• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Wednesday, August 26, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    लेबनानमा दश लाख भन्दा बढी विस्थापित : राष्ट्रसङ्घ

    स्वायत्त हतियारमा लगाम लगाउन विश्वले तत्काल कदम चाल्नुपर्छः राष्ट्रसङ्घ र रेडक्रस

    भोटेकोशी बाढीःखोज तथा उद्धारका लागि सैन्य टोली परिचालन

    भोटेकोशी बाढीःखोज तथा उद्धारका लागि सैन्य टोली परिचालन

    भोटेकोशी बाढीः तटीय क्षेत्रका सर्वसाधारणलाई सतर्कता अपनाउन आग्रह

    भोटेकोशी बाढीः तटीय क्षेत्रका सर्वसाधारणलाई सतर्कता अपनाउन आग्रह

    मेची भन्सार कार्यालयः आयात बढ्दा निर्यात घट्यो

    निर्यात सम्भावना खोज्दै प्रदेश योजना आयोग

    कोप–३१: कार्बन उत्सर्जन, जलवायु वित्त र अनुकूलनका विषय प्राथमिकतामा

    कोप–३१: कार्बन उत्सर्जन, जलवायु वित्त र अनुकूलनका विषय प्राथमिकतामा

    इरानद्वारा व्यावसायिक जहाजहरूको लागि हर्मुज जलमार्ग खुला भएको घोषणा

    हर्मुजमा छ महिनामा ६८ समुद्री घटना

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

‘सुशासन, सामाजिक न्याय र समृद्धिका लागि सुरक्षा व्यवस्था सुदृढ हुनुपर्छ’

by
१९ माघ २०८०,
0
‘सुशासन, सामाजिक न्याय र समृद्धिका लागि सुरक्षा व्यवस्था सुदृढ हुनुपर्छ’
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

गण्डकी । उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले ‘सुशासन, सामाजिक न्याय र समृद्धि’ को लक्ष्य हासिल गर्न स्थानीय प्रशासन र सुरक्षा संयन्त्रको प्रभावकारी परिचालन महत्वपूर्ण आधार भएको बताएका छन् ।

गृह मन्त्रालय र मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय गण्डकी प्रदेशको आयोजनमा आजदेखि पोखरामा सुरु गण्डकी प्रदेशस्तरीय सुरक्षा गोष्ठी २०८० को उद्घाटन गर्दै उनले नागरिक सरोकारका सेवाको प्रभावकारी व्यवस्थापन गर्दै राज्यले लिएको आर्थिक, सामाजिक र भौतिक विकासको लक्ष्य पूरा गर्नसमेत सुरक्षा व्यवस्था सुदृढ गर्नु आवश्यक रहेको बताए ।

भ्रष्टाचार नियन्त्रण गरी सुशासन कायम गर्ने कार्यमा सुरक्षा तथा राज्यका सबै निकायको अहम् दायित्व रहेको उनले बताए । कामकारबाहीमा देखिने स्वार्थको द्वन्द्व न्यूनीकरण गर्न ‘नतिजामूलक स्पष्ट कार्य ढाँचा’ तयार गर्नुपर्ने उनले बताए ।

राष्ट्रसेवक कर्मचारी तथा सुरक्षाकर्मीका बीचमा अधिकार तथा कार्यक्षेत्रका सम्बन्धमा देखिने द्वन्द्वले सकारात्मक सन्देश नजाने गृहमन्त्रीले बताए । संविधान र कानुनले व्यवस्था गरेबमोजिम मात्र निर्दिशत हुने, संस्थागत एवं व्यावसायिक समन्वय र सहकार्यलाई प्रवद्र्धन गर्ने, सामूहिक एवं व्यक्तिगत जवाफदेहिताको संस्कृति निर्माण गरी ‘नागरिक पहिले’ भन्ने सिद्धान्तअनुरुप काम गर्न उनले निर्देशन दिए ।

सङ्घीय व्यवस्थाको कार्यान्वयनसँगै अवसर र चुनौती थपिएका छन् भन्दै उनले शासकीय प्रणाली तथा प्रविधिमा हुने परिवर्तनले सामाजिक जीवनका विविध आयाममा प्रभाव पारेको बताए । तहगत सरकारका निकायबीच समन्वय बढाउँदै स्थानीय प्रशासन र सुरक्षा निकायको परिचालनलाई थप प्रभावकारी बनाउन आवश्यक भएको बताए । उनले भने, “यस्ता गोष्ठीबाट लक्ष्यित परिणाम प्राप्त हुनेमा म विश्वस्त छु ।”

स्थानीय प्रशासन र सुरक्षा व्यवस्थाको सुदृढीकरणबाट मुलुकको आर्थिक समृद्धिका लागि अनुकूल वातावरण निर्माण गर्दै जनतामा सरकारप्रतिको भरोसा अभिवृद्धि गर्न सबै सुरक्षा निकायको महत्वपूर्ण भूमिका हुने गृहमन्त्रीले बताए । संविधानअनुरुप सरकारले गृह मन्त्रालयलाई आमजनताको जीउधनको सुरक्षा, विधिको शासनको पालना, मानव अधिकारको रक्षा र खुला बजारको नियमन गर्दै सामाजिक स्थायित्व कायम गर्ने महत्वपूर्ण जिम्मेवारी सुम्पिएको स्पष्ट गरे । सुशासन, स्थिरता र विकासका लागि मन्त्रालयले प्रदेश तथा स्थानीय सरकारको सहकार्यमा निरन्तर काम गरिरहेको उनले बताए ।

सङ्घीयता कार्यान्वयनको सङ्क्रमण अझै नसकिएको बताउँदै उहाँले सङ्घीय नेपालको शासकीय प्रणालीको पूर्ण कार्यान्वयनका लागि राजनीतिक तथा संस्थागत आधार निर्माण भएको भए तापनि, प्रशासनिक, कानुनी एवं कार्यविधिगत विषयसँग सम्बन्धित काम आंशिकरुपमा बाँकी नै रहेको बताए । सरकार प्रभावकारीरुपमा सङ्क्रमणकालीन अवस्थाका बाँकी कार्यभार पूरा गर्ने काममा अगाडि बढिरहेको उनले बताए ।

गृह प्रशासनको पहिलो प्राथमिकता एवं नागरिकको प्रमुख अपेक्षा सुशासन, शान्ति र सामाजिक सुव्यवस्था कायम नै रहेको उल्लेख गर्दै मन्त्री श्रेष्ठले यसका लागि सेवा प्रवाहमा हुने ढिलासुस्ती, अपारदर्शिता, अनुत्तरदायी प्रवृत्ति, दण्डहीनता तथा भ्रष्टाचार प्रमुख चुनौती बनेका बताए । उपप्रधानमन्त्री श्रेष्ठले बैंकसँग ऋण लिएर ऋण तिर्दिन भन्दै अवाञ्छित माग राखी शान्ति सुव्यवस्थामा खलल पुर्याउने, सामाजिक सञ्जालको दुरुपयोग गरी धार्मिक तथा जातीय अतिवाद बढाउने, सहिष्णु समाजको सद्भावमा विग्रह ल्याई निहित स्वार्थ पूरा गर्ने प्रवृत्ति देखा परेको बताए ।

सङ्गठित अपराध, जबर्जस्ती असुली, चेलीबेटी बेचबिखन नियन्त्रण र अपराधीसँग साँठगाँठ गर्ने जोसुकैलाई सेवाबाट बर्खास्त गर्ने व्यवस्था अपराधविरुद्ध शून्य सहनशीलताको नीति कार्यान्वयन गर्दै अगाडि बढ्न उनले निर्देशन दिए ।

वित्तीय अपराधका कारण धेरै ठूलो सङ्ख्यामा नागरिक ठगिएका र कतिपय बेघरबार बनेको बताउँदै उनले सहकारी, अनुचित लेनदेन, सामाजिक सञ्जाल र इन्टरनेटमा आधारित अवैध वित्तीय कारोबार, वैदेशिक रोजगारीको प्रलोभनमा हुने ठगीलगायत अपराधको नियन्त्रण चुनौती बनेको बताए ।

सडक सुशासन कायम गरी जनधनको संरक्षण गर्न तीन तहकै सरकार, आमजनसाधारण, सेवाप्रदायक, नियामक निकाय, सबैको प्रयास आवश्यक भएको बताउँदै गृहमन्त्रीले त्यसनिम्ति स्थानीय प्रशासनले नेतृत्वदायी भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिए ।

लागुऔषध दुरुपयोग नियन्त्रण, प्राकृतिक तथा ऐतिहासिक सम्पदाको संरक्षण साना हातहतियारको अवैध ओसारपसार नियन्त्रण गैरव्यावसायिक क्रियाकलापको नियन्त्रण गरी उपभोक्ता र सर्वसाधारणको हित संरक्षण उत्तिकै महत्वपूर्ण विषय भएकाले यो क्षेत्रमा योजनाबद्धरुपमा कार्ययोजना बनाई काम गर्न उनले आग्रह गरे ।

गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले गण्डकी प्रदेशमा भारतसँग र चीनसँग जोडिने सीमानाका रहे पनि त्यसको अपेक्षित लाभ लिन नसकिएको बताए । वित्तीय सङ्घीयताको चर्चा गरिए पनि प्रदेश सरकारले छुट्याएको रकमको परिचालन गर्न पनि सङ्घको स्वीकृति लिनुपर्नेलगायत व्यवस्था रहेको उनले बताए ।

गृहमन्त्रालयका सचिव दिनेश भट्टराई, प्रदेश सचिव यमुना प्रधानले देशमा शान्तिसुरक्षा कायम गर्न भएका प्रयासबारे जानकारी दिएका थिए ।

Previous Post

अमेरिकी सरकारले बढायो भिसा शुल्क

Next Post

टोड्के धौलागिरि पानोरमा पदमार्गः ‘डाँडामा प्रकृति गाउँमा संस्कृति’

सम्बन्धित खबर

लेबनानमा दश लाख भन्दा बढी विस्थापित : राष्ट्रसङ्घ
अन्तर्राष्ट्रिय

स्वायत्त हतियारमा लगाम लगाउन विश्वले तत्काल कदम चाल्नुपर्छः राष्ट्रसङ्घ र रेडक्रस

१० भदौ २०८३,
भोटेकोशी बाढीःखोज तथा उद्धारका लागि सैन्य टोली परिचालन
आवाज

भोटेकोशी बाढीःखोज तथा उद्धारका लागि सैन्य टोली परिचालन

१० भदौ २०८३,
भोटेकोशी बाढीः तटीय क्षेत्रका सर्वसाधारणलाई सतर्कता अपनाउन आग्रह
आवाज

भोटेकोशी बाढीः तटीय क्षेत्रका सर्वसाधारणलाई सतर्कता अपनाउन आग्रह

१० भदौ २०८३,
मेची भन्सार कार्यालयः आयात बढ्दा निर्यात घट्यो
आर्थिक

निर्यात सम्भावना खोज्दै प्रदेश योजना आयोग

१० भदौ २०८३,
कोप–३१: कार्बन उत्सर्जन, जलवायु वित्त र अनुकूलनका विषय प्राथमिकतामा
अन्तर्राष्ट्रिय

कोप–३१: कार्बन उत्सर्जन, जलवायु वित्त र अनुकूलनका विषय प्राथमिकतामा

१० भदौ २०८३,
इरानद्वारा व्यावसायिक जहाजहरूको लागि हर्मुज जलमार्ग खुला भएको घोषणा
अन्तर्राष्ट्रिय

हर्मुजमा छ महिनामा ६८ समुद्री घटना

१० भदौ २०८३,
Load More
Next Post
टोड्के धौलागिरि पानोरमा पदमार्गः ‘डाँडामा प्रकृति गाउँमा संस्कृति’

टोड्के धौलागिरि पानोरमा पदमार्गः ‘डाँडामा प्रकृति गाउँमा संस्कृति’

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In