रा विन्फ्रेको हस्ताक्षर जस्तै देखिन्थ्यो।

उनको विश्वास जित्न ठगहरूले उनलाई सात(आठ महिलाको फोटो पठाए र उनलाई ती मध्येबाट छनौट गर्न भने। र, उनी बसेको सहरमा होटलको कोठा बुक गरेर त्यहाँका महिलालाई भेट्ने बताए।

एक महिनाको तलब गुम्यो

मंगेशले वाचा गरेको पैसा मागेपछि रसिद पठाइयो। र उनको बैंक खातामा रु ५,१२,४०० जम्मा भएको भनिएको थियो तर अहिले रोकिएको छ र रु १२,६०० आयकर तिरेपछि मात्र भुक्तानी हुनेछ।

मंगेशले त्यतिन्जेलसम्म आफ्नो महिनाको तलब गुमाएकाले अब पैसा दिन नसक्ने बताएपछि आफ्नो पैसा फिर्ता मागे।

मंगेशले भने, ुसन्दीप सरले अस्वीकार गरेपछि म रिसाए अनि उसैले मेरो खातामा ५ लाख रुपैयाँ जम्मा भएको छ र आयकर अधिकारीहरूले मेरो घरमा छापा मारेर मलाई पक्राउ गर्नेछन्।ु

उनले मलाई भने, ुम गरिब मजदुर हुँ, मैले मेरो महिनाको तलब गुमाएँ र अब कुनै फौजदारी मुद्दामा फस्न चाहन्नँ। म यति डराएको थिएँ कि मैले १० दिनको लागि मेरो फोन बन्द गरें। तर मैले केहि दिन पहिले यसलाई फेरि खोलेको छु।ु

मंगेशले सुरुमा मलाई पनि ठगी गिरोहको सदस्य ठानेको बताए।

डीएसपी आनन्दका अनुसार यस घोटालाको पछाडि शिक्षित व्यक्तिहरू छन्, कोही स्नातकसम्म पढेका छन् र उनीहरूलाई मोबाइल फोन, ल्यापटप र प्रिन्टरले कसरी काम गर्छ भन्ने थाहा छ। तर अर्कोतर्फ पीडितहरू देशैभरका हुन् र शिक्षामा न्यून छन्।

मंगेश भन्छन् कि यो ठगीको पासो हुन सक्छ भनेर आफूले सोचेको थिएन किनभने ुसन्दीप सरुले आफ्नो परिचय पत्र पठाएका थिए, जसमध्ये एउटा भारतीय सेनाको सिपाही भएको थियो।

कलरको व्हाट्सएप प्रोफाइल फोटो देखेर उनीहरूलाई पनि आश्वस्त पारियो, जसमा एक आकर्षक विदेशी महिलाले आफ्नो काखमा नवजात शिशु समातेको देखाइएको थियो।

उनी आफैं अन्योलमा पर्छन्, त्यो तस्विरलाई कसरी विश्वास नगर्नेरुु

के भन्छन् विज्ञहरू ?

साइबर कानून विशेषज्ञ पवन दुग्गलका अनुसार समस्या भनेको भारतका मानिसहरू सामान्यतया धेरै विश्वासयोग्य हुन्छन् र धेरै कम व्यक्तिहरूले इन्टरनेटमा आउने जानकारीहरू जाँच गर्छन् र आफ्नो सुरक्षाको बारेमा अत्यधिक विश्वस्त हुन्छन्।

यद्यपि, नवाडामा ठगीको विधि बिल्कुल अद्वितीयु छ।

उनका अनुसार ठगीहरूले उनीहरूलाई सित्तैमा पैसा र फ्री सेक्सको वाचा गर्छन्, जुन निकै घातक प्रलोभन हो। यस्तो अवस्थामा, विवेक पछाडि छोडिन्छ।

दुग्गल भन्छन्, ‘कोभिड–१९ को समयमा मोबाइल र नेट बैंकिङको चलन सामान्य बन्दै गएपछि साइबर अपराधको स्वर्णयुग सुरु भयो। उनीहरूले यो अवस्था दशकौंसम्म रहने चेतावनी दिएका छन्।

साइबर अपराधीहरूले नयाँ, रचनात्मक र बढ्दो भरपर्दो तरिकाहरू अपनाएकाले भारतले मंगेश जस्ता मानिसहरूलाई त्यस्ता ठगीबाट जोगाउन कडा मेहनत गर्नुपर्नेछ।

दुग्गल भन्छन्, ‘सरकारलाई जनताले विश्वास गर्ने भएकाले रेडियो र टिभी मार्फत व्यापक जनचेतनामूलक कार्यक्रम गर्नुपर्छ।

तर सरकारले मात्रै १ अर्ब ४० करोड जनतामा पुग्न सक्दैन।

उनी भन्छन्, ‘यो ठूलो संख्या हो। र यदि हामी सरकारमा मात्र भर पर्यौं भने यसले धेरै समय लिनेछ र भारतीय अर्थतन्त्रले घाटा बेहोरिरहनेछ। त्यसैले सरकारले निजी क्षेत्रलाई पनि यस दिशामा प्रोत्साहन गर्नुपर्छ।

सताउन छोडेनन् ठगहरूले

तर, मंगेशलाई ठग्नेहरूले अझै उनको पीछा छोडेका छैनन्। उनका अनुसार ती ठगहरूले अझै सताइरहेको छ मंगेशलाई।

पछिल्लो समय उनलाई फोन गरिरहने उनै महिला हुन्। जोसँग भेट्न लगाइएको थियो। उनका अनुसार सधैं तिनै महिलासँग फोनमा बोलिरहन्थे।

ती महिलाले अहिले मंगेशलाई ुसन्दीप सरु साँच्चै ठगी भएको र प्रतिज्ञा गरिएको ५ लाख रुपैयाँ चोरेको र ३ हजार रुपैयाँ जीएसटी तिरेको भए मंगेशले अझै ९० हजार रुपैयाँ पाउन सक्ने बताइन्।

मंगेशले भने, ुमैले उहाँलाई भने कि म टुटेको छु। मैले उसलाई मेरो पैसा फिर्ता गर्न अनुरोध गरे तर उसले सम्भव नभएको बताए। उसले कम्तिमा १०,००० रुपैयाँ फिर्ता गरोस् भन्ने मेरो चाहना थियो।ु

अहिले मंगेश अन्योलमा छन्, के गर्ने भनेर। एक महिनाको तलब गुमाएका उनीसँग श्रीमती रिसाएकी छिन्। उनीसँग बोल्न चाहदिनन्।

सन्दीपले फोन नउठाउँदा उनी रिसाइरहेका छन्। भन्छन्, ‘मलाई धोका दिनेलाई कडा कारबाही हुनुपर्छ। ५ सय रुपैयाँमा दिनभरि काम गर्छु। मलाई थाहा छ मैले ठूलो गल्ती गरें। तर उसले मलाई जे गर्यो त्यो एकदमै गलत हो।ु

अहिले आफ्नै कारण पछुताइरहेका छन्, मंगेश कुमार। –बीबीसीको सहयोगमा

Previous Post

स्वामी सत्यदेवद्वारा व्यक्त गरिएका वाणी

Next Post

जब काजोलले अजयसँग विवाह गरिन….

सम्बन्धित खबर

घरपझोङद्वारा किसानलाई अनुदानमा याक र नाक वितरण
आर्थिक

घरपझोङद्वारा किसानलाई अनुदानमा याक र नाक वितरण

१४ असार २०८३,
संशोधित समाचारः लुम्बिनीमा गुम्बा निर्माण सुरु, नेपाल–भूटान सम्बन्ध थप प्रगाढ हुने विश्वास
आवाज

संशोधित समाचारः लुम्बिनीमा गुम्बा निर्माण सुरु, नेपाल–भूटान सम्बन्ध थप प्रगाढ हुने विश्वास

१४ असार २०८३,
घर्तीभिरको चट्टान फुटाइयो
आर्थिक

घर्तीभिरको चट्टान फुटाइयो

१४ असार २०८३,
मोदी गाउँपालिकाले स्लेटखानी सञ्चालन गर्दै
आर्थिक

मोदी गाउँपालिकाले स्लेटखानी सञ्चालन गर्दै

१४ असार २०८३,
पोर्चुगललाई बराबरीमा रोकेर समूह विजेता बन्यो कोलम्बिया
खेलमैदान

पोर्चुगललाई बराबरीमा रोकेर समूह विजेता बन्यो कोलम्बिया

१४ असार २०८३,
यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर
समाचार

आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

१४ असार २०८३,
Load More
Next Post
जब काजोलले अजयसँग विवाह गरिन….

जब काजोलले अजयसँग विवाह गरिन....

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In